Friday 13 October 2017

मनोभ्रम र अशान्तिबाट छुटकारा पाउने दुई पृथक मार्ग बीच प्रमुख भिन्नता

मनोभ्रमबाट छुटकारा पाउन त्यति सहज छैन जसको लागि निकै कसरत गर्नू पर्छ स्वयं तपाई हामीले | जे देख्छौँ, सुन्छौ र हेर्छौ त्यो प्राय सत्य, तथ्य र यथार्थ नै होइन | तर जे देख्दैनौ र सुन्दैनौ सोहि प्राय सत्य, तथ्य र यथार्थ हुन्छ |
अध्यात्मिक (Spiritual) हुनु, धार्मिक (Religious) नहुनु भन्ने मेरो आफ्नो बुझाई सहितको मान्यता हो किन कि अध्यात्ममा मनमा शान्ति (Peace) मिल्छ मुसु मुसु हास्न पाइन्छ दया माया करुणा भाव उत्पन्न हुन्छ मनोडर भय मुक्त हुन्छ मनमा भने धर्मात्ममा क्रान्ति /अशान्ति (Piece) मिल्छ, ठुसु ठुसु रिस उठ्छ क्रोधी भाव मनोडर, भय चिन्ता पिर लोभ लालच उत्पन्न हुन्छ मनमा जुन विश्व मानव समाजको साथै तपाई हाम्रै दैनिक जीवन र जगतमा देखेका र अनुभूति गर्दै आई रहेका छौ | तर धार्मिक बन्न सजिलो छ किन कि कुनै वैचारिक आस्था र विश्वासको ज्ञानलाई आर्जन र धारण गरियो धार्मिक बनियो अरुलाई देखाउन र आत्म सन्तुष्टिको लागि मठ मन्दिर धायो पुजा आजा प्रथाना गर्यो, बलि दियो सकियो | बारम्बार सोहि दोहोर्यो नमरुन्जेलसम्म र मरेर गई सके पछि सोहि पुन भावी सन्ततिहरुले गर्दै जाने गर्छन युगौ युगौसम्म | यो हुल र भिड मनोविज्ञानको मार्ग हो सत्य, तथ्य र यथार्थ भन्दा पनि विश्वासी अनुयायीहरुको जमातको ज्ञान र भक्ति मार्ग हो शक्ति र समृद्धको लागि समाजमा देखाउनको लागि |
तर अध्यात्मिक बन्न चाही त्यति सहज छैन | निकै कठिन छ किन कि अध्यात्मिक बन्न पहिले ज्ञान आर्जन गर्यो | तत्पश्च्यात आर्जेको ज्ञानलाई व्यवहारिक रुपमा स्वयंमा अभ्यास गर्न ध्यान मार्गमा लाग्नु पर्छ जसको लागि मेहेनत र समय लगानी गर्नु पर्छ, देखावटी रुपमा केहि हुन्न सबै भित्री रुपमा हुन्छ, कसैले देख्दैन आफुले गरेको ध्यानको अभ्यास, मात्र अनुभूति गर्न सकिन्छ | भावी सन्ततिहरुमा हस्तान्तरण गर्न त्यति सहज छैन किन कि स्वयंले प्रयोगात्मक अभ्यास गर्नु पर्ने हुन्छ | यो सत्य, तथ्य र यथार्थ र मानव भई जन्म लिनु र बाच्नुको अर्थ खोज्ने अरुलाई दुख कष्ट दिने भन्दा पनि सहनु नकहनु भन्ने मुक्तिको मार्ग हो जुन प्राय एक्लै हिड्नु पर्ने हुन्छ, हुल र भिड मनोवैज्ञानिक शिकारबाट मुक्त हुने मार्ग हो | यसमा शान्ति मिल्छ मनमा र समृद्ध मिल्छ तनमा |
राजकुमार सिद्धार्थ गौतम जो आफ्नो बुद्धुपनबाट छुटकारा पाउने ज्ञान र ध्यान मार्ग लागि ६ वर्षको अथक प्रायस पश्च्यात उनलाई बोध भयो सम्पूर्ण मानवको दुख कष्ट पिडाकू मूल कारण र त्यसबाट मुक्ति हुने मार्ग जसलाई बुद्ध मार्ग भनेर चिनियो सो अध्यात्मिक मार्ग हो | तर प्राय बुद्ध मार्गीहरु विगत कयौ वर्ष सायद शंकराचार्य र नालन्दा विश्व विधालयको ब्राह्मण बुद्ध भिक्षु, पदमसम्भव (गुरु रिन्पोच्छे) को पाला, ८ औ शताब्दी देखि धार्मिक बन्ने मार्गमा हिड्न थालेको पाइन्छ कर्मकाण्डी पुजापाठ, मठ मन्दिर धाउने आदि परम्परागत अभ्यासमा लागि विशेषत नेपाल र हिन्दुस्तानमा |
अध्यात्मबाद र धार्मिकबाद उस्तै उस्तै लागेता पनि घोडा र गधा मिसिएर जन्मेको खच्चड झैँ हो | फरक छुट्याउनु सक्नु पर्छ कुन घोडा, गधा र खच्चड हो भनेर | त्यस्तै गरी भेडा, च्यांग्रा र बाख्रा पनि एकै देखिन्छ कतिपयको लागि | शुद्ध दुध र पानी मिसाएको दुध पनि हेर्नुमा केहि फरक हुन्न | तर फरक त अवश्य छ ती तीन जनवार र पानी हालेको दुध र शुद्ध दुधमा | हो त्यस्तै हो अध्यात्मिक र धार्मिक मा पनि हेर्नुमा उस्तै उस्तै देखिन्छ तर फरक अवश्य छ सत्य, तथ्य र यथार्थ बुझ्ने र भ्रमबाट छुटकारा पाएकाहरुलाई |
कुरा बुझ्नु मुसु मुसु हास्नु नत्र भेडो झैँ बा बा कराउदै बथान तिर हिड्नु हुलले जे गर्छन सोहि भुल गर्न |

एक जना फेसबुक मित्र, चन्द्र मगर जीले मेरो उक्त लेख अध्धयन गरे पछि आफ्नो प्रतिकृया यसरी राख्नु भयो:
"अध्यात्मिक र धार्मिक बिच फरक त हुने नै भो। धर्म अनुसार धार्मिक हुनु भनेको पहिल्यै स्थापित गरेका मान्यतालाई कायम दिएर पालना गर्नु हो। तर अध्यात्मिक हुनु भनेको धर्म वा बिश्वास माथि पुन: अध्यायन गरेर नयाँ बिचारको साथ अघि बढ्नु हो। पहिला बुद्ध पनि हिन्दु धर्म र परिस्थतिका अध्यात्मिक गुरु थिए। तर पछि तिनका ति बिचारलाई पालना गर्ने गरी बुद्ध धर्मको बिकास भएको हुनुपर्छ।"

उनको बुझाईमा केहि तथ्यपरक भएता पनि पूर्ण रुपमा तथ्यमा आधारित नभएकोले यसरी प्रष्ट पर्ने गरी मैले आफ्नो प्रतिकृया यसरी प्रस्तुत गरे फेसबुकको कमेन्टमा:
"हिन्दुस्तानको धार्मिक र अध्यात्मिक ऐतिहासिक घटनाक्रम अध्धयन गर्ने हो भने हिन्दु भन्ने धर्म वा जीवन शैली मात्र ९, १० औ शताब्दीमा स्थापित भएको पाइन्छ जब कि राजकुमार सिद्धार्थ गौतम परिनिर्वाण भएको करिब १००० वर्ष नै भई सकेको थियो | राजकुमार सिद्धार्थ गौतमको पालामा दुई धार्मिक र आध्यात्मिकबादको मार्ग थिएछ १. वैदिकवादको अपभ्रंश रुप ब्राह्मणबाद र २. स्रमणबाद जस अन्तर्गत महाबिरको खोज मार्ग जैन धर्म मार्गमा | राजकुमार गौतमले दुवै मार्ग सिके धारण गरे | तर कालान्तरमा चित्त नबुझेर आफ्नै मार्गमा लागे पश्च्यात आफ्नो मनको बुद्धुपनबाट छुटकारा पाउने आफुलाई बोध भएर स्वयंलाई बुद्ध घोषणा गरेको ऐतिहासिक प्रमाण भेटिन्छ | त्यसैले बुद्ध पनि हिन्दु थियो वा सो मार्गमा लागेका थिए भन्नु भनेको हाम्रो बुझाईको सिमिता हो भन्ने पुष्टि हुन्छ | बरु हिन्दु धर्म चाही ब्राह्मणबाद र बुद्ध धर्मको मिश्रित रुप हो भन्ने पुष्टि चाही टन्नै छ |"

No comments:

Post a Comment