Thursday 28 July 2016

महिला र पुरुष विचको विभेद, लैंगिक विभेद: पुरुष, पुरुषत्व, पुरुषबाद र पितृसत्ता (Discrimination between Female and Male: Male, Masculinity, Masculism and Patriarchy)

मानवको जैविक लिङ्गको आधारमा महिला र पुरुष बीच समाज र घरपरिवारले गरिने विभेदलाई लैंगिक विभेद भनिन्छ जसको दोषारोपण प्राय जसो पुरुष, पुरुषत्व, पुरुषबाद र पितृसत्तालाई लगाउने गर्छन जुन मेरो आफ्नो व्यक्तिगत बुझाईमा अज्ञानताको पराकाष्ट हो भन्ने लाग्छ किन कि सत्य, तथ्य र यथार्थ के हो, कसरी हाम्रो समाज र घरपरिवारमा यस्तो विभेद शुरुवात भयो भनेर मूल जरा नखोतली मात्र यो फल, विभेद कसरी भयो भन्दै सतही /धरातलीय ज्ञान र चेतना अनुसारको बुझाई अनुसार हाँगा काट्ने काम गर्ने गर्छन लैंगिक विभेद विरुद्ध अभियानमा लागेका हाम्रा सामाजिक अभियान्ताहरु | समस्या को हाँगा मात्र काटेर फालेमा पुन पलाई हाल्छ र फल फाल्न सक्छ | त्यसैले सच्चा रुपमा परिवर्तन आफ्नो सामाजिक र व्यक्तिगत जीवनमा चाहना राख्नेहरुले समस्याको मूल जरा त अवश्य पत्ता लगाउनु नै पर्ने हुन्छ भन्ने मेरो आफ्नो बुझाई रहेको छ |
विभेद होस् वा अन्य जुन सुकै समस्या होस् त्यसको मूल जरा खोतल्न त हामी सम्पूर्ण व्यक्तिहरु जो चासो राख्छौ आफ्नो समाजको सभ्यता, समृद्धि, समानता, स्वाभिमान र ससक्तिकरण उनीहरुले राख्नु नै पर्ने रहेछ भन्ने बुझेरै मलाई पनि खुब चासो थियो किन विभेद गरिन्छ महिला र पुरुष बीच हाम्रो समाजले भन्ने लागेरै आफ्नो विधवाराधिको शोधपत्र यौन तथा प्रजनन स्वास्थ्य मा लैंगिक शक्तिको सम्बन्धको के कस्तो प्रभाव छ भनेर "लैंगिकता" बारेमा बुझ्ने भित्री ईच्छा आकांक्षा र चाहना अनुसार नै आफ्नो अध्धयन अनुसन्धान खोज र सोच मा लगाए पछि बुझेको हु महिला पुरुष विचको विभेदको मूल जरा भनेकै हाम्रो व्यक्तिगत र सामाजिक मानसिकता निर्माण गरी दिने सामाजिक मुल्य मनान्यता जुन हाम्रो आफ्नो संस्कार, संस्कृति र परम्पराबाट निर्देशित र संचालित छ | तर हाम्रो संस्कार, संस्कृति र परम्परा के मा आधारित र निर्देशित छ भन्ने पुन बुझ्नु पर्ने हुँदा रहेछ यदि हामी साच्चै नै सत्य, तथ्य र यथार्थ को मार्ग लागि मूल जरा नै बुझ्ने हो भने अनि त्यस्तो गर्दा अन्त मा आएर ठक्कर खाने ठाउँ चाही हाम्रो आफ्नो धार्मिक आस्था र विश्वास हुँदा रहेछन जसको बारेमा व्याख्या र वर्णन गरेको हुन्छ हाम्रै आफ्नो धार्मिक पुस्तक, ग्रन्थ र शास्त्रहरुमा भन्ने प्रष्ट रुपमा बुझिन्छ यदि हामीले विश्लेषणात्मक अध्धयन गरयौ र गम्भीर भई बुझ्यौ भने मानवताको लागि |
पश्चिमेली मुलुकका महिलाहरुले महिला र पुरुष विच समाजले गरिने विभेदको मूल जरा भनेकै हाम्रो धार्मिक आस्था र विश्वास रहेछ भनेर सत्य, तथ्य र यथार्थ बारेमा बुझेर खुब आवाज उठाई अभियान नै संचालन गरेको पाउछौ आज कसरी पश्चिमेली मुलुकहरुमा महिला ससक्त भएका छन् उनीहरुको ऐतिहासिक घटनाक्रमको बारेमा बुझ्ने चेष्टा गर्यौ भने प्रष्ट हुन्छ यदि तपाई हाम्रो मति भ्रष्ट भएको छैन आफ्नो सामाजिक र पारिवारिक आस्था र विश्वासले भने | पुरुष, पुरुषत्व, पुरुषबाद र पितृसत्तालाई दोष लगाउनेहरुको बुझाई सिमित छ भन्ने लाग्छ उनीहरु अझै जरा खोतल्ने सकेको छैन भन्ने बुझिन्छ किन कि पुरुषत्व, पुरुषबाद र पितृसत्ताको मुल बढावा दिने परम्पराको स्थापना गर्ने सोच विचारको भण्डार हो तपाई हाम्रै धार्मिक आस्था र विश्वासको पुस्तक, ग्रन्थ र शास्त्रहरु जुन हाम्रो मन मस्तिष्कमा बाल्यकालदेखि घुसाई दिने गरेको छ हाम्रै आफ्नो घर, परिवार र समाजले हामीलाई सामाजीकरण गर्ने प्रकृया अनुसार |
बिनु सुबेदी बहिनीको २०७३ श्रावण १० गते कान्तिपुरमा प्रकाशित लेख "सिकाइमै विभेद !" अध्धयन  गर्नु  पाउदा मन  प्रफुल्ल भयो  किन कि उनको लेखबाट आभास हुन्छ कि उनी विभेदको समस्याको मूल जरो खन्न अग्रसर हुदैछिन भनेर (१) |
"जरो खोतल्ने कि !
एक दिन मैले डा. सञ्जीव उप्रेतीलाई सोधेँ, ‘महिलाले यो र पुरुषले त्यो काम गर्ने भन्ने कुरा कसरी निर्धारण भयो ? पैसा किन पुरुषले नै कमाउनुपर्ने, भात किन महिलाले नै पकाउनुपर्ने ?’ उनले सजिलै भने, ‘हाम्रो समाजले ।’ मैले फेरि सोधेँ, ‘समाजलाई कसले सिकायो ?’ उनले जवाफ दिए, ‘हाम्रो परम्पराले ।’ अनि परम्पराचैं कसले बसाल्यो ? यसमा पनि उनको जवाफ सटिक नै छ, ‘हामी स्वयम्ले ।’
अनि यी सबै कुरा के हुन् भन्ने अर्काे प्रश्नमा पनि उनीसँग एक शब्दमै जवाफ छ, ‘पुरुषत्व !’ जुन विषयमा उनले पीएचडी गरेका छन् । त्यसो भए हामीले गर्ने विभेदको जरो त हाम्रै समाजमा रैछ, अझ हाम्रै घरमा रैछ, अझ हामीभित्रै रैछ । जसरी मेरी सानी छोरीलाई आफ्नो र आफूजस्तै केटीसाथीको स्कुले ब्याग अक्सर प्याजी वा गुलावी हुन्छ भन्ने लाग्छ ।
उसलाई लाग्छ, उसका केटासाथीहरूको स्कुले झोलाचैं कालो, निलो वा यस्तै अरू कुनै रङका । परिवार, समाज, देश वा विश्व विभेदका हाँगाबिँंगा मात्रै हुन्, जसलाई छिमल्न मात्रै सकिन्छ । अनि हामी स्वयम्भित्र चैं जरा छ, जसलाई उखेल्न सकिन्छ । अब मनन
गरौं, बारम्बार हाँगा काटिरहने कि एकैचोटी जरा उप्काउने ?"
स्रोत
१. बिनु सुबेदी, सिकाइमै विभेद ! पूर्ण अंशको  पहुँच को लागि http://kantipur.ekantipur.com/news/2016-07-25/20160725090125.html

