Monday 13 March 2017

फुटाउ र राज गरेको नीति मानव बौद्धिक नीति, फुटाउ र जुटाउ सृष्टि / प्रकृतिक नीति !!

सृष्टि/प्रकृति को नियममा नै विभाजन भई मिलन हुने छ जुन गलत रुपमा उपयोग गरे तत्कालिन पढे लेखेका शिक्षित बौद्धिक वर्ग, ब्राह्मण भन्नेहरुले जसको फलस्वरूप आजको पुस्ताहरु उनीहरुको पुर्खाको बुद्धिको उपज मनुबादको वर्णवादको शिकार हुदै आई रहेका छन् |
जुन दिन वर्णबाद, लैंगिकबाद, पुरुषबाद, बाहुनबाद र अतिबाद जातिबादलाई आश्रय दिने हिन्दुस्तानी नीति "मनुबाद नीति" विधिपूर्वक नेपाल भूमिमा भित्राए हिन्दुस्तानबाट मुस्लिमहरुको आक्रमणबाट आफ्नो ज्यानको रक्षाको लागि संरक्षण पाउ भनी भागेर आएकी तत्कालिन रानीले आफ्नो नातिनीको लागि जुवाईको रुपमा हिन्दुस्तानबाट भित्राएका जय स्थिति मल्लले ५ जना हिन्दुस्तानी ब्राह्मणहरु: कृतिनाथ उपाध्याय कन्याकुब्जा, रगुनाथ झा मैथिली, श्रीनाथ भट्ट, महिनाथ भट्ट र रामनाथ झाको सहयोग र सल्लाहमा र नेपाल (हालको काठमाडौँ) बासि र भाषीहरुलाई उनीहरुको पेशागत कामको आधारमा मनुबाद नीति अनुसार ४ जात ३६ वर्णमा विभाजन गरी ठुलो चोखो पवित्र जात/वर्ण र सानो आछुत अपवित्र जात/ वर्ण भनेर विभाजन नीतिगत रुपमा गरी "मानव न्याय शास्त्र" नामकको संविधान निर्माण गरे आम नेपालबासि र भाषीलाई नियन्त्रण र कब्जामा राख्न जुन नेपाल (तत्कालिन विभाजित राज्यहरु कृतिपुर, काठमाडौँ, भक्तपुर र पाटन) एकीकरण गरेर पश्च्यात मुसलमान पुर्खा भएको हिन्दुस्तानको भगौडे हस्तीको नाती/पुत्र, पृथ्वी नारायण शाह जसले पाए पुन हिन्दुस्तानी मनुबादी ब्राह्मणहरुको सहयोग, सुझाव र सल्लाह उनीहरुको धार्मिक ग्रन्थको आधारमा उनले सोहि मानव न्याय शास्त्र अध्धयन गरी नेपाल ४ जात ३६ वर्ण मानिसहरुको साझा फुलबारी जुन असली हिन्दुस्तान हो भनेर घोषणा गरेको थियो |
यस बारेमा प्रष्ट रुपमा अध्धयन गर्न पाईन्छ पृथ्वी नारायण शाहको दिव्य उपदेश मा किन कि हिन्दुस्तानमा मुसलमानले ११ औ शताब्दी देखि आक्रमण गरेकोले गर्दा हिन्दुबादलाई स्वाहा पार्दै ईस्लामबाद स्थापना गर्ने क्रम तिब्र रुपमा भएकोले गर्दा तत्कालिन हिन्दुस्तानी मनुबादी ब्राह्मणहरु उनीहरुको महान गुरु आदिशंकराचार्यले मनुबाद ब्राह्मणबाद र बुद्धबादको समिश्रित वैचारिक नयाँ दर्शन सिद्धान्त "हिन्दुवाद" ९ औ शताब्दीमा जुन प्रतिपादित गरी संरक्षण र प्रवर्धन गर्नु पर्छ भन्ने अभियानमा लागेका थिए सो पनि स्वाहा हुने भयो र हिन्दुवाद संरक्षण र प्रवर्धन गर्ने उर्बरा भूमिको रुपमा नेपाल भूमिलाई देखेकोले गर्दा पृथ्वी नारायण शाहलाई उनलाई राजा बनेर नेपाल भुमि मा रही राख्नको लागि तत्कालिन हिन्दुस्तानी भगौटे ब्राह्मणहरुले नेपाल भूमिलाई असली हिन्दुस्तानी हो भनेर घोषणा गर्न लगाएको हुनु पर्छ भन्ने सत्य, तथ्य र यथार्थ बुझिन्छ आजसम्म हिन्दुस्तानका शासक, शोसक र सरकारले नेपालका शासक, शोषक र सरकारलाई दिदै आई रहेको दवाव र अभाव हेर्दा र बुझ्दा मानवताको लागि |
यदि १७ शताब्दीमा अंग्रेजहरु हिन्दुस्तानमा प्रवेश नगरी हिन्दुस्तानमा राजकाज गरी उनीहरुको उपनिवेश नबनाएको भए आजको दिनमा हिन्दुस्तान अफघानिस्तान, पाकिस्तान, बंगलादेश झैँ मुसलमान बाहुल्यता भएको राष्ट्र बन्थियो भन्ने पक्का छ तत्कालीन समयको हिन्दुस्तानको इतिहास अध्धयन गर्दा कसरी ईस्लामबादी बहादुर शाहले दिल्ली कब्जा गरी राजकाज गर्दै आफ्नो ईस्लामबादी शासन सत्ता विस्तार गर्दै आई रहेका थिए हिन्दुस्तानमा भनेर |
नेपाल भुमि भनेको किरातबाद र बुद्धबादको हो त्यसैले जतिसुकै हिन्दुस्तानको मनुबाद ब्राह्मणबाद र बुद्धबाद मिश्रित दर्शन "हिन्दुवाद" लाद्न खोजिएता पनि सो कहिल्यै बलियो रूपमा स्थापित हुन्न किन कि विशुद्ध रुपमा स्थापित भई सकेको छ नेपाल भूमिपुत्रहरुद्वारा स्थापित दर्शन किरातबाद र बुद्धबाद जुन प्रकृतिको सिद्धान्तमा निहित छ | त्यसैले जहिले पनि विजय भनेको प्रकृति माताको सिद्धान्तमा निहित दर्शन र नीतिकै हुन्छ मानवताको लागि | सोहि कारण आजको दिनमा आएर सचेत, सजग, ससक्त, शिक्षित वर्गहरुले पनि विधिको शासन स्थापित हुनु पर्छ भन्ने गरेका पाउने गर्छौ नेपाल भूमिमा |
"के जनताले कोरेको हो विभाजन ? - शंकर लिम्बू, अधिबक्ता, अधिकारकर्मी (फेसबुकबाट सम्भार)
(१) जनुदिन पृथ्वी नारायण शाहले असली हिन्दुस्थान भन्यो, त्यही दिनदेखी हिन्दु र बौद्ध, मुस्लिम, किरात, क्रिश्चियत धर्महरुको वीच विभाजनको रेखा कोरियो
(२) जुनदिन किर्तिपूरका नेवारहरुको नाककान काटियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(३) मुलुकी ऐनले जुनदिन तागाधारी र मतवाली (मासिने र नमासिने ÷कमारा कमारी बनाउन मिल्ने र नमिल्न), तागाधारी (खस आर्य कमाराकमारीको मालिक मासिने मतवाली कमारा कमारी) र शुद्ध जाति (तागाधारी) अछुत (दलित) बनायो
त्यही दिन बाट समाज विभाजित भयो ।
(४) जुनदिन भूमि सम्बन्भी ऐन ल्याएर लिम्बु तथा अन्य आदिवासीको जमिन खोसेर सत्ताधारी जातिले खायो र आदिवासीहरु भोकभोकै मर्ने अवस्थामा पुगे त्यही दिनदेखि विभाजनको रेखा कोरियो ।
(५) जुनदिन आदिवासीको थातथलो, खोलानाला, संस्कृति र आस्था र पहिचानका नाम मेट्दै शासकहरुको साँस्कृतिक र पहिचान जनाउने नाम राख्न थालियो त्यही दिन देखि विभाजनको रेखा कोरियो ।
(6) जुनदिन आफ्ना भाषा बोल्न हजारौ जनजातिहरुलाई अपराधी भनी कारबाही गरी भारत निर्वासित गरियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो ।
(७) जुनदिन कुटिकुटि कलिला मातृभाषी नानीहरुलाई स्कुलमा कुटिकुटी "य" माने यज्ञ "क्ष" माने क्षत्री भनी घोकाइयो र नसक्दा फेल पारियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो ।
(८) जुनदिन संविधानले एक जाती, एकदेश, एकभाषा एक भेष भन्यो त्यही दिन देखि विभाजनको रेखा कोरियो ।
