Wednesday, 28 November 2018

राजमार्गको डाकु रत्नाकार जसलाई पछि गएर बाल्मिकी भनियो उनले रचना गरेको हो रामायण ।
त्यसैले डाकु चोर फटाहाहरुले जस्तो सोच्छ त्यस्तै लेखेको छ भन्ने बुझेको छु मैले त रामायण पनि ।
किन कि बुद्धलाई चोर नास्तिक भनेका छन् रामायणमा स्वयं उ बुद्धु भएकोले गर्दा बुद्धको ज्ञान, शिक्षा, उपदेश नबुझ्नाले। जब कि स्वयं चोर थिए रत्नाकर डाकु वाल्मिकी ।
त्यस्तो रचनालाई पनि महान नैतिक ग्रन्थ मान्ने ठान्ने समुदाय कस्तो होला भनेर सहजै अनुमान लगाउन सकिन्छ एक चेतनशील विवेकशील प्राणी, मनुष्य भई सके पछि । अब भने नयाँ पुस्ताका ब्राह्मण समुदायका केहि शिक्षित ससक्त, सचेत, सतर्क र सजग महिलाहरुले समेत जिज्ञासु हुन् थालेका छन् भन्ने तथ्य हो यो निम्न लेख "मलाई रामजस्ता "भगवान्’सँग बिहे गर्न डर लाग्छ" नामक शिर्षकमा शितल दाहाल जीले लेख्नु भनेको ।

"देशदेशावर घुम्ने रामले कसैप्रति जवाफदेही हुनु नपर्ने र सीताले चाहिँ अपहरित भएर घर फर्कंदा पनि आगोमा पोलिनुपर्ने ? समाजले रामकृत्यप्रति किन प्रश्न गरेन ?
मंसिर २६ गते विवाह पञ्चमीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ ‘जन्ती’ बनेर जनकपुर आउन इच्छुक थिए । तर, मोदीको भ्रमण अनिश्चित भएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्र सरकारका उद्योग वाणिज्य तथा नागरिक उड्डयनमन्त्री सुरेश प्रभु जनकपुर आउने भएका छन् । र, पुराण कथाको स्मृतिलाई ताजा गराउँदै उनीहरूले जनकपुरबाट ‘जनकपुत्री सीता लगेर भारतस्थित रामको घर अयोध्या भिœयाउनेछन् । गएको दसैँको छेको पारेर भारतका विभिन्न स्थान घुम्ने पारिवारिक तीर्थाटनका क्रममा तिनै रामको घर अयोध्यासमेत पुग्ने अवसर जुरेको थियो मलाई पनि ।
अयोध्या घुम्ने क्रममा एउटी बुढी तीर्थालु अर्की कुनै विवाहिता युवतीको टाउकोमा हात राखेर आशिष दिइरहेकी भेटिइन्– तेरा बेटा हो, बेटा भी गोरा ही हो । ‘अर्काे वर्ष तैँले छोरै पाएस्’ भनेर विवाहित युवतीलाई प्रौढ आफन्तले आशिष दिएको त दर्जनौँपटक सुनेको छु । छोरै चाहिने माग आफैँमा लैंगिक विभेद हो । त्यसमाथि छोरो पनि गोरै चाहिनुले नेपाली र भारतीय समाज कति रंगभेदी पनि छ भन्ने बुझ्न सकिन्छ । भन्नुपर्दैन, कालाकै बाहुल्य भएको भारतमा मात्र होइन, नेपालमा पनि काला मान्छेलाई मन पराइन्न, कृष्ण वर्णका सन्तान रुचाइन्नन् ।
बाल्यकालदेखि नै ‘मर्यादा पुरुषोत्तम राम’को बयान सुनेर हुर्केकाले उनै भगवान् जन्मी, हुर्केको र ठूलो भएपछि बिहे गरी हाम्रै जनकपुरकी सीतालाई भित्र्याएको भनिएको स्थानमा पुग्न पाउँदा खुसी लाग्नु स्वाभाविक थियो । । भूगोलले छिमेकी र संस्कृतिले समानता भएका नेपाल र भारतमा हिन्दू (सनातनी) समुदायको बाहुल्य भएकाले हाम्रा आराध्य उस्तै छन् । ब्रह्मा, विष्णु, महादेव, राम, कृष्ण र देवी आदि ।
