मनुबाद के हो ?
मनुबाद एक सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विचारधारा हो जुन प्राचिन हिन्दुस्तानमा आज भन्दा करिब २१०० वर्ष (ईसा पुर्व १८५ देखि ७५ विचमा) अघि प्रतिपादन गरेको थियो मनु महाराज भन्ने ऋषिमुनिको नाममा सुँगा साम्राज्य ताका | सो विचारधारा अनुसार लिखिएको नीतिको पुस्तकलाई "मनुस्मृति" नामकरण गरिएको थियो | यही विचारधाराको आधारमा हिन्दुस्तान उपमहादेशका राष्ट्रहरु: नेपाल, हिन्दुस्तान, बंगलादेश, पाकिस्तान, आदिका सामाजिक, आर्थिक तथा राजनीतिक नीतिहरु तय गरिएको पाईन्छ |
लिखित प्रमाण अनुसार भनिन्छ यो मनुस्मृति बुद्धकालिन, जति बेला वैदिक धर्मको पतन भई ब्रह्माणबाद भन्ने धर्मको प्रतिपादन भएको थियो र पछि मौर्य साम्राज्यको अन्तिम राजा, ब्रहद्रथ मौर्य जसले राज गरेका थिए ईसा पुर्व १८७ देखि १८० सम्म जसलाई आफ्नै सेनापति "पुष्य मित्र सुँगा ब्राह्मण" ले हत्या गरेर आफ्नो साम्राज्य स्थापना गरेका थिए ईसा पुर्व १८५ जुन ईसा पुर्व ७५ सम्म राज गरेका थिए त्यति बेला लेखिएको हो आफ्नो भावी पुष्ताहरुको भविष्य सुरक्षित राख्न |
मनुबादी हो को ?
दक्षिण एसियाको विशेषत हिन्दुस्तान उपमहादेश राष्ट्रहरु: नेपाल, भारत/हिन्दुस्तान, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफ्घानिस्तानका मानिसहरु सम्पूर्ण मनुबादी हुन् जसको सोच विचार मनुबादबाट निर्देशित र संचालित छ, उनीहरु सबै नै हुन् |
तर मनुबादको प्रभाव आ-आफ्नो धर्म, संस्कार, संस्कृति, आस्था र विश्वास अनुसार कम वा बदि हुन सक्छ | त्यो व्यक्तिको सोच, विचार र व्यवहारले प्रष्ट पार्ने कुरा हो | त्यसैले हिन्दुस्तानको मनु ऋषिको नीति, मनुस्मृति अनुसार समाज र राज्य संचालन गर्ने सोच विचार भएकाहरु सबै मनुबादी हुन् जसमा विशेषत नेपाल र हिन्दुस्तानका जुन सुकै धर्म, संस्कार, संस्कृति, आस्था र विश्वास भएकाहरुमा देख्न र बुझ्न सकिन्छ किन कि यी दुई मुलुकहरुको सामाजिक, धार्मिक, संस्कृतिक नीति नियम औपचारिक तथा अनौपचारिक रुपमा राज्यद्वारा मनुस्मृति कै आधारमा प्रतिपादन गरी निरन्तरता दिदै आई रहेका छन् आजसम्ममा पनि |
हामी नेपाल मुलुकका मानिसहरु कसरी मनुबादी भयौ ?
"मनुस्मृति" नेपालमा १४ औ शब्तादिमा राजा जय स्थिति मल्लले ५ जना इन्डियन ब्राह्मणहरु: कीर्तिनाथ उपाध्याय कन्याकुब्जा, रघुनाथ झा मैथिली, रामनाथ झा, दक्षिण श्रीनाथ भट्ट र महिनाथ भट्टलाई झिकाएर उनीहरुको सहयोगमा नेपाल (काठमाडौँ) को पहिलो लिखित कानून, "मानव न्याय शास्त्र" लेखिए जसमा मनुस्मृतिमा उल्लेखित सम्पूर्ण नियमहरु कट र पेस्ट गरिएका थिए | सोहि अनुसार ४ बर्ण भनेर ब्राह्मण, क्षेत्रिय, वैश्य, शुद्र उल्लेख गरेका थिए र नेवार समुदायलाई ३६ पेसागत उपजातहरुमा बिभाजनको साथै पुन ६४ उपजातको नामकरण गरि वर्गीकरण गरेका थिए | अनि यही नियम कानून अध्धयन गरि बडा महाराज पृथ्बी नारायण शाहले नेपाल अधिराज्य भरिका जनतालाई " ४ बर्ण ३६ जात" भने जुन आजसम्ममा पनि हामी त्यही फलाक्दै आएका छौ कुरै बुझ्ने प्रयत्न नै नगरी उहाले आफ्नो दिव्य उपदेशमा लेखेकै भरमा | अनि बडा महाराजा पृथ्वी नारायण शाहले त्यो शास्त्र अध्धयन गरि अझै प्रभावकारी दंगले लागु गरे जुन वहाको दिव्य उपदेशमा अध्धयन गर्न सकिन्छ | पछि त्यसलाई अझ प्रभावकारी र शस्त्र प्रकारले बडा महाराज जंग बहादुर राणाले उहाको पालामा लेखेको मुलुकी ऐन सन् १८५४ (वि.स. १९१०) मार्फत सारा नेपाल अधिराज भरिका जनतामा लादे जुन हालसम्म पनि त्यही ऐन मार्फत राज्य र समाज व्यवस्थापन र संचालन भई रहेका छन् |
त्यसैले म त प्राचिन इन्डियाको माहा ऋषि मनुको कुनै पनि दोष देख्दिन जसले जातपात, छुवाछुत, भेदभाव, घृणा, अपमान र अत्याचार बढवा दिने प्रकारको सामाजिक नीति नियम, मनुस्मृति नाम दिएर रचे र लेखे आज भन्दा करिब २५०० वर्ष अघि उनको सिमिति भ्रस्ट ज्ञान बुद्धिले जुन नेपालमा १४ औ सब्तादिमा राजा जय स्थिति मल्लले ५ जना इन्डियन ब्राह्मणहरुको सहयोगमा नेपालको पहिलो लिखित कानून, "मानव न्याय शास्त्र" लेखिए जसमा मनुस्मृतिमा उल्लेखित सम्पूर्ण नियमहरु कट र पेस्ट गरी हामीलाई भेडा र मानसिक रुपमा दाशी बनाउने काम राजा जय स्थिति मल्लले बिजारोपण गरे मनुस्मृतिलाई देशको कानूनमा समाबेस गरेर | पछि यसलाई निरन्तरता दिए हाम्रो राजा पृथ्वी नारायण शाह र जंग बहादुर राणाले मुलुकी ऎन मार्फत |
मनुस्मृतिमा जे लेख्यो त्यो सबै कुराहरु पत्याउन थाल्यो भने २१ औ सब्तादिको मानिसहरु सबै पागल हुन्छ बा | किन कि धेरै भन्दा धेरै कुरा मनगन्ते र काल्पनिक छ | यो २१ औ सब्तादी सूचना र संचारको बैज्ञानिक युगमा मानव र समाज विकासको लागि कुनै पनि काल्पनिक र तथहिन कुरा, सोच, विचार र ज्ञानको कुनै मान्यता रहदैन यदी हामी सबै मानव र जगतको भलो चाहन्छौ भने |
चित्रप्रसाद सुबेदी, गोपी सापकोटा र गीता सुबेदीद्वारा वि.स. २०६५ मा प्रक्राशित "मनुस्मृतिमा शुद्र र स्त्री" नामक पुस्तक अध्धयन गरेमा प्रष्ट रुपमा बुझिन्छ नेपाली समाज कुन सोच, दर्शन, संस्कार, संस्कृति, मुल्यमान्यताद्वारा संचालित र निर्देशित छ भनेर |
नेपाली सामाजिक मानसिकता र न्यायपालिका पूर्ण रुपमा मनुबादी दर्शनबाट संचालित र निर्देशित छ भन्ने पुष्टि हुन्छ अझ हामीले विधावारधीको शोधपत्रको आधारमा एक उत्कृष्ट प्रमाण माननीय न्यायधिस डा. सुलाहुद्धीन अख्तर सिद्धिकि ज्युले संस्कृत विश्वविधालयबाट आफ्नो विधावारिधिको लागि गर्नु भएको अनुसन्धानको आधारमा प्रकासित हो यो "मनुस्मृतिको पारिवारिक व्यवस्था र नेपालमा पारिवारिक विवाद" नामक पुस्तकले प्रष्ट पार्छ | यो पुस्तकको लागि शुभकामना दिएको पृष्ठमा निवर्तमान तत्कालिन उपराष्ट्रपति, परमानन्द झा जो स्वयं सर्वोच्च अदालतले न्यायाधीश हुनु हुन्थ्यो उनले समेत आफ्नो अभिव्यक्ति यसरी राख्नु भएको रहेछ,
राम प्रसाद ज्ञवाली, साहित्यकार तथा समालोचक, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:
"मनुस्मृतिमा हिन्दु धर्मावलम्बीहरुको चर्चित दार्सनिक ग्रन्थ हो | जीवन र जगत तथा हिन्दु धर्म सस्कृति र जीवन पद्धति का बारेमा धारणा प्रस्तुति गर्ने यो ग्रन्थ वर्णाश्रम धर्म सम्बन्धि हिन्दु सामंताबाद्को प्रतिनिधित्व गर्ने शास्त्र पनि हो | मानिसमानिस बिचमा जातिभेद, वर्णाभेद, लिङ्गभेद, छुवाछुत लगायतका भेदभाव र वैमनस्य बढाउनमा यस ग्रन्थको ठूलो भूमिका रहेको छ |
हिन्दु समाज आपसमा विभाजित समाज हो | यस समाजमा शुद्र र स्त्रीहरु अचाक्ली हेपिएका छन् | यिनीहरु माथि तथाकथित कुलीन जात, वर्ग र पुरुषस्ताको चरम अत्याचर रहेको छ | यिनीहरुलाई उच्च जात र सत्ताधारी पुरुष वर्गले पसुवत व्यहार गर्ने गरको छ | धर्मको नाममा, भाग्यबादको आडमा र अन्ध संस्कृति को पासोमा परेर यिनीहरुलाई हुनसम्म सताईएको छ | यिनीहरु छोइछिटो, दासतवको विभिन्न घातक प्रहारका सिकार भएका छन् | ससाना निहुमा यिनिहरुमाथी समाजमा तिरस्कार, बहिस्कारदेखी प्रताडना र हत्या सम्मको अत्याचार गरिछ | यसो हुनुमा हिन्दु धर्म शास्त्र मनुस्मृतिको ठूलो भूमिका रहेको छ |
धर्म सस्कृति एव जीवन दर्सनका बारेमा जिज्ञासा राख्ने पाठकहरुका निम्ति फेरि एउटा काम लाग्दॊ ग्रन्थ आएको छ -"मनुस्मृतिमा शुद्र र स्त्री" |"
त्यसै गरि तिलक प्रशाद लुइँटेल, मनुस्मृतिका नेपाली अनुबाद्क विद्वान, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:
