Thursday, 17 August 2017

भोटे हुनुमा पृथक गर्व सहितको शान र मान ! 😜

नेपालसहित विश्वको यो बदलिदो सामाजिक, आर्थिक र राजनीतिक परिवेशमा शेतामगुरालि (शेर्पा, तामांग, मगर, गुरुङ, राई र लिम्बु) हरु एक जुट भए के हुन्छ भन्ने सत्य, तथ्य र यथार्थ बुझेका छैनन् जस्तो छ भोटेको लिङ्ग पुजक कतिपय हाम्रा शासक शोसक र सरकारको नोकरशाहहरु (bureaucrats) र सुरक्षाकर्मीहरु (security forces) ले |
त्यसैले जहिले पनि शेतामगुरालिलाई भोटे भन्दै घृणा, अपमान, तिरस्कार, बहिस्कार गर्ने गर्छन राज्यको संयन्त्रबाट जतिसुकै पढे लेखेका सभ्य शिक्षित विद्वान बुद्धिजीवी र विज्ञ हु भन्दै आएता पनि |
तर राम्रोसंग बुझेका छन् हाम्रा शासक, शोसक र सरकारको नोकरशाहहरु (bureaucrats) ले भन्ने लाग्छ शेतामगुरालिलाई एक जुट हुन् दिनु हुन्न भनेर किन कि यदि यिनीहरु एक जुट भएमा हाम्रो सिरीखुरी कहाँ जाला भनेर बुझेकै कारणले गर्दा जहिले पनि राजकाज गर्नु बाहुन क्षेत्रीले नै त्यसमा पनि उच्च कोटी को जात नखसेकोले बाहुन क्षेत्रीहरुबाट भनेर आज भन्दा ५५ वर्ष अघि नै |
जाड रक्सि टन्नै खाओस पियोस जहिले पनि शेतामगुरालिहरुको मन, मस्तिष्क र मानसिकता बाक्लो बोधो सुस्त होस भन्ने हेतुले नै यी शेतामगुरालिहरुले जाड रक्सि पिएमा कहिल्यै सजाय दिदैन थियो जुन मुलुक ऐन १९१० मा प्रष्ट उल्लेख गरेको छ यदि जो कोहि बाहुन क्षेत्रीहरुले जाड रक्सि पिएमा सजाय दिनु | तर शेतामगुरालि पिएमा सजाय नदिनु भनेर |
त्यस्तै गरी जति फुटाउन सक्यो उतिनै जित हुन्छ भन्ने सुझ बुझ सहितको मानसिकताले गर्दा नै जहिले पनि फुटाउ र राज गरको नीति लिदै आई रहेका छन् हाम्रा शासक शोसकहरुले जुन प्रष्ट हुन्छ पृथ्वी नारायण शाहको दिब्य उपदेश पढ्दा जसमा यस प्रकारले उल्लेख गरेका छन् आफ्नो मामासंग बातचित गर्दा | के कति कुराले मेरो काम फत्ते होला मामा भनेर पृथ्वी नारायण शाहले आफ्नो मामासंग सल्लाह लिदा उनको मामाले यसरी अर्ति बुद्धि दिएका थिए आफ्नो भान्जालाई भन्ने प्रष्ट हुन्छ निम्न अंश दिब्य उपदेशको पढ्दा:
"कुरू क्षेत्रको मेला नभई नेपाल (काठमाडौँ उपत्यका) फुट्ने छैन | लमजुंग भनेको गरुड हो | गोर्खा भनेको सर्प हो | नेपाल भनेको भ्यागुतो हो | अघि गरुडको आश छल्नु, तब सर्पले भ्यागुतो खान पाउछ | मेरो साथमा चार जातका सिपाही छन | यीनमा कसको सवार गरे चाडो काज फत्ते होला भनी सोद्ध के के जात छन् भनी सोध्नु भयो | बाहुन, खस, मगर र ठकुरी यीनमा कसको सवार गर्यो भने चाडो काज फत्ते होला भनी सोद्धा बाहुनको सवार भनेको बयेल (साढे गोरु) हो पाप लाग्छ | ठकुरीको सवार भनेको सिंह हो पछाडी दाग हुन्छ | मगरको सवार भनेको टागन घोडा हो ढिलो हुन्छ | खसको सवार भनेको ताजी तुर्की घोडा हो, खसको सवार गरेमा चाडो होला भन्या जस्तो लाग्छ भनी अरु धेरै कुराको अर्ति दिएर जानु भएको थियो |"
सोहि कारणले गर्दा संघियताको रखांकन गर्दा पनि शेतामगुरालि एक होलान भन्ने मनोडरले गर्दा सिमा निर्धारण पनि सोहि अनुसार गरेको बुझिन्छ जुन अभ्यास विगतमा पनि भएको थियो जिल्ला र अंचल विभाजन गर्दा महेन्द्र सरकारको पालामा |
एक दिन भोटेहरुले मज्जाले चोट र खोट लगाई दिन्छ अनि चाख्छ किन कि भोटे "शिव जी" विनासकारी हुन् भन्दै पुज्दै आई रहेका छन् आस्था र विश्वासको केन्द्र बिन्दु भन्दै जतिसुकै गाजा भाग खाएता पनि हिमाली कैलाश पर्वत भोटे पुत्रले |
यस विश्वका मनोवैज्ञानिक र मनोविश्लेषकहरुको भनाई अनुसार गर्व गर्नु मानव जातिको तल्लो स्तरको चेतनाको प्रतिफल हो भनेता पनि भोटे हुनुमा गर्व लाग्छ मलाई चाही किन कि हिमाली देश, भोट कैलाश पर्बत निवाशी भोटे शिवजीको लिङ्ग हिन, निच/तल्लो भेगमा बस्नेहरुको लागि शक्तिको पिठ हो |😜

No comments:

Post a Comment