Monday 30 May 2016

शासक, शोसक र सत्ताधारी मन, मनस्थिति र मानसिकताको नीति एच.आई.भी. भाईरस जस्तै

शासक, शोसक र सत्ताधारी मन, मनस्थिति र मानसिकता भएका व्यक्तिहरुको अरुलाई स्वाहा पारेर आफु आहा हुने नीति भनेको रयांगको ठ्यांग एच. आई. भी. भाईरससंग मिल्दा रहेछ भनेर प्रष्ट रुपमा बुझिन्छ | 
एच. आइ. भी. भाईरस मानव शरीरमा प्रवेश गरेको ३ महिनासम्म झ्याली अवस्था (विन्डो पिरेड) मा रहने बस्ने गर्छन | भनाईको अर्थ मानव शरीरमा एच. आई. भी. जीवाणु प्रवेश भएपछि कुनै पनि लक्षणहरु नदेखाई लुकेर ३ महिनासम्म झ्यालबाट च्याएर हेरेर बसे झैँ बस्ने गर्छन नसल्बलाई शरीरको प्रतिरक्षात्मक प्रणाली, सेतो रक्त कोषहरुको काम गर्ने चालचलन हेरेर बस्ने गर्छ अनि जब भाईरसहरुले सेतो रक्त कोषको सम्पूर्ण गतिविधि अध्धयन गरी बुझ्छन् भित्री गाठ्ठे कुरा तब सेतो रक्त कोषहरु मध्येको सबै भन्दा कम्जोर सेतो रक्त कोषलाई आक्रमण गरी सेतो रक्त कोष जस्तै आफ्नो स्वरूप बनाई पुन अर्को सेतो रक्त कोषलाई आक्रमण गर्न तम्तयार हुन्छन | सोहि अनुसार सुस्तरी एकबाट दुई, दुईबाट चार, चारबाट आठ गरी गुणात्मक रुपमा सम्पूर्ण सेतो रक्त कोषहरुलाई नष्ट पार्ने काम गर्छन आफ्नै रुप धारण गरी आफुलाई नै स्वाहा पार्ने गर्छन | 
हो शासक शोषक र सत्ता पक्षका राजनीतिककर्मी नेताहरुको मन, मनस्थिति र मानसिकता त्यस्तै हुदो रहेछ भनेर हामीले विश्व लगायत नेपालकै ऐतिहासिक कालखण्डबाट प्रष्ट रुपमा बुझिन्छ | उदाहरणको लागि अमेरिकी सत्ता पक्षधारी सरकारले अन्य मुलुक स्वाहा पार्न जुन मुलुक स्वाहा पार्ने हो सोहि राष्ट्रको व्यक्तिहरु प्रयोग गर्ने गर्छन विभिन्न मानवीय सहायता, दक्षतापूर्ण पेशागत तालिम, शिक्षा, र व्यापारव्यवसायमा सहयोग गरे झैँ गरी | उनीहरुको ईसाईधर्म प्रचार प्रसारको विश्व नीति पनि सोहि हो | त्यसैले नेपालमा ठुला ठुला ईसाईधर्मका पादरीहरु खस-आर्य समाजको त्यसमा पनि विशेषत बाहुन समाजकै परिचालन गरेका हामी पाउछौ किन कि उनीहरुलाई राम्रोसंग थाहा छ बाहुन समाज हिन्दुवादको संरक्षक हुन् भनेर साथै उनीहरु हिन्दुबाद नीतिद्वारा संचालित समाजमा उच्च जात हुन् उनीहरुले भनेका अन्य सम्पूर्ण जातजातिहरुले मान्ने गर्छन भनेर | हिन्दुस्तानको नीति पनि उही नै हो हाम्रै खस आर्य, मधेसी समाज र हिन्दु समाजका व्यक्तिहरु प्रयोग गरी नेपाललाई स्वाहा पार्ने | जे होस् मान्नै पार्छ पश्चिमेलीमुलुकका यहुदी र हिन्दुस्तानको ब्राह्मणहरुको बुद्धि, मन, मनस्थिति र मानसिकताद्वारा संचालित कुटनीतिक रणनीतिलाई |
नेपालमा पनि विगतमा रण भुपाल शाह, पृथ्वी नारायण शाहको पिताले पनि आफ्नो पुत्रलाई भक्तपुरको राजासंग मित साईनो गासि आफ्नो छोरा पृथ्वी नारायण शाहलाई उनको भित्री तथ्य र यथार्थ बुझ्न लगाउने नियत पुर्वक केहि साल अध्धयन अध्यापन गरोस छोरा भनेर विन्ती राखी | तर अन्तमा सोहि मित बुबालाई स्वाहा पारे मित छोराले | त्यस्ता कयौ ऐतिहासिक घटनाक्रमहरु छन् जुन हामी बुझ्न सक्छौ स्वाहा पार्न सोहि समाज जुन समाज लाग्छ अलिक जनसांख्यिकीय रुपमा ससक्त जस्तै खस क्षेत्री, मगर, थारु, तामाङ्ग, नेवार, लिम्बु, राई, गुरुङ आदिलाई स्वाहा पार्न प्रयोग गर्दै आई रहेका छन् सोहि समाज भित्रका पढेलेखेका टाठाबाठा वा राजनीतिक रुपमा अलिक सचेत र जागरुक व्यक्ति जसले नियन्त्रण गर्न सक्छन आफ्नै समाज/समुदायलाई शासक, शोसक र सत्ताधारी राजनीतिककर्मीहरुको स्वार्थ अनुसार काम गरी आफ्नो समाज /समुदाय र राष्ट्र स्वाहा पार्न आफ्नै अज्ञानताले गर्दा क्षणिक लोभलालचमा फसी |

No comments:

Post a Comment