"मनुस्मृति प्राचिन समाजको बिधीविधन निर्माण र लागु गर्ने ग्रन्थ हो |. आज पनि हाम्रा सामाजिक व्यहारमा त्यसका नियमहरु सक्रिय रहेका छन् | विविध कारणले समाजका मूल्यमान्यता परिबर्तन हुन्छन | आज मनुस्मृतिमा उल्लेख भएका नियम उहिलेकै जस्तो रुपमा समाजले धान्न सकिरहेको छैन, यो परिवर्तनको प्रमाण हो | परिवर्तित समाजले पार गरेका आरोहअवरोह व्याग्मयमै हेर्न सकिनछ | समयको विभिन्न चरणमा समाजले पार गरेका सामाजिक व्यहारतर्फ फर्केर हेर्नुले प्रगतिमा बाधा हाल्दैन र सुधारको मार्ग खुलाउछ, तर त्यसमा पूवाग्रह राख्नु भने किमार्थ हुदैन | कुनै पनि संघसंस्था थालानिमै सुव्यवस्थित हुदैन | समाज पनि त्यस्तै हो | त्यसमा समयानुकुल परिवर्तन ल्याएर सारवकालिक न्याय र संगति खोजि गर्ने दायित्व मानिसको हो | त्यस काम यस्तै उत्साही जनमानसको योगदान हुन्छ | यसलाई युगको माग प्रति सचेत भएको भन्न सकिन्छ | जातीय र लैगिग़ आधारमा मनुस्मृतिले धेरै विकृति र अन्यायको पक्ष लिएको छ भन्ने आजका विद्वानहरुको तर्क छ र व्यावहारिक बनेर हेर्दा त्यसलाई स्विकार्नु पनि पर्दछ | यो नै समयको माग हो |"
डा. कृष्ण बहादुर राना मगर, जियोटेक्निकल इन्जिनियर, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:
“हाम्रा प्राचिन कालका आदरणीय ऋषिमुनिहरू महान एवं उदार हृदयका थिए | उनीहरुले जातिपाती, छुवाछुत र नारी पुरुषमा कहिल्यै भेदभाव गरेनन | त्यो युग अवश्य पनि अतिशय उदार हुनु पर्छ | त्यतिखेर स्वभाव र पेशा अलग भए पनि कसैलाई अशुद्ध मनिन्दैन्थ्यो | मध्ययुगतिर आएर ऋषिमुनिहरुका महान सोच र विचारहरु ओझेलमा परे | सामन्ती विचारधाराका व्यक्तिहरुको उदय भयो | ऋषिमुनिका पुस्तकहरुलाई तोडमोड गर्दै तत्कालिन पण्डित, पुरोहितहरुले आफ्नो स्वार्थ अनुकुलको कर्मकाण्ड रच्न थाले | जातिपाती, छुवाछुत र नारी-पुरुष बीच अति ठूलो भेदभाव हुन् थाल्यो | मनुस्मृति यसै बेलाको चरम सामाजिक अवस्थाको विश्लेषण हो | मनुमहाराज ब्राह्मण थिए | मनुस्मृतिमा उनले ब्राह्मण मुखबाट जन्मेको, पृथ्वीमा सबै भन्दा श्रेष्ठ, सबैको मालिक र संसारमा जति सम्पति छन् ती सबै ब्राह्मणकै हुन् भनेका छन् | शुद्र र नारीलाई मानवको स्तरमा राखेकै छैनन | उनीहरुप्रति मनुको अत्याचार, शोषण, दमन, थिचोमिचो र हेपाहा प्रवृतिको कुनै सिमा छैन |
मनुले शुद्रलाई खुट्टाबाट उत्पन्न भएको, छुन नहुने र गुदीबिनाको अन्न, जुठो खाने कुरो, थोत्रो लुगा, भाँडाको रुपमा फुटेका खबटा दिनु पर्छ भनेका छन् | शुद्रलाई वेद पद्न रोक लगाइएको छ भने मदिरा पिउने स्वीकृति छ | यज्ञ गर्न अधिकार छैन | तर शुद्रसंग भएको सम्पति यज्ञका लागि लुटेर र चोरेर ल्याउन हुन्छ भनेका छन् | शुद्रले ब्राह्मण कन्यासंग मैथुन गरेमा सुकेका पातपतिङ्गरले आगो दन्काएर जिउदै डदाउनु पर्ने, ब्राह्मणलाई कटु वचन बोलेमा प्राणदण्ड दिनु पर्ने, राजा र ब्राह्मणप्रति घमण्ड गरेर थुकेमा दुवै ओठ, लिङ्ग र मल्द्वार काट्नु पर्ने आफन्त स्वर्गीय हुदा जुठो बार्न भने तीन गुना (३० दिन) हुनु पर्ने, शारीरिक काममा मात्र जोताउनु पर्ने र शुद्रले धन जम्मा गर्न नहुने, किन भने यसले ब्राह्मणलाई बाधा पार्छ इत्यादि लेखेका छन् |
यसै गरी स्त्रीहरुको बुद्धि नहुने, पति सेवा र घरको कामकाज नै नित्य हवनपूजा मान्नु पर्ने, मन्त्रले दीक्षा दिन नहुने, पुरुषलाई दुषित पर्ने र कुमार्गमा लैजाने स्वभावका हुन्छन, पुत्रहीन स्त्रीका हातको खाना खान नहुने, घरको कुनै काम पनि स्वतन्त्रतापूर्वक गर्न नहुने, कहिल्यै साक्षी राख्न नहुने र पति मरे पछि कन्दमूल खाएर शरीर सुकाउनु पर्ने इत्यादि सामाजिक नियम बनाएका थिए | बालक कालमा पिताको, युवावस्थामा पतिको र पतिपछि छोराको अधिनमा रहनु पर्ने, सम्पतिको अधिकार दिन नहुने र विषयमा आसक्त रहेका अवस्थामा पनि स्त्रीहरुलाई नियन्त्रणमा राख्नै पर्ने र पुरुषले स्त्रीलाई राति वा दिउसो कहिल्यै स्वतन्त्रता दिन नहुने बताएका छन् | स्त्रीहरुमा यति धेरै अत्याचार र दमनको सामाजिक नियम बनाएपछि सन्तानको जन्म दिने, घरको शोभा बढाउने जस्ता पुकारले पूजनीय हुन्छन, जहाँ नारी पुजिन्छन, त्यहाँ देउता रमाउन्छन र अविवाहितलाई केहि अंश दिनुपर्ने जस्तो तर्क राखेर मनु तिम्रो एउतै काम बगलीमा छुरा मुखमा राम भने उखानलाई व्यवहारमा उतारेका छन् | यस प्रकार समाजमा चरम जातीय एवं लिंगीय विभेद खडा गरी मानिस बीच फाटो, कलह र विद्रोह निम्तियाएर मनुले समाज भडुवा एवं समाज ध्वस्त पर्ने नाइकेको रुपमा आफूलाई मनुस्मृति लेखी सर्वाङ्ग रुपमा नङ्ग्याएका छन् |"
त्यस्तै गरी गोरखापत्रमा कमल रिजालले "मनु पनि वैदिक मन्त्रद्रष्टा ऋषि" शिर्षकमा उल्लेख गरेको छ यस्तो,
"वेदमा मनुलाई कतै महान् ज्ञानी, ध्यानी र पराक्रमीको रूपमा त कतै कुशल चिकित्सकको रूपमा पनि उल्लेख भएको पाइन्छ । कतै स्मृतिकारको रूपमा पनि देखा पर्छन् । उनका स्मृति ग्रन्थलाई मनुस्मृति भनिन्छ । यो ग्रन्थ अहिले पनि उत्तिकै लोकप्रिय छ । भलै त्यहाँ भएका केही प्रसङ्ग समय सापेक्ष नहोलान् । हजारौँ वर्ष पूर्व बनेको शासनसत्ता सञ्चालनको विधानमा त्यस्तो देखिनु अस्वाभाविक पनि होइन । हामीलाई केही वर्ष अघि बनेको विधानले त कार्म गर्न नसकेर फाल्नुपरेको मात्र छैन हालै बनेको विधानलाई समेत पटक पटक संशोधन गरिरहनु परेको छ भने यस्तो अवस्थामा हजारौँ वर्षपूर्वको विधानमा यस्तो देखिनु के नै अनौठो भयो र ! बरु समस्या त के हो भने मनु धेरै भएकाले वैदिक मन्त्रष्टा मनु र स्मृतिकार मनु एउटै हुन् कि अलग अलग हुन् भन्ने हो । त्यसैले यसबारे भने सोधखोज र अनुसन्धान आवश्यक देखिन्छ । "[१]
त्यसैले मेरो आफ्नो बुझाईमा यो मनुस्मृति भन्ने एक धार्मिक धर्म शास्त्र प्राचिन हिन्दुस्तानको "मनु" नामको ब्राह्मण ऋषिको स्मृति स्वरूप लेखेकोग्रन्थ हो तताक्लिन समाज र राज्यको अनुभव अनुसार | तर हुन सक्छ शासक वर्गले यसलाई तोडमोड गरि आफ्नो फाइदाको लागि आफूलाई सुहाउदो बनाई प्रयोग गरे | विगत ३००० वर्ष देखि दक्षिण एसिया विशेषत: हिन्दुस्तान र नेपालमा रहदै आएको रङ्गभेद, जातिभेद, वर्गभेद र लिंगभेदको मूल जड नै यो मनुस्मृति हो भन्ने बुझिन्छ | त्यसलाई नै निरन्तर दिदै आए आजसम्म यी राष्ट्रहरुका शासक र शोसक वर्गहरुले आफ्नो हालिमुवाली कायम गर्दै अरुलाई शोषण, दमन, तिरस्कार, बहिस्कार, पक्षपात, गर्दै मानिसले मानिसलाई नै घृणा गर्दै जसको त्यसको परिणाम हामी सबैले अहिले भोग्दै आएका छौ र यो आज समय सापेक्ष्य बनाउन सकिएन भने अझ यो धर्म शास्त्र मान्नेको संसारमा नै उपहास र बेईजत हुन्छ | किन कि प्राय सबै कुराहरु त्यसमा काल्पनिक छ र एक मानवले अर्को मानवलाई निज र उच्च बनाएको छ |
त्यसैले अब यस्तो असान्दर्भिक, असामयिक पुरातनबादी सोच विचारलाई हाम्रो आफ्नो र समाजको मन मस्तिष्कबाट हटाउन हामी प्रत्येक शिक्षित नागरिकहरु सचेत भई विचार गर्नु पर्ने हुन्छ हाम्रो मन मस्तिष्क के कस्तो विचारधाराबाट संचालित र निर्देशित छ भनेर अनि सोहि अनुसर् आफैले आफैलाई परिवर्तन गर्न चुनौती दिनु पर्ने हुन्छ किन कि हाम्रो सोच विचार र विश्वासले नै हामीले हाम्रो संसारको निर्माण गर्ने हो |
सन्दर्भ सामाग्री:
१. कमल रिजाल, "मनु पनि वैदिक मन्त्रद्रष्टा ऋषि" गोरखापत्र अनलाईन http://gorkhapatraonline.com/news/40668

"मनुस्मृति हिन्दु धर्मशास्त्रका स्मृति ग्रन्थहरु मध्ये एक सरल र सरस रचना हो | यस ग्रन्थमा धर्म, अर्थ, काम र मोक्ष जस्ता आयामहरुको चर्चा गर्दै प्राचीन पारिवारिक, सामाजिक तथा न्यायिक व्यवस्थाको सविस्तार विश्लेषण गरिएको छ, जुन व्यवस्था हालसम्म पनि नेपाल लगायत भारत, भुटान आदि देशहरुमा हिन्दु धर्मालाम्वीहरुले अंगालेका छन् | सनातन धर्म संस्कृतिमा परिवारलाई विशेष महत्व दिईएकोमा यसै अनुरुप मनुले पनि परिवारलाई धर्म सम्पादन गर्ने स्थानको रुपमा लिएको देखिन्छ |"
माननीय न्यायधिस डा. सुलाहुद्धीन अख्तर सिद्धिकि ज्युले लेखकको दुई शब्दमा उल्लेख गर्नु भएको छ,
"मनु जसलाई स्वयम्भु मनु भनिन्छ, उनी मानव समाजका व्यवस्थापकका रुपमा आए | विश्व प्रसिद्ध मानव धर्म शास्त्रका नामले चिनिएको सामाजिक तथ्य न्यायिक व्यवस्थाको विश्लेषण गर्ने स्मृति "मनुस्मृति" को रचना गरे जस्मा धर्म, अर्थ, काम, मोक्ष बारे विस्तृत वर्णन गरिएको छ | त्यसकारण मनुलाई हिन्दु सामाजिक एंव कानुनी व्यवस्थाका पिता मानिन्छ |
