Monday 30 May 2016

खस, आर्य र खस-आर्य शब्दको राजनीतिक कुटनीतिक चलखेल: विगत देखि वर्तमानसम्म नेपाली समाजमा

नेपालको संविधान २०७२ मा क्षत्री, बाहुन, ठकुरी र सन्यासी (दसामी) लाई एक साथ प्रतिनिधित्व गर्न प्रयोग गरिएको शब्द "खस-आर्य" को दुई शब्दको फरक फरक दुई अर्थ लाग्छ भनेर करिब ५०० जना ईमेल समूह जसमा सम्पूर्ण नेपालमा ठुला ठुला नेता र बुद्धिजीवी विज्ञ भन्ने समुहका व्यक्तिहरु छन् सो समुहमा एक जना मित्रद्वारा पोस्ट गर्नु भएको निम्न तथ्य मेरा सम्पूर्ण मित्रगणहरुलाई सेर गरेमा ज्ञान, चेतना बढ्छ अवसर मिल्छ भन्ने हेतुले यहाँ पोस्ट गर्ने अनुमति लिए आफ्नो अज्ञानताले गर्दा जो सुकै रिसाए, खुसाए पनि मलाई छु मतलब मानवताको लागि |






जे होस् सोहि क्रममा नेपाली वृहत शब्दकोषमा चाही के अर्थ लाग्दो रहेछ खस आर्य शब्दको भन्ने जिज्ञासा राख्दा निम्न अनुसारको शाब्दिक अर्थ लाग्दो रहेछ भनेर बुझ्ने अवसर पनि मिल्यो |
खस: १. रामायण महाभारत कालदेखि प्रसिद्ध तथा सातौ आठौ शताब्दी देखि पश्चिमी नेपालको विस्तृत पहाडी प्रदेश मा शासन गर्दै आएको वीरता र सभ्यता को निम्ति प्रसिद्ध एक प्राचीन जाति, खसान को बासिन्दा, खश | 
२. खसकुरा अर्थात् नेपाली भाषा बोल्ने बाहुन, क्षेत्री, कामी, दमाई, आदिको सामुहिक नाम |
३. प्राचीन क्षत्रियको एक जाति |
आर्य: १. उत्तम, श्रेष्ठ |
२. आदरणीय, मान्य | 
३. प्रगतिशील, उत्तम संस्कार युक्त |
४. उत्तम वा उदात्त चरित्र भएको मानिस |
५. सानाले ठुलालाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द | 
६. सभ्य मानिएको एक प्राचीन जाति |
खस-आर्य: कुनै अर्थ खुलाईएको छैन खस-आर्य शब्दको | तर खस-देश, खस-बाहुन, खस-प्राकृत, खस-बोलि र खस-भाषाको अर्थ चाही उल्लेख गरेको पाईयो |
नेपाली वृहत शब्दकोष मै उल्लेख नगरिएको जात/जाति २१ औ शताब्दीको नेपालको संविधानमा उल्लेख गर्नु कतिको बुद्धिमता होला स्पष्टिकरण दिदै खस-आर्य भन्नाले क्षत्री, बाहुन, ठकुरी र सन्यासी (दसामी) लाई हो भन्दै |
कति रच्नु सकेको होला शाब्दिक र भाषिक राजनीतिक चलखेल मान्नै पार्छ मन, मनस्थिति र मानसिकता यस विश्व समाजको दुई धार्मिक जातजातिहरु यहुदी र ब्राह्मणहरुको आम जनमानसहरुलाई थांगना सुताउन मुर्ख बनाउदै आफ्नो शासन, सत्ता र शक्ति युगौ युगौ देखि कायम राख्दै आउँन धार्मिक, शैक्षिक, राजनीतिक र आर्थिक चलखेल मार्फत कुटनीतिक प्रयोग गर्दै |
