Friday 17 June 2016

धार्मिक घरपरिवारमा हुर्के बढे पढेका बालबालिकाहरु तुलनात्मक रुपमा लोभ बढी र दान कम गर्ने हुन्छ

विभिन्न देशको अध्धयन अनुसन्धानबाट अब चाही पुष्टि हुदैछ है संस्थागत धार्मिक परम्परामा हुर्काएका बढाएका बालबच्चाहरु दयामाया कम हुने, लोभी र निष्ठुरी हुने र कम उदारवादी/दानी हुने र दण्ड सजाय दिनु पर्छ भन्ने भावना र दृष्टि बढी मात्र भएको पाईन्छ | त्यस्तै गरी उनीहरुमा कम मात्रामा समानुभूति र न्याय गर्न संवेदनशीलता हुन्छ भन्ने पुष्टि भई सकेको छ |
हालको अध्धयन अमेरिकाको छिगागो भन्ने विश्वविधालयले विश्वका ६ राष्ट्रहरु: क्यानडा, चीन, जोर्डन, टर्की, अमेरिका र दक्षिण अफ्रीकामा गरेका हुन् जसमा ५ देखि १२ वर्षका ११७० जना बालबालिका सहभागी गराएका थिए |
यस अध्धयनको साथै अन्य अध्धयनहरुको निष्कर्षबाट बुझ्न सकिन्छ कि "हामी बाहुनहरु लोभी हुन्छौ" भनेर किन भन्ने गर्छन कतिपय हाम्रा बाहुन समुदायमा हुर्केबढे पढेका साथी भाईहरु जसले कागको नाम आफै काट्छ भने झैँ उनीहरु स्वयं हामी बाहुन लोभी छौ भन्ने गर्छन कसैले भनोस नभनोस आफ्नैले आत्मसात गर्ने गर्छन | उनीहरुले भने झैँ अन्य समुदायका मानिसहरुले पनि अनुभव गरेका छन् उनीहरुसंग संगत गरेर, देखेर, हेरेर तुलनात्मक रुपमा अन्य समुदायको भन्दा बाहुन समुदाय व्यक्तिहरु लोभी हुन्छन भन्ने गर्छन साधारणतय | हुन् त लोभलालच भन्ने गुण प्राणी जगतमा हुन्छ | तर मात्रा कम र बढी कति छ/हुन्छ भन्ने मुख्य महत्वको विषय हो |
जे होस् सबैलाई राम्रो थाहा छ हिन्दुस्तान र नेपालमा अन्य समुदाय भन्दा बाहुन समुदाय अतिनै लिप्त हुन्छन संस्थागत धर्ममा किन कि हिन्दु भन्ने समाजमा अन्य समुदायका व्यक्तिहरु जतिसुकै वेद, पुराण, स्मृति, श्रुति, उपनिषेद, गीता आदि धार्मिक ग्रन्थ शास्त्रहरु अध्धयन गरेता पनि कुनै पनि हालतमामा उनीहरुले कर्मकाण्ड गर्न पाउदैन, बन्देज लगाईएको छ किन कि आफुले मात्र कर्मकाण्ड गर्ने नियम राख्नु भनेको आफ्नो समुदायको लागि मात्र आयआर्जन गर्ने क्षेत्र सुरक्षित राख्नु हो | त्यसै बाठोटाठो हुन्छ युगौ युगौ देखि अध्धयन अध्यापन गर्दै आएका व्यक्तिहरु आफ्नो भावी सन्ततिको कमाई खाने क्षेत्र कस्तो मज्जाले सुरक्षित राखी दिएका छन् आफ्नो पुर्खाको दुरगामी दृष्टिकोणले गर्दा |
हिन्दु धर्म बाहेक अन्य धार्मिक समुदायमा जो कोहि पण्डित पुरोहित धार्मिक गुरु बन्न पाउने र कर्मकाण्ड गर्ने प्रावधान छ जस्तै बौद्ध, ईसाई र ईस्लाम धर्ममा लागेका जुनसुकै समुदायकाहरु लामा, पास्टर, ईमाम बन्न पाउँछ | तर हिन्दु धार्मिक संसारमा बाहुन बाहेक कोहि पनि बन्न पाउंदैन पण्डित र पुरोहित कर्मकाण्डी धार्मिक पुजारी | मात्र बन्न पाउँछ त केहि सिमित मठमन्दिरका पुजारी जस्तै मनकामना, बुढा सुब्बा आदि मन्दिरमा मगर, लिम्बु जातिका पुजारी छन् |
बल्ल सत्य, तथ्य र यथार्थ उजागड हुदैछ हामी मानवको आनीबानी, आचरण र व्यवहार किन फरक फरक कसैमा कमि कुनै गुण र कसैमा बढी कुनै गुण सबै मानव जाति एक्कै भएता पनि प्राकृतिक रुपमा | मलाई मनोविज्ञान अतिनै मन पर्ने रोचक विषय हो किन कि मनोविज्ञानले मात्र प्रमाणित हुन्छ हामी प्राणीहरुको आनीबानी, आचरण र व्यवहार जुन नितान्त रुपमा महत्वपूर्ण हुन्छ मानव वा दानव कसरी बनिन्छ एक निर्दोष बालबालिका आफ्नो जीवन र जगतमा भन्ने पुष्टि गर्छ |

श्रोत सामाग्री

१. Dan Arel, 2015. Study finds that children raised without religion show more empathy and kindness - See more at: http://www.patheos.com/blogs/danthropology/2015/11/study-finds-that-children-raised-without-religion-show-more-empathy-and-kindness/#sthash.KqEeH4zC.dpuf

1 comment: