Sunday, 12 October 2014

ब्राह्मणको परिभाषा: बुद्ध र मनु बाबा

नेपालको ईतिहास अनुसार भनिन्छ बिगतमा आन्दोलन गर्दा नेवार, मगर र क्षेत्रीहरु (जंग बहादुर राणाले सन् १८७७ मा लखन थापा मगरलाई र सन्  १९४१ जुद्ध समशेर जंग बहादुर राणाले धर्म भक्त माथेमा, गंगालाल श्रेष्ठ,  दशरथ चन्द, शुक्रराज शास्त्री) लाई मृत्युदण्ड दिएर सामन्ती राणा शासक शोसकहरुले उनीहरुलाई शहिद बनाए | तर समकालीन ब्राह्मण जातका आन्दोलनकारीहरुलाई कुनै त्यस्तो मृत्युदण्ड नदिनुको प्रमुख  कारण उनीहरु अति मनाबाद नीति पाला गर्ने थिए |
 
नेपालको भूमिपुत्र ज्ञानी सिद्धार्थ गौतम बुद्धको ब्राह्मण परिभाषा र हिन्दुस्तानको मनु बाबाको ब्राह्मणको परिभाषामा आकाश पातालको फरक छ किनकि बुद्धको परिभाषा अनुसार ब्राह्मण भनेको कुनै जन्म जाति पाउने "उपनाम" होईन वल्कि आफ्नो कर्मले प्राप्त गर्ने मन, वचन र आचरणको उपल्लो स्तर हो |
तर हिन्दुस्तानको मनुबाबाको  परिभाषा अनुसार ब्राह्मण भनेको जन्मजात प्राप्त गर्ने "उपनाम" भन्ने कुरा प्रमाणित हुन् मनुबाद्को पुस्तक "मनुस्मृति" बाट | त्यसैले पनि मनुस्मृति र बुद्धको ज्ञान सम्बन्धी त्रिपिटकहरु अध्धयन गरि हामी सत्य र असत्य ज्ञान विच फरक छुटाउनु पर्ने हुन्छ मानवताको लागि |

 "कपाल खौराउनु नै ब्राह्मणका लागि प्राणदण्ड हो | तर अरु जातिका लागि भने प्राण अन्त्य गर्नु नै प्राणान्तक दण्ड हो |"
-  मनुस्मृति ८/३७९

"जस्तो सुकै अपराध गरे पनि ब्राह्मणको वध कहिल्यै गर्नु हुँदैन, त्यसैले सम्पूर्ण धन खोसेर शरीरमा चोट नलगाइकन देश निकाला गर्नु पर्छ |"
-  मनुस्मृति ८/३८०

"ब्राह्मणको वध भन्दा ठुलो पाप संसारमा अर्को कुनै छैन, त्यसैले राजाले उसलाई मार्ने कुरो मनले कल्पना पनि गर्नु हुँदैन |
- मनुस्मृति ८/३८१

Thursday, 9 October 2014

I am a humanist because I am born as a human!!

I am born as a human that is why am humanist.

I can't be a person of any ideological indoctrinated programmed that is why although I was born in Islam nation, Malaysia given my name "Laxmi" by Hindu priest and grown up in Hindu tradition dominated society, Nepal; born in a family that is said to be follower of Buddhism tradition; and strongly motivated and convinced by fellow the Christianity ideology believers to be a Christian since at the age of 12 and at the missionary college while doing my Bachelor still I was able to help myself to remain as a human without being indoctrinated to be identified based on my parental ideological belief.

It is thought provoking to read this article "Why I am not a Christian, Jew, Muslim, Hindu or Buddhist"  by Peter Meyer who was born in a Christianity tradition family background. For detail    
http://www.serendipity.li/eden/why_i_am_not.htm

आफ्नो मनको सोच परिवर्तन गर, पुर्खौली परम्परा वा संस्थागत धर्म होइन !

बुद्धको ज्ञानको  शिक्षा मार्ग  अनुसार कसैले पनि आफुले मान्दै आएको परम्परा, संस्कार, संस्कृति र  संस्थागत धर्म परिवर्तन गर्न  पर्दैन भन्ने कुरा प्रष्ट छ यस विश्व मानव समाज जुन कुरा मानव जातिमा तुलनात्मक दिमाग चल्ने सच्चा ब्राह्मण र यहुदी पुत्र लगायत चिनिया, जापानिज, कोरिया आदिले प्रमाणित गरेका छन् |

ब्राह्मण जात पुर्खौली रुपमा वेदिक परम्परा अनुसार आफ्नो सबै पारिवारिक र सामाजिक परम्परा, संस्कार, संस्कृति र नीति नियम पालना गर्दै आएता पनि अध्यधिक मात्रामा बुद्धको दर्शनमा लागेका जात हुन् बिगतमा | साथै आज आएर पनि उनीहरु प्राय जसोले बुद्धको ज्ञानको शिक्षालाई नकार्न सक्दैन | उनीहरुलाई आफुलाई हिन्द-बुद्धिस्ट लेख्दा हुने जसरी यहुदी पुत्र पुत्रीहरु जसले आफ्नो यहुदी परम्परा, संस्कार र संस्कृतिमा खासै आफ्नो मनमा लागेको जिज्ञासाहरुको उतरहरु प्राप्त गर्न आत्मसाथ गरे बुद्धको दर्शनलाई उनीहरुले आफुलाई "जुबु" भन्दा रहेछन  जसको अर्थ हुन्छ जुईस बुद्धिस्ट [1)] |

त्यस्तै गरि सत्य ज्ञानको पिसासु  ईसाईबादीहरुले आफुलाई बुद्धिस्ट क्रिस्टेन हु भनि पहिचान गर्दा रहेछन | उदाहरणको लागि Bishop Craig Bergland  जो   The Universal Anglican Church को संस्थापक हुनु हुदा रहेछन (2) |

साथै चिनिया, जापानिज, कोरिया, आदिहरुको पुर्खौली मौलिक स्थानीय धर्महरु भएता पनि कतिपयले आफु बुद्ध मार्गी हु भन्दा रहेछन भने कतिपय म नास्तिक हु भन्दा रहेछन तर मेरो परम्परा चाही बुद्धिस्ट हो भन्दा रहेछन |

विश्वमा बुद्धको ज्ञानको दाबी गर्ने मुसलमानको विद्वानहरु जस्तै डाक्टर जाकिर नाईक  लगायत ईसाईहरुको पादरीहरु रहेछन त्यसैले कुरा बुझ्दा विश्वमा शान्ति भाईचारा ल्याउन सक्ने एक मानव पथदर्शक भनेको बुद्धको ज्ञानको शिक्षा मात्र रहेछन जुन  वैज्ञानिकलाई पनि स्वीकार्य साथै अति धार्मिकबादीहरुलाई पनि | सायद हुन् सक्छ  यो कुरा बुझेर नै डाक्टर अम्बेडकर आफू मर्नु भन्दा केहि महिना पहिले बुद्धको शरणआफ्नो मनोभाव सुम्पिएर प्रस्थान हुनु भयो यस पाताल लोकबाट | साथै उहाँ र नेहरुले कुरा बुझेकै कारणले गर्दा हिन्दुस्तान जस्तै अतिनै विविधता भएको राष्ट्रमा सबै कुरा अशोक राजाको स्वीकार्न निधो गरेका रहेछन आफ्नो राष्ट्र अनन्त सम्म अमन चयन, शान्ति, अहिंसा, धार्मिक  सहिष्णुतारहोस भनेर |

त्यसैले कसैले पनि कुनै धर्म परिवर्तन गरेर शान्ति, मुक्ति, अमन चयन प्राप्त गर्दैन कोहि पनि स्वर्गीय जादैन त्यसरी संस्थागत धर्म परिवर्तन गरेर मात्र आफ्नो मन परिवर्तन गरे हुन्छ सत्यता ज्ञानको पछि लाग्दै नत्र भ्रामिक ज्ञानले क्षणिक मात्र अन्ध दिन्छ र मिल्छ तर कालान्तर आफै पछुताउनु पर्ने हुन्छ |


Reference
1. 5 Reasons Jews Gravitate Toward Buddhism http://www.huffingtonpost.com/ellen-frankel/5-reasons-jews-gravitate-toward-buddhism_b_2520948.html
2. The Buddhist Christian: Why I am a Buddhist Christian http://buddhist-christian.blogspot.com.au/2013/06/why-i-am-buddhist-christian.html

Saturday, 4 October 2014

असुर जाति: दशैं मनाउनु र नमनाउनुको प्रमुख कारण

सत्य, तथ्य र यथार्थ कुरा बुझ्दा दुख लाग्यो हामीले मनाउदै आएको दशैको बारेमा |

म धन्य छु गोरे बहादुर खपांगी ज्यु जसले मेरो बाबाको मनको आँखा उघार्ने भाषण दिएर हामीले आज भन्दा करिब २७-२८ वर्ष पहिले नै दशैँ मनाउने प्रचलन त्यागौ |


त्यसको मुख्य कारण भनेकै प्राचिन हिन्दुस्तानको "असुर" भन्ने आदिबासी जसलाई शुद्र बनाईयो र भन्दा रहेछ शक्ति खोज्ने दैती भनेर उनीहरुको दानी मनकारी दयालु राजा "महिशासुर" लाई आफ्नै समाजकै असुर पुत्री दुर्गालाई परिचालन गरि हत्या गरिएको रहेछ र त्यसको खुशियालीमा पो दशैँ मनाउन थालिएको रहेछ |

हरे कस्तो अन्जानमा हामीले पनि पाप गर्दै आएका रहेछौ विगतको सामन्ती शोसक शासकहरुले लागेको दशैँ चाडपर्व हाम्रो पुर्खाहरुलाई जसले मनाउन ईन्कार गर्थे उनीहरुलाई सजाय हुन्थियो कि हत्याको कि जेल कि नेलको |

जे होस् दिलो होस् छोरा नै होस् भन्ने हाम्रो अति मनुबादी मानसिकताको चाहनाको भनाई बमोजिम भए पनि मेरो बुबाको चेत खुल्यो जसले गर्दा हामीले पापको भागिदारी हुने कु-कर्मबाट बन्चित भयौ निर्दोष जाति र राजाको हत्या गरेको खुशियाली मनाउने गरेकोमा हाम्रै आफ्नो अनभिज्ञता र अज्ञानताको कारणले दानव भन्दै जो एक सच्चा मानव थिए भन्ने कुरा बुझियो |  

गोरे बहादुर खपांगी ज्युले जे जस्तो गर्नु परेता पनि बाध्यताले म चाही उहाको कदर नै गर्छु | किन कि अज्ञानताले गर्दा कतिपय दाई भाईहरुले भन्ने गर्नु हुन्छ कि उहाले राजाको हातको टिका थाप्यो तत्पश्च्यत भनेर | तर उहाको के कस्तो बाध्यता थियो कसले बुझिदिने यो भ्रामिक संसारमा जहाँ मिडिया, शक्ति, भक्ति र अर्थको आडमा धार्मिक राजनीतिक हुन्छ भनेर |

गोरे बहादुर खपांगी ज्युकै पहलमा हो आज हामी सारा नेपाली नागरिकहरुले जबर्जस्ति संस्कृत भाषा अध्धयन गर्नु परेको छैन विधायालामा जुन मैले पनि पढेको थिए पहिले | अनि केहि पनि बुझ्दिन थिए जबर्जस्ति लादिएको भाषा विधालयमा अध्धयन अध्यापन गराउन जुन आजको दिनमा आएर नेपालमा करिब १६०० जनाले मात्र बोल्दा रहेछन |


त्यसै गरि हिन्दुस्तान जहाँ प्रतिपादन भयो संस्कृति भाषा त्यहाँ पनि एकदम नगन्य रुपमा समिति (०.०१%) मानिसहरुले मात्र बोल्दा रहेछन संस्कृत भाषा जुन संरक्षण गर्नु पर्छ भन्ने पक्षधर हु म किन कि भाषा मरेर जानु भनेकै संस्कृति र संस्कार मरेर जानु सरह हो भन्ने गर्दा रहेछन भाषाविदहरु यस विश्व मानव समाजको |

Friday, 3 October 2014

Neuroscientist perspective towards Buddhism as the Science of Compassion

In 3rd Septemer at the University of Sydney I attended wonderful talk program about Compassion (loving-kindness) meditation titled ":The Monk and the Neuroscientist: a Dialogue on Compassion" and discuss on "Does science now prove that the way to happiness is to practise compassion, as the Dalai Lama states?" Dr. James R. Doty, M.D., a Clinical Professor of neurosurgery at Stanford University and Founder and Director of the Center for Compassion and Altruism Research and Education, a part of the Stanford Institute of Neuro-Innovation and Translational Neurosciences, entrepreneur, and philanthropist; and Buddhist monk Bhante Mahinda discuss how 21st century science and ancient contemplative practice are learning from each other.
 
Here are some thoughts what Dr. James Doty had said in his discussion during the Sydney ideas talk program which I found fascinating (1).

It is indeed a paradox that so many from what are considered developing countries wish to come to the West, where we have an epidemic of depression, isolation, and loneliness, while the U.S. alone consumes 25 percent of the world's resources. However, it is often these "third-world" cultures that offer some of the most profound wisdom and insights that have been garnered over thousands of years, while our own history spans a few hundred years.

We have been blessed in the West with the persistence of a number of individuals who brought the teachings of mindfulness from the East and a number of scientists who, over the last 30 years, have empirically studied its effects. Many have experienced the profound effects of nonjudgmental reflection and the ability to more fully live in the present moment. By doing so, they have decreased their stress, become more efficient, and hopefully gained insight into attachment and delusion.
Mindfulness can have many benefits -- especially in our modern society, where we are constantly deluged by information and distractions and are living at a pace far beyond what our evolution designed us for. While the mindful path has the amazing ability to result in transformation, this journey is one that is taken alone. It is also one that can be perilous, because without insight and wisdom, it can be in and of itself an isolating, self-absorbing, and narcissistic exercise.
While mindfulness can do many positive things, it alone cannot offer what, at our deepest core, we seek, for that is not an inward journey but an outward journey of transcendence. We seek to be connected to what is outside ourselves and connects us with every other. It is through compassion that this transcendence is possible: the recognition of another's suffering and the desire to alleviate such suffering.

Suffering remains a part of the human experience. Everyone, either in the past, present, or future, has or is going to suffer. Yet many of us, instead of sharing our suffering and being vulnerable, try to present a mask to the outside world and pretend that we have our act together, and that we don't have fears and anxieties. Often this is hidden by false bravado (e.g., displaying one's financial or academic success), by criticizing others, or by the accumulation of objects. These actions do nothing to end our suffering. We feed ourselves with that which offers no sustenance.

When scientists first started studying meditation and compassion, it was with Tibetan monks, using electroencephalography (EEG). The instrument of measurement was an EEG electrode cap worn on the head. The monks laughed when they saw the caps. The scientist at first thought the monks were laughing at the cap because it looked funny, but that was not the case. A monk explained, "Everyone knows that compassion isn't in the head. It's in the heart." Indeed, it is through the heart that we are connected with others.

