Wednesday 29 April 2020

सहि शाब्दिक अर्थ सत्य, तथ्य, यथार्थ र धर्मको थाहा नहुनेले भ्रम छर्छन !

जब जो कोहि मानिसहरुले यस संसारिक भौतिक संसारमा आफु वा अन्य मानिसहरुले प्रयोग गर्ने र गर्दै आई रहेको शब्दको शाब्दिक सहि र स्पष्ट अर्थ बुझ्दैनन् तब आफु पनि भ्रमित भई किताबी सैद्धान्तिक ज्ञान विचारहरु अध्ययन गरेर यी यसरी सत्यको बारेमा वर्णन, व्याख्या र चितन मनन गर्ने गर्छन भन्ने स्पष्ट छ |
सत्यको बारेमा बुझ्न सर्वप्रथम ३ शब्दहरु "सत्य, तथ्य र यथार्थ (वास्तविक)" के हो भनि स्पष्टसंग बुझ्नु अतिनै आवश्यक हुन्छ तब मात्र आफु मनोभ्रम र मिथ्यादृष्टि मुक्त भई जे देख्नु बुझ्नु पर्ने हो सोहि स्पष्ट र सही देख्ने, हेर्ने, सुन्ने र बुझ्ने गर्छन |
सत्य, वास्तविकता र धर्म भन्ने शब्दको सहि अर्थ जानेका र नबुझेका व्यक्तिले लेखेको लेख रहेछ यो निम्न भन्ने स्पष्ट छ |
नत्र यी यसरी विभिन्न पुस्तकहरु पढेर, रटेर घोकेर जे पायो त्यहि लेख्ने गर्छन भन्ने स्पष्ट छ |
"आगोमाथि बनेको तलाउ र त्यस तलाउमा जमेको फिँजबाट पृथ्वी बन्यो र त्यही पृथ्वीमा मानिस उत्पन्न भयो’ भनी तामाङ दर्शन (तम्वाकाइतेन) यस सत्यको व्याख्या गर्छ । आकाश र पातालको बीच शून्य भागमा अकस्मात मडारिएको वायुमण्डलबीचबाट मसिनो बालुवा (परमाणु) निस्कियो र त्यही पृथ्वी बन्यो र मानवीय मुना त्यहीँ उत्पन्न भयो भन्ने सत्यमाथि मुन्धुममार्गीहरू विश्वास गर्छन् ।
बुद्धमार्गीहरू सृष्टि कुनै अलौकिक शक्तिबाट गरिएको नभएर स्वयम् भएको हो भन्ने कुरालाई सत्य ठान्दछन् । जैनमार्गीहरू पनि पृथ्वीको निर्माता कुनै अलौकिक तत्वलाई ठान्दैनन् र सृष्टि आफै भएको कुरालाई सत्य ठान्छन् । इस्लाममार्गीहरू पृथ्वी र प्राण अल्लाहद्वारा सिर्जित हो भन्ने कुरालाई सत्य ठान्दछन् ।
बाइबलले आत्मतत्वलाई प्राथमिक ठान्छ र ईश्वरको आदेशमा सृष्टि भएको भन्ने कुरालाई नै सत्य ठान्छ । हिन्दू दर्शनका त झन विभिन्न प्रशाखाले सृष्टि र सत्यप्रति अनेक विश्वास अभिव्यक्ति गरेको छ । अग्नि पुराण विष्णुले जगतको सृष्टि गरेको हो भन्ने कुरालाई सत्य ठान्छ । विष्णु पुराणमा सृष्टि, स्थिति र संहार गर्ने नै विष्णु भएको सत्य व्याख्या गरिएको छ ।
मधु र कैटवको वध गरी संसार विष्णुबाटै सृष्टिभयो भन्ने मत हिन्दुमार्गीमा बलियो छ । (भुसाल २०६८. प. ३२–४५) । यसरी सत्यसम्बन्धी सृष्टि चिन्तनमा यस्तो विविधता छ ।"

स्रोत सामाग्री
१. हेरमराज बास्तोला, २०७६. सत्य एक हो? पूर्णपाठको लिंक http://www.ujyaaloonline.com/story/22166/2019/6/22/what-is-truth-by-herambraj-bastola

No comments:

Post a Comment