ब्राह्मणबाद र जातिप्रथा: व्यक्तिगत बुझाई र विश्लेषण (Brahmanism and Caste Custom: Individual understanding and analysis)

आ-आफ्नो ज्ञान र चेतनाको स्तर अनुसार आ-आफ्नो व्यक्तिगत र समुहगत आस्था र विश्वास अनुसारको बुझाई, हेराई, देखाई, सुनुवाई र पढाई अनुसारको भनाई र लेखाई हुन्छ | त्यसैले ब्राह्मणबादको बारेमा गणेशमन सिंहले जे भने वि. पी. कोईरालासंग सोहिलाई गहन र गम्भीर रुपमा अझ आफुले देखेको, भोगेको, हेरेको, सुनेको र अध्धयन गरेको आधारमा समाजशास्त्री डोर बहादुर विष्टले आफ्नो पुस्तक र लेखहरुमा लेखे ब्राह्मणबादको विषयमा मनुबादलाई जोड्दै | साथै पत्रकार अरुण बरालले त एक पुस्तक नै लेखे ब्राह्मणबाद नाम दिएरै जुन पुस्तकमा ब्राह्मणबादलाई पूर्ण रुपमा चारित्रिक र व्यवहारिक गुणहरुको बारेमा विशलेषणात्मक दङ्गले वर्णन र व्याख्या गरेका छन् हिन्दुधर्मलम्बी गुरु पुजारी, पण्डित, पुरोहित लगायत सामान्यता आम बाहुन समाजको चारित्रिक र व्यवहारिक गुणहरुको बारेमा हामी बाहुनहरु यस्तो, त्यस्तो हुन्छौ, यस्तो त्यस्तो गरेका थियौ र गर्ने गर्छौ आदि भन्दै |