हिन्दु धर्मशास्त्र मध्येका विश्व प्रसिद्ध रचना "मनुस्मृति", नारद स्मृतिमा आधारित वि.स. १४३६ मा न्याय सम्पादनका लागि लेखिएको "न्यायविकसिनी" लगायत प्राचिन नेपालको पारिवारिक व्यवस्थाको अध्धयन र वर्तमान पारिवारिक कानुनी व्यवस्था बीच समानता र भिन्नतालाई केलाई मानव अधिकार तथा धर्म संस्कृतको रक्षार्थ जनहितका लागि जनमानसलाई सुसूचित गर्ने उद्धेश्ले यस पुस्तक मार्फत विश्व समक्ष प्रस्तुत गर्ने प्रयास गरेको छु | फलस्वरूप विव्दत वर्गमा विचार विमर्श शुरु भई नेपालको पारिवारिक न्याय व्यवस्थामा समसामयिक सुधार हुने कुरामा पूर्ण आशाबादी छु |"
यसरी प्राचिन आद्मिकालिन मानिसहरुको कपोकल्पित रचना "नारद स्मृति र मनुस्मृति" को आधारमा नेपालको पहिलो कानुनी व्यवस्थाको दस्तावेज "न्यायाविकसिनी" भन्ने गर्थे जसलाई "मानव न्याय शास्त्र" पनि भन्ने गर्दो रहेछ जुन लेखिएको थियो राजा जयस्थिति मल्लको पालामा वि.स. १४३६ मा हिन्दुस्थानबाट ५ जना ब्राह्मणहरु झिकाई पछि पी.एन. शाहले सो कानुनी दस्तावेज अध्धयन गरी तत्कालिन नेपाल भरि लागू गरे जसको संस्थागत रुपमा अतिनै मज्जाले स्थापित गरे जंग बहादुर राणाको पाला, वि. स. १९१० मा निर्मित मुलुकी ऐनले जस्मा सोहि मनुस्मृतिको बढि धाराहरु र उपधाराहरुको अंशहरु लिएको छ जुन ऐन आजको दिनमा आएर पनि केहि परिमार्जित भई लागू भई नै राखेको छ | त्यसैले त भन्ने गर्दो रहेछ नेपालको कानुन दैवले जानुन भनेर आम सर्वसाधारणहरुले जब कि विधिको शासन भन्दा पनि मनु देवको प्राचिन शासन व्यवस्था अनुसार संचालित छ हाम्रो देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका आजको यो २१ औ शताब्दीको युगमा आएर समेत यो प्राचिन काल देखिनै बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजाति भएको राष्ट्रमा एकात्मक धर्म, एकात्मक संस्कार/संस्कृति, एकात्मक भाषा र एकात्मक जात /वर्ण को सोच अनुसार रचित धार्मिक शास्त्रको अनुसार राजकाज, शासन, भाषण, आसन र रासन गर्दै आएकोले नेपालमा तीव्र रुपमा धार्मिक, जातीय, लैंगिक, भाषिक, संस्कृतिक र सामाजिक विभेद, अन्याय, असमानता, अत्याचार र अविश्वास कायम हुनुमा कारक तत्व हुन् भन्ने सिद्ध हुन्छ जुन अपच्य हुन्छ कतिपय अति मनुबादी हिन्दु समाजका पढे लेखेका शिक्षित दीक्षित बौद्धिक, विज्ञ, विधवान र विशेषज्ञ वर्गहरुलाई | त्यसैले जब माननीय न्यायधिस डा. सुलाहुद्धीन अख्तर सिद्धिकि जस्ता हाम्रो समाजका पढे लेखेका बौद्धिक सचेत, सजग, सतर्क, ससक्त र सक्षम व्यक्तिहरुले आफ्नो देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सुध्रियोस भन्ने हेतुले हाम्रो देशको त्यस्ता महत्वपूर्ण अंगहरुको बारेमा खोज अध्धयन अनुसन्धान गरी सत्य, तथ्य र यथार्थ उजागर गर्ने साहस गर्छन तब अतिबादी मनुबादीहरुले भन्ने गर्छन हिन्दुको विरोध गर्छस भन्दै आक्रामक भई नकार्दै, डकार्दै र खकार्दै उफ्रिने रिसाउने कराउने दागाधर्ने गर्छन उनीहरुको आफ्नै मनको अज्ञानता, अनविज्ञता, अचेतना र अन्धाकारले गर्दा |
"मनुस्मृतिमा हिन्दु धर्मावलम्बीहरुको चर्चित दार्सनिक ग्रन्थ हो | जीवन र जगत तथा हिन्दु धर्म सस्कृति र जीवन पद्धति का बारेमा धारणा प्रस्तुति गर्ने यो ग्रन्थ वर्णाश्रम धर्म सम्बन्धि हिन्दु सामंताबाद्को प्रतिनिधित्व गर्ने शास्त्र पनि हो | मानिसमानिस बिचमा जातिभेद, वर्णाभेद, लिङ्गभेद, छुवाछुत लगायतका भेदभाव र वैमनस्य बढाउनमा यस ग्रन्थको ठूलो भूमिका रहेको छ |
