Wednesday 29 April 2020

नेपालको कम्युनिष्ट कमाउ न नि अझै भने अतिनै कम निष्ठवान कुवाको कम्युनिष्टको पैतला राख्न पनि नमिल्ने

कोभिड-१९ महामारीको बेला क्युबाको चिकित्सकहरुले विश्वभर नै सहयोग गर्दै आई रहेको छ भन्ने विभिन्न पश्चिमा मुलुकहरुको साथै हाम्रै देशको पनि संचार मध्यमहरुबाट प्रचारप्रसार हुँदै आई रहेको छ जब कोभिड-१९ ले पश्चिमा मुलुकहरुमा तिब्र रुपमा फैलिन थाल्यो | सर्वप्रथम इटालीमा क्युबेली चिकित्सकहरु सहयोग गर्न आएको भनि निकै मिडियाहरुमा छायो समाचार | क्युबा देश कम्युनिष्ट विचारधारा सिद्धान्त बोकेको राष्ट्र भएकोले गर्दा अमेरिकी सामन्तवादी साम्राज्यवादी शासक शोसक र सरकारले देख्न हेर्न नसक्ने आफ्नो शत्रु राष्ट्रको रुपमा हेर्दै आई रहेका छन् भन्ने सर्ववितितै छ | जब आफ्नो देशको कम्युनिष्ट भन्नेहरुको बोलिवचन र व्यवहार हेर्छु देख्छु तब चित्त नै बुझ्दैनन् | किन कि कम्युनिष्टको सिद्धान्त भन्दा ठिक विपरित अमेरिकी साम्राज्यवादी सामन्ती अति पुंजीवादीहरुको भन्दा केहि फरक छैन |
आज बिहान जब समाचारहरु पढ्दै गए सोहि क्रममा पुन: बि.बि.सि. अनलाईन मिडिया [१] मा २०० जना चिकित्सक र नर्सहरु क्युबाले दक्षिण अफ्रिकामा पठाएको भन्ने समाचार पढेपछि मलाई नेपालको कम्युनिष्ट भन्नेहरुको व्यवहारदेखि वाक्क दिक्क प्याक्क लागेकोले फेसबुकमा स्टाटस लेखी पोष्ट गरे यस प्रकार:
"कम्युनिष्ट हुनु त क्युबाको जस्तो हुनु र पो वाह वाह पाउछ विश्वमा |
हाम्रो देशका कम्युनिष्ट हौ भन्नेहरु त थुतुनोले मात्र कम्युनिष्ट हौ भन्ने व्यवहारमा नदेखिने अतिनै पाखण्डी कम्युनिष्ट भन्ने स्पष्ट छ जो कमाउनको लागि नि भने झैँ अतिनै कम निष्ठवान छन् |
नेपालको कम्युनिष्ट हौ भन्नेहरुको बोलिवचन र व्यवहार अवलोकन र विश्लेषण गर्दै उनीहरुको बारेमा तथ्यगत टिकाटिप्पणी गरिन्छ जुन एक जिम्मवार चेतनशील विवेकशील प्रगतिशील नागरिकले गर्नु उनीहरुको दावित्य पनि हो सहीलाई सही भन्ने र गलत/ खराबलाई गलत/ खराब भन्ने प्रतिकृयावादी भनोस् कि जे सुकै भनोस् भन्नेहरुले के के भन्छन भन्छन कसैको मुख थुन्न सकिन्न बा बा कराउदै हिड्ने अन्धाभक्त भेडे कर्मकाण्डी अगुवा, चरुवा, हगुवा र उनीहरुको अनुयायीहरुले |
कुनै पनि कृयाको प्रतिकृया अवश्य हुन्छ भन्ने त पृथ्वीले आफै तिर तान्न सक्ने प्राकृत बल/क्षमता/शक्ति, गुरुत्वाकर्षण पत्ता लगाउने गणितविद वैज्ञानिक, आइजैक न्यूटनले १८ औ शताब्दीमा नै आविष्कार गरी सकेका छन् |
जब प्रतिकृया गर्दैनन् त्यो निर्जीव/मृत वस्तु र व्यक्ति हो भन्ने जब सास्वत सत्य हो तब विश्लेषण र अवलोकन गरी सहि वा गलत के गर्दैछ शासक शोसक, सरकार र सत्ताधारी राजनीतिक दलले भनि टिकाटिप्पणी गर्ने व्यक्तिहरुलाई प्रतिकृयावादी अरुलाई भन्नु भनेको के कस्ता निच निर्दयी तल्लो चेतना र बौद्धिकता भएका व्यक्तिहरु हुन् भन्ने तथ्य स्वयंले बुझ्नु पर्ने हुन्छ मानवताको लागि |"
उक्त स्टाटस फेसबुकमा पोष्ट गरेको केहि मिनेटमा अध्ययन गरेकाहरुबाट प्रतिकृया निम्नानुसार:
कबिता आचार्य: नेपाल को कमाउनिस्ट हुन । जसरी भएपनी कामाउ गर्ने खेती गर्ने हुन चाहे तेस्को लागि देश र जनता लाई लुटेर होस वा मान्छे मारेर भए पनि सत्तामा पुगेर पैसा कमाउने उदेश्य हो।
हावा हाँङ्ग: हाम्रो देश को त कुरै नगरौ सीस सबै पश्चिमा साम्राज्यबादीको दलाल मात्र छन् कम्निस्ट छैन

