Friday 3 October 2014

बुद्ध हिन्दु कुलमा जन्मेको भन्नु अज्ञानताको पराकाष्ट हो |

मैले सत्य, तथ्य र वास्तविकता बोल्नु नै पर्ने भयो बुद्ध र हिन्दु धर्मको बारेमा |

अज्ञानताले गर्दा सिमित आफ्नो पुर्खा वा आफुले मान्दै आएको धर्म, संस्कृति, संस्कार र परम्पराको बारेमा सुनेको वा ग्रन्थहरुमा पढेको आधारमा मात्र अर्ध सत्य ज्ञान भएपछि हतपत सामाजिक संजाल, मिडियामा मुख बाउनु भन्दा अघि अलिक गम्भीर भई गहिरो अध्धयन अनुसन्धान गर्नु नि हौ आफ्नो स्वघोषित विद्वान बुद्धिजीवी पदीय कायम गर्नु नेपाली समाजमा भ्रामिक ज्ञान फैलाउनु भन्दा पनि |

बुद्ध भनेको के हो ? हिन्दु भनेको के हो ? हिन्दु कहिले देखि, कसले नामकरण दिएर भन्न थालियो वैदिक उर्फ ब्राह्मणबाद धर्मलाई प्राचिन हिन्दुस्तानमा भन्ने पनि जानकारी /ज्ञान नभएका विद्वान बुद्धिजीवीहरु छन् हाम्रो ज्ञान भुमि, शान्ति भुमि अग्रगामी नेपालमा अनि के भन्नु र अरु कुरा यस्ता भ्रामिक ज्ञान प्रचारकलाई जसले दाबी गर्छन “हिन्दू कूलमा जन्मिएका वुद्धले हिन्दु धर्मलाई नै स्वीकार गरेका हुन्थे भने आज बुद्ध धर्म यो दुनियाँमा हुने थिएन ।” भन्दै जुन एक हास्यासपद भ्रामिक ज्ञानको दावी मात्र हो |

हाल हिन्दु भनिने धर्मको सबै भन्दा पुरानो नाम भनेको वेदिक धर्म हो जुन सिद्धार्थ गौतम जन्मनु भन्दा धेरै पहिले देखि मान्दै आएका थिए प्राचिन भारतिय आर्यनहरुले | तर पछि गएर वेदिक धर्मलाई धार्मिक गुरु तथा अनुयायीहरुमा दानवीय प्रवृतिहरु जस्तै लोभ लालच, छलकपट, आडम्वर, घृणा, ईर्ष्या, अहमता, अहङ्कार, घमण्ड, भय, गौरव,आदि हाबी भए पछि आफ्नो पुर्खाको धर्मलाई भ्रष्ट्र पारि वेदिक धर्मको भ्रष्ट रुप वैदिक ब्राह्मणवाद धर्म भन्ने प्रतिपादन गरेछन बुद्धकालीन भन्दा पहिले नै जुन धर्मले निरन्तरता पाएछन् बुद्धकालीनमा साथै बुद्धकालीन पश्च्यात पनि |

अनि जब प्राचिन भारतमा १२ औ शताब्दीमा फारसी/मुसलमानहरु भारत आक्रमण गर्न आएछन उनीहरुले सिन्धु नदि पारि बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई भौगोलिक नामकरण हिन्दु भन्ने दिएछ | तत्पश्च्यात वैदिक ब्राह्मणवाद धर्म मान्नेहरुले आफुलाई हिन्दु /हिन्दुस्तानी भनी बोलाउन थालेछन | त्यसैले भन्ने गर्छन हालको हिन्दु/वैदिक ब्राह्मणवाद भन्ने धर्म ब्राह्मणबाद र बौद्ध धर्मको समिश्रणको उपज हो भनेर जुन प्युर वेदिक धर्म होइन |

साथै हिन्दु भन्ने शब्द मौलिक भाषा अनुसार नभएको भन्दै २० शताब्दीमा महात्मा गान्धीहरुले अभियान चलाएछन् हिन्दु धर्म सुधारको लागि अनि त्यति बेला गान्धीले मुलिक नाम खोज्ने क्रममा “सनातन धर्म” भनि नामकरण गरेको रहेछन हिन्दु भनिने धर्मलाई |