हिन्दु समाज आपसमा विभाजित समाज हो | यस समाजमा शुद्र र स्त्रीहरु अचाक्ली हेपिएका छन् | यिनीहरु माथि तथाकथित कुलीन जात, वर्ग र पुरुषस्ताको चरम अत्याचर रहेको छ | यिनीहरुलाई उच्च जात र सत्ताधारी पुरुष वर्गले पसुवत व्यहार गर्ने गरको छ | धर्मको नाममा, भाग्यबादको आडमा र अन्ध संस्कृति को पासोमा परेर यिनीहरुलाई हुनसम्म सताईएको छ | यिनीहरु छोइछिटो, दासतवको विभिन्न घातक प्रहारका सिकार भएका छन् | ससाना निहुमा यिनिहरुमाथी समाजमा तिरस्कार, बहिस्कारदेखी प्रताडना र हत्या सम्मको अत्याचार गरिछ | यसो हुनुमा हिन्दु धर्म शास्त्र मनुस्मृतिको ठूलो भूमिका रहेको छ |
धर्म सस्कृति एव जीवन दर्सनका बारेमा जिज्ञासा राख्ने पाठकहरुका निम्ति फेरि एउटा काम लाग्दॊ ग्रन्थ आएको छ -"मनुस्मृतिमा शुद्र र स्त्री" |"
त्यसै गरि तिलक प्रशाद लुइँटेल, मनुस्मृतिका नेपाली अनुबाद्क विद्वान, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:
"मनुस्मृति प्राचिन समाजको बिधीविधन निर्माण र लागु गर्ने ग्रन्थ हो |. आज पनि हाम्रा सामाजिक व्यहारमा त्यसका नियमहरु सक्रिय रहेका छन् | विविध कारणले समाजका मूल्यमान्यता परिबर्तन हुन्छन | आज मनुस्मृतिमा उल्लेख भएका नियम उहिलेकै जस्तो रुपमा समाजले धान्न सकिरहेको छैन, यो परिवर्तनको प्रमाण हो | परिवर्तित समाजले पार गरेका आरोहअवरोह व्याग्मयमै हेर्न सकिनछ | समयको विभिन्न चरणमा समाजले पार गरेका सामाजिक व्यहारतर्फ फर्केर हेर्नुले प्रगतिमा बाधा हाल्दैन र सुधारको मार्ग खुलाउछ, तर त्यसमा पूवाग्रह राख्नु भने किमार्थ हुदैन | कुनै पनि संघसंस्था थालानिमै सुव्यवस्थित हुदैन | समाज पनि त्यस्तै हो | त्यसमा समयानुकुल परिवर्तन ल्याएर सारवकालिक न्याय र संगति खोजि गर्ने दायित्व मानिसको हो | त्यस काम यस्तै उत्साही जनमानसको योगदान हुन्छ | यसलाई युगको माग प्रति सचेत भएको भन्न सकिन्छ | जातीय र लैगिग़ आधारमा मनुस्मृतिले धेरै विकृति र अन्यायको पक्ष लिएको छ भन्ने आजका विद्वानहरुको तर्क छ र व्यावहारिक बनेर हेर्दा त्यसलाई स्विकार्नु पनि पर्दछ | यो नै समयको माग हो |"
डा. कृष्ण बहादुर राना मगर, जियोटेक्निकल इन्जिनियर, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:
“हाम्रा प्राचिन कालका आदरणीय ऋषिमुनिहरू महान एवं उदार हृदयका थिए | उनीहरुले जातिपाती, छुवाछुत र नारी पुरुषमा कहिल्यै भेदभाव गरेनन | त्यो युग अवश्य पनि अतिशय उदार हुनु पर्छ | त्यतिखेर स्वभाव र पेशा अलग भए पनि कसैलाई अशुद्ध मनिन्दैन्थ्यो | मध्ययुगतिर आएर ऋषिमुनिहरुका महान सोच र विचारहरु ओझेलमा परे | सामन्ती विचारधाराका व्यक्तिहरुको उदय भयो | ऋषिमुनिका पुस्तकहरुलाई तोडमोड गर्दै तत्कालिन पण्डित, पुरोहितहरुले आफ्नो स्वार्थ अनुकुलको कर्मकाण्ड रच्न थाले | जातिपाती, छुवाछुत र नारी-पुरुष बीच अति ठूलो भेदभाव हुन् थाल्यो | मनुस्मृति यसै बेलाको चरम सामाजिक अवस्थाको विश्लेषण हो | मनुमहाराज ब्राह्मण थिए | मनुस्मृतिमा उनले ब्राह्मण मुखबाट जन्मेको, पृथ्वीमा सबै भन्दा श्रेष्ठ, सबैको मालिक र संसारमा जति सम्पति छन् ती सबै ब्राह्मणकै हुन् भनेका छन् | शुद्र र नारीलाई मानवको स्तरमा राखेकै छैनन | उनीहरुप्रति मनुको अत्याचार, शोषण, दमन, थिचोमिचो र हेपाहा प्रवृतिको कुनै सिमा छैन |
मनुले शुद्रलाई खुट्टाबाट उत्पन्न भएको, छुन नहुने र गुदीबिनाको अन्न, जुठो खाने कुरो, थोत्रो लुगा, भाँडाको रुपमा फुटेका खबटा दिनु पर्छ भनेका छन् | शुद्रलाई वेद पद्न रोक लगाइएको छ भने मदिरा पिउने स्वीकृति छ | यज्ञ गर्न अधिकार छैन | तर शुद्रसंग भएको सम्पति यज्ञका लागि लुटेर र चोरेर ल्याउन हुन्छ भनेका छन् | शुद्रले ब्राह्मण कन्यासंग मैथुन गरेमा सुकेका पातपतिङ्गरले आगो दन्काएर जिउदै डदाउनु पर्ने, ब्राह्मणलाई कटु वचन बोलेमा प्राणदण्ड दिनु पर्ने, राजा र ब्राह्मणप्रति घमण्ड गरेर थुकेमा दुवै ओठ, लिङ्ग र मल्द्वार काट्नु पर्ने आफन्त स्वर्गीय हुदा जुठो बार्न भने तीन गुना (३० दिन) हुनु पर्ने, शारीरिक काममा मात्र जोताउनु पर्ने र शुद्रले धन जम्मा गर्न नहुने, किन भने यसले ब्राह्मणलाई बाधा पार्छ इत्यादि लेखेका छन् |