कुलीन वर्गीय यहुदी सत्ताधारीहरु प्रयोग गर्ने गर्छन ईसाईबादिहरुलाई आफ्नो स्वार्थपूर्ति गर्न अनि हाम्रो मुठ्ठी भरको कुलीन वर्गीय सत्ताधारी बाहुनहरुले चाही प्रयोग गर्दै आई रहेका छन खस क्षेत्रीहरुलाई आफ्नो स्वार्थपूर्तिको लागि उनीहरुको अंग रक्षक बन्दै आफ्नै पुर्खौली पहिचान संस्कार, संस्कृति, धर्म स्वाहा भएको अत्तोपात्तो नपाई विचारा खसहरुको अज्ञानता होला उनीहरुको |
मुलुकी ऐन १९१९ अनुसार तागाधारी जनै लगाउने समूहमा पनि तहगत रुपमा उल्लेख गरेको रहेछ हालको खस-क्षत्री भन्ने समुहलाई |
तागाधारी जनै लगाउने समुहु अन्तरगत सबै भन्दा उप्पलो र तल्लो स्तरमा क्रमिक रुपमा यसरी उल्लेख गरिएको रहेछ |
१. ब्राह्मण (पर्बतिया)
२. ठकुरी (शाहीखलक /राजकीय)-पर्बतिया 
३. क्षत्री (पर्बतिया)
४. सन्यासी 
५. राजोपाध्याय ब्राह्मण (देव भाजु)
६. मधेसी ब्राह्मण (इण्डियन ब्राह्मण)
७. सन्यासी (पर्बतिया) 
८. जैसी ब्राह्मण (पर्बतिया) 
९. नेवार हिन्दु: श्रेष्ठ र जोशी
किन ठकुरी नै राजामहाराजा हुनु पर्छ भनेर २०७३ साल जेष्ठ १० गतेको अन्नपूर्ण पोस्टमा हिन्दुवादको महान गुरु स्वामी कमलनयनाचार्यको मनोभाव उल्लेख  गरेका थिए, 'हिन्दु धर्मको रक्षाका लागि राजतन्त्र फर्काउनुपर्छ' / 'ठकुरीको छोरालाई राजा बनाएर राजसंस्था ल्याउनुपर्छ' |यसको राज मुलुकी ऐन नै हो भन्ने बुझिन्छ जुन तितो तथ्य र यथार्थ हो यी उल्लेखित मनुबाद नीति अनुसार निर्माण गरेको मुलुकी ऐन | गर्ने भन्ने हनुमान (खस क्षेत्री) अनि पगेरी गुड्ने डेडु भनेको यहि हो सत्ताधारी शासक शोसक मन, मनस्थिति र मानसिकता भएका दानवीय प्रवृति भएका व्यक्तिहरुको |
नश्लबादीहरु (Racists) प्राय जसो किन हामी गोरा/ सेता उच्च जाति हौ भन्ने कोकेशियान जाति समुहका नाक चुच्चा गोरा व्यक्तिहरु नै हुन्छ | यसको राज के होला ? 
के कोकेशियान जातिका मानिसहरुको डी.एन.ए. जिन नै त्यस्तो हो कि के हो ? 
किन कि दक्षिण एसिया विशेषत हिन्दुस्तान र नेपाल अनि पश्चिमी मुलुकहरु विशेषत यू.के., अमेरिका, जर्मनी (हिटलरको सन्तान र सहयोगी) आदि देशका गोरा जात कोकेशियान मुलका मानिसहरुले आफूलाई आर्य हौ, सबै भन्दा मानव जातिका उच्च वर्ग/जात/वर्णका व्यक्ति हौ भन्दै काला, गहुँ गोरा, पहेला छालाको वर्ण भएका मानिसहरु माथि विश्व भर नै अन्याय, अत्याचार, शोषण, दमन, दासत्व, बहिस्कार, तिरस्कार, छिछि दुर दुर, थिचोमिचो आदि गर्दै आई राखेका छन जुन विश्व ईतिहासबाट प्रमाणित तथ्य हो |

No comments:

Post a Comment