Saturday 4 October 2014

असुर जाति: दशैं मनाउनु र नमनाउनुको प्रमुख कारण

सत्य, तथ्य र यथार्थ कुरा बुझ्दा दुख लाग्यो हामीले मनाउदै आएको दशैको बारेमा |

म धन्य छु गोरे बहादुर खपांगी ज्यु जसले मेरो बाबाको मनको आँखा उघार्ने भाषण दिएर हामीले आज भन्दा करिब २७-२८ वर्ष पहिले नै दशैँ मनाउने प्रचलन त्यागौ |


त्यसको मुख्य कारण भनेकै प्राचिन हिन्दुस्तानको "असुर" भन्ने आदिबासी जसलाई शुद्र बनाईयो र भन्दा रहेछ शक्ति खोज्ने दैती भनेर उनीहरुको दानी मनकारी दयालु राजा "महिशासुर" लाई आफ्नै समाजकै असुर पुत्री दुर्गालाई परिचालन गरि हत्या गरिएको रहेछ र त्यसको खुशियालीमा पो दशैँ मनाउन थालिएको रहेछ |

हरे कस्तो अन्जानमा हामीले पनि पाप गर्दै आएका रहेछौ विगतको सामन्ती शोसक शासकहरुले लागेको दशैँ चाडपर्व हाम्रो पुर्खाहरुलाई जसले मनाउन ईन्कार गर्थे उनीहरुलाई सजाय हुन्थियो कि हत्याको कि जेल कि नेलको |

जे होस् दिलो होस् छोरा नै होस् भन्ने हाम्रो अति मनुबादी मानसिकताको चाहनाको भनाई बमोजिम भए पनि मेरो बुबाको चेत खुल्यो जसले गर्दा हामीले पापको भागिदारी हुने कु-कर्मबाट बन्चित भयौ निर्दोष जाति र राजाको हत्या गरेको खुशियाली मनाउने गरेकोमा हाम्रै आफ्नो अनभिज्ञता र अज्ञानताको कारणले दानव भन्दै जो एक सच्चा मानव थिए भन्ने कुरा बुझियो |  

गोरे बहादुर खपांगी ज्युले जे जस्तो गर्नु परेता पनि बाध्यताले म चाही उहाको कदर नै गर्छु | किन कि अज्ञानताले गर्दा कतिपय दाई भाईहरुले भन्ने गर्नु हुन्छ कि उहाले राजाको हातको टिका थाप्यो तत्पश्च्यत भनेर | तर उहाको के कस्तो बाध्यता थियो कसले बुझिदिने यो भ्रामिक संसारमा जहाँ मिडिया, शक्ति, भक्ति र अर्थको आडमा धार्मिक राजनीतिक हुन्छ भनेर |

गोरे बहादुर खपांगी ज्युकै पहलमा हो आज हामी सारा नेपाली नागरिकहरुले जबर्जस्ति संस्कृत भाषा अध्धयन गर्नु परेको छैन विधायालामा जुन मैले पनि पढेको थिए पहिले | अनि केहि पनि बुझ्दिन थिए जबर्जस्ति लादिएको भाषा विधालयमा अध्धयन अध्यापन गराउन जुन आजको दिनमा आएर नेपालमा करिब १६०० जनाले मात्र बोल्दा रहेछन |


त्यसै गरि हिन्दुस्तान जहाँ प्रतिपादन भयो संस्कृति भाषा त्यहाँ पनि एकदम नगन्य रुपमा समिति (०.०१%) मानिसहरुले मात्र बोल्दा रहेछन संस्कृत भाषा जुन संरक्षण गर्नु पर्छ भन्ने पक्षधर हु म किन कि भाषा मरेर जानु भनेकै संस्कृति र संस्कार मरेर जानु सरह हो भन्ने गर्दा रहेछन भाषाविदहरु यस विश्व मानव समाजको |

1 comment:

  1. संस्कृत भाषाभित्र ज्ञानको भकारी फेला पार्न सकिन्छ । त्यसो त केही अज्ञानीहरुको प्रलाप पनि त्यहाँ नभएको होइन । तसर्थ विवेक प्रयोग गरेर अनुसन्धान मूलक तरिकाले यसको अध्ययन गर्न प्रोत्साहित गर्नुपर्छ । कर्मकाण्ड जस्ता विकृतियुक्त कुराहरु पढ्न पढाउन जोड दिनु हुँदैन । उपनिषदलाई केन्द्रमा राखेर इच्छुक र समर्पित व्यक्तिहरुलाई मात्र यसको वैज्ञानिक अध्ययन गराउनुपर्छ । यसलाई अनिवार्य विषय बनाइनु हुँदैन । बरु जुन् समुदायमा जुन् भाषा बोल्नेको बाहुल्य छ त्यो भाषा त्यस क्षेत्रका सबैको लागि अनिवार्य सिक्नुपर्ने नियम बनाउनु उपयुक्त हुन्छ । जस्तो काठमाडौंका स्कुलमा नेवारी भाषा अनिवार्य गर्न सकिन्छ । उपत्यका आसपासमा तामाङ भाषालाई र राइ लिम्बु गुरुङ मैथिली थारु आदिको बाहुल्य भएको इलाकामा सबै जातिले तत् तत् भाषाको अनिवार्य शिक्षा लिनुपर्ने व्यवस्था गरेमा सामाजिक सद्भाव बढ्नुका साथै स्थानीय भाषाको संरक्षण र विकासमा पनि योगदान पुग्न जाने देखिन्छ ।
    महिषासुरको इतिहास पुनर्लेखन गर्ने कुरा आउँदा एउटा कुरा के देखिन्छ भने युद्धमा मर्नेको सँधै तिरस्कार भएको देखिन्छ प्राचीन साहित्यमा । आधुनिक कालमा मर्नेलाई कमसेकम सहिदको दर्जासम्म दिइन्छ तर उतिबेला मर्नेलाई दोषैदोषको भकारीको रुपमा देखाइने चलन पाइन्छ । त्यसो त रामायणमा रावणको त्यस्तै हालत छ । अनि कुनै आधुनिक कविले रावणायन कृति लेखेको पनि हल्का सुनिन्छ । यो जमाना कवि रिमालले भनेजस्तो उथलपुथल उलटपुलटको जमाना हो । त्यसैले अब हार्नेहरुको इतिहास धमाधम लेखिनु पर्छ । जित्नेको कमजोरीहरु केलाउनुपर्छ । अनि इतिहासमा लुकेको बहुपक्षीय सत्य एेनाजस्तै छर्लंग भएर देखिनेछ ।

    ReplyDelete