Monday 6 March 2017

हिन्दुबादीहरुले शक्तिशाली पिठ मान्दै आई रहेका शिव जी वास्तवमा को हुन्? को थिए? डा. तिलक श्रेष्ठ, हिन्दु धर्म विज्ञ

भोटेको लिङ्ग पुज्दै भोटे भन्दै तामागं, शेर्पा, जनजति, चिनिया, जापानिज आदि चिम्सो आँखा र थेप्चो नाक भएकाहरुलाई घृणा गर्ने गर्छन हाम्रा कतिपय अतिबादी मनुबादी हिन्दुवादी खस-आर्य र नेवार समुदायका मानिसहरु बुद्ध देशमा रहेर पनि आफ्नै अज्ञानताले गर्दा पढे लेखेका शिक्षित भएर पनि बुद्धु भएकाहरु |
त्यसैले त्यसरी घृणा सहेर बस्नु भन्दा यस विश्वमा सबै भन्दा शक्तिशाली वर्ण, सेतो/गोराहरु को पछि लाग्नु उचित भन्ठानेर लागेका हुनु पर्छ गोराहरुको पछि हाम्रा कतिपय तामांग समुदायका मानिसहरु किन कि पश्चिमा मुलुकका गोरा जातिले प्रेम गर्ने गर्दै आई रहेका छन् शोषित पिडित अन्यायमा परेकाहरुलाई भने हाम्रो देशका गोरा /सेतो छाला भएका ब्राह्मण भन्नेहरुले भने शोषण, दमन, पिडा, अन्याय गर्दै आई रहेका छन् युगौ युगौ देखि | त्यसैले हिराले हिरालाई काट्छ, फलाम ले फलामलाई भने झैँ गोरा /सेतालाई गोरा /सेता वर्ण भएकैले काट्छ त्यो पक्का छ मानवताको लागि !!
सन् २०१४, नोभेम्बर १४ तारिखको दिन अमेरिकाबासि, डा. तिलक श्रेष्ठ जो हिन्दुवाद विज्ञ र ईसाई विरोधी हुनु हुन्छ उनले राख्नु भएको अभिव्यक्ति र हामी दुई बीच मेरो फेसबुक स्टाटसमा चलेको हाम्रो बहसको पृष्ठभूमि सहित पूर्ण बहस यस प्रकार छ:
शिव जी को थिए ? कहाँ बस्थे ? किन पुज्ने गर्छन भन्ने कुरा नबुझी हाम्रा केहि अति मनुबादी जातिवादीहरु मति भ्रष्ट भएर अपमानजनक रुपले  तामांग जातिलाई उनीहरुको मनोबल गिरोस भनेर घृणा गर्दै भोटे भन्ने गर्छन हिन्दुस्तानमा आफ्ना पुर्खा भएकाहरुले | 
तर तामांग जातिका मानिसहरुले किन उनीहरुलाई भोटे भन्ने गर्छन भन्ने कुरा बुझ्दै गएका  छन् त्यसैले उनीहरु  अब त भोटे भन्दा दङ्ग पो पर्ने  गर्छन | 
ल पद्नुहोस हाम्रा अतिनै हिन्दुवादी धार्मिक डा. तिलक श्रेष्ठ ज्युले के भन्नु हुन्छ त शिव जी को बारेमा | 
  • Laxmi Tamang:  Dr. Tilak Shrestha Who was Shiva ? where he was born ? who was Shiva parents ? first you have to tell this fact ? You guys believe whatever written in scripture by Indian and you guys like to deluded yourself with false notion. 
Namaste!