(९) जुनदिन गाइखाने समूदायलाई अपराधी बनाउदै सर्वस्व हरण अहिले १२ बर्ष जेल ठोकियो त्यही दिन विभाजनको रेखा कोरियो
(१०) जुनदिन आदिवासी जनजातिलाई सखाप पार्न पहिलो र दोस्रो विश्वयुद्धमा छात्ति नाप्दै अर्काकोलागि मर्न र मार्न पठाइयो त्यहिदिनदेखि विभाजनको रेखा कोरियो
(११) जुनदिन काक्रे विहारमा बुद्धको मुर्तिलाई स्थापना गर्न नदिइ, शान्तिबादी भिक्षुहरुलाई लाठीलाएर भगवान बुद्धको मुर्ति खोसी सि डि ओ कार्यलयको ट्वाइलेटमा फालियो त्यहिदिनदेखि विभाजनको रेखा कोरियो ।
(११) जुनदिन सरकार, सत्ताधारी पार्टी र प्राधिकरणको टेबुलमा बसेर खेइःहरुले मनोमानी तरिकाले नक्साकोर्दै काठमाडौका नेवाःहरुको घर भत्काउँदै आफना घरमा जाने बाटो बनाए, चिल्ला गाडी गुड्ने सडक बनाए त्यही दिनदेखि विभाजनको रेखा कोरियो ।
(१२) जुनदिन पहिचानको मुद्दाको कुरा गर्दा जालझेल गरी राज्य विरुद्धको अपराधमा बषौं जेलमा केचियो त्यहिबाट विभाजनको रेखा कोरियो ।
(१३) जुनदिन शहिदको छोराछोरीको छात्रबृत्ति खोसेर नेताले आफ्ना छोराछोरी विदेश पढ्न पठाए त्यहि दिनदेखि विभाजनको रेखा कोरियो
(१४) जुनदिन आदिवासीले जोगाएर राखेको बनजंगल खोसेर राष्ट्रिय निकुञ्ज बनाउदै आर्मिलगाएर घर गोठ डडाएर लखेटे त्यही दिनबाट विभाजनको रेखा कोरियो ।
जुनदिन थारुहरुको भूमि सित्तैमा खास्यो त्यतिले पनि नपुगेर उसैलाई कमैया बनायौ । बराबरको अधिकार माग्दा टिकापुर घट्ना घटाई जेलनेल ठोक्यो त्यही दिनदेखि विभाजनको रेखा कोरियो ।
(१५) जुन दिन आदिवासीको भूमिमा रहेको खोला काठमाडौमा बसेर आफना नाममा दर्ता गरी विदेशीलाई बेच्यो र विद्युत निकाल्ने नाममा आदिवासी र स्थानीयलाई विना व्यवस्था विस्थापन गरी विचल्ली बनायो त्यही दिन विभाजनको रेखा कोरियो
(१६) जुन दिन आदिवासी जनजाति, मधेशी, दलित, मुश्लीमले कहिल्र्य चुनाव नजित्ने काननू र संरचना बनायो त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(१७) जुनदिन खस आर्य परिभाषा सहित संबैधानिक जाती भए र ७५ प्रतिशत (प्रत्यक्ष वा अप्रत्यक्ष) आरक्षण सुरक्षित गरे । आदिवासी, मधेशी मुश्लिमको परिभाषा गरिएन त्यहीदिनदेखी विभाजनको रेखा कोरियो ।
(18) जुनदिन पहिलो संविधानसभा र अन्तरिम संविधान विपरित स्वायत्त र स्वशासन खारेज गरी केन्द्रीकृत राज्य बनायो त्यही दिनदेखि विभाजनको रेखा कोरियो ।
(19) जुनदिन नेवाको भूमि सित्तैमा खोसेर सिंहदरबार, नारायण हिटी, टुँडीखेल, युनिभर्सिटि बनायो त्यही दिनदेखि विभाजनको रेखा कोरियो ।
(२0) जुनदिन राम प्रसाद राई, रत्न कुमार बान्तावाहरुलाई झुक्काएर मारियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो ।
(21) जुनदिनदेखि ३ प्रतिशतको थ्रेस होल्ड लगायौ त्यही दिनदेखि विभाजनको रेखा कोरियो
(22) जुनदिन मधेशीलाई विहारी, आदिवासीलाई विखण्डनकारी भन्दै रगतको होली खेल्र्या त्यही दिनदेखि विभाजनको रेखा कोरियो |

No comments:

Post a Comment