ब्राह्मणवादको बारेमा हिन्दुस्तानको ऐतिहासिक लेखहरु खोजतलास गरेर अध्धयन गर्यौ भने हिन्दुस्तानी लेखकहरुको आफ्नो बुझाई अनुसार हिन्दुस्तानमा प्रतिपादित वैदिक धर्मको पतन नै ब्राह्मणबाद हो वैदिक धर्मको रक्षक, ब्राह्मणहरुले पतन गरेको हुन् लोभलालचमा फसेर भन्ने गर्दो रहेछ | राजकुमार सिद्धार्थ गौतम जो भए बुद्ध उनको जन्म पहिलेदेखि नै वैदिक धर्म पतन भएर ब्राह्मणबाद धर्मको थालनी भएको रहेछ भनेर प्रष्ट बुझिन्छ यदि सत्य, तथ्य र यथार्थ बुझ्ने मार्गमा उन्मुख भएका व्यक्तिहरुको मति भ्रष्ट भएको छैन भने | वैदिक कालमा भन्ने गरिन्छ कुनै पनि व्यक्तिलाई मनुबाद नीतिनियम अनुसार वर्ण/रङ्ग (सेतो-ब्राह्मण, रातो-क्षत्रीय, पहेलो-वैश्य र कालो-शुद्र) को आधारमा विभेद गर्दैनन् थियो |

वर्ण/रङ्ग सेतो चाही ब्राह्मण जसो काम अध्धयन अध्यापन गर्ने राजामहाराजाहरुलाई सल्लाह सुझाव दिने, पुजाआजा र कर्मकाण्ड गर्ने |

वर्ण/रङ्ग रातो चाही क्षत्रीय जसको काम राजकाज चलाउने, देशको रक्षा गर्ने, सिपाही लडाकु बनि |

वर्ण/रङ्ग पहेलो चाही वैश्य जसको काम खेतीपाती व्यापार व्यवसाय गर्ने |
र वर्ण/रङ्ग कालो चाही शुद्र जसको काम सम्पूर्ण माथि उल्लेखित वर्णका मानिसहरुको सेवा स्याहार सुसार गर्ने दासदासी बनेर भनेर सम्पूर्ण हिन्दुस्तानी धार्मिक पुस्तक, ग्रन्थ र ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ |

सोहि अनुसार आजसम्म पनि नेपाल र हिन्दुस्तानमा मानिसहरु हामी ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र हौ भन्ने गर्दै आई रहेका छन् | यहिबाट प्रष्ट बुझिन्छ कि यो वर्णबाद जातिबाद हो कि होइन भनेर | यदि जातिबाद वर्णबाद होइन भने किन विगत देखि हालसम्म जो विगतमा ब्राह्मण, क्षेत्री र शुद्र भनेर मानिसहरुलाई वर्णको आधारमा विभाजन गरे सोहि अनुसार हामी ब्राह्मण, क्षेत्री र शुद्र हौ भन्ने गर्छन त !!!

बोलि, व्यवहार र धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको वर्णको आधारमा मानिसहरुले सम्पन्न गर्नु पर्ने कार्यको अनुसार किन मेल खादैन त?

यहिबाट प्रष्ट हुन्छ वर्णबाद जातिबाद हो भनेर |

लेखिका अञ्जु झा जी स्वयं आफुलाई ब्राह्मण ठान्नु हुन्न भने किन उहाँलाई त्यत्रो आपत कसैले बाहुनबाद वा ब्राह्मणवादको बारेमा केहि भयो, लेख्यो भनेर मानवताको लागि ? किन गर्नु पर्यो उनले प्रतिबाद र लेख्नु पर्थियो ब्राह्मणबाद र जातिप्रथा भन्दै मिति २०७३ श्रावण ११ गतेको कान्तिपुरमा यो निम्न लेख यदि उनले आफुलाई बाहुन उर्फ ब्राह्मण ठान्दैन भने (१)?

