Tuesday 15 March 2016

उद्धेश्य के लिनु, उडी छुनु तारा एक

गहन र गम्भीर विश्लेषण, विवेचना, विचार विमर्श र बहस अन्तरमन मस्तिष्कमा गरेर बुझे कि "उद्धेश्य के लिनु, उडी छुनु चन्द्र एक" भन्ने उक्ति जुन भनेका थिए लक्ष्मी प्रसाद देवकोटाले त्यस्तो सोचेर आफ्नो जीवनको लक्ष्य/ उद्धेश्य राख्न सान्दर्भिक छैन महान सपना देख्ने व्यक्तिहरुको लागि यथार्थमा साकार बनाउन वा परिणत गर्न |
वास्तवमा हुनु पर्ने चाही "उद्धेश्य के लिनु, उडी छुनु तारा एक" हुनु पर्ने हो किन कि सर्वप्रथम आकाशमा लाखौ ताराहरु छन् सो मध्ये एक छुने लक्ष्य राख्नु पर्छ र दोश्रो, ती ताराहरु चन्द्रमा भन्दा लाखौ गुणा टाडा /माथि छ | त्यसैले जब हामी कयौ ताराहरु मध्ये एक तारा छुने लक्ष्य राख्छौ कथनकदाचित एक तारा छुन नसकेता पनि कमसेकम चन्द्र जुन एक मात्र छ सो मा आएर अवतरण हुन्छौ/छुन सक्छौ |
चन्द्र एक मात्र छ अहिलेसम्म हामीले जाने बुझे देखे अनुसार | त्यसैले चन्द्र एक भन्नु आफ्नैमा गलत साबित भयो भन्ने प्रष्ट हुन्छ | साथै जब हामी चन्द्र छुने लक्ष्य राख्छौ तब हामी धर्तिमा अवतरण हुन्छौ किन कि चन्द्र धर्तिभन्दा माथि छ जब कि ताराहरु चन्द्रमा भन्दा पनि कयौ गुणा माथि छ |
त्यसैले एक तह माथि भएको वस्तु छुने लक्ष्य राख्दा दोश्रो तहमा रहेको वस्तु छुन सकिन्छ यदि प्रथम तहको छुन नसकेता पनि | सोहि कारणले गर्दा जहिले पनि लक्ष्य उद्धेश्य भनेको ठुलो आफु र अरुहरु पनि सुन्दै, कल्पना गर्दै भयभित हुने /तर्सिने हुनु पर्छ अनि मात्र प्राप्त गर्न सकिन्छ तन र मनलाई चुनौती दिदै भन्ने गर्छन यस संसारका विज्ञ विद्वान बुद्धिजीवी बौद्धिक वर्गहरु मानवताको लागि आफुले आफ्नैलाई हौसला र चुनौती दिदै अन्य व्यक्तिहरुसंग प्रतिस्पर्धा गर्नु भन्दा आफ्नै अज्ञानताले गर्दा |
कुरा बुझ्नु मुसु मुसु हास्नु मनमा शान्ति लिनु मानवको लागि "उद्धेश्य के लिनु, उडी छुनु तारा एक" भन्ने मन मस्तिष्कमा मनन गर्दै सपना देख्न थाल्नु विशाल जसले तर्साओस स्वयंलाई किन कि जसले त्यस्तो सपना देख्छ उनीहरुले मात्र साकार पार्न पहल गर्छन आफ्नो जीवन र जगतमा | नत्र त आफ्नो अज्ञानतापूर्ण सिमित बुझाईले गर्दा मेरो त सपना कहिल्यै पूर्ण हुन्न भन्यो चित्त बुझायो बस्यो गर्ने गर्छन |
हिन्दुस्तानको वैज्ञानिक राष्ट्रपति, अब्दुल कलामले भन्नु भएको थियो,
"सपना त्यो होईन जुन देख्छौ निदाएको/सुतेको बखत, सपना त्यो हो जसले सुत्न दिदैन |"
त्यसैले तपाई हामीले देख्ने सपना कस्तो थियो र छ गरौ पुनरावलोकन गर्दै मन मस्तिष्कमा गहन र गम्भीर रुपमा विश्लेषण, विवेचना, विचार विमर्श र बहस गर्दै मानवताको लागि आफुले आफ्नैलाई सहयोग गर्न भ्रमबाट मुक्त हुन् | नत्र त मैले देखेको सपना साकार हुन्न भन्यो मस्तसंग फुवास, फुवास सुत्यो अनि कहाँ हुन्छ त साकार?
हामी नेपालीहरु त्यस्तो सपना देख्छौ जसले गर्दा धर्तिको धर्तिमै रहन बाध्य हुने रहेछौ भन्ने पुष्टि हुन्छ भू.पु. प्रधान मन्त्री डा. बाबुराम भट्टराई ज्युले समेत लक्ष्मी प्रसाद देवकोटाको उक्ति आफुले आत्मसात गरी बजेट भाषण गर्दा भन्नु भएको थियो "उद्धेश्य के लिनु, उडी छुनु चन्द्र एक" भन्दै | लिनु/राख्नु पर्ने लक्ष्य "उद्धेश्य के लिनु, उडी छुनु तारा एक" भन्दै जसले गर्दा चन्द्र छुन सक्षम हुन्थ्यौ |