राम भन्नेबित्तिकै एउटा नेपाली पुस्तालाई भारतीय हिन्दी सिरियल ‘रामायण’मा रामको भूमिकामा देखा परेका अरुण गोविलको तस्बिर आँखामा झट्टै आउँछ । तर, यसपटक रामलाई उनैको अयोध्या पुगेर ती पुराणपात्रको स्मरण गर्दा यसअघि कहिल्यै मनमा नआएका केही सवाल मनमा आए । करोडौँ भक्तजनका श्रद्धेय देवलाई लाञ्छना लगाउने ध्येय मेरो कदापि होइन । एक्काइसाँै शताब्दीको स्वतन्त्र मानिसले आफूलाई लागेको जायज जिज्ञासा राख्दा त्यसलाई अनर्थ ठानिन्न भन्ने ठहर हो ।
रामायण लेख्छ– जग जान्दछ र सो कुरो ‘मर्यादा पुरुषोत्तम राम’लाई पनि थाहा थियो कि सीतालाई दानव भनिने रावणले अपहरण गरेर लंका लगे पनि उसले सीतालाई छोएको थिएन । तर, अन्ततः एक सर्वसाधारणले सीताको ‘चरित्र’माथि शंका गरेकै भरमा रामले सीतालाई अग्निकुण्डमा हुले । देशदेशावर घुम्ने रामले कसैप्रति जवाफदेही हुनु नपर्ने र सीताले चाहिँ अपहरित भएर घर फर्कंदा पनि आगोमा पोलिनुपर्ने ? यति हुँदा पनि हाम्रो समाजले रामकृत्यप्रति किन प्रश्न गरेन भन्ने सवाल मेरो मनमा पटक–पटक आए ।
राम र सीता वनवासमा रहेका बखत सीतालाई रावणले अपहरण गरी अशोक वाटिकामा चार वर्षसम्म लुकाएर राखेको थियो भन्छ स्वयं रामायण । चार वर्ष लामो समय सीता अशोक वाटिकामा कैदी जीवन बिताइरहँदा राम सीताकै खोजमा दश दिशा चहार्दै थिए । त्यस बखत राम त स्वतन्त्र थिए । तैपनि वाल्मीकि लिखित रामायणले स्वतन्त्र रामको अग्निपरीक्षा लिन चाहेन, किन ?
दक्षिण एसियाली समाजमा लोकप्रिय पुराण कथा हो, रामायण । रामायणकै करिब तीन सय थरी भिन्न कथा रहेको जानकारहरू बताउँछन् । त्यसमध्ये तुल्सीदासकृत रामायण र वाल्मीकि रामायण आममान्छेले सुनेको रामायण हो । यिनमा उपकथा केही फरक भए पनि मूलकथाले त्यही भन्छ– सीता रामद्वारा अपहेलित भए पनि राम नै मर्यादा पुरुषोत्तम हुन् । तर, त्यति अमिल्दो तर्कलाई पनि हामी राम र हनुमानभक्तहरू सजिलै स्वीकार गर्छौं । यो शताब्दीमा पनि मासिकस्रावलाई अपवित्र मान्दै ‘बार्ने’ समाजले स्त्री भएकै कारण अपहेलित सीताको मर्म अहिले पनि बुझ्न चाहँदैन ।
मलाई त सोध्न मन लाग्छ– पुराणकालदेखि आधुनिक कालसम्म योनि मात्रै अपवित्र र लिंगचाहिँ किन पवित्र हुन्छ ? यसो भनिरहँदा हाम्रा मन्दिरमा श्रद्धाले पुजिने ठाडा ढुंगाका सम्झना हुन्छ, जसलाई प्रायः शिवलिंग भनेर श्रद्धाले ढोग्ने गरिन्छ ।
कहिलेकाहीँ त यस्तो भान हुन्छ– पूरै रामायण सीतासँग रावणले शारीरिक सम्बन्ध राख्यो कि राखेन भन्ने शंका केलाउन मात्रै लेखिएको हो । अझ ‘मर्यादाका उत्कृष्ट उदाहरण र पुरुषमा पनि उत्तम राम’ले आफ्नी गर्भवती पत्नीलाई विनाकारण घरबाट निकालेको कथा हामी खुब स्वाद मानीमानी सुनिरहेका छौँ । इतिहासमा भएका अत्याचार र हिंसाका कुरा गर्दा कतिपय भन्छन्– त्यो अर्कै समयको कुरा हो, अहिले त्यस्तो कुरा गर्नु अनुचित हो ।
सम्भवतः यस पौराणिक कथाबारे पनि कतिपयले त्यही तर्क दोहोर्‍याउलान्, तर रामले सीतासँग गरेको दुव्र्यवहार क्षमायोग्य हिंसा होइन । गर्भिणी स्वास्नीले परपुरुष मानिससँग शारीरिक सम्बन्ध राखेकी थिइन् कि भन्ने शंकालाई लिएर घरबाट निकाल्ने रामले समाजमा कस्तो खालको मर्यादा कायम गर्न खाजेका थिए कुन्नि ?