स्रोत

१. अन्जु झा, २०७३. "ब्राह्मणबाद र जातिप्रथा" पुरा लेख को पहुच को लागि http://kantipur.ekantipur.com/news/2016-07-26/20160726095017.html

लेख को पूर्ण अंश लिंकबाट कट्पेष्ट:

अहिले सामाजिक सञ्जालमा केही व्यक्तिले चलाएको माफी अभियान प्रशंसनीय छ । त्यसले सदियौंदेखि विभेदमा परेको दलित समुदायको अवस्था सुधारमा के असर पर्ला, त्यसको विश्लेषण अलि पछि गर्न सकिनेछ । यो अभियानको विरुद्धमा पनि धेरै व्यक्ति खनिएका छन् र ब्राह्मणहरू भनौं वा ब्राह्मणवादलाई भ्याएसम्म गाली गरिरहेका छन् । ब्राह्मणवादलाई गाली गर्नेहरूको दोष ज्ञानको कमी हो ।
जातिभेद दक्षिण एसियामा सबै धर्म र समाजमा एउटा ठूलो समस्याको रूपमा देखापरेको छ । हिन्दुत्व सबैभन्दा प्राचीन संस्कृति र सबै धर्मको जननी हो । यसैले गर्दा समाजिक असन्तुलन भयो कि त्यसको दोषारोपण हिन्दु धर्ममाथि लगाइन्छ । मनुस्मृति नीति र धर्म निर्धारण गरिने पहिलो ग्रन्थ मानिन्छ र यसमाथि सधैं जातिप्रथालाई बढाउने आक्षेप लाग्दै आएको छ । महिला आन्दोलन होस् वा दलित आन्दोलन यी दुइटैले मनुवादलाई गाली गरेकै देखिन्छ । अहिलेको अवस्थामा वैदिक संस्कृतिका पुस्तकहरूमा सबैभन्दा विवादित पुस्तक नै मनुस्मृति हो । जबकि मनुस्मृति लेखिएको समयमा जाति व्यवस्था भन्ने विचारको अस्तित्व नै थिएन । मनुस्मृतिले जन्म जाति/समाज व्यवस्थालाई कहिलै पनि समर्थन गरेको छैन । महर्षी मनुले वेदमा परिभाषित मानिसको गुण, कर्म र स्वभावको आधारमा आधारित समाजको व्यवस्थालाई व्याख्या गरेका छन् ।
सामान्यतया जुन ब्राह्मणको कुुरा गरिन्छ, त्यो न कुनै व्यक्ति हो, नत कुनै वाद । त्यो त प्रत्येक मानवको स्वाभाविक, सांस्कारिक कमी-कमजोरी, गुणदोष, श्रेष्ठता र निचतामा आधारित जीवनमार्ग हो र त्यो प्रत्येक मानवमा हुन्छ । मनुस्मृतिले वर्ण व्यवस्थाको वकालत गरेको छ । वर्ण शब्द ‘वृण’ धातुले बन्छ, जसको अर्थ छान्नु/चयन गर्नु हुन्छ । यसको सामानार्थी शव्द वरण गर्नु पनि हो । मनुस्मृतिको प्रथम अध्याय हेर्ने हो भने पनि यसमा जाति र गोत्र शब्द कतै छैन । यसले चार वर्णको उत्पत्तिको वर्णन गरेको छ ।
मनुस्मृति २. १३६ धनी हुनु, भाइबन्धु हुनु, आयु लामो हुनु, श्रेष्ठ कर्म गर्नु अनि विद्वत्ता यी पाँचवटा सम्मानको मापदण्ड हुन् र यसमा कतै पनि कुल, जाति, गोत्र वा वंशलाई सम्मानको मापदण्डको आधार बनाइएको छैन । मनुस्मृति १०.६५: ब्राह्मण शूद्र बन्न सक्छ र शूद्र ब्राह्मण । यस्तै प्रकारले क्षत्रीय र शूद्र पनि आफ्नो वर्ण परिवर्तन गर्न सक्छन् । मनुस्मृति ९.३३५: शरीर र मनले शुद्ध र पवित्र रहने व्यक्ति, उत्कृष्ट व्यक्तिको सान्निध्यमा रहने व्यक्ति, अहंकाररहित, मधुरभाषी, कुनै पनि ब्रह्म वर्ण प्राप्त गर्न सक्छ । मनुस्मृति २.२८ पढ्नु-पढाउनु, चिन्तन-मनन गर्नु, ब्रह्मचर्य, अनुशासन, सत्यवचन, परोपकार, सत्कर्म, वेद, विज्ञान पढ्नु, दान गर्नु, कर्तव्यको पालना गर्नु, आदर्शप्रति समर्पित रहनु आदिले नै मानिसको शरीर ब्राह्मणको हुन जान्छ ।