Saturday 12 March 2016

आस्था र शब्द जालको राजनीतिक

२० औ शताब्दीका विश्व प्रख्यात इटालियन राजनीतिज्ञ, बेनिटो मुसोलिनी जसले तानाशाही व्यवस्था "फासिज्म/फासिस्टवाद" को जन्म दियो उनको भनाई गम्भीर रुपमा विश्लेषण, विवेचना, विचार विमर्श र बहस गरी सत्य, तथ्य र यथार्थ केलाई बुझ्ने प्रयास गर्ने हो भने हाम्रो देश नेपाल लगायत विभिन्न तानाशाही शासक शोसकहरुले गरेको राज्य संचालन प्रणालीमा स्वयं सम्बन्धित राष्ट्र भित्रै आफ्नो शासक शोसक वर्गहरुले आफ्नै देश/राष्ट्र/समाजका निर्दोष र अज्ञानताको शिकारीहरुलाई नै स्वाहा पारेको देखिन्छ |

हाम्रो देश पनि फासिस्टबाद नीति अनुसार नै संचालित छ भन्ने बुझिन्छ एकात्मकबाद नीति लादिएको देख्दा प्रजान्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा आम अज्ञानताको शिकार सत्य, तथ्य र यथार्थ ज्ञानको भिखारीलाई मुर्ख बनाई मामाको घोडीमा मेरो ही हि गर्दै |

हाम्रो देश नेपालमा मानवको भन्दा एक प्रकारको जनावर "गाई, गोरु" जसको विश्वमा सबै भन्दा बदी मासु खाने गर्छन सो को बदी महत्व हुन्छ, त्यसैले जनावर "गाई, गोरु" मासु खाना अहिन्दुबादीहरुले मार्दा १२ वर्ष जेल र नेल ठोक्ने गर्छन हाम्रा शासक शोषक वर्गहरुले देशको नीति कानून हो भन्दै जुन लादेको छ एकतर्फी रुपमा आफ्नै अज्ञानतापूर्ण आस्था र विश्वासले मात्र एक प्रकारको जनावरलाई आमा/बुबा (माता/पिता) देख्दै र अन्य भैसी/बाख्रा जसले पनि दुध दिन्छ र मानिसहरु पनि पिउने गर्छन उनीहरुलाई चाही जनवार नै देख्ने र बलि दिने गर्छन मठमन्दिर र दशैँमा |

खोई के खोई के कस्तो आस्था र विश्वास हो यो मानवहरुको ? कुनै मानिसहरुले सोहि जनावरलाई जनावर नै देखेर मासु खाने (ईसाई, इस्लाम, यहुदी, बोनबादी, अविश्वासी, आदिले) र देवीदेउतालाई टाउको चडाउने (किराँतबादी विशेषत लिम्बु जाति) गर्छन त कुनै मानिसहरुले सोहि जनावरलाई माता/पिता देख्ने गर्छन |

त्यसै गरी कोहि मानिसहरुको आस्था र विश्वासले उनीहरुको भगवान/ईश्वर/परमेश्वर र भूतप्रेत नै भाग्ने रे "सुंगर/बंगुर" र त्यसको मासुले अनि कोहिको चाही देवीदेउतालाई नभई नहुने रे |

विचित्रको छ यो मानव संसार/समाज जुन निर्मित छ काल्पनिक, कपोकल्पित मनगंते भ्रमित आस्था र विश्वासले अनि सोहि अनुसार निर्मित छ व्यक्तिगत र सामाजिक दृष्टिकोण र यथार्थ ! त्यसैले डराउनु पर्ने ती त्यस्ता व्यक्तिहरु जसले जे हो सो देख्दैन सत्य, तथ्य र यथार्थ/वास्तविकता | तर देख्ने गर्छन उल्टो पल्टो आफ्नो आस्था र विश्वासले जुन लादेका छन् बाल्यकालदेखिनै घरपरिवार, समाज, सरकार, सत्ता, शासक, शोसकहरुले अनि विश्वास गरेका छौ सोहि अनुसार आफ्नै अज्ञानताले गर्दा |

शब्दजाल र विश्वासको राजनीतिक सबै भन्दा अमानवीय कुरता हुँदा रहेछन भन्ने विश्वास इतिहासबाट प्रष्ट हुन्छ | त्यसैले विवेचना, बहस, विचार विमर्श र विश्लेषण गर्नु पर्ने हुन्छ वास्तविकमा सत्य र तथ्य के हो समाज, समुदाय र व्यक्तिको समृद्धि र विकासको लागि ज्ञानतापूर्ण राजनीतिक गर्न मानवताको लागि |