Sunday 12 October 2014

ब्राह्मणको परिभाषा: बुद्ध र मनु बाबा

नेपालको ईतिहास अनुसार भनिन्छ बिगतमा आन्दोलन गर्दा नेवार, मगर र क्षेत्रीहरु (जंग बहादुर राणाले सन् १८७७ मा लखन थापा मगरलाई र सन्  १९४१ जुद्ध समशेर जंग बहादुर राणाले धर्म भक्त माथेमा, गंगालाल श्रेष्ठ,  दशरथ चन्द, शुक्रराज शास्त्री) लाई मृत्युदण्ड दिएर सामन्ती राणा शासक शोसकहरुले उनीहरुलाई शहिद बनाए | तर समकालीन ब्राह्मण जातका आन्दोलनकारीहरुलाई कुनै त्यस्तो मृत्युदण्ड नदिनुको प्रमुख  कारण उनीहरु अति मनाबाद नीति पाला गर्ने थिए |
 
नेपालको भूमिपुत्र ज्ञानी सिद्धार्थ गौतम बुद्धको ब्राह्मण परिभाषा र हिन्दुस्तानको मनु बाबाको ब्राह्मणको परिभाषामा आकाश पातालको फरक छ किनकि बुद्धको परिभाषा अनुसार ब्राह्मण भनेको कुनै जन्म जाति पाउने "उपनाम" होईन वल्कि आफ्नो कर्मले प्राप्त गर्ने मन, वचन र आचरणको उपल्लो स्तर हो |
तर हिन्दुस्तानको मनुबाबाको  परिभाषा अनुसार ब्राह्मण भनेको जन्मजात प्राप्त गर्ने "उपनाम" भन्ने कुरा प्रमाणित हुन् मनुबाद्को पुस्तक "मनुस्मृति" बाट | त्यसैले पनि मनुस्मृति र बुद्धको ज्ञान सम्बन्धी त्रिपिटकहरु अध्धयन गरि हामी सत्य र असत्य ज्ञान विच फरक छुटाउनु पर्ने हुन्छ मानवताको लागि |

 "कपाल खौराउनु नै ब्राह्मणका लागि प्राणदण्ड हो | तर अरु जातिका लागि भने प्राण अन्त्य गर्नु नै प्राणान्तक दण्ड हो |"
-  मनुस्मृति ८/३७९

"जस्तो सुकै अपराध गरे पनि ब्राह्मणको वध कहिल्यै गर्नु हुँदैन, त्यसैले सम्पूर्ण धन खोसेर शरीरमा चोट नलगाइकन देश निकाला गर्नु पर्छ |"
-  मनुस्मृति ८/३८०

"ब्राह्मणको वध भन्दा ठुलो पाप संसारमा अर्को कुनै छैन, त्यसैले राजाले उसलाई मार्ने कुरो मनले कल्पना पनि गर्नु हुँदैन |
- मनुस्मृति ८/३८१

1 comment: