Monday 30 May 2016

विगतका राज्यद्वारा तामाङ्ग जातिको नरसंहारको तथ्य

तिम्रो हालको अवस्था बुझ्न, प्रजातंत्र कायम राख्न र मुक्ति पाउन विगत (इतिहास) लाई फर्केर हेर, बुझ भन्ने गर्छन यस विश्वका प्रसिद्ध ईतिहासकारहरु |  
भूकम्प पछि म नुवाकोट जिल्लाको लच्यांग गा.वि.स. पुगेको थिए | यस स्थानका तामाङ्गहरुले उनीहरुको हालको दुख, पिडा, अन्याय, अत्याचार, शोषण, दमन, गरिवीको कारण विगतमा उनीहरुको पुर्खालाई पृथ्वी नारायण शाह र उनको पिताले गरेको नरसंहारको बारेमा भन्ने तथ्य रहेछ | सोहि कारण उनीहरुको जग्गा जमिन सम्पूर्ण नुवाकोट को भैरव को मन्दिरको नाममा गरेको तथ्य पनि सुनाए जसको कारण उनीहरुले न्याय माग्दै आई रहेका रहेछन देशमा प्रजातन्त्र आए पछि | तर अझसम्म पनि उनीहरुले न्याय पाउन सकेका छैनन् भन्ने दुखेसो प्रकट गरेका थिए | 
शाहकालिन, राणाकालिन र पन्चेकालिन सामन्ती शासक शोषकहरुले काठमाडौँ वरिपरीका तामाङ्ग समुदायलाई जति अन्याय, अत्यचार, शोषण, दमन, तिरस्कार, बहिक्सर र जबरजस्ती सुनियोजित दङ्गले पछाडि पारिने/सिमान्तकृत गरिने काम राज्य पक्षले गरे उनीहरु विरुद्ध गरेको त्यस्तो ऐतिहासिक रुपमा गरिएको त्यस्तो जातीय नरसंहारको माफी माग्दै क्षतिपूर्ति राज्यले दिनु नै पर्ने हुन्छ जसरी दिए अस्ट्रेलियामा त्यहाँको आदिबासी विरुद्ध ऐतिहासिक रुपमा उनीहरुको पुर्खाले गरेको जातीय नरसंहार विरुद्ध वर्तमान शासक शोसक र सरकारले | 
तामाङ्ग समुदाय लगायत थारु, शेर्पा, घर्ति, कुमाल र चेपांग जातिलाई मास्न हुने दास बनाउन हुने मतवाली भनेर वर्गिकृति राज्य पक्षले सन् १८५४ को मुलुकी ऐनमा उल्लेख् गरी शाहकालिन राज दरवारको मुख्य दास दासी र शासकहरुको भरिया तामाङ्गलाई बनाए | साथै ठुला ठुला दरवार र महलहरु जतिपनि छन् हाल काठमाडौँ, ललितपुरमा ती भवनहरुको मुख्य कामदार नै तामाङ्ग समुदायका थिए भन्ने ऐतिहासिक तथ्यहरु उजागर हुदै आई रहेको छ | भूकम्पले त्यत्रो मानवीय र धनसम्पतिको देशमा क्षति पनि तामाङ्ग समुदायको थातथलो भएकै जिल्लाहरुमा बदी पुराएता पनि नेपाल सरकार, शासक, शोसकहरु संवेदनशील नभएको पाईयो कारण पक्कै पनि तामाङ्ग समुदायका मानिसहरुले बदी लाभ पाउला भन्ने बधनियत नै हुनु पर्छ हाम्रो भ्रष्ट सरकार, शासक र शोसकहरुको | 
अझै पनि तामाङ्ग समुदायका मानिसहरु अज्ञानताले गर्दा मस्त निन्द्रा सुतेका छन् घुर घुर गर्दै | यदि यी समुदायका मानिसहरु लिम्बु र मधेसी समुदायका मानिसहरु झैँ जरांगजुरुंग उठे र जागे भने के हुन्छ सोचेको छ हाम्रा मति भ्रष्ट शासक, शोसक र सरकारले | चेतना भया १६ औ अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेको भनाईलाई,
"तिमीले सबै मानिसहरूलाई केही समय मूर्ख बनाउन सक्छौ र केही मानिसहरूलाई सधैको लागि मुर्ख बनाउन सक्छौ | तर सबै मानिसहरुलाई सधैको लागि मुर्ख बनाउन सक्दैनौ |" 
"विक्रम सम्वत् १८५० अर्थात आजभन्दा दुई सय २३ वर्षअघि एक हजार जनसंख्या सानो होइन । त्यो बेलाको विद्रोहमा एक हजार जनाभन्दा बढी तामाङ काटिनु पर्‍यो । रणबहादुर शाहले कालु पाँडेलाई लेखेका एक पत्रमा यो प्रसँग स्पष्टसँग उल्लेख हुन पुगेछ । त्यसबेलाको विद्रोहमा निक्कै ठूलो थियो । 
यस डरलाग्दो घटना खुल्ने दुई ऐतिहासिक पत्र ‘पूर्णिमा’का फरकफरक अंकमा दिनेशराज पन्तले ‘श्री ५ रणबहादुर शाहले कालु पाँडेलाई वि.सं. १८५०मा लेखेको अप्रकाशित पत्र’ शिर्षकमा र महेशराज पन्तले ‘विद्रोहपछि वि.सं. १८५० मा लच्याङ मुर्मीलाई थामिदिई गरिदिएको अहिलेसम्म प्रकाशमा नआएको पत्र’ शिर्षकमा ऐतिहासिक पत्र छापेर लच्याङको तामाङ विद्रोह र नरसंहारबारे प्रकाश पारेका छन् । (१)"

स्रोत सामाग्री
१. राज कुमार दिक्पाल वैशाख २०७३ "हजार जना मारिएको, इतिहासमा कतै नलेखिएको : १८५० सालको तामाङ विद्रोह"
http://esamata.com/2016/insight/%E0%A4%B9%E0%A4%9C%E0%A4%BE%E0%A4%B0-%E0%A4%9C%E0%A4%A8%E0%A4%BE-%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A4%BF%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A4%87%E0%A4%A4%E0%A4%BF%E0%A4%B9%E0%A4%BE%E0%A4%B8%E0%A4%AE/

No comments:

Post a Comment