यदि ब्राह्मणको छोरा पनि विद्या प्राप्त गर्न सक्दैन, वेदको ज्ञान छैन भने ऊ शूद्र हुन जान्छ । शूद्रको छोरा पनि विद्या प्राप्त गरेपछि ब्राह्मण, वैश्य वा क्षत्रीय वर्णमा जान सक्छ । अर्थात सम्पूर्ण वर्ण व्यवस्था विशुद्ध रूपमा कर्म र गुणमा आधारित छ । यदि हामीले वैदिक इतिहासलाई हेर्ने हो भने ऐतरेय ऋषि अपराधी पुत्र थिए, तर उनी उच्चकोटीको ब्राह्मण बने र ऐतरेय उपनिषदको रचना गरे । राजा दक्षको पुत्र पृषध शूद्र भएका थिए र प्रायश्चितस्वरूप तपस्या गरेर मोक्ष प्राप्त गरे भनी विष्णु पुराणमा उल्लेख गरिएको छ । राजा नेदिष्टको पुत्र नाभाग वैश्य भए र यिनका केही छोराले क्षत्रीय वर्ण प्राप्त गरे । ऐलुष ऋषि दासी पुत्र थिए, साथै जुआरी र चरित्रशीन पनि । तर उनले अध्ययन गरे र ऋग्वेदमाथि अविष्कार गरे । ऋषिहरूले उनलाई आचार्य पदले सम्मान गरे । अर्थात ब्राह्मणवादले सिकाउले भनेको श्रेष्ठ र निचता बीचको अन्तर हो । यो एउटा व्यव्स्था हो । म जाति प्रथाको विरोधी भएर पनि ब्राह्मणवादी हुँ । यदि ज्ञानी बन्नु, राम्रो कर्म गर्नु, श्रेष्ठता र निचता बीचको भिन्नता छुट्याउन सक्नु ब्राह्मणवाद हो भने ब्राह्मण किन नबन्ने ?
ब्राह्मणवाद विचार हो । माक्र्सवाद सफल भएन । तैपनि माक्र्स विचारका समर्थक छन् । गान्धीवादलाई नै हेरौं । बाहुन श्रेष्ठ अरू निच भन्ने सोचबाट हामी किन माथि उठ्दैनौं ? दलित कार्यक्रममा गयो कि बाहुनको विरोधबाहेक अरू कुरा सुन्ने अवसर कमै पाइन्छ । हामी किन ब्राह्मणलाई श्रेष्ठ र आफूलाई निम्न सम्झिन्छौं ? ब्राह्मणवादले अन्तरदर्शनलाई चिन्न सक्ने बनाउँछ भने अन्तरज्ञानी किन नबन्ने ? जहाँ गए पनि दलित, ब्राह्मण, जातिवाद, आरक्षण, अरू विषय र समस्या नै नभए जस्तोमात्र भइरहेछ । ब्राह्मणले दलितलाई हेपेकै हो भने दलितभित्र आफैं छुवाछूत छ । वैवाहिक विज्ञापन हेर्ने हो भने प्रत्येक जातिले आफ्नै जातिभित्रको जोडी खोजेको हुन्छ । जाति बाहिर कोही जान चाहँदैन, हामी सबै आफ्नै संस्कारको गुलाम छौं । ब्राह्मण पनि आफ्नो संस्कारको गुलाम छ । जातजातिबीच द्वेशभाव रहिरह्यो भने समाजमा विभिन्न किसिमका समस्या जन्मिरहन्छ । जाति प्रथाको बुझाइमा परिवर्तन हुनसकेन भने उज्ज्वल भविष्य, समृद्ध र समर्थवान समाजको अस्तित्व रहन सक्दैन ।
आरक्षण सामाजिक सम्मानको लागि हुनुपर्छ । विद्या, जानकारी प्राप्तिको लागि हुनुपर्छ । नकि लालचले । आफू राजनीति कर्म नगर्ने तर दोषजति ब्राह्मणलाई दिएर हुँदैन । कुन चाहिँ जातिलाई आफ्नो कर्म, संस्कार परिवर्तन गर्न रोक लगाइएको छ र ? हिन्दु धर्मग्रन्थ दोषपूर्ण, विभेदयुक्त छ भने नयांँ मनुस्मृति लेखौं । यसलाई कुनचाहिँ ब्राह्मणले रोक्लान् र ?