Monday 30 May 2016

नेपाली समाजमा तामाङ्ग समुदाय प्रति हेर्ने खस-आर्य समुदायको दृष्टि

तामाङ्ग भएर पनि कति बाठो !
तामाङ्गको छोरी पनि यस्तो पढे लेखेको !!
यो त तामाङ्ग होइन, तामाङ्ग को बाहुन हो !!!
यी यस्ता नश्लबादी र जातिवादी सोच, बुझाई, मन, मनस्थिति र मानसिकता बोकेका पढेलेखेका शिक्षित प्राय जसो हाम्रा खस-आर्य भन्ने समुदाय विशेषत बाहुन समाजका विद्वान, बुद्धिजीवी, विज्ञहरुमा पाईने गरिन्छ र मैले आजको दिनसम्म पनि सुन्दै आई रहेको अभिव्यक्तिहरु हुन् | 
म छक्क पर्छु उनीहरुको सोचाई, बुझाई, हेराई, देखाई र भनाई कति संकृण होला बाहुन समुदायका मानिसहरु मात्र जान्ने, सुन्ने, पढ्ने, लेख्ने र ज्ञान बुद्धि आर्जन गर्ने क्षमतावन हुन्छन | उनीहरु बाहेक यस विश्वमा अन्य कुनै पनि समुदाय, सम्प्रदाय, वर्ण, जाति र महिला वर्ग जान्ने, सुन्ने, पढ्ने, लेख्ने र ज्ञान बुद्धि आर्जन गर्ने क्षमतावन भएको हुन्न भन्ने अज्ञानता पूर्ण संकृण नश्लबादी जातिवादी मनुबादी बुझाई होला सुन्दै कति दयामाया लाग्दो दानवीय सोच होला !!! म त छक्क पर्छु बा !!! 
उनीहरु सोच्ने र बुझ्ने गर्छन तामाङ्ग समुदायका मानिसहरु भनेको गवाक, बुद्धु, लाटा, लठेप्रो, गजाग्रो, आदि हुन्छन | उनीहरुको बुद्धि विवेक हुन्न, चिन्तन मनन गर्दैनन् मात्र अरुले भनेको मान्ने आफ्नो मन, मस्तिष्क प्रयोग गर्न सक्दैनन् भन्ने बुझेका हुँदा रहेछन भन्ने तथ्य म स्वयंले आफ्नो जीवनकालमा अनुभूति र अनुभव हुदै आई रहेको छ विगत २० वर्ष देखि जब देखि म लागे ज्ञान मार्गमा आफुले आफैलाई सहयोग गर्न मानवताको लागि |
किन बुझ्दैनन् उनीहरु जात, वर्ण, लिङ्ग, नश्लले अध्धयन गर्ने होइनन | जो कोहि मनुष्यले अध्धयन गर्ने अवसर र वातावरण घर, परिवार, समाज र राज्यले सृजना गरी दिएमा सम्पूर्ण मनुष्य जाति जसलाई चेतनशील विवेकशील जाति भन्ने गर्छन उनीहरु सबै नै बाठो, टाठो, ज्ञानी, बुद्धिमानी, तार्किक, हुन् बन्न सक्छन र जतिसुकै उच्च स्तरको अध्धयन अध्यापन गर्न सक्छन भनेर ?
होइन हौ अज्ञानताले गर्दा मुर्खतापन को सिमा हुन्न भन्थे यस विश्वका विद्वान बुद्धिजीवी विज्ञहरुले हो रहेछ भनेर बुझ्ने अवसर मिल्छ उनीहरुको ती त्यस्ता नश्लबादी, जातिवादी मनुबादी अभिव्यक्तिहरु सुन्दा |
सर्वप्रथम प्राकृतिक रुपमा म एक उर्जा शक्ति हु मानव रुपमा र मानवको दुई लिङ्ग मध्येको म महिला हु न कि सामाजिक रुपमा जन्मदा खेरी लगाईएको जातीय (तामाङ्ग, राई, लिम्बु, मगर, नेवार, बाहुन, क्षेत्री, खस, जनजाती, मधेसी, थारु, कामी, दमाई, आदि) र धार्मिक (बुद्धिस्ट, हिन्दु, ईसाई, ईस्लाम, किरात, आदि) ट्याङ्ग | 
त्यसैले चेतना भया यस विश्वका जुनसुकै मानव जाति टाठो,बाठो, बुद्धिमानी, ज्ञानी, तिक्षण मन मस्तिष्क भएका हुन् र बन्न सक्छन पढ्ने, लेख्ने, उच्च स्तरको सोचविचार भएका व्यक्तित्वहरुसंग साठगाठ र संगत गर्ने अवसर र वातावरण प्राप्त भएमा मानवताको लागि दानावता स्वाहा पार्न |
जबसम्म मनुबाद नीति अनुसार विजारोपण गरिएको साम्प्रदायिक सोच र बुझाईमा जातीय /वर्ण कलंक स्वाहा हुन्न नेपाली विविध जातजातिको देश र समाजमा तबसम्म कहिल्यै हुन्न आहा हाम्रो देश एक सम्प्रदायले मात्र उच्च शिक्षा हासिल गरी आफु मात्र हालिमुवाली गरेमा राष्ट्रमा जुन हुदै आई राखेको छ विगत २४० वर्षदेखि मुलुकी ऐन १९१० अनुसार लादिएको नीति बमोजिम | सोहि कारणले गर्दा आज नेपाल विश्वमा अल्पविकसित गरीब भ्रष्ट राष्ट्रको रुपमा कहलिएको छ जुन प्रमाणित हुदै आएको तितो यथार्थ हो मानव विकासको सूचांक प्रतिवेदनहरुबाट |

No comments:

Post a Comment