त्यसैले आज पनि हिन्दुस्तानको हाई कोर्टले हिन्दु भनेको धर्म होइन यो एक जीवन यापन गर्ने शैली हो भनेर परिभाषित गरेका छन् जुन हिन्दु धर्मको सक्रक्षण गर्ने संस्था “राष्ट्र स्वयं सेवक संघ” का प्रमुख मोहन भागवतले पनि हालसालै पुन भनेका छन् “हिन्दु भनेको धर्म होइन | हिन्दु भनेको हिन्दुस्तानमा बस्ने नागरिकहरुले जीवनयापन गर्ने एक शैली हो जसरी इंग्लैंडमा बस्ने अंग्रेज (ईग्लिश), अमेरिका बस्ने अमेरिकी, जर्मनीमा बस्ने जर्मन, इसराइलमा बस्ने इजरायलि, पाकिस्तानमा बस्ने पाकिस्तानी त्यसै गरि हिन्दुस्तानमा बस्ने हिन्दु वा हिन्दुस्तानी हुन् भनेका छन् |

सन् १९७० मा पंजाबी विश्वविद्यालयको धार्मिक अध्ययन विभागको प्राध्यापक डा. लाल मणि जोशी ज्युले लेख्नु भएको पुस्ताक “ब्राह्मणवाद, बौद्ध धर्म र हिंदू धर्म” मा पनि प्रष्टसंग उल्लेख गर्नु भएको छ उक्त तथ्यहरु अनि भनिएका छन्:
१. बुद्ध एक हिन्दु भएर जन्मेको होइन किन कि वर्तमानको हिन्दु भन्ने धर्म बुद्ध जन्मिदा उत्पति नै भएको थिएन |
२. बुद्धकालिन अघि हिन्दुस्तानको धर्म वेदिक ब्राह्मणबाद थियो | तर वेदिक परमपराको साथ साथै त्यति बेला सन्यासी,तपस्वी (स्रमाना)संस्कृति र धार्मिक वैचारिक सोच र अभ्यासको पनि शुरुवात भएको थियो |
३. बौद्ध धर्मको सोहि स्रमानिक संस्कृतिसंग नजिक सम्बन्ध रहेको छ |

४. हिन्दु धर्म वेदिक ब्राह्मणबाद बौद्ध धर्म लगायत अन्य स्रमानिक धार्मिक अभियान समिश्रण भई उत्पति भएको हो |

साथै हाईवेको डाका रत्नाकर जसलाई वाल्मिकी पनि भन्ने गरिन्छ उनले लेखेको रामायणमा बुद्धलाई नास्तिक चोर भनेर उल्लेख गरिएको छ |

यी यस्ता प्रमाणहरुबाट पनि हामीले बुझ्नु पर्ने हुन्छ कि सिद्धार्थ गौतम कुनै पनि हालतमा हिन्दु धर्म मान्ने वा हिन्दुको पुत्र होइनन र थिएनन् भनेर जुन प्राचिन इण्डियाको सामाजिक, संस्कृतिक, धार्मिक र राजनीतिक ईतिहास र ऐतिहासिक दस्तावेजले पुष्टि गर्छन |

कुरा बुझु पार्ने हाम्रा सबै वैदिक हिन्दु सनातनी हु भन्ने विद्वान बुद्धिजीवी दाई भाईहरुले आफ्नो पुर्खाको धर्म बारेमा राम्रोसंग सत्य, तथ्य र यथार्थ प्रमाणमा आधारति कुराहरु मात्र लेख्नु नत्र आफुनै फन्टुस होला यो २१ औ शताब्दीको वैज्ञानिक युगमा प्रमाणमा आधारित ज्ञानको मात्र मान्यता हुन्छ न कि भ्रामिक ज्ञानलाई आत्मसाथ गर्दै दाबि गरेको |

No comments:

Post a Comment