रामायणकै कथाले सीधा–सीधा र बुझिने भाषामा भनेको छ– आफ्नी बहिनी सुपर्णखालाई गरिएको अपमानको बदला लिन रावणले सीताहरण गर्‍यो । सुन्दरी सीता देखेर ऊ लोभियो र रावणले सीतासँग प्रणय निवेदन गर्‍यो, तर सो सीताबाट अस्वीकृत भयो । सुन्दर स्त्री देख्नेबित्तिकै उपभोग गर्ने उद्देश्य राख्नु रावणको भुल हो ।
तैपनि, रावणको भुल क्षम्य लाग्छ किनभने रावणले बदलाको भावनाले सीताको अपहरण मात्र गरेको हो । कथालाई मान्ने हो भने रावणले सीतालाई कहिल्यै जबर्जस्ती गरेन । राक्षस भनिएको र पुष्पक विमानसमेत भएको धनाढ्य राजाले चाहेको भए आफ्नो बन्दीलाई जबर्जस्ती जेसुकै गर्न सक्थ्यो । तर, युद्धबन्दी भएर आएकी रूपवति स्त्रीमाथि रावणले अनुचित हर्कत गरेन । कमजोरमाथि यौनहिंसा नगर्नुको तारिफमा रावणबारे रामायणमा कतै केही उल्लेख छैन ।
त्रेता युगमा रामले जनकपुरकी ‘हाम्री सीतामैयाँ’लाई बिहे गरेर लगे । विरोधीले त उनलाई बन्दी बनाए–बनाए, आफ्नै पतिले समेत अत्याचार गरे । तर, आजसम्म उनीमाथि भएको हिंसाउपर कुनै शास्त्र तयार भएन । उनको पक्षमा कुनै न्यायप्रणालीले आजसम्म बोल्नु जरुरी पनि ठानेन ।
‘सीताराम–सीताराम’ भनेर हामीले भजनमा थपडी त बजाइरह्यौँ, तर पुरुषले लेखेको र जुगौँपहिलेको जड पुरुषसत्ताले भजेको रामायणभित्रको गहिरो हिंसालाई देखेनौँ । त्यसैले मलाई हरेक विवाह पञ्चमीमा अयोध्याबाट सीताहरूलाई विवाह गरेर लाने रामहरूसँग डर लाग्छ । कहीँ आज विवाह गरेर लगेपछि फेरि भोलि सोझा सीताहरूमाथि हिंसा होला भन्ने डर लाग्छ । हाम्रो तराई मधेस तथा भारतका उत्तर र विहार प्रदेशबाट दाइजो नपाएको निहुँमा परिवारले अग्निदाह गराइएका खबर आइहाल्ला कि भनेर उतिखेरै त्रस्त हुन्छु ।
यौन, योनी र यसकै नाममा कति सीताले अग्निकुण्डबाट आफूलाई जोगाउन सक्लान् ? दहेज, सम्पत्ति र शंकाबाट आफ्नो योनीको सुरक्षा तिनले दिन सकेनन् भने फेरि रामहरूले तिनलाई घरैबाट निकाल्नेछन्, चाहे ती गर्भवती नै किन नहून् । त्यसैले मलाई त्रेताका रामजस्तो ‘भगवान्’सँग बिहे गर्न डर लाग्छ । कुनै दिन दुर्घटनावश ममाथि कुनै खालको हिंसा भयो भने मेरा घरका ‘राम’ले मलाई पत्नीका रूपमा अस्वीकार गर्न पनि त सक्छन् ।
आउन त जगत्मा ठूलो हेरफेर आइसकेको छ । तैपनि म अझै लोग्नेले स्वास्नी कुट्न पाउने र चाहेमा घरैबाट समेत निकाल्ने हैसियत बोकेर दोबाटोमा उभिएको अर्धचेत समाजको एक हिस्सा हुँ । हुन त शंकाकै भरमा आफ्नी गर्भवती स्वास्नीलाई घरबाट निकाल्ने पुरुषलाई नजानी–नबुझी फुलपाती चढाएर शिर निहुर्‍याए पनि कुनै दिन साक्षात् राम अवतरण गरेर युवतीसँग विवाह प्रस्ताव गरे भने पनि अहिलेका दिदी–बहिनीले तिनको प्रस्ताव स्वीकार नगर्लान् । म त के स्विकार्थें ?
स्रोत 
१. शितल दाहाल, २०१८, "मलाई रामजस्ता ‘भगवान्’सँग बिहे गर्न डर लाग्छ"  http://www.nayapatrikadaily.com/2018/11/27/118597/
मेत जिज्ञासु हुन् थालेका छन् भन्ने तथ्य हो यो निम्न लेख शितल दाहाल जीले लेख्नु भनेको ।

No comments:

Post a Comment