यसै गरी स्त्रीहरुको बुद्धि नहुने, पति सेवा र घरको कामकाज नै नित्य हवनपूजा मान्नु पर्ने, मन्त्रले दीक्षा दिन नहुने, पुरुषलाई दुषित पर्ने र कुमार्गमा लैजाने स्वभावका हुन्छन, पुत्रहीन स्त्रीका हातको खाना खान नहुने, घरको कुनै काम पनि स्वतन्त्रतापूर्वक गर्न नहुने, कहिल्यै साक्षी राख्न नहुने र पति मरे पछि कन्दमूल खाएर शरीर सुकाउनु पर्ने इत्यादि सामाजिक नियम बनाएका थिए | बालक कालमा पिताको, युवावस्थामा पतिको र पतिपछि छोराको अधिनमा रहनु पर्ने, सम्पतिको अधिकार दिन नहुने र विषयमा आसक्त रहेका अवस्थामा पनि स्त्रीहरुलाई नियन्त्रणमा राख्नै पर्ने र पुरुषले स्त्रीलाई राति वा दिउसो कहिल्यै स्वतन्त्रता दिन नहुने बताएका छन् | स्त्रीहरुमा यति धेरै अत्याचार र दमनको सामाजिक नियम बनाएपछि सन्तानको जन्म दिने, घरको शोभा बढाउने जस्ता पुकारले पूजनीय हुन्छन, जहाँ नारी पुजिन्छन, त्यहाँ देउता रमाउन्छन र अविवाहितलाई केहि अंश दिनुपर्ने जस्तो तर्क राखेर मनु तिम्रो एउतै काम बगलीमा छुरा मुखमा राम भने उखानलाई व्यवहारमा उतारेका छन् | यस प्रकार समाजमा चरम जातीय एवं लिंगीय विभेद खडा गरी मानिस बीच फाटो, कलह र विद्रोह निम्तियाएर मनुले समाज भडुवा एवं समाज ध्वस्त पर्ने नाइकेको रुपमा आफूलाई मनुस्मृति लेखी सर्वाङ्ग रुपमा नङ्ग्याएका छन् |"
त्यस्तै गरी गोरखापत्रमा कमल रिजालले "मनु पनि वैदिक मन्त्रद्रष्टा ऋषि" शिर्षकमा उल्लेख गरेको छ यस्तो,
"वेदमा मनुलाई कतै महान् ज्ञानी, ध्यानी र पराक्रमीको रूपमा त कतै कुशल चिकित्सकको रूपमा पनि उल्लेख भएको पाइन्छ । कतै स्मृतिकारको रूपमा पनि देखा पर्छन् । उनका स्मृति ग्रन्थलाई मनुस्मृति भनिन्छ । यो ग्रन्थ अहिले पनि उत्तिकै लोकप्रिय छ । भलै त्यहाँ भएका केही प्रसङ्ग समय सापेक्ष नहोलान् । हजारौँ वर्ष पूर्व बनेको शासनसत्ता सञ्चालनको विधानमा त्यस्तो देखिनु अस्वाभाविक पनि होइन । हामीलाई केही वर्ष अघि बनेको विधानले त कार्म गर्न नसकेर फाल्नुपरेको मात्र छैन हालै बनेको विधानलाई समेत पटक पटक संशोधन गरिरहनु परेको छ भने यस्तो अवस्थामा हजारौँ वर्षपूर्वको विधानमा यस्तो देखिनु के नै अनौठो भयो र ! बरु समस्या त के हो भने मनु धेरै भएकाले वैदिक मन्त्रष्टा मनु र स्मृतिकार मनु एउटै हुन् कि अलग अलग हुन् भन्ने हो । त्यसैले यसबारे भने सोधखोज र अनुसन्धान आवश्यक देखिन्छ । "[१]
त्यसैले मेरो आफ्नो बुझाईमा यो मनुस्मृति भन्ने एक धार्मिक धर्म शास्त्र प्राचिन हिन्दुस्तानको "मनु" नामको ब्राह्मण ऋषिको स्मृति स्वरूप लेखेकोग्रन्थ हो तताक्लिन समाज र राज्यको अनुभव अनुसार | तर हुन सक्छ शासक वर्गले यसलाई तोडमोड गरि आफ्नो फाइदाको लागि आफूलाई सुहाउदो बनाई प्रयोग गरे | विगत ३००० वर्ष देखि दक्षिण एसिया विशेषत: हिन्दुस्तान र नेपालमा रहदै आएको रङ्गभेद, जातिभेद, वर्गभेद र लिंगभेदको मूल जड नै यो मनुस्मृति हो भन्ने बुझिन्छ | त्यसलाई नै निरन्तर दिदै आए आजसम्म यी राष्ट्रहरुका शासक र शोसक वर्गहरुले आफ्नो हालिमुवाली कायम गर्दै अरुलाई शोषण, दमन, तिरस्कार, बहिस्कार, पक्षपात, गर्दै मानिसले मानिसलाई नै घृणा गर्दै जसको त्यसको परिणाम हामी सबैले अहिले भोग्दै आएका छौ र यो आज समय सापेक्ष्य बनाउन सकिएन भने अझ यो धर्म शास्त्र मान्नेको संसारमा नै उपहास र बेईजत हुन्छ | किन कि प्राय सबै कुराहरु त्यसमा काल्पनिक छ र एक मानवले अर्को मानवलाई निज र उच्च बनाएको छ |
त्यसैले अब यस्तो असान्दर्भिक, असामयिक पुरातनबादी सोच विचारलाई हाम्रो आफ्नो र समाजको मन मस्तिष्कबाट हटाउन हामी प्रत्येक शिक्षित नागरिकहरु सचेत भई विचार गर्नु पर्ने हुन्छ हाम्रो मन मस्तिष्क के कस्तो विचारधाराबाट संचालित र निर्देशित छ भनेर अनि सोहि अनुसर् आफैले आफैलाई परिवर्तन गर्न चुनौती दिनु पर्ने हुन्छ किन कि हाम्रो सोच विचार र विश्वासले नै हामीले हाम्रो संसारको निर्माण गर्ने हो |