The work of my collaborators at Stanford University and that of many scientists around the world has now demonstrated that, in great part, the monk was correct. As an example, we now know that one of the greatest causes of sudden cardiac death is due to chronic decreased vagal tone leading to an increase in heart-rate variability. Other research has shown that the secondary effect is elevated levels of the stress hormone cortisol, a decrease in immune function, and inflammation.

The vagus nerve arises in the brainstem and innervates many organs in the body, being especially represented in the heart. Through a compassion practice, one can increase one's vagal tone and down-regulate such arousal. By doing so, one becomes calmer, decreasing one's heart rate and increasing one's empathy and social connectedness. Even as little as two weeks of a compassion practice can positively improve biological markers of stress and immune function.

Amazingly, when one studies the effects of compassion on the brain, one sees that those areas of the brain associated with reward (for food, for money, and for sex) dramatically increase in metabolism. An example is a study done by my collaborators William T. Harbaugh, Ulrich Mayr, and Daniel R. Burghart, who demonstrated such an increase in metabolism. Both when receiving money and giving money to charity, the pleasure centers in their brain were activated. The same effect occurred when they had no choice in the gift. Another interesting study by David Buss showed that, in looking for mates, though men value physical attractiveness and women value a stable provider, far beyond any other trait, both sexes value kindness and compassion in a partner. More germane in discussing our modern age is a recently published study demonstrating that when girls are presented with a stressor, they have a significantly stronger release of oxytocin (known as the "cuddle" or "love" hormone because of its association with bonding behavior) when speaking in person or over the phone to their mother rather than when texting her. There is ever-increasing data that show that when we care for others and feel close to them, we improve our own health and even our longevity. We are designed to care and to connect. By helping others we help ourselves.
I submit to you that the suffering or pain that each of us experiences is a manifestation of wounds of the heart. It is our lot that each of us will suffer wounds of the heart. Most of these wounds are superficial and heal quickly, but there are some that are deep and never heal and continue to cause pain throughout our existence on this Earth. It is not that we will not have wounds, as it is our lot, and it is what makes us human. What is important, and what defines our humanity, is what we do when we feel the pain of these wounds. Ultimately, these reactions will determine the fate of our collective humanity.
The chain of causation resulting in war, poverty, global warming, ecological catastrophe, and the myriad afflictions of our species is not an external problem but a problem of the human heart. While science and technology offer immense hope for a variety of conditions, until we focus these extraordinary tools on the afflictions of the heart, our species is doomed.

Many quote Darwin, implying that survival of the fittest means the survival of the strongest and most ruthless. Yet in fact what he really meant, as Robert Sapolsky at Stanford, Dacher Keltner at UC Berkeley, and others have discussed (and there is now every bit of scientific evidence to support it), is that it is survival of the kindest and most cooperative that ensures the survival of a species in the long term -- in particular, the human species.

Unfortunately, technology has evolved far faster than the evolution of our species. Many of us are isolated and feel alone. We know that each of us is suffering, but let me ask you: Have you worked next to someone and knew nothing about them? How many times have you been in pain and felt alone and isolated? That is the failure of science, technology, and our modern society. Science and technology have the potential to profoundly impact the human landscape, taking us either to the deepest, darkest valleys of human suffering or to the highest peaks of human potential. What will stop us from choosing the former is the cultivation of compassion. It is the recognition that our family and our tribe is not just our mother, father, aunt, uncle, sister or brother, and that our home is not just what we can see immediately around us, but that every human is part of one family, and that every part of earth is our home. That is what will result in our transcendence and take us to that far shore, where each of us recognizes that the other is his brother and that, in fact, the world is our home, where there are no barriers that separate us but powerful forces that bind us.

Reference
1. The Science of Compassion by Dr. James R. Doty, MD., Professor of Neurosurgery, Stanford University School of Medicine; Director, Center for Compassion and Altruism Research and Education http://www.huffingtonpost.com/james-r-doty-md/compassion_b_1639200.html

बुद्ध हिन्दु कुलमा जन्मेको भन्नु अज्ञानताको पराकाष्ट हो |

मैले सत्य, तथ्य र वास्तविकता बोल्नु नै पर्ने भयो बुद्ध र हिन्दु धर्मको बारेमा |

अज्ञानताले गर्दा सिमित आफ्नो पुर्खा वा आफुले मान्दै आएको धर्म, संस्कृति, संस्कार र परम्पराको बारेमा सुनेको वा ग्रन्थहरुमा पढेको आधारमा मात्र अर्ध सत्य ज्ञान भएपछि हतपत सामाजिक संजाल, मिडियामा मुख बाउनु भन्दा अघि अलिक गम्भीर भई गहिरो अध्धयन अनुसन्धान गर्नु नि हौ आफ्नो स्वघोषित विद्वान बुद्धिजीवी पदीय कायम गर्नु नेपाली समाजमा भ्रामिक ज्ञान फैलाउनु भन्दा पनि |

बुद्ध भनेको के हो ? हिन्दु भनेको के हो ? हिन्दु कहिले देखि, कसले नामकरण दिएर भन्न थालियो वैदिक उर्फ ब्राह्मणबाद धर्मलाई प्राचिन हिन्दुस्तानमा भन्ने पनि जानकारी /ज्ञान नभएका विद्वान बुद्धिजीवीहरु छन् हाम्रो ज्ञान भुमि, शान्ति भुमि अग्रगामी नेपालमा अनि के भन्नु र अरु कुरा यस्ता भ्रामिक ज्ञान प्रचारकलाई जसले दाबी गर्छन “हिन्दू कूलमा जन्मिएका वुद्धले हिन्दु धर्मलाई नै स्वीकार गरेका हुन्थे भने आज बुद्ध धर्म यो दुनियाँमा हुने थिएन ।” भन्दै जुन एक हास्यासपद भ्रामिक ज्ञानको दावी मात्र हो |

हाल हिन्दु भनिने धर्मको सबै भन्दा पुरानो नाम भनेको वेदिक धर्म हो जुन सिद्धार्थ गौतम जन्मनु भन्दा धेरै पहिले देखि मान्दै आएका थिए प्राचिन भारतिय आर्यनहरुले | तर पछि गएर वेदिक धर्मलाई धार्मिक गुरु तथा अनुयायीहरुमा दानवीय प्रवृतिहरु जस्तै लोभ लालच, छलकपट, आडम्वर, घृणा, ईर्ष्या, अहमता, अहङ्कार, घमण्ड, भय, गौरव,आदि हाबी भए पछि आफ्नो पुर्खाको धर्मलाई भ्रष्ट्र पारि वेदिक धर्मको भ्रष्ट रुप वैदिक ब्राह्मणवाद धर्म भन्ने प्रतिपादन गरेछन बुद्धकालीन भन्दा पहिले नै जुन धर्मले निरन्तरता पाएछन् बुद्धकालीनमा साथै बुद्धकालीन पश्च्यात पनि |

अनि जब प्राचिन भारतमा १२ औ शताब्दीमा फारसी/मुसलमानहरु भारत आक्रमण गर्न आएछन उनीहरुले सिन्धु नदि पारि बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई भौगोलिक नामकरण हिन्दु भन्ने दिएछ | तत्पश्च्यात वैदिक ब्राह्मणवाद धर्म मान्नेहरुले आफुलाई हिन्दु /हिन्दुस्तानी भनी बोलाउन थालेछन | त्यसैले भन्ने गर्छन हालको हिन्दु/वैदिक ब्राह्मणवाद भन्ने धर्म ब्राह्मणबाद र बौद्ध धर्मको समिश्रणको उपज हो भनेर जुन प्युर वेदिक धर्म होइन |

साथै हिन्दु भन्ने शब्द मौलिक भाषा अनुसार नभएको भन्दै २० शताब्दीमा महात्मा गान्धीहरुले अभियान चलाएछन् हिन्दु धर्म सुधारको लागि अनि त्यति बेला गान्धीले मुलिक नाम खोज्ने क्रममा “सनातन धर्म” भनि नामकरण गरेको रहेछन हिन्दु भनिने धर्मलाई |

त्यसैले आज पनि हिन्दुस्तानको हाई कोर्टले हिन्दु भनेको धर्म होइन यो एक जीवन यापन गर्ने शैली हो भनेर परिभाषित गरेका छन् जुन हिन्दु धर्मको सक्रक्षण गर्ने संस्था “राष्ट्र स्वयं सेवक संघ” का प्रमुख मोहन भागवतले पनि हालसालै पुन भनेका छन् “हिन्दु भनेको धर्म होइन | हिन्दु भनेको हिन्दुस्तानमा बस्ने नागरिकहरुले जीवनयापन गर्ने एक शैली हो जसरी इंग्लैंडमा बस्ने अंग्रेज (ईग्लिश), अमेरिका बस्ने अमेरिकी, जर्मनीमा बस्ने जर्मन, इसराइलमा बस्ने इजरायलि, पाकिस्तानमा बस्ने पाकिस्तानी त्यसै गरि हिन्दुस्तानमा बस्ने हिन्दु वा हिन्दुस्तानी हुन् भनेका छन् |

सन् १९७० मा पंजाबी विश्वविद्यालयको धार्मिक अध्ययन विभागको प्राध्यापक डा. लाल मणि जोशी ज्युले लेख्नु भएको पुस्ताक “ब्राह्मणवाद, बौद्ध धर्म र हिंदू धर्म” मा पनि प्रष्टसंग उल्लेख गर्नु भएको छ उक्त तथ्यहरु अनि भनिएका छन्:
१. बुद्ध एक हिन्दु भएर जन्मेको होइन किन कि वर्तमानको हिन्दु भन्ने धर्म बुद्ध जन्मिदा उत्पति नै भएको थिएन |
२. बुद्धकालिन अघि हिन्दुस्तानको धर्म वेदिक ब्राह्मणबाद थियो | तर वेदिक परमपराको साथ साथै त्यति बेला सन्यासी,तपस्वी (स्रमाना)संस्कृति र धार्मिक वैचारिक सोच र अभ्यासको पनि शुरुवात भएको थियो |
३. बौद्ध धर्मको सोहि स्रमानिक संस्कृतिसंग नजिक सम्बन्ध रहेको छ |

४. हिन्दु धर्म वेदिक ब्राह्मणबाद बौद्ध धर्म लगायत अन्य स्रमानिक धार्मिक अभियान समिश्रण भई उत्पति भएको हो |

साथै हाईवेको डाका रत्नाकर जसलाई वाल्मिकी पनि भन्ने गरिन्छ उनले लेखेको रामायणमा बुद्धलाई नास्तिक चोर भनेर उल्लेख गरिएको छ |

यी यस्ता प्रमाणहरुबाट पनि हामीले बुझ्नु पर्ने हुन्छ कि सिद्धार्थ गौतम कुनै पनि हालतमा हिन्दु धर्म मान्ने वा हिन्दुको पुत्र होइनन र थिएनन् भनेर जुन प्राचिन इण्डियाको सामाजिक, संस्कृतिक, धार्मिक र राजनीतिक ईतिहास र ऐतिहासिक दस्तावेजले पुष्टि गर्छन |

कुरा बुझु पार्ने हाम्रा सबै वैदिक हिन्दु सनातनी हु भन्ने विद्वान बुद्धिजीवी दाई भाईहरुले आफ्नो पुर्खाको धर्म बारेमा राम्रोसंग सत्य, तथ्य र यथार्थ प्रमाणमा आधारति कुराहरु मात्र लेख्नु नत्र आफुनै फन्टुस होला यो २१ औ शताब्दीको वैज्ञानिक युगमा प्रमाणमा आधारित ज्ञानको मात्र मान्यता हुन्छ न कि भ्रामिक ज्ञानलाई आत्मसाथ गर्दै दाबि गरेको |

Kama Sutra: The Greatest sexual text ever written in the human history

The greatest book ever written in ancient India about the Art of Sex and Love is  known as Kama Sutra, written by the Indian sage,  Vatsyayana, who lived in northern India around 3rd or 6th century (just speculated but not confirmed to date) of which Indian are very much proud of their ancestors who gifted such a great book to this world. 

In fact, Kama Sutra is an ancient Indian text widely considered to be the standard work on human sexual behavior in Sanskrit literature. A portion of the work consists of practical advice on sexual intercourse. who lived in northern India.

BUT  I wonder WHY some Nepalese are so much proud of this book saying that our ancestors wrote it down. If they think such then aren't they Indian as well  being proud of Indian literature.

Anyway written in a rather complex form of Sanskrit, the Kama Sutra  is the only surviving
g textual account of that period of ancient Indian history. In scholarly circles it has been widely consulted by scholars trying to understand the society and social mores of that period. The title of the text, Kama Sutra , literally means "a treatise on pleasure." Far more complex than a mere listing of contortionist sexual positions, the Kama Sutra  provides a comprehensive manual of living for the good life. Although the central character of the Kama Sutra  is the citizenly man-about-town, the text was written to be read by and provide detailed advice for both men and women.

I strongly suggest to read Kama Sutra to each and every Nepalese and Indian youth and person who love to have sensual pleasure  and love from their beloved sexual partner or relationships so that we can wipe out Taboo that exist in our society  related to SEX and LOVE in our part of the world.





Reference
1. A Brief History of the Kama Sutra http://www.alternet.org/story/86582/a_brief_history_of_the_kama_sutra

2. The Kama Sutra of Vatsyayana by Sir Richard Burton, translator 1883 http://www.sacred-texts.com/sex/kama/

Saturday, 26 April 2014

WHY Feel PROUD if a county status is POOR and LOW in terms of international indicators ?

I just don't understand wonder why our people, especially from Nepal and India are very much proud being of Nepali, Indian, Hindu, or so forth. I suppose it MUST be their ignorance to think and feel such being ignorance breeds such low level of human consciousness feeling as said by  Dr. David  Hawkins in his book titled "Power VS. Force: The Hidden Determinants of Human Behavior" published in 2002. As per David Hawkins and his team discovered a scale of 1 to 1000 to questions involving morality, motive, and consciousness, they were to measure the “attractor fields” that are responsible for human behavior. For example, Shame calibrates at just 0-20 at the low end of the scale, whereas Enlightenment calibrates at 700-1000 at the high end. It’s also worth mentioning that anything below the level of 200, or Courage, is “weak." and Pride is at the level of 175 which is said that the level of pride is something that most people aspire to. It’s socially encouraged. We’re told we should take pride in our work, accomplishments, and material objects. Compared to the lower levels, pride feels great. It certainly beats the depression and hopelessness found in Shame and Apathy. However, pride is still below the crucial level of 200. It is still weak, and thus is related to force rather than true power.

Pride is a weakness because it can so easily transform into any of the lower levels. If a prideful businessman suddenly loses all his money, he could easily go through Anger, Fear, and end up at Apathy, completely losing touch with what he based his life around. Pride comes from associating ones self with things that don’t really matter. Although pride feels good at first, it is ultimately foolish. Religious wars are often a function of pride. It lacks the unification of the higher levels, instead being based on the egoic need to be better than someone or something else.

Instead of becoming so proud of ourselves we have to learn to strive to do something good at least in the knowledge part or wherever it is possible from our level best to see our nation at the middle or above level in each and every socio-economic status and developmental indicator and index at the international level ranking. I have noticed that almost all South Asian nations are always backward in each and every index such as Corruption Perceptions Index, Human Development Index, Gender Inequality Index, Democracy Index,  Global Peace Index, Knowledge Economy Index and so forth.

I feel ashamed knowing the status of Nepal in the world rankings of the Knowledge Economy Index of 2012.

I believe this is all due to scripture knowledge that we fail to promote scientific knowledge that is why our condition is worse in the world in terms of Knowledge generation and use for the productive propose for the sake of humanity and in contributing to the next generation.

Out of total 145 nations surveyed Nepal stands at 135 position and our neighbor greater India stands at 110 and China at 84th position.

It seems that in the South Asia Nepal needs to learn a lot from Sri Lanka since it has stood at 101.

We Nepalese mostly learn from Bangladesh but unfortunately they stand at 137th position. Pakistan stands at 117th position which is better than Nepal but worse than Sri Lanka and India.

The Knowledge Assessment Methodology consists of 148 structural and qualitative variables for 146 countries to measure their performance on the 4 Knowledge Economy (KE) pillars:
 - Economic Incentive and Institutional Regime,
 - Education,
 - Innovation, and
 - Information and Communications Technologies (ICT).

Variables are normalized on a scale of 0 to 10 relative to other countries in the comparison group.

 Based on these Nepal scored as follow in each index out of 10 score.
- Knowledge Economy Index: 1.54 
- Knowledge Index: 1.54 
 - Economic and Institution Regime Index: 1.53 
 - Education Index: 1.62 
 - Innovation Index: 0.91   
-  ICT Index: 2.09

These are really frustrating and annoying situation of our country in which I didn't see any room to be happy or proud of which is considered unhealthy psychology. However, having said this I am always realistic optimistic and believe in improving the status quo that can be achieved if we keep our mind, positive and strive to change and challenge our own fixed and traditional mindset.  I hope in the near future some days our country and region will be as competitive as Hong Kong, Singapore and other nation at the international arena.


References
1.  Fred Tracy, 2011, Power vs Force: The levels of Consciousness, accessed from  http://www.fredtracy.com/power-vs-force-the-levels-of-consciousness/

2. World Bank 2012, Knowledge Assessment Methodology: Knowledge Economy Index and Knowledge Index Indexes, accessed from  http://info.worldbank.org/etools/kam2/KAM_page5.asp

Monday, 3 March 2014

Timeline of Nepal's History since Siddhartha Gautam Buddha to Shah Dynasty

ca. 623 B.C. The Buddha born in Lumbini, in Tarai Region of Nepal (Source: UNESCO)

During the rule of the 7th Kirat King Jitedasti, Gautam Buddha is believed to have visited the Kathmandu valley with his several disciples. The Buddhist monks had established a forest monastery in Sankhu. The Kirats of the valley refused to follow his doctrine but welcomed Lord Buddha and his disciples.

268-31 B.C. Ashoka establishes empire in north India. It is said that this is the time of Sthunko, the 28th Kirata King, in 266 BC, Emperor Ashoka's daughter Charumati came to Nepal and ordered to build "Stupa" around the 4 corners and middle of Patan.

ca. A.D. 353-373: Samudragupta establishes empire in north India


400-750 AD: Licchavi kingdom in power in the Kathmandu Valley


750-1200 AD: "Transitional" kingdom in power in Kathmandu Valley


1100-1484 AD: Khasa Malla kings rule in western Nepal 


1200-1216 AD: Arimalla, first monarch of the Malla Dynasty, rules in Kathmandu Valley


1312 AD: Khasa king Ripumalla leads raid in Kathmandu Valley


1345-1346 AD: Sultan Shams ud-din Ilyas of Bengal leads raid in Kathmandu Valley


1382-95 AD: Jayasthitimalla rules as king of united Malla kingdom in Kathmandu Valley


1428-82 AD: Yakshamalla reigns--height of united Malla kingdom


1484 AD: Malla kingdom divided; three kingdoms of Kathmandu, Bhadgaon, and Patan expand


1526 AD: Mughal Empire established in north India


1559 AD: Gorkha kingdom established by 
King Dravya Shah, son of King Yashobramha Shah of Lamjungson of King Kulamandan Shah, the first Shah ruler of Kaski.

1606-1633 AD: Ram Shah of Gorkha reigns; Gorkha kingdom experiences first expansion. 1728 Chinese influence established in Tibet

The Shah Dynasty that unified and ruled Nepal for the last 240 years, often through bloodshed, came to a peaceful end on MAY 28, 2008. If the rise of the Shahs was spectacular, so was their downfall. In modern history, hardly any monarchy has been abolished either through the ballot or so peacefully.


The story of the Shah Dynasty, stretching over a period of over 450 years, is a saga of both triumph and tragedy. 


After Drabya Shah, a prince of the royal house of the adjoining principality of Lamjung and progenitor of the Shah Dynasty, wrested Gorkha from local tribal chiefs in 1559, the Shahs remained confined to this impoverished, hilly principality for the next 183 years.


But that changed once and for all after an audacious prince, Prithvi Narayan Shah, ascended to the throne of Gorkha in 1742AD at the age of 20. 

Friday, 28 February 2014

तामाङहरुको धार्मिक र साँस्कृतिक परम्परामा सुधारको आवश्यकता

राम तामाङ:
(मैले गत बर्ष लेखेको सानो खोज मुलक लेख समय मिल्छ भने पढ्नु होला)

(तामाङहरु नेपालको पूरानो आदिबासी जातिहरुमध्ये एक हो । तामाङहरुको भाषा, धर्म, कला र संस्कृति प्रति तामाङहरुले गर्व गर्नु पर्ने तुप्रै पक्षहरु छन र यहाँ सुधार गरिनु पर्ने केहि धार्मिक र साँस्कृतिक परम्पराहरुको बारेमा छोटकरीमा विवेचना गरिने छ।)

एउटा खुल्ला समाजमा हरेक ब्यक्तिलाई आफनो जीवनमा कुनै धर्म मान्ने वा नमान्ने पूर्ण स्वतन्त्रता हुन्छ । आफु जन्मेको परिवारमा परम्परागत रुपमा मानिआएको धर्मलाईनै निरन्तरता दिन पनि सक्छन् वा अरुनै धर्मको अनुशरण गर्न पनि सक्छन् यी सबै व्यक्तिगत रोजाईका कुराहरु हुन र यो स्वतन्त्रतालाई समाजले मान्यता दिनु पर्दछ । यदि कुनै धर्मको अनुशरण गर्छन भने आफुले रोजेको धर्मको बारेमा जानेर, बुझेर उक्त धर्ममा प्रवेश गर्नु र सोही धर्मको नीति, नियम भित्र अडिक रहेर शुद्ध मन, वचन र कर्मले धर्मको अभ्यास गर्नु महत्वपूर्ण हुन्छ। कुनै धर्ममा आश्था राख्दछ भने त्यसमा विश्वास गर्नु पर्छ । आफनो धर्मले निषेध गरेको गतिविधिमा लाग्नु धर्म प्रतिको अनादर हो, धर्मले देखाएको बाटोको अनुशरण गर्नु र आफनो धर्म अनुशारको संस्कृतिको पालना गर्नु उस्को कर्तव्य र जिम्मेवारी पनि हो। धार्मिक बिषय मन संग जोडिएको हुनाले भावनामा शुद्धता, भक्ति र प्रष्ट उदेश्य हुनु अति आवश्यक छ। आफुले मानेको धर्मको नीति, नियमहरुको पालना गर्दा बोझ महशुस गरिएको हुनु हुँदैन, यदि त्यसो हुन्छ भने अभ्यासको जरुरत छ। मन भित्रै बाट अनुशरण नगरिएको अवस्थामा त्यस धर्मबाट कुनै लाभ लिन पनि सकिंदैन र लाभ पनि मिल्दैन ।

नेपालको जनगणना २०११ को तथ्यांक अनुशार धार्मिक आश्थाको आधारमा नेपालमा हिन्दु ८१.३ %, बौद्ध ९.० %, ईश्लाम ४.४ % , किरात ३.१ %, इशाई १.४ %, प्रकृति ०.५ %, बोन १३,००७ जना, जैन ३,२१४ जना, बहाई १,२८३ जना र शिख ६०९ जना छन भने कुनै धर्मको उल्लेख नगर्नेको जनसंख्या ६१,५८१ रहेको देखिन्छ।

सन् २००१ को जनगणनाको तथ्यांक अनुशार नेपालको कुल बौद्ध धर्मालम्बी मध्ये ४७.३ % तामाङहरुले अोगटेको देखिन्छ र तामाङको कुल जनसंख्याको ९०.२ प्रतिशत बौद्ध धर्मालम्बी भएको देखाएको छ।

सन् २०११ को तथ्यांक अनुशार तामाङहरुको जनसंख्या नेपालको कूल जनसंख्याको ५.८% (१५,३९,८३०) देखिन्छ र नेपालमा बौद्ध धर्मालम्बीहरुको जनसंख्या ९.० % (२३,९७,०११) देखाएको छ । यदि ९०.२ % तामाङहरु बौद्धमार्गी हुन भने नेपालको कूल बौद्धमार्गीहरुको आधा भन्दा बढि जनसंख्या तामाङ समुदायले अोगटेको छ र नेपालको बौद्ध पहिचानमा तामाङहरुको महत्वपूर्ण भूमिका रहेको छ।

तामाङ समुदायमा बौद्ध धर्मको अवश्थाबारे चर्चा गरौं।

अधिकांश तामाङहरु आफूलाई बौद्धमार्गी भन्न रुचाउँछन र जन्मसिद्ध बुद्धिस्ट हौं भन्छन तर आफनो संस्कार संस्कृति, जिवन शैली बौद्ध धर्म दर्शन अनुरुप छ कि छैन त्यस विषयमा पनि गम्भीर भएर सोच्न जरुरी छ।

परम्परावादी तामाङ समाजमा बच्चा जन्मिदा लामा बोलाएर न्वारन गर्ने र मृत्यू हुंदा लामा द्वारा दाहसंस्कार र धेवा कर्म गर्ने बाहेक बिचको जिवनकालमा लामाको भूमिका न्यून देखिन्छ भने गाउं घरमा दु:ख बिमार पर्दा, विभिन्न पूजा आदिमा झाँक्रिको ठुलै भूमिका देखिन्छ त्यसैकारण “ सोमा बोन्बो सिमा लामा ” भन्ने भनाईको विकाश भएको हुनु पर्दछ । यहि स्थितिलाई बुझेरहोला तामाङ समुदायको प्रतिनिधित्व गर्ने संघ, संगठनहरुले झाँक्रिवादलाई तामाङ संस्कृतिको एक महत्वपूर्ण खम्बाको रुपम लिएको देखिन्छ ।

नेपाल तामाङ घेदुङको तीन वर्ष लामो खोज, छलफल तथा गोष्ठी पछि २०५८ मंसिर ९ र १० गते सम्पन्न दोश्रो राष्ट्रिय तामाङ संस्कार संस्कृति निर्देशिका भेला द्वारा सर्वसम्मतिले पारित तामाङ संस्कार - संस्कृति निर्देशिकाले भन्छ, “ तामाङ संस्कार र संस्कृति एक उच्च सम्रिद्ध र विशिष्ट संस्कृति हो। यो झाँक्रिवाद, लामावाद र ताम्बावादको समिश्रीत एवं सुन्दर रुपमा जीवित र क्रीयाशील छ। यो नै तामाङ जातिको पहिचान र अस्तित्व पनि हो ” । यस कुरालाई प्रथम अन्तराष्ट्रिय तामाङ सम्मेलन द्वारा पारित काठमाण्डौ घोषणा पत्रमा तामाङ बौद्धधर्म, बोन्बोवाद, र ताम्बावादको अपूर्व समिश्रण भएकोतामाङ संस्कार भनेर आत्मासात गरेको छ।

अव प्रश्न उठ्दछ: यदि ९०.२ % तामाङहरु प्राणीमात्रको दयागर्ने, अहिंसाबादी बुद्धधर्मको अनुयायीहरु हुन भने, प्राणीहरुको वलिचढाउने प्रथा बोकेर हिंडेको झाँक्रिवाद कसरी तामाङ् संस्कृतिको खम्बाको रुपमा अझै उभिरहेको छ र किन तामाङ सामाजलाई प्रगतिको बाटोमा अगाडि बढाउने कार्यमा लागेक हाम्रा अगुवा संगठनहरुले झाँक्रिवादलाई एक उच्च संस्कृतिको रुपमा लिंदै र त्यसमा गर्व गर्दै तामाङ जातिको पहिचान र अस्तित्व झाँक्रिवादसंग जोडिएको निष्कर्ष निकाल्दछ ?

यो स्थितीको सिर्जना हुनुमा निम्न कारण हरु हुन सक्दछन:

तामाङहरुले बुद्ध धर्मको बारेमा सहि ज्ञान प्राप्त गर्ने अवशर नपाउनु: तामाङ लामागुरुहरुले आध्यात्मिक चिन्तन, ध्यान, प्रवचन आदिमा भन्दा धार्मिक कर्मकाण्डहरुमा बढि जोड दिएको हुनाले तामाङहरुले बुद्ध धर्मको सहि शिक्षा र ज्ञान प्राप्त गर्न बाट बन्चित भए ।

तामाङ समाज गरिब र अशिक्षित भएको हुनाले गाउँ घरमा भूत, प्रेत, बोक्सी आदिमा बढि विश्वास गरे ।
तामाङहरु बसोबासगर्ने गाउँ घरमा अौषधि उपचारको लागि अस्पताल टाढा भएको हुनाले धामि, झाँक्री लाई बिश्वास गर्न वाध्य भए ।

नेपालमा हिन्दु धर्मलाई राज्यको धर्मको रुपमा राजकीय सम्मान दिएको हुनाले ८१% जनता हिन्दु धर्मालम्बी भए र हिन्दु धर्मको वलीप्रथा लगायतका अन्य थुप्रै धार्मिक बिश्वासहरु झाँक्रिहरुको अभ्याससंग मिल्दो जुल्दो भएको हुनाले तामाङ समुदायमा हिन्दु धर्मको कारणले गर्दा पनि झाँक्रिवादले बलियो हुने र झन फस्टाउने मौका मिल्यो।
बुद्ध धर्मको बिषयमा ज्ञान भएका शिक्षित तामाङहरुपनि धर्म प्रति प्रतिबद्द भएनन र तामाङहरुको परम्परागत संस्कार संस्कृतिमा मादक पदार्थको अत्यधिक प्रयोग हुने भएको हुनाले उनीहरु पनि त्यसैमा रुमल्लिए।

बौद्ध धर्मालम्बी तामाङहरुले धर्म अनुशारको आचरण नगर्नु र धर्म अनुशारको संस्कृतिको बिकाश र प्रवर्दन नगर्नु।

तामाङ संध संस्थाहरुले समाजलाई परिवर्तन गर्नको लागी बलियो निर्णय गर्ने अांट नगर्नु र झाँक्रिवादलाई प्रोत्साहन गरिरहनु। माथि उल्लेखित तथ्यहरुबाट अनुमान गर्न सकिन्छ वर्तमान तामाङ समाजको धार्मिक र साँस्कृतिक अवश्था र यसबाट जन्मिएको मानसिक स्थिति र परिस्थितिहरु।

संभावित केहि इतिहांसिक कारणहरु:

तामाङहरुको लिखित इतिहांस नभएको हुनाले भरपर्दो तथ्यहरुको अभावमा हालसम्म तामाङहरुको प्राचिन इतिहांस बारे भएका लेखनहरु हात्ती छामेर वर्णन गरिएको जस्तो मात्र देखिन्छ । एउटा कुरा के अनुमान गर्न सकिन्छ भने तामाङहरुको उत्पति जहाँबाट भएको भएतापनि उनीहरुको पुर्खाहरु प्रकृतिका पूजारी थिए किन भने सबै भन्दा पूरानो धर्म नै त्यही हो । प्रकृतिको पूजा गर्ने प्राचिन बोन धर्ममा होस अथवा प्राचिन किरांत धर्ममा होस झाँक्रिवादको ठुलो मात्रमा प्रभाव रहेको कुरा इतिहासमा प्रस्टै छ। र तामाङहरुको प्राचीन इतिहांसबारे इतिहांसकारहरुको दुई मत रहेको देखिन्छ, प्राचिन कालमा तिब्बतबाट आएका वा हिमाली तथा पहाडि क्षेत्रका प्राचिन आदिवासि जाति ब्रिहत किरात जातिको एक समुह ।

नेपालका इतिहासविद बाबुराम आचार्यले लेखेको किताब “ नेपालको साँस्कृतिक परम्परा ” मा उल्लेख गरिएको छ कि “ आज भन्दा आठ दश हजार वर्ष जति पहिलाको कुराहो तिनताका हिमालय पर्वत स्रङ्गखलाको सक्षिणी पाखामा रहेको पाहाडी उपत्यका तथा समतल मैदानहरुमा विशिष्ट जनसमुदायको आवादी फैलिएर रहेको देखिन्छ । यस क्षेत्रका मुलनिवासी यसै जातिलाई पछि इतिहासकालमा आएका नवागन्तुक आर्यावर्तीय आर्यहरुले “ किरात ” भन्ने नाम दिएको पाइन्छ । (पाना ९)
वर्तमान समयका मगर, गुरुङ, तामाङ र नेवार आदि आग्नेयदेशीय जातिहरु किरात वर्गका यस्तै भेदहरुमा प्रशिद्द रहेका छन। (पाना ११)

नेपालका हिन्दु शासकहरुले हिन्दु धर्मलाई राज्यको धर्मको रुपमा माने जस्तै तिब्बतमा पनि त्यहाँका बौद्धमार्गी शासकले बौद्ध धर्मलाई राज्यले प्रायोजन गरी बौद्ध धर्मको सुरुवात गरेका हुन, तिब्बतमा सातौं शताब्दिमा बौद्ध धर्मको सुरुवात हुनु भन्दा अगाडि बोन धर्म मान्दथे ।

यहाँ के अनुमान गर्न सकिन्छ भने तामाङहरुको प्राचिन इतिहास जहाँ जोडिएको भएतापनि उनीहरुले प्राचिन काल देखि मनाउंदै आएको धर्म संस्कृति प्रकृति पूजा संग नजिक रहेको थियो । र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनहरुले उनिहरुको धार्मिक बिश्वासमा पनि परिवर्तन ल्यायो। कुनैले बौद्ध धर्मको अनुशरण गरे भने कुनै लाई पुरानै विश्व्वास प्रकृतिको पूजा र झाँक्रिवादमा राजनीतिक परिवर्तनहरुले झन थप मलजल मिल्यो।

तिव्वतमा त्यहाँको प्राचिन बोन धर्ममा झाँक्रिबादको ठुलो प्रभाव थियो भने माहायान, बज्रयाना बौद्ध धर्ममा बोन धर्मको प्रभाव रहेको देखिन्छ । महायाना बुद्धधर्म मान्ने राष्ट्रहरु चीन, मंगोलिया, जापान र कोरियाआदी देशहरुमा त्यहांका प्राचिन झाँक्रिवादले बुद्धधर्मलाई प्रभाव पारेको देखिन्छ ।

धार्मिक र साँस्कृतिक परम्परामा सुधारको आवश्यकता किन र के सुधार गर्ने ?

यदि तामाङहरु आफुलाई बौद्धमार्गी हुँ भन्छ भने आफनो धार्मिक आश्था अनुरुपको आचरण गर्नु जरुरी छ र बौद्ध धर्म संग मेल नखाने साँस्कृतिक कुसंस्कारहरुलाई निरुत्साहित गर्नु आवश्यकता छ। बुद्ध धर्मको उदेश्य संसारिक दु:खबाट मुक्ति दिलाउनु हो र हरेक माहयानी, बज्रयानी लामाबुद्ध धर्मका अनुयायीहरुको उदेश्य बोधिसत्वो प्राप्त गर्नु नै हो। तर हाम्रो आफनै संस्कृतिले नै हामीलाई बन्दी बनाई दिएको हामीले पत्तो पाईरहेका छैनौ। हाम्रो धर्मले प्राणी हिंसा नगर्नु, माधक पदार्थको सेवन नगर्नु भनेको छ तर हाम्रो संस्कृतिको हरेक पक्षमा अत्यधिक मात्रमा मादक पदार्थको प्रयोग हुन्छ भने प्राणी हिंसा पनि हुन्छ । हामी हाम्रो धर्म प्रति प्रतिबद्ध छैनौ र धर्मले निषेध गरेको संस्कृति रुमल्लिएकाछौं।

एउटा उदाहरण प्रस्तुत गर्न चाहान्छु: तामाङ संस्कार संस्कृति निर्देशिकाको कर्म संस्कार अन्तरगत छेवार गर्ने बिधि को १० नम्बरमा उल्लेख गरिएको छ:

“ घरको तर्फबाट सके सम्म थोरै च्याङ रक्सी बनाउने । थोरै खर्चमा छेवार सम्पन्न गर्ने र सिमित दाजुभाई तथा इस्टमित्र नातागोतालाई बोलाउने । मामा ठेगानको लागि १ पोङ रक्सी, एउटा कुखुरा र छेवार पछिको डाङको रुपमा एक पोङ रक्सी, १२० (६ बीसा) रोटी, बाबर र एउटा कुखुरा लाने, छेवार एकै दिनमा सम्पन्न गर्ने र गराउने।”

हामीले अनुशरण गरेको बुद्ध धर्म र हाम्रो संस्कृतिमा गरिने यस्तो प्रकारको गतिबिधिले हामीलाई हाम्रो मनभित्र अन्तरद्वोन्द्ध स्रिजना गरिदिएको छ, जुन घातक छ र हाम्रो धर्म र संस्कृतिप्रति हामी प्रष्ट छैनौ। हामी अल्मलिएका छौं। बुद्ध धर्ममा मन (mind) को धेरै महत्वो छ। बुद्धले भन्नु भएको छ, मन नै सबै थोक हो, मनले जे गर्न चाह्यो त्यो हुन्छ। लामा बुद्ध धर्मका कर्मकाण्डहरुले मनलाई परिवर्तन गर्न कोशिस गर्दछन। मन्त्र उच्चारण गर्दछन। मन्त्रको अर्थ मनलाई शुरक्षित गर्नु हो (mind protection)। हाम्रो धर्मको विश्वास अनुशार मानिस मरेपछि मन र शरीर छुट्टिन्छ र मन (चेतना) को शुरक्षित तरिकाले अर्को जन्ममा सरोस भन्ने कामना बौद्धमार्गीहरु गर्दछन। त्यसैले हाम्रो मन सफा र स्पस्ट हुनु जरुरी छ।

बुद्ध धर्म र झाँक्रिवाद/ बोन्बोवादमा भिन्नताहरु:

बुद्ध धर्म यथार्थवादी धर्म हो भने झाँक्रिवाद काल्पनिक अदृष्य संसारमा विश्वास गर्ने प्रथा हो।
बुद्ध धर्म अनात्मावादी धर्म हो भने झाँक्रिवादले प्रकृतिका सम्पूर्ण बस्तुहरु रुख, बिरुवा, ढुङ्गा, खोल, आदि सबैमा आत्मा भएको बिश्वास गर्दछ।
बुद्ध धर्मले कुनै सर्व शक्तिमान स्रिस्टिकर्ता भगवानमा बिश्वास गर्दैन
झाँक्रिवादले देवी, देउता, भूत प्रेत आदिमा बिश्वास गर्दछ।
बुद्ध धर्मले संसारमा दुखको कारण अज्ञानता हो भन्छ र लोभ, मोह ईच्छाको संसारबाट मुक्त हुने उपाए बताउंदछ भने झाँक्रिवादले बिभिन्न पदार्थ, बस्तु, वली, भोग आदिको माध्यामबाट अतृप्त आत्माहरुको भोक, प्यास, ईच्छा पूर्तिगर्ने प्रयास गर्दछ।
बुद्ध धर्म मानवतावादी धर्म हो यसले प्राणी मात्रको दया गर्छ र दया, मायाँ र करुणाको माध्याम द्वारा सुख पाउन सकिन्छ भन्ने बिश्वास गर्दछ।
झाँक्रिवादले प्राणीहरुको वली चढाउंछ।
बुद्ध धर्मले बिज्ञानमा बिश्वास गर्छ भने झाँक्रिवादले अन्धबिश्वासमा।
बुद्ध धर्म ले कर्ममा बिश्वास गर्दछ र कर्म अनुशारको फल प्राप्त हुने कुरामा संका गर्दैन, भने झाँक्रिवादले शक्तिकेन्द्रहरुको पूजा गर्दछ, र शक्तिको पूजा बाट वर्दान मिल्छ भन्ने आधारमा शक्तिको पूजा गर्ने मानसिकताको बिकाश गराउंदछ ।
बुद्ध धर्ममा शान्ति मिल्छ र शान्त मानसिकताको विकाश गराउंदछ भने झाँक्रिवाद जहिले पनि अशान्त र अतृप्त आत्माहरुको ईच्छा पूर्ति गर्न भौतारिरहेको हुन्छ।
बुद्ध धर्म अनुशार बुद्ध, धर्म र संघको शरण गमनमा परेपछि कुनै भूत, प्रेत बाट डराउनु पर्दैन, बरु अज्ञानता, लोभ, ईच्छा र ध्रिना बाट डराउनु पर्दछ ।
बुद्ध धर्मले ठूलो, सानो, काला, गोरा, कुनै प्रकारको जातीय भेदभाव गर्दैन। सबै प्राणीहरुमा बुद्ध स्वभाव, स्वरुप देख्छन र हरेकमा प्रगति गर्नसक्ने समान क्षमता रहेको बिश्वास गर्दछ ।

झाँक्रिवाद कुनै धर्म होईन यो अद्रिस्य काल्पनिक संसारमा विश्वास गर्ने पुरातनवादी अभ्यास हो। यो चालीस हजार बर्ष पहिले साईबेरियाबाट सुरु भएको मानिन्छ र बिश्वोका हरेक महादेशहरुमा बिशेष गरी अशिक्षित र अन्धबिश्वासलाई मान्ने समाजमा अझै विधमान रहेको छ। समयानुकुल रुपमा परिवर्तनहरु हुंदै गएको हुनाले अहिले सम्म झाँक्रिवाद जिउंदो रहेको मानिन्छ । बिकशित मुलुकहरुका झाँक्रिहरु कर्मकान्डिए प्रक्रियाहरु भन्दा आध्यात्मिक चिन्तन र साधना गर्दछन, झाँक्रिहरुले मानिस र प्रक्रिति एवं बाहिरी र आध्यात्मिक तथा दैवीक शक्ति संग जोड्ने पुलको काम गर्दछ भन्ने आधुनिक झाँक्रिहरु दावी गर्दछन। अरु धर्ममा बिश्वास गर्ने मानिसहरुका लागि झाँक्रिवादले खासै अशर नपार्न सकछ तर अहिंसावादी बुद्ध धर्मका अनुयायीहरुको लागि झाँक्रिवाद र त्यसले जन्माएको संस्कृतिको पालना गर्न कठिन हुन्छ। किन भने बुद्ध धर्मको नीति, नियम, मान्यता र दर्शन संग झाँक्रिवादको बिश्वास र अभ्यास मेल खाँदैन।

झट्ट हेर्द तामाङ समुदायमा झाँक्रिवाद र लामावादको सुन्दर समिश्रणले समाज अगाडि बढेको जस्तो देखिएतापनि अप्रत्यक्ष रुपमा यो समिश्रण त्यति सुन्दर भने छैन बरु यसले तामाङ समाजलाई मानसिक रुपमा नकारात्मक असर पारेको छ । आफुले अनुशरण गरेको अहिंसाबादी बुद्ध धर्म र पशु पंछिको वली चढाउने झाँक्रिवादी संस्कृति र साँस्कृतिक कार्यहरुमा धर्मले निषेध गरेको मादक पदार्थको अत्यधिक प्रयोग र पशु पंछिको हिंसाले तामाङहरुको धार्मिक बिश्वास र साँस्कृतिक परम्परामा धेरै भिन्नता ल्याएको देखिन्छ। आफनो धार्मिक बिश्वास अनुरुप साँस्कृतिक परम्पराहरु नहुनु भनेको जहिले पनि बिभाजित मनस्थितिमा रहनु हो । एकै जना मानिसले एउटै समाजमा मान्ने धर्म र संस्कृतिको दुई फरक र बिपरित मान्यता हुनु भनेको आफै मा विरोधाभासपूर्ण छ र यसरी समाज स्वस्थ रुपले अगाडि बढ्न सक्दैन ।

ल्होछारको सम्बन्धमा:

हिन्दु धर्म अनुशारको साँस्कृतिक पर्व दशैं तामाङहरुले पनि धेरै लामो समय सम्म मनाए राज्यले पक्ष लिएको राजकीय धर्मको प्रभावमा परेर होस या तामाङहरुले प्राचिन काल देखि बिश्वास गरेको झाँक्रिवाद/ बोन्बोवाद संग मिल्दो जुल्दो भएर होस । तामाङ झाँक्रिहरुमा हिन्दु धर्मको प्रभाव गहिरो रह्यो र हिन्दु धर्मको कारण तामाङ समाजमा झाँक्रिवाद झन राम्रै संग फस्टाउने मौका मिल्यो। नेपालमा राजनीतिक परिवर्तनसंगै नेपालका बौद्धमार्गी जनजातिहरुले पनि खुल्ला रुपमा ल्होछार पर्व मनाउन थाले । २०५१ साल माघ १६ गते देखि ल्होछारले राजकीय मान्यता प्राप्त गर्यो र नेपाल तामाङ घेदुङले २०५१ साल माघ १७ गतेको दिन २८३१ अौं फाक ल्हो देखि आधिकारिक रुपमा ल्होछार मनाउन सुरु गर्यो।

चन्द्र पात्रोको आधारमा नयाँ बर्ष मनाईने पर्व ल्होछार हिमाली बौद्धमार्गीहरुले सयौं बर्ष देखि मानिआएको चाड हो । २०५१ साल देखि २०७० साल सम्म अाईपुग्दा २० बर्षको अवधिमा तामाङहरुले पनि आफनो पूर्खाहरुले मनाउने चाड ल्होछारको राम्रो अनुभव हाँसिल गरिसकेको छ । तर साल गन्तिको सन्दर्भमा २८३१ देखि २८४९ सम्म अाईपुग्दा सम्म पनि २८४९ बर्ष अगाडि तामाङ जातिको धर्म वा संस्कृतिसंग जोडिएको के घटना घटेको थियो जस्को आधारमा हामी यो ल्हो/बर्ष गन्ति गर्दै २८४९ अौं सम्म अाईपुगेका छौं भन्ने प्रश्नको भरपर्दो जवाफ अहिले सम्म कहिंबाट आएको छैन । बरु यो चन्द्र पात्रोको आधारमा नयाँ वर्ष मनाउने परम्परा पाँच हजार वर्ष पूरानो भएको हुनाले कुनै संख्यामा सिमित राख्नु हुन्न भन्ने अभिब्यक्तिहरु तामाङ संस्कृतिका बिज्ञहरुबाट सुन्नु पाईन्छ। चीनले यो वर्ष ४७१० अौं नयाँ वर्ष र तिब्बतियन, नेपालका शेर्पा र ह्योल्मो जातिहरुले २१४० अौँ लोसार मनाए । उनिहरुको इतिहांस प्रस्ट छ, चीनमा त्यहाँका चिनिया सभ्यताका प्रशिद्ध संम्राट ह्वाङतिले राज्य सत्ता गरेको पाला देखि गन्ति गरेको देखिन्छ भने तिब्बतियनहरुले ईसापूर्ब १२७ का तिब्ब्तका प्रथम राजा न्यात्री छ्यान्पोको सम्मान गर्दै यो साल गन्ति २१४० अौं सम्म ल्याईपुर्याएको देखिन्छ।

ल्होछार सम्बन्धि अर्को समस्या कुनदिन ल्होछार मनाउने भन्ने भो, तामाङहरुले सोनाम ल्होछार माघ शुक्लपक्ष प्रतिपदाको दिन मनाउने चलन छ भने तिब्बतियन र शेर्पा लगायत ग्याल्पो लोसार मनाउने जातिहरुले सोनाम ल्होछार भन्दा एक महिना पछाडि साधारणतया फाल्गुन शुक्लपक्ष प्रतिपदाको दिन मनाउने चलन रहेको छ भने चन्द्र पात्रोमा फरक फरक दिन गन्तिको कारणले गर्दा करिव तीन वर्षमा यी दुबै ल्होछार, सोनाम र ग्याल्पो एकै दिनमा पर्दछन।

हामीलाई समस्या कहाँ परेको छ ?

लामाबुद्ध धर्म मान्ने लामाहरुले ग्याल्पो ल्होछार मान्दछन । सन् १०२७ मा तिब्बतियन चन्द्र पात्रो र बौद्ध धर्मकै काला चक्र तन्त्रमा आधारित भारतिय कार्चि पात्रोको समयोजन द्वारा बनेको तिब्बतियन पात्रोको आधारमा लामाबौद्ध धर्मका सम्पूर्ण कर्मकाण्डहरु सयौँ बर्ष देखि लामाहरुले गर्ने गर्दछन ।
सोनाम ल्होछार र ग्याल्पो ल्होछार को बिचमा सामान्यतया एक महिनाको अन्तर परेको हुनाले त्यस एक महिना बिचको अबधिमा जन्म भएको बालकको कुन ल्हो र खाम हुन्छ भन्ने अर्को समस्या हो । हाम्रो तामाङ संघ संस्थाहरुले यी माथि उब्जिएका समस्याहरुको समाधान खोज्नु पर्ने बेला भै सकेको छ अव ढिला गर्नु उचित हुंदैन।

 

Saturday, 1 February 2014

WHY be racist, casteist and sexist if we are made up of same DNA genetic code ?

WHY be racist, casteist and genderist if we all are same human being who share 99.9 % of the same gene code and we are all made of the same type of energy.
 
I would say it is all due to our own ignorance we became racist, casteist and genderist because we have been taught to hate human beings who do not hold similar religious ideoloigcal belief, societal norms, cultural practices, traditions, races and so forth. I realized that almost all hatred has learned and socially conditioned from parents, society, priests, rulers and government from early childhood.

“No one is born hating another person because of the color of his skin, or his background, or his religion. People must learn to hate, and if they can learn to hate, they can be taught to love, for love comes more naturally to the human heart than its opposite.”
― Nelson Mandela

"Racism is taught in our society, it is not automatic. It is learned behavior toward persons with dissimilar physical characteristics."
- Alex Haley (1921-1992), an American writer 

Anyway, talking about DNA John P. Hussman Institute for Human Genomics, University of Miami scientists say that human DNA is the genetic code that acts as our body’s cookbook of recipes to tell it how to grow and develop.

Our genetic code is very much the same, even among people who are not related. We share 99.9% of our DNA with each other!

Only 0.1% of our DNA is different from each other. However, it is this very small amount of difference that makes us unique. This means that we all share most of the information written in our cookbooks, but there are some variations in the recipes. Every cell of the human body (we have trillions of cells) contains our complete DNA genetic code. While DNA is very small, it contains a huge amount of information!

Reference 
 
What is Genetics?  John P. Hussman Institute for Human Genomics, University of Miami accessed from http://hihg.med.miami.edu/about-us/what-is-genetics

Monday, 20 January 2014

Choice in life either Change and Challenge yourself Or Do suffer: Epigenetic research findings!!!

I am always concerned about how human attitude and behavior can be changed and I explore evidence based information from the world renowned people. In doing so I came across with an American developmental biologist best known for promoting the idea that genes and DNA can be manipulated by a person's beliefs  Dr Brue Lipton; Neil deGrasse Tyson, an American astrophysicist, cosmologist, author, and science communicator; an American astronomer, astrophysicist, cosmologist,  author, and science communicator in astronomy and natural sciences, Carl Sagan; the world-renowned Stanford University psychologist, Professor Carol Dweck, and many more from whose research findings I am much more influenced.

I love science because it is the progressive way of thinking as per the natural law that always move forward and also spirituality that seek truth providing an evidence to make our decision rightly for the sake of humanity and prosperity of everyone including animals, human and earth as Neil deGrasse Tyson, 'The good thing about science is that it's true whether or not you believe in it.' Similarly, Carl Sagan said 'Science is a way of thinking much more than it is a body of knowledge."

Studies show that we human being don't have any choice either to Change and Challenge our own unhealthy and bad habits and lifestyles  or suffer from our own bad Karma (i.e. Intentional thoughts, speeches and deeds) that we are knowingly or unknowingly and unconsciously carrying out to date.

I said this because new science like epigenetic research findings shown that our way of thinking and doing can have direct affect to our future generation not just us who do engage in unhealthy and harmful bodily life styles and habits.

 What if your decision today to smoke a cigarette or eat another bag of chips didn't just affect your health, but also your kids' health? Take that a step further. What if your lifestyle choices affected their children's health -- and then the next generation and even the next? As it turns out, there may be much more to our everyday choices than we realize.

 The traditional view of DNA is that it expresses itself through our genes to help us survive, reproduce and develop, and that it's set in stone, meaning that this behavior is also set in stone for our offspring. Now, though, it appears that environmental conditions, such as stress, nutrition and the environment, can have a hand in how our DNA behaves and how it behaves in our children -- even if they haven't yet been conceived.

 All of this relates to a relatively new science called epigenetics. We'll look at five notable discoveries linked to epigenetics and what they mean to our health. Read on to learn about the epigenome -- DNA's boss.
 There's still so much we don't know about how much environment and genetics affects health such as genetic illnesses.

 1: Epigenetics May Not Be Linked Solely to Environmental Substances, but Also to Social Interactions.
 2: Prenatal Care is Imperative to Keeping Epigenetic Changes in Check.
 3: Epigenetics Appears to Be Strongly Linked to the Development of Cancer
 4: When It Comes to Disease Development, Epigenetics May Rule the Roost
 5: What DNA is Told to Do May Be More Important than Its Actual Structure

1: Epigenetics May Not Be Linked Solely to Environmental Substances, but Also to Social Interactions

When it comes to epigenetics, keeping track of how many hugs you give your child each day has an entirely new meaning. It appears that epigenetic changes are also linked to social and behavioral interactions.
In fact, according to Bob Weinhold for Environmental Health Perspectives, researchers at McGill University, led by Moshe Szyf, have shown that the way rats nurse, lick and groom their pups can alter the babies' behavior in the future -- and their epigenetic marks. Moreover, the team showed that they could both reverse the poor effects of lacking care with a drug, while changing the positive epigenetic changes from sound care with a drug given to older pups.
That said, we can also take this further to include any stressful situation, such as losing a job. Sarah Baldauf with U.S. News & World Report is also quick to refer to Szyf's research when she describes how stressful situations appear to negatively change how our genome behaves. Furthermore, those driving epigenetic changes persist even after the stress hormone is no longer present.

Genome to Epigenome

Mapping the epigenome will be quite the feat. Where mapping the human genome involved just one genome, there are multiple epigenomes to consider. Imagine taking what has already been done to map the human genome and then doing that several times over again.
 

2: Prenatal Care is Imperative to Keeping Epigenetic Changes in Check

What would happen if pregnant rats were exposed to an insecticide (methoxychlor) and fungicide (vinclozolin)? Would their pups -- the name for baby rats -- be affected? Well, as Bob Weinhold for Environmental Health Perspectives describes when reporting on a study by Michael Skinner from the Center for Reproductive Biology at Washington State University, the answer is yes. In the study, the exposures resulted in epigenetic changes that increased male infertility and poor sperm production. Not only that, but the epigenetic changes persisted for the four following generations -- meaning prenatal care is key to the health of our offspring and for future generations.
So, if prenatal care is important, is it more important during a certain stage of a baby's development in the womb? It appears so. In fact, ScienceDaily describes a study out of Columbia University Mailman School of Public Health and Leiden University Center that links prenatal exposure to famine with negative health issues for the offspring later in life. However, what was even more intriguing was that the increased loss of needed epigenetic marks correlated with prenatal exposure to famine within those first 10 weeks post-conception, and not for those exposed near the end of pregnancy.

Mapping the Future

The Roadmap Epigenomics Program is a $190 million project started in 2008 by the National Institutes of Health. Through this program, researchers are looking at how epigenetics factors into diseases.

3: Epigenetics Appears to Be Strongly Linked to the Development of Cancer

Earlier, cancer was included in a list of potential health problems linked with epigenetic changes. It deserves further discussion here due to the hopeful possibilities linked to it through this science.
Researchers are looking at the possibility of epigenetic changes causing tumor growth. Experts once thought that cancer was linked either to a mutation that stops our cells from being able to protect us, or to losing that protection during cell division. This appears to be true, but there's a third possible culprit. Tumors may have free rein to grow because a perfectly good cell with protective powers is being told by an epigenetic mark to hang tight and not do its job. With the help of drugs or even lifestyle choices, we might, in the future, be able to change that epigenetic behavior and get those protective cells back to work.
A recent conference of the American Institute for Cancer Research reviewed the connection between epigenetics and cancer. For example, one researcher, Roderick H. Dashwood with the Linus Pauling Institute, discussed studies that showed that certain foods, such as broccoli, were able to turn off the proteins that get out of whack with cancer and don't allow cells to die a normal death.

A Trick to It

While you may be able to use an epigenetic drug to turn on or off certain genetic behaviors, it may also alter others in the process -- thus making the development of epigenetic drugs quite the challenge. 

4: When It Comes to Disease Development, Epigenetics May Rule the Roost

As nice as it may be to use DNA as our scapegoat, there are other factors that increase our chances for disease -- environmental issues, for one, including nutrients, social interactions and environmental exposures that make epigenetic changes.
As Sarah Baldauf reports for U.S. News & World Report, the expression of epigenetic changes later in life may be the source of age-related illnesses such as Alzheimer's. Baldauf quotes Peter Jones, from the Norris Comprehensive Cancer Center at the University of Southern California, as saying that as we age, our genes may be turned off and on in such a way that leads to disease. What could this mean? Researchers hope to develop drugs that drive epigenetic changes that help protect us or stop disease.
For example, Bob Weinhold with Environmental Health Perspectives shares the story of a team of researchers from Wake Forest University School of Medicine. The team discovered an epigenetic change that led to lupus-like symptoms in mice -- and they were able to reverse those changes with a drug.

Hopes for a Drug

One of the first FDA-approved drugs to drive epigenetic changes is azacitidine, per Bob Weinhold for Environmental Health Perspectives. The drug is used to treat a blood disease called myelodysplastic syndrome. Weinhold does caution that initial trials show it is effective in just 15 percent of people.

 5: What DNA is Told to Do May Be More Important than Its Actual Structure

DNA is important, but it may not be in charge. That supervisory role falls to the epigenome. As described by John Cloud for Time, the epigenome takes its ruling place on top of the genome and tells that gene to work or not to work through epigenetic marks. This is the basis of epigenetics, the study of changes in our gene's behavior that can be passed down without actually altering our genetic code.
Potentially, this means that our bodies can have biological reactions to environmental conditions that can negatively or positively affect our health, without changing our DNA. For example, Cloud helps illustrate epigenetics by taking a look at twins, who have the same genetic makeup. Why, then, do twins not always experience the same illnesses, such as asthma or a mental illness? Is epigenetics at play?
That's just the question that science is now looking at. Furthermore, researchers are investigating whether there are medications or behaviors we can use to hush poor genetic behavior.

Reference

1. 5 Notable Discoveries in Epigenetics Research by Elizabeth Sprouse available from

Monday, 13 January 2014

मनुबाद (Manubaad) के हो ? मनुबादी को हुन् ?

