Friday 30 June 2017

महिला शक्तिको डरद्वारा निर्देशित र स्वचालित विचित्रको मानव संसार

कतिपय सामन्ती सोच भएका पुरुष वर्ग कति निच निर्दयी सोच्न सकेको होला महिला वर्ग प्रति | महिला /स्त्री वर्गलाई घरको काम काज गरेर बस्यो भने घर बुढि/ गृहिणी वा गृह लक्ष्मी भन्छ | तर पुरुष वर्ग घरको कामकाज गरेर बस्यो भने घर बुढा/गृह पति वा ग्रह लक्ष्मण भन्ने प्रचलन छैन् | यो विश्व भरकै प्रचलन हो | कस्तो विडम्वना होला !!
महिला र पुरुष वर्गले गर्ने कामको प्रकृति र स्थान अनुसार नै महिला पुरुष के, कस्ता हुन् भनेर लैंगिक विभेदपूर्ण शब्दको सृजना समेत गर्न भ्याएका छन् पढे लेखेका शिक्षित सभ्य उच्च वर्ग वर्ण जात का हु भन्ने सामन्ती भ्रष्ट मन, मनस्थिति र मानसिकता भएका कतिपय पुरुष वर्गहरुले | सायद यसो गर्नुको पछाडी उनीहरु प्रकृति गुण होला जस्तो बुझिन्छ किन कि उनीहरु जन्मसिद्ध कम्जोर हुन्छ शारीरिक, मस्तिष्क र भावनात्मक रुपमा | तर सामाजिक रुपमा मात्र उनीहरुलाई ससक्त, सबल र सक्षम हो भन्ने मनोवैज्ञानिक रुपमा तयार पार्दै आई रहेका छन् बाल्यवास्था देखिनै राजकाज शासन सत्ता घर, समाज र राज्यमा गरोस भन्ने हेतुले |
मैले पुरुषलाई जन्मसिद्ध कम्जोर छ भन्नुको मुख्य कारण उनीहरुको जैविक गुण नै त्यस्तो छ | उदाहरणको लागि महिलाको एक डिम्बभित्र एक शुक्रकिट प्रवेश गर्न लाखौ शुक्रकिटको आवश्यक पर्छ र ती लाखौको संख्यामा रहेको शुक्रकिटहरु एक आपसमा जुध्ने झैँ झगडा गर्दै तछाड र मछाड गर्छन | ती मध्ये एक शक्तिशाली मजबुत शुक्रकिटले ७२ घण्टा लामो संघर्ष गरी बल्ल तल्ल महिलाको डिम्ब भित्र प्रवेश गर्न सफल हुन्छ | त्यसरी बल्ल तल्ल लामो संघर्ष पश्च्यात महिलाको डिम्ब भित्र प्रवेश गर्न सफल भई भ्रुणको वृद्धि र विकास हुन् थाल्ने क्रममा पुन पुरुष भ्रुणहरु बढि जोखिम हुन्छ प्राकृतिक रुपमा गर्भ तुहिने | तर फेरी सामाजिक रुपमा चाही साम्प्रदायिक धर्मको अन्धविश्वासले गर्दा वैतरणी नदि तरेर स्वर्ग जान पुत्रको नै आवश्यकता हुने भएकोले गर्दा महिला/पुत्री भ्रुणको हत्या हिँसा गरी गर्भपतन गराउने गर्छन सोहि पढे लेखेका शिक्षित सम्पन्न, सक्षम, सबल र सर्वउत्कृष्ट वर्ण, वर्ग र जात भन्ने समुदायका दम्पतिहरुले | कस्तो पाखण्डीपन छ तिनीहरुको सोच र व्यवहार हरे | तिनीहरुलाई त प्रकृति माताले कहिल्यै न्याय, सुख, खुशी र शान्ति दिदैन भन्ने पक्का छ मानवताको लागि | जे होस् महिला वर्ग शक्ति, बुद्धि, शान्ति, स्वतन्त्रता, प्रेम, धन र न्यायको खानी भएकैले गर्दा हुनु पर्छ तत्कालिन युगमा पढे लेखेका शिक्षित सभ्य सबल सक्षम र सचेत हु भन्ने पुरुष वर्गहरुले लक्ष्मी (धनको खानी), दुर्गा (शक्तिको खानी), काली (अन्यायको विरोधी), सरस्वती (ज्ञान बुद्धिको खानी), अदालतको अघि राखिने मुर्ति "लेडी जस्टिस" (न्यायको खानी) र न्युयोर्क शहरको "स्ट्याचु अफ लिबर्टी" (स्वतन्त्रताप्रेमी) जस्ता परिकल्पना गरेर पुज्ने, मान्यता दिने गर्छन | तर गर्भमा रहेका जीवित भ्रुणलाई चाही छोरी पो रहेछ भन्दै वैधानिक रुपमा चिकित्सकको सहयोग लिएर भ्रुण हत्या हिँसा र गर्भपतन गर्ने साथै घर र समाजमा रहदै बस्दै आई रहेका जीवित महिला, छोरी, पुत्री, बुहारी, दिदि बहिनी, श्रीमती, प्रमिका आदिलाई बुद्धि नभएको, घरमै बस्छे कसै कुनै काम गर्दैनन् उनी घर बुढि/ गृहिणी हो भन्ने गर्दै होचाउने, मनोवल गिराउने गर्दै आई रहेका पाउछौ तपाई हाम्रो घर परिवार समाजमा |
यो पाखण्डीपन समाज निर्माण गर्ने सामन्ती सोच भएका मानव रुपी दानव पुरुष वर्ग नै हो जसले समाजको नीति निर्माण गरी लाद्ने गर्दै आई रहेको छ व्यवहारिक रुपमा अभ्यास गर्न अनेक डर धम्कि दिदै चाहे साम्प्रदायिक धर्मको नाममा हो स्वर्ग र नर्क को परिकल्पना गरी चाहे नैतिकताको कुरा गरेर होस् महिला माथि थोपारेर | के नैतिकवान, सुशील र सभ्य महिला मात्र बन्नु पर्छ भन्ने छ? अनि पुरुषहरुले चाही जे गर्दा पनि हुन्छ आफ्नो रवाफ देखाउन? यदि छ भने कुन चाही विश्वव्यापी मानव अधिकारको घोषणा पत्रमा लेखेको छ देखाउनु सक्नु पर्यो र पुष्टि गर्नु सक्नु पर्यो मानवताको लागि |
नत्र पाखण्डी अति पुरुषबादी सोच मानसिकताद्वारा निर्मित सामाजिक मुल्य मान्यता हामी महिला वर्गहरुको लागि मान्य छैन किन कि यो मानवताबादी छैन् | छन त केवल सामन्तबाद दानावताबाद पुरुषबाद निहित सोचद्वारा निर्मित, संचालित, स्वचालित र निर्देशित छ आफ्नो व्यक्तिगत र पुराषार्थ प्रदर्शनको लागि |

No comments:

Post a Comment