Monday 27 March 2017

बुद्ध धर्म गैर वेदिक "श्रमण" संस्कृति परम्पराको देन हो |

राज कुमार सिद्धार्थ गौतम बुद्धकालिन समयमा वेदिक धर्मको भ्रष्ट रुप "ब्राह्मणबाद धर्म" भन्ने थियो भन्ने तथ्य  भेटिन्छ | ब्राह्मणबाद धर्मको सम्बन्ध योग र ध्यान भन्दा पनि दैनिक पुजापाठ, यज्ञ,  कर्मकाण्ड, बलि प्रथा, छुवाछुत प्रथा, परम्परागत अभ्यासहरु जुन अमानवीय, दानवीय प्रथा र संस्कारको जड मान्ने गरिन्छ सोलाई  प्राथमिकतामा  राखेर सोहि गर्नु नै धर्म हो भन्ने  गर्थे ||
तत्कालिन समयमा योग र ध्यान/साधनामा जो पढे लेखेका शिक्षित सचेत सजग ब्राह्मण त्यस्तो कार्यमा लाग्थे त्यस्ता व्यक्तिहरु वैदिक ब्राह्मणबाद धर्मको दैनिक पुजापाठ, यज्ञ, दैनिक पुजापाठ, बलि  र छुवाछुत प्रथाको विपक्षमा थिए | सत्य, तथ्य र यथार्थ ज्ञानको खोजीमा लागेका थिए पृथक ब्राह्मणहरु गैर वेदिक परम्परा "श्रमण" संस्कृति वा परम्परा संस्कृतमा र पाली भाषा "समण" भन्ने गर्छन उनीहरु चाही संन्यास, योग र ध्यान/साधनामा लागेका थिए जुन बुद्धले पछि विस्तारित रुप दिएको हुन् भन्ने प्रमाण छ बुद्ध मार्गी विद्वान ब्राह्मण बुद्धिजीवी विपश्यना (Vipassana) साधनाका गुरुहरुको जस्तै आचार्य श्री सत्य नारायण गोयन्काजीको लगायत अन्य प्राज्ञिक वर्ग र अध्यात्मिकहरुको बुझाई भन्ने प्रमाण भेटिन्छ प्राचीन हिन्दुस्तानको ईतिहासमा |
यस श्रमण (Śramaṇa) परम्पराबाट योग, जैन, बुद्ध धर्मको जन्म भएका हुन् जुन  दैनिक पुजापाठ, यज्ञ, दैनिक पुजापाठ, बलि  र छुवाछुत प्रथाको विरुद्धमा थियो | त्यसैले  पनि बुद्ध र महाबिर को विरुद्धमा कतिपय  ब्राह्मणवादको  प्रतिपादक, पालक र संरक्षणकर्ता बुद्धको ज्ञान र  कृयाकलाप विरोधी थिए  भन्ने  बुझिन्छ जब हामी  तत्कालिन समयमा वा सो भन्दा  पछि ब्राह्मणबादीहरुद्वारा लिखित  धार्मिक शास्त्र, लेख र  ग्रथहरु अध्धयन  गर्ने गर्छौ हामी  पाउने  गर्छौ "बुद्ध चोर हुन्, बुद्धको  अनुयायीहरु सबै चोर हुन्" भन्ने जस्ता अभिव्यक्ति  रामायणमा |
सायद बुद्ध धर्मको उत्पति हुदैन्  थियो होला यदि तत्कालिन समयमा समाजका पढे लेखेका टाठाबाठा शिक्षित शिक्षक गुरु पुजारी हौ हामी  भन्ने गोरा वर्णका "ब्राह्मण" हरुले वैदिक  धर्मलाई भ्रष्ट नगरी अतिबादी  ब्राह्मणबाद धर्मको  प्रतिपादन नगरेको भए बुद्धकालीन अगावै  भन्ने  बुझिन्छ  ऐतिहासिक  दस्तावेज र  घटनाक्रमहरु अध्धयन गर्दा मानवताको लागि |

No comments:

Post a Comment