Thursday 17 August 2017

बाहुन को बुद्धि हुन्छ, तामांग को बुद्धि हुदैन भन्ने विद्वानहरुको बुझाई प्रति समर्पित आलेख

जतिसुकै पढे लेखेका देश विदेश डुलेका भएता पनि नेपालमा कस्तो बुझाई होला म त कुरा सुन्दा पनि तीन छक्क पर्छु कतिपय हाम्रा नेवार समुदायका विज्ञ विद्वान बुद्धिजीवीहरुको बुझाई सुन्दा |
विगत केहि समय यता मेरो भेट भयो शैक्षिक प्रतिष्ठानको एक उच्च पधाधिकारी ज्युसंग जसले विधावारधि पनि गर्नु भएको छ जनस्वास्थ्य क्षेत्रमा तर पेशागत व्यवसायले भने उहाँ चिकित्सक हुनु हुन्छ नेवार "श्रेष्ठ" समुदायबाट अनि उहाँको बुझाई रहेछ तामांग समुदायको व्यक्ति टाठोबाठो हुन्न, ल्वादे हुन्छ भनेर |
उहाँले म संग कुरा गर्ने वितिकै भन्दै आई रहनु भएको छ म लगयात अन्यसंग,
"लक्ष्मी जी कस्तो बाठो बाहुन जस्तै तामांग भएर पनि" भनेको सुन्दा मैले पनि जवाफ उहाँलाई यसरी दिदै आई रहेको छु,
"बाहुनहरुको संगतले गर्दा म पनि तामांग को बाहुन भई सकेको छु, चलाक, चण्डाल र चतुर कागको फुल चोर्ने टाठोबाठो |"
बुद्धि र सुरो बारेमा पृथ्वी नारायण शाहले भन्नु भएको रहेछ आफ्नो दिब्य उपदेशमा यस्तो,
"यो तीन शहर (काठमाडौँ, भक्तपुर र ललितपुर) भनेको चिसो ढुङ्गो रहेछ | खेलखाल मात्र ठुलो रहेछ | कुवाको पानी खानेको बुद्धि पनि हुदैन, सुरो पनि हुदैन, खेलखाल मात्र हुँदो रहेछ .....|"
हामी तामांग समुदाय भनेको हिमाल र पहाडमा बस्ने उच्च हिमालको शुद्ध बगेको पानी पिउने जाति परियो | त्यसैले कुरा बुझ्नु मुसु मुसु हास्नु मनमा शान्ति लिनु | 😜😜
जे होस् सोहि क्रममा उहाँले मेरो अगाडी नै आफ्नो एक जना युवा प्रसुती रोग विशेषज्ञ सहपाठीसंग कुरामा कुरा गर्दै भन्नु भ्याई हाल्नु भयो,
"लक्ष्मी जी तामांग भएर पनि निक्कै बाठो हुनु हुन्छ |"
तत्पश्च्यत ती युवा प्रसुती रोग विशेषज्ञ जो बाहुन थिए उनले भने,
"तपाईलाई तामांग समुदाय बारेमा खासै जानकारी छैन रहेछ उनीहरु एकदम सुरो बाठो टाठो हुन्छ तर राज्यले उनीहरुलाई थिचो मिचोमा राखेका थिए विगतमा त्यसैले शैक्षिक र आर्थिक रुपमा पिछिडिएका हुन् उनीहरु" |
तामांग एक जना पढे लेखेका छन् भने काफी हुँदा रहेछ भनेर त कुलमान घिसिंगबाटै प्रष्ट हुनु पर्ने हो आजसम्म कुनै पनि जातजातिको पदाधिकारीले गर्न नसकेको काम गरेर देखाई दिए नेपाललाई उज्यालो मार्गमा लगेर बाहुनको साथ र हात पाएर र बुद्धि भने आफ्नै प्रयोग गरेर | त्यसैले मैले भन्दै आई रहेको छु यदि नेपाललाई विकासको लागि निकास दिलाउने हो भने तीन समुदायहरु: बाहुन, तामांग र नेवार" मिल्नु पर्ने हुन्छ किन कि बाहुनको सत्तामा शक्ति र बुद्धि छ भने तामांग को बल, बुद्धि र निष्ठावान कर्मयोगी छ र उपत्यका वरिपरी छ भने नेवारको धन र जन छ राष्ट्रको केन्द्रमा थुप्रिएको |