मनुबाद के हो ?
मनुबाद एक सामाजिक, सांस्कृतिक, आर्थिक तथा  राजनीतिक विचारधारा हो जुन प्राचिन हिन्दुस्तानमा आज भन्दा करिब २१०० वर्ष (ईसा पुर्व १८५ देखि ७५ विचमा) अघि प्रतिपादन गरेको थियो  मनु महाराज भन्ने ऋषिमुनिको नाममा सुँगा साम्राज्य ताका | सो विचारधारा अनुसार लिखिएको नीतिको  पुस्तकलाई "मनुस्मृति" नामकरण गरिएको थियो | यही विचारधाराको आधारमा हिन्दुस्तान उपमहादेशका राष्ट्रहरु: नेपाल,  हिन्दुस्तान, बंगलादेश, पाकिस्तान, आदिका सामाजिक, आर्थिक  तथा राजनीतिक नीतिहरु तय गरिएको पाईन्छ  |
लिखित प्रमाण अनुसार भनिन्छ यो मनुस्मृति बुद्धकालिन, जति बेला वैदिक धर्मको पतन भई ब्रह्माणबाद भन्ने धर्मको  प्रतिपादन भएको थियो र पछि मौर्य साम्राज्यको अन्तिम राजा, ब्रहद्रथ मौर्य जसले राज गरेका थिए ईसा पुर्व १८७ देखि १८० सम्म जसलाई आफ्नै सेनापति "पुष्य मित्र सुँगा ब्राह्मण" ले हत्या गरेर आफ्नो साम्राज्य स्थापना गरेका थिए ईसा पुर्व १८५ जुन ईसा पुर्व ७५ सम्म राज गरेका थिए  त्यति बेला लेखिएको हो आफ्नो भावी पुष्ताहरुको भविष्य सुरक्षित राख्न |

मनुबादी हो को ?

दक्षिण एसियाको विशेषत हिन्दुस्तान उपमहादेश राष्ट्रहरु: नेपाल, भारत/हिन्दुस्तान, पाकिस्तान, बंगलादेश, श्रीलंका र  अफ्घानिस्तानका मानिसहरु  सम्पूर्ण मनुबादी हुन् जसको सोच विचार मनुबादबाट निर्देशित र संचालित छ, उनीहरु सबै नै हुन् | 
तर मनुबादको प्रभाव आ-आफ्नो धर्म, संस्कार, संस्कृति, आस्था र विश्वास अनुसार कम वा बदि हुन सक्छ | त्यो व्यक्तिको सोच, विचार र व्यवहारले प्रष्ट पार्ने कुरा हो | त्यसैले  हिन्दुस्तानको मनु ऋषिको नीति, मनुस्मृति अनुसार समाज र राज्य संचालन गर्ने सोच विचार भएकाहरु सबै मनुबादी हुन् जसमा विशेषत नेपाल  र  हिन्दुस्तानका  जुन सुकै  धर्म, संस्कार, संस्कृति, आस्था  र विश्वास  भएकाहरुमा देख्न  र बुझ्न  सकिन्छ  किन  कि यी  दुई मुलुकहरुको सामाजिक, धार्मिक, संस्कृतिक नीति नियम औपचारिक तथा अनौपचारिक रुपमा  राज्यद्वारा  मनुस्मृति कै  आधारमा  प्रतिपादन  गरी निरन्तरता  दिदै  आई  रहेका  छन्  आजसम्ममा  पनि |

हामी नेपाल  मुलुकका मानिसहरु कसरी  मनुबादी भयौ ?

"मनुस्मृति" नेपालमा १४ औ शब्तादिमा राजा जय स्थिति मल्लले ५ जना इन्डियन ब्राह्मणहरु:  कीर्तिनाथ उपाध्याय कन्याकुब्जा, रघुनाथ झा मैथिली, रामनाथ झा, दक्षिण श्रीनाथ भट्ट र महिनाथ भट्टलाई झिकाएर उनीहरुको सहयोगमा नेपाल (काठमाडौँ) को पहिलो लिखित कानून, "मानव न्याय शास्त्र" लेखिए जसमा  मनुस्मृतिमा उल्लेखित सम्पूर्ण नियमहरु कट र पेस्ट गरिएका थिए | सोहि अनुसार  ४ बर्ण भनेर  ब्राह्मण, क्षेत्रिय, वैश्य, शुद्र उल्लेख गरेका थिए  र नेवार समुदायलाई ३६ पेसागत उपजातहरुमा  बिभाजनको साथै पुन ६४ उपजातको नामकरण गरि वर्गीकरण गरेका थिए  | अनि यही नियम कानून अध्धयन गरि बडा महाराज पृथ्बी नारायण शाहले नेपाल अधिराज्य भरिका जनतालाई " ४ बर्ण ३६ जात" भने जुन आजसम्ममा पनि हामी त्यही फलाक्दै आएका छौ कुरै बुझ्ने प्रयत्न नै नगरी उहाले आफ्नो दिव्य उपदेशमा लेखेकै भरमा | अनि बडा महाराजा पृथ्वी नारायण शाहले त्यो शास्त्र अध्धयन गरि अझै प्रभावकारी दंगले लागु गरे जुन वहाको दिव्य  उपदेशमा अध्धयन गर्न सकिन्छ | पछि त्यसलाई अझ प्रभावकारी र शस्त्र प्रकारले बडा महाराज जंग बहादुर राणाले उहाको पालामा लेखेको मुलुकी ऐन सन् १८५४ (वि.स. १९१०) मार्फत सारा नेपाल अधिराज भरिका जनतामा लादे जुन हालसम्म पनि त्यही ऐन मार्फत राज्य र समाज व्यवस्थापन र संचालन भई रहेका छन् |
त्यसैले म त प्राचिन इन्डियाको माहा ऋषि मनुको कुनै पनि दोष देख्दिन जसले जातपात, छुवाछुत, भेदभाव, घृणा, अपमान र अत्याचार बढवा दिने प्रकारको सामाजिक नीति नियम, मनुस्मृति नाम दिएर रचे र लेखे आज भन्दा करिब २५०० वर्ष अघि  उनको सिमिति भ्रस्ट ज्ञान बुद्धिले जुन नेपालमा १४ औ सब्तादिमा राजा जय स्थिति मल्लले ५ जना इन्डियन ब्राह्मणहरुको सहयोगमा नेपालको पहिलो लिखित कानून, "मानव न्याय शास्त्र" लेखिए जसमा  मनुस्मृतिमा उल्लेखित सम्पूर्ण नियमहरु कट र पेस्ट गरी हामीलाई भेडा र मानसिक रुपमा दाशी बनाउने काम राजा जय स्थिति मल्लले बिजारोपण गरे मनुस्मृतिलाई देशको कानूनमा समाबेस गरेर | पछि यसलाई निरन्तरता दिए हाम्रो राजा पृथ्वी नारायण शाह र जंग बहादुर राणाले मुलुकी ऎन मार्फत |
मनुस्मृतिमा जे लेख्यो त्यो सबै कुराहरु पत्याउन थाल्यो भने २१ औ सब्तादिको मानिसहरु सबै पागल हुन्छ बा | किन कि धेरै भन्दा धेरै कुरा मनगन्ते र काल्पनिक छ | यो २१ औ सब्तादी सूचना र संचारको बैज्ञानिक युगमा मानव र समाज विकासको लागि कुनै पनि काल्पनिक र तथहिन कुरा, सोच, विचार र ज्ञानको कुनै मान्यता रहदैन यदी हामी सबै मानव र जगतको भलो चाहन्छौ भने |
चित्रप्रसाद सुबेदी, गोपी  सापकोटा र गीता सुबेदीद्वारा वि.स. २०६५  मा  प्रक्राशित "मनुस्मृतिमा शुद्र  र  स्त्री" नामक  पुस्तक  अध्धयन  गरेमा  प्रष्ट रुपमा  बुझिन्छ नेपाली  समाज कुन सोच, दर्शन, संस्कार, संस्कृति, मुल्यमान्यताद्वारा संचालित  र  निर्देशित  छ  भनेर  | 
नेपाली सामाजिक मानसिकता  र  न्यायपालिका पूर्ण  रुपमा मनुबादी दर्शनबाट संचालित  र निर्देशित छ  भन्ने  पुष्टि  हुन्छ अझ हामीले विधावारधीको शोधपत्रको आधारमा एक उत्कृष्ट प्रमाण माननीय न्यायधिस डा. सुलाहुद्धीन अख्तर सिद्धिकि ज्युले संस्कृत विश्वविधालयबाट आफ्नो विधावारिधिको लागि गर्नु भएको अनुसन्धानको आधारमा प्रकासित हो यो "मनुस्मृतिको पारिवारिक व्यवस्था र नेपालमा पारिवारिक विवाद" नामक पुस्तकले प्रष्ट पार्छ | यो पुस्तकको लागि शुभकामना दिएको पृष्ठमा निवर्तमान तत्कालिन उपराष्ट्रपति, परमानन्द झा जो स्वयं सर्वोच्च अदालतले न्यायाधीश हुनु हुन्थ्यो उनले समेत आफ्नो अभिव्यक्ति यसरी राख्नु भएको रहेछ,
"मनुस्मृति हिन्दु धर्मशास्त्रका स्मृति ग्रन्थहरु मध्ये एक सरल र सरस रचना हो | यस ग्रन्थमा धर्म, अर्थ, काम र मोक्ष जस्ता आयामहरुको चर्चा गर्दै प्राचीन पारिवारिक, सामाजिक तथा न्यायिक व्यवस्थाको सविस्तार विश्लेषण गरिएको छ, जुन व्यवस्था हालसम्म पनि नेपाल लगायत भारत, भुटान आदि देशहरुमा हिन्दु धर्मालाम्वीहरुले अंगालेका छन् | सनातन धर्म संस्कृतिमा परिवारलाई विशेष महत्व दिईएकोमा यसै अनुरुप मनुले पनि परिवारलाई धर्म सम्पादन गर्ने स्थानको रुपमा लिएको देखिन्छ |"
माननीय न्यायधिस डा. सुलाहुद्धीन अख्तर सिद्धिकि ज्युले लेखकको दुई शब्दमा उल्लेख गर्नु भएको छ,
"मनु जसलाई स्वयम्भु मनु भनिन्छ, उनी मानव समाजका व्यवस्थापकका रुपमा आए | विश्व प्रसिद्ध मानव धर्म शास्त्रका नामले चिनिएको सामाजिक तथ्य न्यायिक व्यवस्थाको विश्लेषण गर्ने स्मृति "मनुस्मृति" को रचना गरे जस्मा धर्म, अर्थ, काम, मोक्ष बारे विस्तृत वर्णन गरिएको छ | त्यसकारण मनुलाई हिन्दु सामाजिक एंव कानुनी व्यवस्थाका पिता मानिन्छ |
हिन्दु धर्मशास्त्र मध्येका विश्व प्रसिद्ध रचना "मनुस्मृति", नारद स्मृतिमा आधारित वि.स. १४३६ मा न्याय सम्पादनका लागि लेखिएको "न्यायविकसिनी" लगायत प्राचिन नेपालको पारिवारिक व्यवस्थाको अध्धयन र वर्तमान पारिवारिक कानुनी व्यवस्था बीच समानता र भिन्नतालाई केलाई मानव अधिकार तथा धर्म संस्कृतको रक्षार्थ जनहितका लागि जनमानसलाई सुसूचित गर्ने उद्धेश्ले यस पुस्तक मार्फत विश्व समक्ष प्रस्तुत गर्ने प्रयास गरेको छु | फलस्वरूप विव्दत वर्गमा विचार विमर्श शुरु भई नेपालको पारिवारिक न्याय व्यवस्थामा समसामयिक सुधार हुने कुरामा पूर्ण आशाबादी छु |"
यसरी प्राचिन आद्मिकालिन मानिसहरुको कपोकल्पित रचना "नारद स्मृति र मनुस्मृति" को आधारमा नेपालको पहिलो कानुनी व्यवस्थाको दस्तावेज "न्यायाविकसिनी" भन्ने गर्थे जसलाई "मानव न्याय शास्त्र" पनि भन्ने गर्दो रहेछ जुन लेखिएको थियो राजा जयस्थिति मल्लको पालामा वि.स. १४३६ मा हिन्दुस्थानबाट ५ जना ब्राह्मणहरु झिकाई पछि पी.एन. शाहले सो कानुनी दस्तावेज अध्धयन गरी तत्कालिन नेपाल भरि लागू गरे जसको संस्थागत रुपमा अतिनै मज्जाले स्थापित गरे जंग बहादुर राणाको पाला, वि. स. १९१० मा निर्मित मुलुकी ऐनले जस्मा सोहि मनुस्मृतिको बढि धाराहरु र उपधाराहरुको अंशहरु लिएको छ जुन ऐन आजको दिनमा आएर पनि केहि परिमार्जित भई लागू भई नै राखेको छ | त्यसैले त भन्ने गर्दो रहेछ नेपालको कानुन दैवले जानुन भनेर आम सर्वसाधारणहरुले जब कि विधिको शासन भन्दा पनि मनु देवको प्राचिन शासन व्यवस्था अनुसार संचालित छ हाम्रो देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका आजको यो २१ औ शताब्दीको युगमा आएर समेत यो प्राचिन काल देखिनै बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजाति भएको राष्ट्रमा एकात्मक धर्म, एकात्मक संस्कार/संस्कृति, एकात्मक भाषा र एकात्मक जात /वर्ण को सोच अनुसार रचित धार्मिक शास्त्रको अनुसार राजकाज, शासन, भाषण, आसन र रासन गर्दै आएकोले नेपालमा तीव्र रुपमा धार्मिक, जातीय, लैंगिक, भाषिक, संस्कृतिक र सामाजिक विभेद, अन्याय, असमानता, अत्याचार र अविश्वास कायम हुनुमा कारक तत्व हुन् भन्ने सिद्ध हुन्छ जुन अपच्य हुन्छ कतिपय अति मनुबादी हिन्दु समाजका पढे लेखेका शिक्षित दीक्षित बौद्धिक, विज्ञ, विधवान र विशेषज्ञ वर्गहरुलाई | त्यसैले जब माननीय न्यायधिस डा. सुलाहुद्धीन अख्तर सिद्धिकि जस्ता हाम्रो समाजका पढे लेखेका बौद्धिक सचेत, सजग, सतर्क, ससक्त र सक्षम व्यक्तिहरुले आफ्नो देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सुध्रियोस भन्ने हेतुले हाम्रो देशको त्यस्ता महत्वपूर्ण अंगहरुको बारेमा खोज अध्धयन अनुसन्धान गरी सत्य, तथ्य र यथार्थ उजागर गर्ने साहस गर्छन तब अतिबादी मनुबादीहरुले भन्ने गर्छन हिन्दुको विरोध गर्छस भन्दै आक्रामक भई नकार्दै, डकार्दै र खकार्दै उफ्रिने रिसाउने कराउने दागाधर्ने गर्छन उनीहरुको आफ्नै मनको अज्ञानता, अनविज्ञता, अचेतना र अन्धाकारले गर्दा |  
राम प्रसाद ज्ञवाली, साहित्यकार तथा समालोचक, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:
"मनुस्मृतिमा हिन्दु धर्मावलम्बीहरुको चर्चित दार्सनिक ग्रन्थ हो | जीवन र जगत तथा हिन्दु धर्म सस्कृति र जीवन पद्धति का बारेमा धारणा प्रस्तुति गर्ने यो ग्रन्थ वर्णाश्रम धर्म सम्बन्धि हिन्दु सामंताबाद्को प्रतिनिधित्व गर्ने शास्त्र पनि हो | मानिसमानिस बिचमा जातिभेद, वर्णाभेद, लिङ्गभेद, छुवाछुत लगायतका भेदभाव र वैमनस्य बढाउनमा यस ग्रन्थको ठूलो भूमिका रहेको छ |
हिन्दु समाज आपसमा विभाजित समाज हो | यस समाजमा शुद्र र स्त्रीहरु अचाक्ली हेपिएका छन् | यिनीहरु माथि तथाकथित कुलीन जात, वर्ग र पुरुषस्ताको चरम अत्याचर रहेको छ | यिनीहरुलाई उच्च जात र सत्ताधारी पुरुष वर्गले पसुवत व्यहार गर्ने गरको छ | धर्मको नाममा, भाग्यबादको आडमा र अन्ध संस्कृति को पासोमा परेर यिनीहरुलाई हुनसम्म सताईएको छ | यिनीहरु छोइछिटो, दासतवको विभिन्न घातक प्रहारका सिकार भएका छन् | ससाना निहुमा यिनिहरुमाथी समाजमा तिरस्कार, बहिस्कारदेखी प्रताडना र हत्या सम्मको अत्याचार गरिछ | यसो हुनुमा हिन्दु धर्म शास्त्र मनुस्मृतिको ठूलो भूमिका रहेको छ |
धर्म सस्कृति एव जीवन दर्सनका बारेमा जिज्ञासा राख्ने पाठकहरुका निम्ति फेरि एउटा काम लाग्दॊ ग्रन्थ आएको छ -"मनुस्मृतिमा शुद्र र स्त्री" |"