The presiding priest of the marriage ceremony between Shiva and Parvati asked 'who is father of Shiva?' He was uneasy. Vishnu tried to cover it up, "I am his father." Priest asked, "Who is the grand father?" Brahma tried, "I am." Who is father of Brahma? Shiva had to confess, "I am." Shiva is the universe. You may look at the Universe and realize (meditation) its two aspects - a. consciousness (Shiva) and b. nature (Parvati). It is the anthropomorphism. Otherwise, Shiva and Parvati lives in the Kailash mountain, by the Lake Man Sarovar, in Tibet. In Tibetan language he is 'Shiwa Okar', in Sanskrit 'Shiva Omkar.' He is the presiding deity of Bon Po, the original Dharma of Tibetans and Tamangs, north of Himalayas; and of Kiratis in south of Himalayas. 
His teachings are in Tibetan Bon Po, Kirati Mundhum, Veda, South Indian Agama. He is revered all over including in Japan, Mongolia, Indonesia. He gives the way to rise over our nature to universe. Here is a short note on Shiva.
1. Meditation is easy: Vigyan Bhairav Tantra: Index of 112 Meditation techniques by Shiva
http://www.meditationiseasy.com/.../Meditation_techniques...
2. Introduction to Vigyan Bhairav Tantra Meditations: Mahasatvaa Ma Ananda Sarita, UK http://vimeo.com/12042364
3. Shenlha Okar \ Shiwa Okar of Bon Po:http://en.wikipedia.org/wiki/Shenlha_Okar
Thanks, Tilak
उक्त विषयसंसंग सम्बन्धित भएर प्रस्तुत गर्नु भएको राजेश लामाको फेसबुक वलबाट सम्भार (५ मार्च २०१७) गरिएको लेख सान्दर्भिक लागेर यहाँ प्रस्तुत गर्ने झमर्को गरिएको छ जस्ताको त्यस्तै:
हामी एक असफल नेतृत्व ठुलो संख्यामा क्रिश्चियन बन्दै गरेका तामाङहरु ईतिहाँसको कुनै समयमा बोन धर्मालम्बीहरु थिए । ईतिहाँस कै कुनै समयमा तिब्बतमा बोनहरु महायानी बौद्ध धर्मालम्बीहरुसँग पराजित भए पछि सम्पुर्ण बोनहरु बौद्ध धर्मालम्बी बनेका भए पनि नेपालमा भने धेरै तामाङहरु अझै पनि बोन प्रथालाई छाडी हाल्न सकेका छैनन त्यसैले तामाङहरु आफ्नो रितिरिवाजमा बोन र महायानी बौद्ध लामा दुबै उपयोग गर्छन । ताप्चे गरि सकेका (बुद्ध, धर्म र संघको सरणमा गई सकेका) तामाङहरु भने बौद्ध धर्मालम्बिहरुले गर्नु पर्ने आचरण अनुरुप जिवन यापन गर्छन । माहायानीहरुमा पनि निङ्मापा प्रथा सबै भन्दा पुरानो मानिन्छ अनि तामाङहरु पनि त्यसैको अनुयायी भएता पनि आजकल भने काग्युपा, साक्यापा, धेलुक्पा लगायत सबै प्रथाका बौद्धमार्गी तामाङहरु पाईन्छन् । तथापी तामाङहरु आफुलाई निङमापा प्रथा कै मान्दछन् ।