जतिसुकै शहरमा बसेर कुनै एक विषय को विशेषज्ञता भएता पनि नेपाल र हिन्दुस्तानको सामाजिक, राजनीतिक, धार्मिक र आर्थिक इतिहास नबुझ्नेहरुले ठान्ने गर्छन बाहुन मात्र टाठोबाठो जात हुन् भनेर | बाहुन कसरी टाठोबाठो जात भए भनेर हिन्दुस्तान र नेपालको इतिहास केलाउन थाले पछि आफै प्रष्ट हुन्छ यदि तपाई हाम्रो मति भ्रष्ट भएको छैन भने मानवताको लागि |
हुन् त मैले सुनेको कति सम्म सत्य, तथ्य र यथार्थ हो काठमाडौँ उपत्यकाको नेवार समुदायहरु बाहुन समुदायलाई अतिनै बाठोटाठो ठुलो जात ठान्ने गर्छन त्यसैले आफ्नो छोरी चेली बाहुनसंग बिहे गरोस उच्च जातसंग आफ्नो सम्बन्ध स्थापना होस् भन्ने चाहन्छन भनेर | कस्तो चाहना होला भनेर म तीन छक्क पर्दै आई रहेको छु | गम्भीर र गहन रुपमा पढे त जो कोहि पनि टाठोबाठो भई हालिन्छ नि हाम्रो बाहुन समुदायहरुको मानिसहरु झैँ जसको पुर्खाले ३००० वर्ष देखि अध्धयन अध्यापन गर्ने काम गर्दै आई रहेका छन् जसले गर्दा आजको दिनमा आएर उनीहरु टाठोबाठो चतुर, चण्डाल र चलाक भए तर निष्ठावान भने खासै हुन् सक्नु भएको छैन उनीहरुको आफ्नै अज्ञानताले गर्दा लोभ लालचमा फसेर शक्ति र भक्तिको लागि |
जे होस मैले भन्दै आई रहेको छु यस विश्वमा दुई समुदायका व्यक्तिहरुलाई म सम्मान गर्छु किन कि उनीहरुको मन फनफनी ३६० डिग्रीमा खेलाउने गर्छन चाहे मानवताको अल्गी होस् या दानावताको लागि | तर विश्वका दुई समुदाय जो आफ्नो साम्प्रदायिक धर्मको कट्टरपन्थी पनि मान्दै आई रहेका छन् उनीहरु अतिकै तिक्षण बुद्धि विवेका हुन्छन | ती हुन् पश्चिमामुलुकमा यहुदी र दक्षिण पूर्वी मुलुकमा बाहुन |
विश्वमा जे जति राजनीतिक, आर्थिक, संस्कृतिक र धार्मिक दर्शनहरुको साथै वैज्ञानिक दर्शनहरुको पथ दर्शक पनि यी दुई समुदायकै व्यक्तिहरु छन् जस्तै: कार्ल मार्क्स, लेनिन, मनोविशलेषक सिंगमेण्ड फ्र्याड, अल्बर्ट आईनस्टाइन, नोमन चोमोस्की, आरिया नागार्जुन, गुरु रिम्पोच्छे (पदम सम्भव) आदि जो महान व्यक्तित्वहरु हुन् जसको सोच विचार र सिद्धान्तले आजसम्ममा पनि विश्व मानव जगतलाई हलाई रहेका छन् |
हामी जो कोहि, जुनसुकै समुदाय वा धार्मिक सम्प्रदायको भएता पनि मानव हौ | मानव भन्नाले एक चेतनशील विवकेशील प्राणी हो जो कोहिले अध्धयन अध्यापन गर्ने कार्यमा गम्भीर र गहन रुपमा लाग्न सकेको जो को पनि टाठोबाठो हुन्छ भन्ने पुष्टि भई सकेको छ अध्धयन अनुसन्धानहरुबाट जुन तपाई हाम्रै वरिपरी पनि प्रशस्त उदाहरणहरु छन् यदि खोज्न र बुझ्न सक्यौ भने | कुरा बुझ्नु पर्छ अनि पो मनमा शान्ति मिल्छ र मुसु मुसु हास्नु पाईन्छ |

No comments:

Post a Comment