Sunday 26 April 2020

हरुवाको चरुवा बुद्धिविवेक भनेकै अरुलाई आरोप दोष मात्र लगाउने हो मिथ्या दृष्टि भाव बोकी

डा. महेशमान श्रेष्ठको लेख अतिनै दोषपूर्ण अर्धतथ्यसहितको छ | नेवार संस्कारसंस्कृति जुन भन्छ सो वास्तवमा नेवार संस्कारसंस्कृति पूर्णतया होइन | त्यो वास्तवमा १३ शताब्दी ताका हिन्दुस्तानको मुसलमान राजामहाराजाहरुको मुगल साम्राज्यले लखेटेपछि कर्णाटकबाट आफ्नो ज्यान बचाउन त्यहाँबाट भागेर नेपाल खाल्डोमा शरण लिएका भगौडा हिन्दुस्तानी मल्ल शासक शोसकहरुले हो काठमाडौँ खाल्डोको नेवारको मौलिक संस्कारसंस्कृति भन्ने | आफ्नो इतिहास गहन गहिरो र गम्भीर रुपमा नपढ्ने सहि विश्लेषण नगर्ने अनि विचरा १८ औ शब्ताब्दिका पृथ्वी नारायण शाहलाई दोष दिने हाम्रो नेवार समुदायको नाक काट्यो भन्दै र हाम्रो पहाडे बाहुनहरुलाई आरोप दोष लगाउने |नेवारहरु स्वाहा मनमस्तिष्क पार्ने पृथ्वी नारायण शाह र हाम्रो पहाडे बाहुनहरु बिल्कुल होइनन् भन्ने ऐतिहासिक तथ्य छ |
नेवार स्वाहा पार्ने हिन्दुस्तान, कर्णाटकबाट आफ्नो ज्यान बचाउन आएको रानी, देवालादेवीको नातिनी जुवाई हिन्दुस्तानको पुत्र, जय स्थिति मल्ल हुन् जसले नेवार समुदायलाई ५ जना हिन्दुस्तानी मैथिली ब्राह्मणहरु: कीर्तिनाथ उपाध्याय कान्यकुब्ज, रघुनाथ झा मैथिली, श्रीनाथ भट्ट, महिनाथ भट्ट, र रमानाथ झाको सल्लाह र सहयोगमा हिन्दुस्तानी ग्रन्थहरु मनुस्मृति, याज्ञवल्क्य स्मृति, मित्रचारा टीका, बृहस्पति स्मृति, नारद स्मृति र अन्यको आधारमा "मानव न्याय शास्त्र" द्वारा काठमाडौँ उपत्यका निवासीहरुको मनमस्तिष्क पूर्ण रुपमा कब्जा गरी उनीहरुलाई जातिवादी, कर्मकाण्डी अन्धाभक्त र विश्वासी भनाई दिएको हो भन्ने तथ्य स्पष्ट छ | आफु नेतृत्व गर्न असक्षम, असफल, अशक्त र अपाङ्ग भएपछि मिथ्या दृष्टि भाव बोकी आफ्नो असफलताको दोष आरोप अरुलाई लगाउछ भन्ने नेवार समुदायको बौद्धिक विज्ञ, विद्वान, बुद्धिजीवी र विशेषज्ञहरूबाट अतिनै राम्रोसंग पाठ सिक्दै आई रहेको छु विगत ७ वर्षदेखि |

No comments:

Post a Comment