त्यसै गरि तिलक प्रशाद लुइँटेल, मनुस्मृतिका नेपाली अनुबाद्क विद्वान, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:
 "मनुस्मृति प्राचिन समाजको बिधीविधन निर्माण र लागु गर्ने ग्रन्थ हो |. आज पनि हाम्रा सामाजिक व्यहारमा त्यसका नियमहरु सक्रिय रहेका छन् | विविध कारणले समाजका मूल्यमान्यता परिबर्तन हुन्छन | आज मनुस्मृतिमा उल्लेख भएका नियम उहिलेकै जस्तो रुपमा समाजले धान्न सकिरहेको छैन, यो परिवर्तनको प्रमाण हो | परिवर्तित समाजले पार गरेका आरोहअवरोह व्याग्मयमै हेर्न सकिनछ | समयको विभिन्न चरणमा समाजले पार गरेका सामाजिक व्यहारतर्फ फर्केर हेर्नुले प्रगतिमा बाधा हाल्दैन र सुधारको मार्ग खुलाउछ, तर त्यसमा पूवाग्रह राख्नु भने किमार्थ हुदैन | कुनै पनि संघसंस्था थालानिमै सुव्यवस्थित हुदैन | समाज पनि त्यस्तै हो | त्यसमा समयानुकुल परिवर्तन ल्याएर सारवकालिक न्याय र संगति खोजि गर्ने दायित्व मानिसको हो | त्यस काम यस्तै उत्साही जनमानसको योगदान हुन्छ | यसलाई युगको माग प्रति सचेत भएको भन्न सकिन्छ | जातीय र लैगिग़ आधारमा मनुस्मृतिले धेरै विकृति र अन्यायको पक्ष लिएको छ भन्ने आजका विद्वानहरुको तर्क छ र व्यावहारिक बनेर हेर्दा त्यसलाई स्विकार्नु पनि पर्दछ | यो नै समयको माग हो |"

डा. कृष्ण बहादुर राना मगर, जियोटेक्निकल इन्जिनियर,  "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:
“हाम्रा प्राचिन कालका आदरणीय ऋषिमुनिहरू महान एवं उदार हृदयका थिए | उनीहरुले जातिपाती, छुवाछुत र नारी पुरुषमा कहिल्यै भेदभाव गरेनन | त्यो युग अवश्य पनि अतिशय उदार हुनु पर्छ | त्यतिखेर स्वभाव र पेशा अलग भए पनि कसैलाई अशुद्ध मनिन्दैन्थ्यो | मध्ययुगतिर आएर ऋषिमुनिहरुका महान सोच र विचारहरु ओझेलमा परे | सामन्ती विचारधाराका व्यक्तिहरुको उदय भयो | ऋषिमुनिका पुस्तकहरुलाई तोडमोड गर्दै तत्कालिन पण्डित, पुरोहितहरुले आफ्नो स्वार्थ अनुकुलको कर्मकाण्ड रच्न थाले | जातिपाती, छुवाछुत र नारी-पुरुष बीच अति ठूलो भेदभाव हुन् थाल्यो | मनुस्मृति यसै बेलाको चरम सामाजिक अवस्थाको विश्लेषण हो | मनुमहाराज ब्राह्मण थिए | मनुस्मृतिमा उनले ब्राह्मण मुखबाट जन्मेको, पृथ्वीमा सबै भन्दा श्रेष्ठ, सबैको मालिक र संसारमा जति सम्पति छन् ती सबै ब्राह्मणकै हुन् भनेका छन् | शुद्र र नारीलाई मानवको स्तरमा राखेकै छैनन | उनीहरुप्रति मनुको अत्याचार, शोषण, दमन, थिचोमिचो र हेपाहा प्रवृतिको कुनै सिमा छैन |
 मनुले शुद्रलाई खुट्टाबाट उत्पन्न भएको, छुन नहुने र गुदीबिनाको अन्न, जुठो खाने कुरो, थोत्रो लुगा, भाँडाको रुपमा फुटेका खबटा दिनु पर्छ भनेका छन् | शुद्रलाई वेद पद्न रोक लगाइएको छ भने मदिरा पिउने स्वीकृति छ | यज्ञ गर्न अधिकार छैन | तर शुद्रसंग भएको सम्पति यज्ञका लागि लुटेर र चोरेर ल्याउन हुन्छ भनेका छन् | शुद्रले ब्राह्मण कन्यासंग मैथुन गरेमा सुकेका पातपतिङ्गरले आगो दन्काएर जिउदै डदाउनु पर्ने,  ब्राह्मणलाई कटु वचन बोलेमा प्राणदण्ड दिनु पर्ने, राजा र ब्राह्मणप्रति घमण्ड  गरेर थुकेमा दुवै ओठ, लिङ्ग र मल्द्वार काट्नु पर्ने आफन्त स्वर्गीय हुदा जुठो बार्न भने तीन गुना (३० दिन) हुनु पर्ने, शारीरिक काममा मात्र जोताउनु पर्ने र शुद्रले धन जम्मा गर्न नहुने, किन भने यसले ब्राह्मणलाई  बाधा पार्छ  इत्यादि लेखेका छन् |
यसै गरी स्त्रीहरुको बुद्धि नहुने, पति सेवा र घरको कामकाज नै नित्य हवनपूजा मान्नु पर्ने, मन्त्रले दीक्षा दिन नहुने, पुरुषलाई दुषित पर्ने र कुमार्गमा लैजाने स्वभावका हुन्छन, पुत्रहीन स्त्रीका हातको खाना खान नहुने, घरको कुनै काम पनि स्वतन्त्रतापूर्वक गर्न नहुने, कहिल्यै साक्षी राख्न नहुने र पति मरे पछि कन्दमूल खाएर शरीर सुकाउनु पर्ने इत्यादि सामाजिक नियम बनाएका थिए | बालक कालमा पिताको, युवावस्थामा पतिको र पतिपछि छोराको अधिनमा रहनु पर्ने, सम्पतिको अधिकार दिन नहुने र विषयमा आसक्त रहेका अवस्थामा पनि स्त्रीहरुलाई नियन्त्रणमा राख्नै पर्ने र पुरुषले स्त्रीलाई राति वा दिउसो कहिल्यै स्वतन्त्रता दिन नहुने बताएका छन् |  स्त्रीहरुमा यति धेरै अत्याचार र दमनको सामाजिक नियम बनाएपछि सन्तानको जन्म दिने, घरको शोभा बढाउने जस्ता पुकारले पूजनीय हुन्छन, जहाँ नारी पुजिन्छन, त्यहाँ देउता रमाउन्छन र अविवाहितलाई केहि अंश दिनुपर्ने जस्तो तर्क राखेर मनु तिम्रो एउतै काम बगलीमा छुरा मुखमा राम भने उखानलाई व्यवहारमा उतारेका छन् | यस प्रकार समाजमा चरम जातीय एवं लिंगीय विभेद खडा गरी मानिस बीच फाटो, कलह र विद्रोह निम्तियाएर मनुले समाज भडुवा एवं समाज ध्वस्त पर्ने नाइकेको रुपमा आफूलाई मनुस्मृति लेखी सर्वाङ्ग  रुपमा नङ्ग्याएका छन् |"

त्यस्तै गरी  गोरखापत्रमा कमल रिजालले "मनु पनि वैदिक मन्त्रद्रष्टा ऋषि" शिर्षकमा उल्लेख गरेको छ यस्तो,
"वेदमा मनुलाई कतै महान् ज्ञानी, ध्यानी र पराक्रमीको रूपमा त कतै कुशल चिकित्सकको रूपमा पनि उल्लेख भएको पाइन्छ ।  कतै स्मृतिकारको रूपमा पनि देखा पर्छन् ।  उनका स्मृति ग्रन्थलाई मनुस्मृति भनिन्छ ।  यो ग्रन्थ अहिले पनि उत्तिकै लोकप्रिय छ ।  भलै त्यहाँ भएका केही प्रसङ्ग समय सापेक्ष नहोलान् ।  हजारौँ वर्ष पूर्व बनेको शासनसत्ता सञ्चालनको विधानमा त्यस्तो देखिनु अस्वाभाविक पनि होइन ।  हामीलाई केही वर्ष अघि बनेको विधानले त कार्म गर्न नसकेर फाल्नुपरेको मात्र छैन हालै बनेको विधानलाई समेत पटक पटक संशोधन गरिरहनु परेको छ भने यस्तो अवस्थामा हजारौँ वर्षपूर्वको विधानमा यस्तो देखिनु के नै अनौठो भयो र ! बरु समस्या त के हो भने मनु धेरै भएकाले वैदिक मन्त्रष्टा मनु र स्मृतिकार मनु एउटै हुन् कि अलग अलग हुन् भन्ने हो ।  त्यसैले यसबारे भने सोधखोज र अनुसन्धान आवश्यक देखिन्छ । "[१]

त्यसैले मेरो आफ्नो बुझाईमा यो मनुस्मृति भन्ने एक धार्मिक धर्म शास्त्र प्राचिन हिन्दुस्तानको "मनु" नामको ब्राह्मण ऋषिको स्मृति स्वरूप लेखेकोग्रन्थ हो तताक्लिन  समाज र राज्यको अनुभव अनुसार | तर हुन सक्छ शासक वर्गले यसलाई तोडमोड गरि आफ्नो फाइदाको लागि आफूलाई सुहाउदो बनाई प्रयोग गरे | विगत ३०००  वर्ष देखि दक्षिण एसिया विशेषत: हिन्दुस्तान र नेपालमा रहदै आएको रङ्गभेद, जातिभेद, वर्गभेद र  लिंगभेदको मूल जड नै यो मनुस्मृति  हो  भन्ने बुझिन्छ |  त्यसलाई नै निरन्तर दिदै आए आजसम्म यी  राष्ट्रहरुका शासक र शोसक वर्गहरुले आफ्नो हालिमुवाली कायम गर्दै अरुलाई शोषण, दमन, तिरस्कार, बहिस्कार, पक्षपात, गर्दै मानिसले मानिसलाई नै  घृणा गर्दै जसको त्यसको परिणाम हामी सबैले अहिले भोग्दै आएका छौ र यो आज समय सापेक्ष्य बनाउन सकिएन भने अझ यो धर्म शास्त्र मान्नेको संसारमा नै उपहास र बेईजत हुन्छ | किन कि प्राय सबै कुराहरु त्यसमा काल्पनिक छ र एक मानवले अर्को मानवलाई निज र उच्च बनाएको छ |

त्यसैले अब यस्तो असान्दर्भिक, असामयिक पुरातनबादी सोच विचारलाई हाम्रो आफ्नो र समाजको मन मस्तिष्कबाट हटाउन  हामी प्रत्येक शिक्षित नागरिकहरु सचेत भई विचार गर्नु पर्ने हुन्छ हाम्रो मन मस्तिष्क के कस्तो विचारधाराबाट संचालित र निर्देशित छ भनेर अनि सोहि अनुसर् आफैले आफैलाई  परिवर्तन गर्न चुनौती दिनु पर्ने हुन्छ  किन कि हाम्रो सोच विचार र विश्वासले नै हामीले हाम्रो संसारको निर्माण  गर्ने हो |

सन्दर्भ सामाग्री:
१. कमल रिजाल, "मनु पनि वैदिक मन्त्रद्रष्टा ऋषि" गोरखापत्र अनलाईन  http://gorkhapatraonline.com/news/40668

Thursday, 7 November 2013

मनुस्मृतिको प्रभाव नेपाली समाज र राज्य व्यवस्थापनमा |

कस्तो अचम्म मानिस हरु पनि यो संसारमा आज बिहानै फेसबुकमा बिनोद प्रसाद न्यौपाने भाईले यो मनुस्मृतिको श्लोक पोस्ट गरेको रहेछ |
 
 
 
 
 त्यसैले  मनुस्मृतिको बारेमा केहि जानकारी भएको केहि भन्न मन लग्यो |
 
प्राचिन इन्डियाको मनु महाराजा ब्राह्मण ऋषिद्वारा लिखित सामाजिक नीति नियम मनुस्मृति पददा बुझ्दा कि चाही उहा स्वयं भ्रस्ट सोच विचारको भाईरस दिमागमा पसेको र बसेको बेलामा लेखेको हुनु पर्छ कि चाही उहाको अनुयायीहरुले उहाको लेख तोडमोड गरेको हुनु प...र्छ | किन कि उहाको लेख मनुस्मृति पददा सामान्य मानिस जसको टाउको भित्र गिद्धि छ सजिलैसंग अनुमान लगाउन सक्छन कि त्यो सामान्य असल सोच विचार भएको मानवले लेखेको होइन भनेर |

उहाको लेख पढेपछि सजिलै अनुमान लगाउन सक्छ कि विगत हजारौ वर्षदेखि नेपाल र इन्डियामा भएको जातीय र लिङ्ग विभेद उहाको लेखबाट निर्देशित र संचालित छ भन्ने कुरा | एक दुईवटा उहाको लेखबाट श्लोक उल्लेख /प्रस्तुत गरेर तर्क गर्नु भनेको आफैमा एक हास्यास्पद कु-तर्क हो भन्ने लाग्छ | किन कि उहाको लेख पददा एकदम विवास्पद र हास्यास्पद छ | कतै के भनेको कति के भनेको छ आफैमा बाजिने कुरा र कु र मनगन्ते तर्कहरु छ |

