Monday 26 November 2018

नेपाल हिन्दुस्तानको उपनिवेश हो भन्ने ऐतिहासिक तथ्यगत प्रमाण ।

नेपाल राष्ट्रको प्राचिन र मध्यकालीन युगको इतिहास अध्धयन गर्दा मुसु मुसु हास उठ्दो छ ।
किन कि काठमाडौँ उपत्यका विशेषत भक्तपुरमा हिन्दुस्तानबाट शरण लिएका राजारानीहरुले राजकाज गरी उनीहरुको आफ्नो कुल देउता, "तलेजु भवानी" आजको दिनसम्ममा पनि काठमाडौँ उपत्यकाबासीहरुले ताजा रुपमै पुज्दै आई रहेका छन् ।
नेपाललाई कहिल्यै बाह्य मुलुकहरुका मानिसहरुले अतिक्रमण गरी उपनिवेश बनाएका छैनन् भन्ने गर्छन ।
हो भौतिक युद्धको हातहतियारद्वारा अतिक्रमण गरेका छैनन् |
तर मनोहतियार "धर्म" द्वारा नेपाललाई हिन्दुस्तानीहरुले गुलाम बनाउदै आई रहेको थियो र छ भन्ने तथ्य छ नेपालको प्राचिन मध्यकालीन युगको इतिहास अध्धयन गर्दा ।
जसरी अफ्रिका अंग्रेजहरुले अफ्रिकनहरुलाई आँखा चिम्लेर प्राथाना गर्न लगाए र आँखा खोल्दा उनीहरुको हातमा बाईबल र अंग्रेजहरुको हातमा उनीहरुको जमिन थियो नोबल पुरस्कार विजयता देस्मन तुतुले भने झैँ काठमाडौँ उपत्यकाबासीहरुको हातमा पनि त्यस्तै भएको देखिन्छ, भेटिन्छ र पाइन्छ । आजसम्म काठमाडौँ उपत्यकाबासीहरुले कहिल्यै नेपाल राज्यको प्रमुख भई शासन सत्ता बसेर सरकारको प्रमुख भएका छैनन् । उनीहरुको मन र मस्तिष्कमा भगवान, देवी देउता, पुजाआजा, जात्रा बाहेक अन्य केहि सोच्न सक्ने क्षमता र सक्षमता छदैछैन् । किन कि उनीहरु मनोदास भएका छैन हिन्दुस्तानबाट भागेर शरणार्थी लिन आएका भगौडा राजारानीहरुले लादि दिएको आफ्नो कुल देउता पुज्न "तलेजु भवानी" लगायत अन्य पुज्न व्यस्त पारी दिएको छ ।
विश्व राजनीतिक विश्लेषक नोमन चोम्सकीले भनेका छन्,
"शासक शोसकहरु जति सक्दो आम जनमानस /नागरिकहरुलाई निष्कृय राख्न सक्यो उनीहरुलाई त्यतिकै लाभ मिल्छ । त्यस्तो गर्ने सबैभन्दा उपयुक्त उपाय भनेको उनीहरुलाई "देउता" दिनु पर्छ तब उनीहरु पुजेर व्यस्त रहने गर्छन ।"
नोमन चोम्सकीको यो भनाई नेपालको सन्दर्भमा र्याङ्ग ठ्यांग मिल्छ काठमाडौँ उपत्यकाबासीहरुमा । उनीहरुले दावी र हावी गर्ने गर्छन हामी नेपालीहरु जो उपत्यकाभन्दा बाहिरबाट आएर बसेका छौ उनीहरु चाही बाहिरको रे, तर जो हिन्दुस्तानबाट आएर उनीहरुलाई "४ जात ३६ वर्ण लादयो" "हिन्दुस्तानको कर्नाटक राज्यको राजाहरुको कुल देउता तलेजु भवानी पुज्न संस्कार संस्कृति स्थापना गरायो" र "काठमाडौँ उपत्यकाबासीहरुको आफ्नो सत्ता र सरकार खोस्यो" उनीहरु स्वयंले चालनपाईकन उनीहरु चाही आफ्नो राजा रे अनि हामी आम नेपाल भुमि र भूगोलका नेपालीहरु चाही बाहिरको रे । हा हा हा क्या उत्कृष्ट मनुबादी बुझाई छ उनीहरुको आफ्नै मनको अज्ञानताले गर्दा आफ्नोलाई पराई र पराईलाई घर भित्रको कराई झैँ गरेर राखेको छ ।
प्राय खस पढे लेखेका शिक्षित दीक्षितहरुको बुझाई पनि त्यस्तै रहेछ ।
काठमाडौँ उपत्यकामा खसले राज्य गर्यो भन्ने गर्छन | तर ऐतिहासिक तथ्यगत रुपमा बुझ्दा उही हिन्दुस्तानबाट शरण लिन भागेर आएका भगौडा राजपुतहरुले नै पो राजकाज गरेका रहेछन जसरी पृथ्वी नारायण शाहको पुर्खाहरु हिन्दुस्तानको राजिस्थानबाट नेपालमा शरण लिने भागेर आई राजकाज गरे त्यस्तै रहेछ उपत्यकाको खस राज्यको इतिहास पनि ।
हामी मुर्ख मनुवाहरुको अज्ञानता देखेर कुरा बुझेर हास्नु बाहेक के नै गर्न सकिन्छ ।
"The History of Ancient and Medieval Nepal: In a Nutshell with some Comparative Traces of Foreign History" written by D.B. Shrestha and C.B. Singh published in 1972 can be accessed from http://himalaya.socanth.cam.ac.uk/collections/rarebooks/downloads/History_Ancient_Medieval_Nepal.pdf

No comments:

Post a Comment