नाम्बिङ्ग हाँङ्ग ईवा: हत्यरा अपराधी आतंककारी कमाउ निष्ट भएपछि के आपेक्षा गर्ने नि?
तब हावा हाँङ्गको आफ्नो दृष्टिकोणप्रति मेरो टिप्पणी यस प्रकार रह्यो:
जब पुस्तौपुस्तौ पुर्खौपुर्खौ समयदेखि वर्णिय, जातीय, वर्गीय, लैङ्गिक, भौगोलिक उत्पति, भाषिक, सांस्कृतिक, आदिको आधारमा राज्यस्तरद्वारा शोषण दमन अन्याय अत्यचार विभेदमा परेका मानिसहरुले तथ्य प्रमाणसहित आफ्नो आवाज र वैचारिक क्रान्ति गर्न थाल्छ तब भन्ने गर्छन पश्चिमा मुलुकहरुको दलाल डलरवादी भनि तपाई हामीलाई | तर वास्तवमा गहन, गहिरो र गम्भीर रुपमा नियाल्ने हो भने डलरवादी पश्चिमा मुलुकहरुको दलाल तिनीहरु नै रहेछन भन्ने पुष्टि हुन्छ | प्रथम त वैचारिक सिद्धान्तको विचारधारा नै पश्चिमा मुलुकको कार्ल मार्क्स, लेनिनको छ भने दोस्रो सोहि सम्प्रदायका मनिसहरु पश्चिमा मुलुककै संस्कार संस्कृति ईसाईबादको गुरु अगुवा रहेछन नेपालमा सबै भन्दा पहिलो र उच्च पदमा रहेका ईसाई धार्मिक गुरुहरु | तेस्रो पश्चिमा मुलुकहरुकै शिक्षा प्रणाली नेपालमा भित्राएको रहेछन हाम्रो देशको प्रारम्भिक र विश्वविधालय स्तरको शिक्षा प्रणालीमा | चौथो उनीहरुले नै अरु समुदायका भन्दा बढि आफ्नो शाखा सन्तानहरुलाई पश्चिमा मुलुकहरुमा पठाएका रहेछन उज्वल भविष्यको लागि भन्दै पढ्न | यी यस्ता तथ्यगत प्रमाणहरू विश्लेषणबाट के स्पष्ट हुन्छ भने मानिस आफु जे हो र जस्तो छ मन मस्तिष्क र व्यवहारमा अरुलाई पनि त्यस्तै देख्दा रहेछ |
त्यस्तै गरी नाम्बिङ्ग हाँङ्ग ईवाको अतिनै चित्त नबुझेको टिप्पणी प्रति मेरो दृष्टिकोण निम्नानुसार व्यक्त गरे:
अपेक्षा गर्ने भनेकै त्यस्तैबाट हो किन कि इतिहास त छ नि काल्पनिक नै भएता पनि एक राजमार्गको डाकु रत्नाकर भन्ने साधु सन्त भयो वाल्मिकी नामले प्रख्यात भई जसले रामायणको रचना गरेर आज सोहि रामायणको ज्ञान शिक्षाबाट हाम्रो देशका शासक शोसकहरुले दावी गर्न पाएका छन् हाम्रो ऋषिमुनि पुर्खाहरु निकै बौद्धिक महान थियो भन्दै दावी र हावी गर्छन | त्यसैले आश त गर्नु नै पर्यो कतै आफ्नो पुर्खा जस्तो हत्यारा अपराधी आतंककारी थिए त्यस्तै हुने हुन् उनको पुत्र सन्तानहरु जस्तो बिउविजन त्यस्तै फल | त्यसैले सास हुन्जेल आश त गर्नु परि गयो नि हौ कतै बन्ला कि उनीहरु पनि साधु सन्त भनि |
स्रोत सामाग्री 
१. बि.बि.सि. अनलाईन २०२०, अप्रिल २६. Coronavirus: Cuban doctors go to South Africa

No comments:

Post a Comment