सन्दर्भ सामाग्री:
१. कमल रिजाल, "मनु पनि वैदिक मन्त्रद्रष्टा ऋषि" गोरखापत्र अनलाईन http://gorkhapatraonline.com/news/40668
दिदि नमस्ते हजुरको यो सान्दर्भिक लेख मैले स्रोत खुलाएर मेरो बलग्मा राख्ने अनुमति मागे..कृपया समय मिलाएर लिंकमा भिजिट गर्दिनुहोला http://alldalit.blogspot.com/2014/01/blog-post_6683.html#.UtN2-Puo1TQ
ReplyDeleteYou are most welcome to learn and share dear brother since it is all about sharing and learning to grow and move on as per time and human mind advancement changing and challenging oneself.
Deleteआफ्नो सोच विचार बदलौ, जीवन र जगत् परिवर्तन गरौ | जसले बाहिर हेर्ने गर्छ उसले सपना देख्छ | जसले आफु भित्रि हेर्ने गर्छ उ अज्ञानताको अन्धकारबाट बिउझिने गर्छ |
ReplyDeleteसमस्या भनेको हामी भित्र छ बाहिर होइन |
नकारात्मक परिस्थितिमा सकारात्मक सोच विचार राख्नु नै सबै भन्दा बहादुरी र साहसीपन हो हामी मानवको |
कुनै पनि दुख, पिडा, कष्ट, चाप, ताप, दवाव बिना प्रकृतिको नियम अनुसार सुन्दर वस्तुहरुको निर्माण भएको पाईन्दैन |
त्यसैले कुरा बुझ्ने कोसिस गरौ |
मनमा शान्ति लिने प्रयत्न गरौ आफुले आफैलाई चिन्दै, माया र सहयोग गर्दै |
तपाई हामी रहे पो सबै कुरा हेर्न, देख्न, र गर्न पाईन्छ |
so the character you mentioned is nothing and the story too...
You are absolutely right but we've to learn to understand what is governing our mindset because everything is about our mind and thought that is making hell of our lives and society. Unless and until we don't recognize what is governing our mindset then we won't know what is right or wrong to think. Mindset is a simple idea discovered by world-renowned Stanford University psychologist, Professor Carol Dweck in decades of research on achievement and success—a simple idea that makes all the difference. Teaching a growth mindset creates motivation and productivity in the worlds of business, education, and sports.
DeleteSimilarly, as the German philosopher Arthur Schopenhauer said, "a man cannot serve two masters, so it is either reason or the scriptures." And realizing that all of the scriptures of all the competing and various "revealed" religions were written by men, for their own use and benefit we have to learn to think out of box for the sake of humanity and prosperity of everyone without being prejudice and sentimental. Human ideology is everything that shaped human mind we've to learn to understand this and we've to learn to make our mindset growth rather than fixe that don't entertain challenge and change as per time. This is the main problem that we have in our part of the world that is why we even in this 21st century 5th most modern slavery in Nepal in the world, 4th highest in India and 3rd in Pakistan as the Global Slavery Index published last year shows.
We have all kinds of problems such as massive gender based discrimination, racism and casteism that are based on the law of manu, Manusmiriti.
Therefore unless and until we don't change and challenge our mindset thinking constructively towards positive for the sake of humanity nothing gonna happen in this world since everything is created from our mind as Buddha said "We are what we think and we make our world from our thoughts" and as William James, the Father of Psychology of USA said "Our belief creates the actual reality."