Monday 30 May 2016

अज्ञानताले गर्दा भौगोलिक रणनीतिक क्षेत्रको प्रयोग गर्न असक्षम

नेपाल भूगोल जसरी राजनतिक भौगोलिक रणनीतिक क्षेत्रमा रहेर पनि असक्षम छन् फाईदा लिन हाम्रा शासक, शोसक, सत्ताधारी राजनीतिककर्मी र सरकार विश्वका उदयमान दुई शान्तिशालि राष्ट्रहरु, चीन र हिन्दुस्तानलाई उचित रुपमा मैत्री पूर्ण रणनीतिक सम्बन्ध स्थापना गरी हो त्यस्तै छ तामाङ्ग समुदाय पनि काठमाडौँ वरिपरी रहेरबसेर पनि उनीहरु असक्षम छ विद्रोह गर्न लिम्बुवान र मधेसीहरु झैँ न्याय, समानता र आत्मसम्मानको निम्ति आफ्नै अज्ञानताले गर्दा | 
काठमाडौँ वरिपरी तामाङ्ग समुदायको ऐतिहासिक थातथलोलाई गतसालको भूकम्पले ठुलो क्षति पुराएता पनि साथै उनीहरुको पुर्खाको जातिय नरसंहार गरेता पनि उनीहरुलाई सुनियोजित रुपमा राज्य पक्षले विगतमा आर्थिक, शैक्षिक र संस्कृतिक क्षेत्रमा असक्त पार्न गरिएको नीतिको कारणले गर्दा आफ्नै अज्ञानताबाट पिल्सिएर विवस छन टुलुटुलु हेर्न आँखामा पिलपिल आशु भरेर भ्रष्ट सरकार, शासक र शोषकले एक दिन न्याय देला, हेर्ला र सहयोग गर्ला राज्यद्वारा भनेर | कस्तो विडम्वना छ तामाङ्ग समुदायको दुर्गति हेर्दा उनीहरुलाई राज्य पक्षले सुनियोजित रुपमा गरेको अन्याय अत्याचार शोषण दमन तिरस्कार र बहिस्कारको ऐतिहासिक पृष्ठभुमि बुझ्दा र हालको स्थिति हेर्दा | 
विचरा तामाङ्ग दाईभाई दिदीबहिनीहरु विशेषत नुवाकोट, धादिंग, रसुवा र सिन्धुपाल्चोक जिल्लाहरुको दुर्गम बस्तीहरु जहाँ अतिनै क्षति गर्यो गत सालको भूकम्पले उनीहरुको हालको अवस्था हेर्दा उनीहरु अझै पनि दुंगे युगमा बसेका र रुपमा मानव तर मन, मनस्थिति र मानसिकतामा उनीहरु पशु सरह छन्, चेतना र विवेक छैन अशिक्षा र अज्ञानताले गर्दा | सोहि कारणले गर्दा उनीहरु आफ्नो दुख, पिडा, अन्याय, अत्यचार, शोषण दमन, तिरस्कार र बहिस्कार विरुद्ध आवाज उठाउनुको साथै आफ्नो प्रतिनिधित्व गर्ने उचित नेतृत्व वर्गको छनोट गर्न समेत असक्षम छन् | अतिनै लाटा, सोजा, ईमान्दार रहेछन र त्यसको फाईदा विगत राणा र शाहकालिनमा उनीहरुलाई बहसमा राख्न सुदुर र मध्यम पश्चिमअंचल क्षेत्र थातथलो भएका खस-आर्य समुदायका मनिहरुलाई ती तामाङ्ग समुदाय कै जग्गा जमिन खोसेर दिएर बसोबास गराई उनीहरुबाट किपट उठाई उनीहरुलाई नियन्त्रण गर्दै राजकाज चलाउदै आई रहेको तथ्य प्रमाणित हुन्छ | 
धन्न प्रकाश चन्द्र लोहिनी र पशुपति जंग बहादुर राणाको हलिमुवाली र चलखेल बन्द र मन्द भयो गणतन्त्र आए पश्च्यात तामाङ्ग समुदायमा चेतना जागेर अब भने रामशरण महत र अर्जुन नरसिंह के.सी. को पनि चाडै दिन आउदैछ स्वाहा हुने उनीहरुको चलखेल तामाङ्ग समुदायलाई प्रयोग गर्दै आफु शासन सत्तामा पुग्ने बध नियतको भन्ने प्रष्ट बुझिन्छ | आखिर जस्तो कर्म गरियो सोहि अनुसारको फल प्राप्त हुने न हो समय परिपक्क भएपछि मानवताको लागि | म सोहि दिनको पर्खाई म छु जब जाग्छ मस्त निन्द्रा सुताईएका समुदाय आफ्नो अन्याय र स्वतन्त्रताको लागि |

No comments:

Post a Comment