Friday 24 April 2020

महिलाहरु प्राय सबै वेश्या र दासी देख्ने दृष्टि: पौराणिक मिथ्या दृष्टि हो |

मनुष्य समाजमा महिलाहरुलाई हेर्ने दृष्टिभाव नै पौराणिक मिथ्या गलत रहेछ भन्ने बुझिन्छ ऐतिहासिक तथ्यहरु केलाउदा | जो जसले ती त्यस्ता आदिमकालीन सामन्ती शासकीय शोसकीय सोच र मानसिकता भएका मानिसहरुद्वारा रचित र लिखित मिथ्यक दन्ते कथावस्तुहरु अध्ययन गर्ने गर्छन तिनीहरुको पनि त्यस्तै मनोदृष्टिभाव उत्पन्न हुँदा रहेछ भनेर बुझ्न सकिन्छ | प्राय हामी सबै नेपाली र हिन्दुस्तानीहरुले हिन्दुस्तानको प्राचीन प्रख्यात साहित्यिक पुस्तक, "महाभारत" पढेर वा महाभारतको हिन्दि टेलीशृखंलाहरु टेलिभिजनमा हेरेर वा महाभारत अध्ययन गरेकाहरुले भनेको सुनेर बुझेका छौ कि महाभारतको मिथ्यक कथाको प्रमुख पात्र कुन्ती माताको ५ जना श्रीमानहरु थियो भनेर | उनको आफ्नो पहिलो श्रीमान, पाण्डु नपुंशक भएकोले गर्दा सन्तान जन्माउन असक्षम थियो |
तर पाण्डुसंग विवाह गर्नु अघि नै "सुर्य" देव भन्ने श्रीमानबाट उनले कर्ण पुत्र जन्माई सकेको थियो | त्यसपछि उनले यमराज नामको अर्को श्रीमानबाट युधिष्टिर पुत्र जन्माएको थियो | उनको तेस्रो श्रीमान इन्द्र देवबाट अर्जुन पुत्र जन्माएको थिईन भने पाँचौ श्रीमान पवन/वायुबाट भीम नामको पुत्र जन्मेकोबाट हामी आम सर्वसाधारण मानिसहरुले के बुझ्नु पर्छ भने कुन्ती एक वेश्या थिइन जसको ५ जना श्रीमानहरु थियो | उनको आफ्नो बुहारी द्रोपती पनि उही ड्याङ्गको मुला थिए भन्ने स्पष्ट छ जसको ५ जना श्रीमानहरु: युधिष्टिर, अर्जुन, नकुल, सहदेव र भिम थियो भन्ने महाभारतको कथावस्तुबाट बुझ्न सकिन्छ | यसबाट के बुझ्न सकिन्छ भने प्राय सबै महिलाहरु प्राय बेश्या नै ठान्ने मान्ने गर्दा रहेछ हिन्दुस्तानी सोच अनुसार भन्ने स्पष्ट छ |
सृष्टिकर्ता मानिने, ब्रह्मले पनि आफ्नै पुत्री सरस्वतीलाई बलात्कार गरेको भन्ने हिन्दुस्तानी धार्मिक ग्रन्थबाटै बुझ्न सकिन्छ | त्यस्तै गरी सिताको पव्रित्रता प्रति रामले शंका गरी उनलाई अग्नि परिक्षा गर्न लगाएको त राजमार्गको डाकु, रत्नाकरद्वारा लिखित रामायण मिथ्यक दन्ते कथामा स्पष्टसंग उल्लेख गरेका छन् | महिला स्वतन्त्रताको लागि कहिल्यै योग्य छैन भनि हिन्दुस्तानको सबै भन्दा पुरानो महत्वपूर्ण सामाजिक राजनीतिक आर्थिक सांस्कृतिक नीति, "मनुस्मृति" मा स्पष्ट रुपमा उल्लेखित गरेका छन् | यी यस्ता हिन्दुस्तानी प्राचीन साहित्यिक पुस्तकहरु अध्ययन गर्ने आधुनिक पुरुषहरुको मन र मानसिकता कस्तो हुन्छ महिलाहरुप्रति हेर्ने सहजै अनुमान लगाउन सकिन्छ | त्यसैले पनि नेपाली र हिन्दुस्तानी समाजमा महिलाहरुलाई पुरुषको दासी र दोश्रो दर्जाको नागरिकको रुपमा हेरिने प्रचलन छ | तर नेपाली खस आर्य पुरुषहरुले महिलाहरुलाई कहिल्यै सम्मान र समानताको रुपमा हेर्न देख्न नसक्नुको प्रमुख कारण पनि यहि हो |

No comments:

Post a Comment