यो २१ औ सब्तादी सूचना र संचारको बैज्ञानिक युगमा मानव र समाज विकासको लागि कुनै पनि काल्पनिक र तथहिन कुरा, सोच, विचार र ज्ञानको कुनै मान्यता रहदैन यदी हामी सबै मानव र जगतको भलो चाहन्छौ भने |

राम प्रसाद ज्ञवाली, साहित्यकार तथा समालोचक, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:

"मनुस्मृतिमा हिन्दु धर्मावलम्बीहरुको चर्चित दार्सनिक ग्रन्थ हो | जीवन र जगत तथा हिन्दु धर्म सस्कृति र जीवन पद्धति का बारेमा धारणा प्रस्तुति गर्ने यो ग्रन्थ वर्णाश्रम धर्म सम्बन्धि हिन्दु सामंताबाद्को प्रतिनिधित्व गर्ने शास्त्र पनि हो | मानिसमानिस बिचमा जातिभेद, वर्णाभेद, लिङ्गभेद, छुवाछुत लगायतका भेदभाव र वैमनस्य बढाउनमा यस ग्रन्थको ठूलो भूमिका रहेको छ |

हिन्दु समाज आपसमा विभाजित समाज हो | यस समाजमा शुद्र र स्त्रीहरु अचाक्ली हेपिएका छन् | यिनीहरु माथि तथाकथित कुलीन जात, वर्ग र पुरुषस्ताको चरम अत्याचर रहेको छ | यिनीहरुलाई उच्च जात र सत्ताधारी पुरुष वर्गले पसुवत व्यहार गर्ने गरको छ | धर्मको नाममा, भाग्यबादको आडमा र अन्ध संस्कृति को पासोमा परेर यिनीहरुलाई हुनसम्म सताईएको छ | यिनीहरु छोइछिटो, दासतवको विभिन्न घातक प्रहारका सिकार भएका छन् | ससाना निहुमा यिनिहरुमाथी समाजमा तिरस्कार, बहिस्कारदेखी प्रताडना र हत्या सम्मको अत्याचार गरिछ | यसो हुनुमा हिन्दु धर्म शास्त्र मनुस्मृतिको ठूलो भूमिका रहेको छ |

धर्म सस्कृति एव जीवन दर्सनका बारेमा जिज्ञासा राख्ने पाठकहरुका निम्ति फेरि एउटा काम लाग्दॊ ग्रन्थ आएको छ -"मनुस्मृतिमा शुद्र र स्त्री" |"

त्यसै गरि तिलक प्रशाद लुइँटेल, मनुस्मृतिका नेपाली अनुबाद्क विद्वान, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:

"मनुस्मृति प्राचिन समाजको बिधीविधन निर्माण र लागु गर्ने ग्रन्थ हो |. आज पनि हाम्रा सामाजिक व्यहारमा त्यसका नियमहरु सक्रिय रहेका छन् | विविध कारणले समाजका मूल्यमान्यता परिबर्तन हुन्छन | आज मनुस्मृतिमा उल्लेख भएका नियम उहिलेकै जस्तो रुपमा समाजले धान्न सकिरहेको छैन, यो परिवर्तनको प्रमाण हो | परिवर्तित समाजले पार गरेका आरोहअवरोह व्याग्मयमै हेर्न सकिनछ | समयको विभिन्न चरणमा समाजले पार गरेका सामाजिक व्यहारतर्फ फर्केर हेर्नुले प्रगतिमा बाधा हाल्दैन र सुधारको मार्ग खुलाउछ, तर त्यसमा पूवाग्रह राख्नु भने किमार्थ हुदैन | कुनै पनि संघसंस्था थालानिमै सुव्यवस्थित हुदैन | समाज पनि त्यस्तै हो | त्यसमा समयानुकुल परिवर्तन ल्याएर सारवकालिक न्याय र संगति खोजि गर्ने दायित्व मानिसको हो | त्यस काम यस्तै उत्साही जनमानसको योगदान हुन्छ | यसलाई युगको माग प्रति सचेत भएको भन्न सकिन्छ | जातीय र लैगिग़ आधारमा मनुस्मृतिले धेरै विकृति र अन्यायको पक्ष लिएको छ भन्ने आजका विद्वानहरुको तर्क छ र व्यावहारिक बनेर हेर्दा त्यसलाई स्विकार्नु पनि पर्दछ | यो नै समयको माग हो |"

डा. कृष्ण बहादुर राना मगर, जियोटेक्निकल इन्जिनियर, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:

“हाम्रा प्राचिन कालका आदरणीय ऋषिमुनिहरू महान एवं उदार हृदयका थिए | उनीहरुले जातिपाती, छुवाछुत र नारी पुरुषमा कहिल्यै भेदभाव गरेनन | त्यो युग अवश्य पनि अतिशय उदार हुनु पर्छ | त्यतिखेर स्वभाव र पेशा अलग भए पनि कसैलाई अशुद्ध मनिन्दैन्थ्यो | मध्ययुगतिर आएर ऋषिमुनिहरुका महान सोच र विचारहरु ओझेलमा परे | सामन्ती विचारधाराका व्यक्तिहरुको उदय भयो | ऋषिमुनिका पुस्तकहरुलाई तोडमोड गर्दै तत्कालिन पण्डित, पुरोहितहरुले आफ्नो स्वार्थ अनुकुलको कर्मकाण्ड रच्न थाले | जातिपाती, छुवाछुत र नारी-पुरुष बीच अति ठूलो भेदभाव हुन् थाल्यो | मनुस्मृति यसै बेलाको चरम सामाजिक अवस्थाको विश्लेषण हो | मनुमहाराज ब्राह्मण थिए | मनुस्मृतिमा उनले ब्राह्मण मुखबाट जन्मेको, पृथ्वीमा सबै भन्दा श्रेष्ठ, सबैको मालिक र संसारमा जति सम्पति छन् ती सबै ब्राह्मणकै हुन् भनेका छन् | शुद्र र नारीलाई मानवको स्तरमा राखेकै छैनन | उनीहरुप्रति मनुको अत्याचार, शोषण, दमन, थिचोमिचो र हेपाहा प्रवृतिको कुनै सिमा छैन |

मनुले शुद्रलाई खुट्टाबाट उत्पन्न भएको, छुन नहुने र गुदीबिनाको अन्न, जुठो खाने कुरो, थोत्रो लुगा, भाँडाको रुपमा फुटेका खबटा दिनु पर्छ भनेका छन् | शुद्रलाई वेद पद्न रोक लगाइएको छ भने मदिरा पिउने स्वीकृति छ | यज्ञ गर्न अधिकार छैन | तर शुद्रसंग भएको सम्पति यज्ञका लागि लुटेर र चोरेर ल्याउन हुन्छ भनेका छन् | शुद्रले ब्राह्मण कन्यासंग मैथुन गरेमा सुकेका पातपतिङ्गरले आगो दन्काएर जिउदै डदाउनु पर्ने, ब्राह्मणलाई कटु वचन बोलेमा प्राणदण्ड दिनु पर्ने, राजा र ब्राह्मणप्रति घमण्ड गरेर थुकेमा दुवै ओठ, लिङ्ग र मल्द्वार काट्नु पर्ने आफन्त स्वर्गीय हुदा जुठो बार्न भने तीन गुना (३० दिन) हुनु पर्ने, शारीरिक काममा मात्र जोताउनु पर्ने र शुद्रले धन जम्मा गर्न नहुने, किन भने यसले ब्राह्मणलाई बाधा पार्छ इत्यादि लेखेका छन् |

यसै गरी स्त्रीहरुको बुद्धि नहुने, पति सेवा र घरको कामकाज नै नित्य हवनपूजा मान्नु पर्ने, मन्त्रले दीक्षा दिन नहुने, पुरुषलाई दुषित पर्ने र कुमार्गमा लैजाने स्वभावका हुन्छन, पुत्रहीन स्त्रीका हातको खाना खान नहुने, घरको कुनै काम पनि स्वतन्त्रतापूर्वक गर्न नहुने, कहिल्यै साक्षी राख्न नहुने र पति मरे पछि कन्दमूल खाएर शरीर सुकाउनु पर्ने इत्यादि सामाजिक नियम बनाएका थिए | बालक कालमा पिताको, युवावस्थामा पतिको र पतिपछि छोराको अधिनमा रहनु पर्ने, सम्पतिको अधिकार दिन नहुने र विषयमा आसक्त रहेका अवस्थामा पनि स्त्रीहरुलाई नियन्त्रणमा राख्नै पर्ने र पुरुषले स्त्रीलाई राति वा दिउसो कहिल्यै स्वतन्त्रता दिन नहुने बताएका छन् | स्त्रीहरुमा यति धेरै अत्याचार र दमनको सामाजिक नियम बनाएपछि सन्तानको जन्म दिने, घरको शोभा बढाउने जस्ता पुकारले पूजनीय हुन्छन, जहाँ नारी पुजिन्छन, त्यहाँ देउता रमाउन्छन र अविवाहितलाई केहि अंश दिनुपर्ने जस्तो तर्क राखेर मनु तिम्रो एउतै काम बगलीमा छुरा मुखमा राम भने उखानलाई व्यवहारमा उतारेका छन् | यस प्रकार समाजमा चरम जातीय एवं लिंगीय विभेद खडा गरी मानिस बीच फाटो, कलह र विद्रोह निम्तियाएर मनुले समाज भडुवा एवं समाज ध्वस्त पर्ने नाइकेको रुपमा आफूलाई मनुस्मृति लेखी सर्वाङ्ग रुपमा नङ्ग्याएका छन् |" अरुलाई दोष नदिनुहोस | ब्रिटिश इन्डियामा आउनु अघि १४ औ शब्तादिमा राजा जयस्थिति मल्लले इन्डियाबाट ५ जना ब्राह्मणहरु झिकाई उनीहरुको सल्लाह बमोजिम मनुस्मृति कुट पेस्ट गरि नेपालको पहिलो कानून मानव न्याय शास्त्र लादेर नेवार समुदायलाई ४ जात ३६ वर्ण विभाजन गरेको थियो |

हामी नेपालको जनतालाई भेडा र मानसिक रुपमा दाशी बनाउने र ४ जात ३६ वर्णमा विभाजन गर्ने काम राजा जयस्थिति मल्लले १४ औ सब्तादिमा लिखित नियम कानून "मानव न्याय शास्त्र" र "जयस्थिति मल्लको सुधार" जुन ५ जना इन्डियाको ब्राह्मणहरु: कीर्तिनाथ उपाध्याय कन्याकुब्जा, रघुनाथ झा मैथिली, रामनाथ झा, दक्षिण श्रीनाथ भट्ट र महिनाथ भट्टको सहयोगमा लेखिएका थिए, जसमा प्राचिन भारतको माहा ऋषि मनुले करिब आज भन्दा २१०० वर्ष अघि लेखेको नियम/कानून, "मनुस्मृति" मा उल्लेखित सम्पूर्ण नियमहरु कट र पेस्ट गरिएको छ, त्यस अनुसार ४ बर्ण भनेको ब्राह्मण, क्षेत्रिय, वैश्य, शुद्र हुन् र ३६ जात भनेको तत्कालिन काठमाडौँको नेवार समुदायलाई ३६ उपजातहरुमा बिभाजन गरेका हुन् |

सोहि अनुसार नेवार समुदायको सुधार भन्ने नीति मार्फत "४ जात ३६ वर्ण" को मिठो उक्तिको सिर्जना गरी दिए ति महान पण्डित ज्युहरुले |

अनि यही राजा जयस्थिति मल्लको पालामा लेखिएको नियम कानून अध्धयन गरि बडा महाराज पृथ्बी नारायण शाहले नेपाल अधिराज्य भरिका जनतालाई " ४ जात ३६ वर्ण" भन्ने मिठो उक्तिलाई निरन्तरता दिए हाम्रो बडा महाराज पृथ्बी नारायण शाह र जंग बहादुर राणाले मुलुकी ऎन मार्फत | जुन हाल २१ औ शब्तादीमा आएर पनि उक्त उक्ति सान्दर्भिक ठानी फलाक्ने गर्छौ हामी कुरै नबुझी |

बडा महाराज पृथ्बी नारायण शाहको व्दिया उपदेशमा पनि पुन उल्लेख गरिएको छ ४ जात भन्नाले ब्राह्मण, खस/क्षेत्री, ठकुरी र मगर हो |

यूरोपको भ्रमण पश्च्यात जंग भाहादुर राणाले सन् १८५४ मा लेखेको नेपालको कानून, मुलुकी ऐनमा पुन नेपालका मानिसहरुलाई ५ समूहमा बर्गिकरण गरेको छ छुनु हुने नहुने, चोखो नचोखो र पानी चल्ने नचल्ने आधारमा | जस अनुसार वर्गीकरण यस प्रकार छ:

क) चोखो छुन हुने जातहरु

१. "तागाधारी" (जनै लगाउने) ले खस-बाहुन, ठकुरी, छेत्री, तराईको बाहुन र राजपुत, र केहि हिन्दु ब्राह्मण नेवार जातहरु: राजोपाध्याय, भट्ट, झा |

२. नमासिने मतवाली (दासी नहुने): राई, लिम्बु, सुनुवार, मगर, गुरुङ, नेवार बुद्धिस्टहरु

३. मासिने मतवाली (दासी हुने): थारु, चेपांग, कुमाल, शेर्पा, हायू, भोटे (तामांग), घर्ति

ख) चोखो नभएको/ छुन नहुने जातहरु

४. पानी नचल्ने तर छुन हुने जात: नेवार समुदायको जोगी, कसाई, खड्गी, मुस्लिम र यूरोपियनहरु

५. पानी नचल्ने, छुनु नहुने जात:
- पहाडको कामी, सार्की, दमाई, बादी, गाइने, आदि |
- तराईको धोबी, हलखोर, चमार, दुशाद, डोम, मुसहर, आदि |
- नेवारको कुलु, पोडे, च्यामे |

मन मस्तिष्क भ्रस्ट र दाश मानसिकताको भए पछि मानिसहरुको व्यवहार पनि भ्रस्ट र दशी हुन्छन भन्ने प्रमाण हाम्रो राष्ट्रले विश्वमा प्रमाणित गरिदियो जब विश्वको १७६ राष्ट्रहरु मध्ये १३९ भ्रस्ट राष्ट्र र चौथो भ्रस्ट राष्ट्र दक्षिण एसियामा भनि सुचिकृत गरे ट्रान्सप्यरेन्सि इन्टरनेसनलको २०१२ को प्रतिवेदनले |

साथै "द ग्लोबल स्लेबरी इन्डेक्स २०१३" ले नेपाललाई पाचौ आधुनिक दाश दशी भएको राष्ट्र भनी सुचिकृत गरिदिएको छ १६५ राष्ट्रहरुको अवस्थालाई तुलनात्मक विश्लेषण गर्दा |