बोन प्रथामा शिव र पार्बतीलाई आधिकारीक मुल सक्ति केन्द्र मानिने हुँदा बोन प्रथा हिन्दु धर्मसँग नजिक छ । बोन प्रथामा पुजिने सक्तिपिठहरु प्राय सबै पुराणमा उल्लेखित सक्ति पिठहरु हुन जुन शिवको पहिलो पत्नि सतिदेबीको टुक्रिएका प्रत्येक अंगपतनवाट उत्पन्न भएका मानिन्छन । त्यतिमात्रै होईन हिन्दु बाहुल्य रहेको कारण बौद्ध तिर्थस्थलहरु हिन्दुद्धारा अतिक्रमण गर्ने क्रम बडदो छ । सिमभन्ज्याङको ऋश्वेश्वर महादेव भनेको गुरु रेम्पोच्छे (जसलाई पदम्संभाव पनि भन्ने गर्छन जो थिए तत्कालिन, आठौ शताब्दीका ब्राह्मण समुदायबाट नालन्दा विश्वविधालयका प्रख्यात बौद्ध दर्शनको गुरु) ले सुख्खा भयो भनेर आफ्नो फुर्बाले हानी पानी निकाल्नुभएको ठाउँ हो । यो प्रशिद्ध भार्छेलम्सेल (बाधा निवारक निधि भन्ने प्राथनामा) उल्लेख छ । त्यस्तै रामग्राम मा भएको फुटेको सानो स्तम्भलाई त्यहाँ फुटेश्वर माहादेव भन्ने गरिन्छ । हिन्दु धर्म कै पुराणहरुमा राजालाई बिष्णुको अवतारको रुपमा हेरिने हुँदा प्रत्यक्ष अप्रत्यक्ष रुपमा राजतन्त्रलाई हिन्दु धर्मले आफ्नो धर्म रक्षकको रुपमा मान्दछ ।
यसरी धार्मिक रुपमा तामाङहरु बिभाजित भएका भए पनि तामाङहरुले बौद्ध धर्मलाई नकारेको स्थिति भने होईन । तर ब्राम्हणहरुले हिन्दु धर्मलाई ब्राम्हणवादको आधारमा सोझा जनजातिहरुलाई सोषण गर्ने माध्यम बनाएकोले हिन्दु धर्म र ब्राम्हणवादको भने तिब्र आलोचना हुदै आईरहेको छ । यस्तो स्थिति माझ आज पनि तामाङहरु तामाङ हकहित चाहने एउटै झण्डामुनी गोल बन्द हुन सक्ने स्थिति छ । आज तामाङहरु राज्यको प्रत्येक निकायहरुमा सुन्यको स्थितिमा छ । यहि मुद्दा तामाङहरुको साझा मुद्दा हुन सक्छ ।
तर यसको अप्ठेराहरु पनि छन् । के हुन ति अप्ठेराहरु ? छोटकरीमा हेर्दा (क) राजनैतिक (ख) धार्मिक । राजनैतिक ः– राजनैतिक रुपमा सबै जनजातिहरु बिभाजित छन् । तामाङ पनि त्यसको अपवाद हुन सक्दैन । तर सबै तामाङहरुले तामाङहरुको हकहितलाई केन्द्र बिन्दुमा राख्न सके तामाङहरु तामाङ हक हितको झण्डामुनी संगठित हुन सक्छन । धार्मिक ः– यो शब्द जति सरल देखिन्छ त्यति सरल भने होईन छैन । हाल तामाङहरु तिब्र गतिमा क्रिश्चियन बनि रहेका छन् अहिले बौद्ध धर्ममा तामाङहरुलाई गोल बन्द हुन नदिनमा यो मुख्य कारक तत्व हो । लोसारको बिवादको पछाडी पनि यहि कुरा कारक तत्व हो । ग्याल्वो लोसारको सेरोफेरोमा तामाङहरु संगठित हुन सक्ने सम्भावना थियो । किन भने तामाङहरु सबै बौद्ध धर्ममा आस्था राख्छन । तर क्रिश्चियनहरु यो मान्न तयार छैनन ।
मलाई ब्यक्तिको आस्थाप्रति कुनै गुनासो छैन तर यो तामाङहरुको लागि दुरभाग्य हो । तामाङहरुलाई तामाङहरुको हकहित चाहने एउटै झण्डा मुनी कसरी गोलबन्ध गर्न सकिन्छ यो प्रश्न मेरो लागि जति महत्व राख्छ तपाईको लागि पनि त्यति नै राख्छ भन्ने सोचेको छु । आसा छ हामी खुल्ला मनले बहस गर्नेछौ ।"

No comments:

Post a Comment