Sunday 1 May 2016

समानताको स्वरूप: राजनीतिक र सामाजिक (Equality: Political and Social)

हवार्ड विश्व विधालयको विश्व प्रसिद्ध विचारक तथा प्रयोगात्मक मनोवैज्ञानिक, स्टिभीन पिंकरको भनाई अनुसार समानता राजनीतिक समानता र सामाजिक समानता दुई फरक समानताहरु हुन्छन् |

उनको भनाई अनुसार "राजनीतिक समानता भनेको राज्यले आफ्नो जनताको लागि संविधानमा सुनिश्चित गरिने अपरिहार्य, अविच्छेद्य र अहस्तान्तरणीय अधिकार जुन जीवन, स्वतन्त्रता र खुशी को खोज/लक्ष्यसंग सम्बन्धित छ |

यस्ता अधिकारहरुको मान्यता दिनु/पहिचान गर्नु भनेको मानिसहरु पृथक वा विविध छन् हरेक आधारमा भन्नेमा विश्वास वा मान्यता राख्दैन |"

उक्त भनाईबाट के प्रष्ट बुझिन्छ भने राज्य /सरकारको आँखामा प्रत्येक नागरिक, जनता र मानव समान हुन् | त्यसैले कुनै विभेद गर्न मिल्दैन सामाजिक रुपमा निर्मित संस्कार, संस्कृति, भाषा, लैंगिक, वर्ण, धर्म, जातजाति र भौगोलिक क्षेत्रमा रहनेबस्ने आधारमा भन्ने प्रष्ट हुन्छ |

सामाजिक समानता भनेको श्रोत र साधनको पहुँच र नियन्त्रणसंग सम्बन्धित अधिकार हुन् जुन राज्य, सरकार, शासक, शोसक वर्गले आफ्नो अज्ञानताको मनोडर त्रासको कारणले गर्दा एकपक्षीय एकाद्त्मक नीति निर्माण गरी लाद्ने गर्छन | जस्तै नेपालको सन्दर्भमा भन्नु पर्दा राणाकालिन राज्य व्यवस्थापन प्रणाली ताका जंग बहादुर राणाको पालामा मुलुकी ऐन नामक नीतिनिर्माण गरेर ऐतिहासिक कालखण्डमा राज्य/सरकारले असमान र अन्यायपूर्ण एकाद्त्मक- एक धर्म/संस्कार/संस्कृति, एक जात/वर्ण, एक भाषा, एक पोशाक नीति निर्माण गरी पक्षपाती रुपमा नेपाल भूगोलको ठुलो संख्यामा रहेका नागरिक, जनता र मानव जातिलाई उच, निचको दर्जामा वर्गीकरण गरी बहिस्कृत, तिरस्कृत र घृणित व्यवहार गर्दै शोषक शासक वर्गले आफ्नो धर्म, संस्कार, संस्कृति, भाषा र भेषभुषा जबरजस्ती लादेर मनुबादी हिन्दुवादी बनाए आम हिमाल र पहाडमा बस्ने जनजातीहरुलाई जसको कारण आज आएर उनीहरुले आफ्नो गुमेको मौलिक सामाजिक पहिचान /समानताको साथै राजनीतिक समानताराज्य पक्षबाट माग्दै आई रहेका छन् मानवताको लागि राज्य पक्षबाट राजनीतिक रुपमा गरिएको अन्याय विरुद्ध |

सोहि अनुसार विगतको पंच्याती राज्य व्यवस्थापन प्रणालीको शासक शोसक र सरकारले तराई भेगमा रहदैबस्दै आएका "हामी मधेसी हौ" भन्ने समुदायहरुलाई धार्मिक र संस्कृति रुपमा विभेद नगरेता पनि उनीहरुलाई भाषिक, भेषभुषा, प्रशासनिक क्षेत्रको साथै प्राकृतिक श्रोत र साधनको पहुँच र नियन्त्रणबाट बन्चित गर्नुको साथै राजनीतिक असमनताको पनि शिकार हुनु पर्यो | त्यसैले आज उनीहरुले पनि आफ्नो गुमेको सामाजिक अधिकार, समानता र पहिचान सहितको न्यायको माग गर्दै आई रहेको छ राज्य पक्षबाट मानवताको लागि |

दलित समुदायको माग पनि सामाजिक न्याय नै हो उनीहरुमा एकदात्मक नीतिको सिकार नभएता पनि उनीहरुलाई सामाजिक र राजनीतिक असमानतामा अतिनै तुक्ष्छ रुपमा लादेर उनीहरुलाई अमानवीय व्यवहार गरियो राज्य पक्षले जसको शिकार आज्सम्म पनि उनीहरु सम्पूर्ण जातजातिको घृणा, तिरक्सर, बहिस्कार, अन्याय अत्यचार सहेर बस्नु परेको छ |

कर्णाली भेगका खसहरुलाई पनि सामाजिक र राजनीतिक समानता हर रुपमा अन्याय गरेको देखिन्छ उनीहरुको आफ्नो मौलिक पहिचान स्वाहा पारेर मुठ्ठी भरका सिमित कुलीन घर्निया हिन्दुस्तानबाट मुस्लिमहरुको डरत्रासले आफ्नो ज्यान बचाउन भागेर आएर सामन्ती शासक शोसक वर्गले राज्यस्तरबाट लादिएको सामाजिक असमानताको कारणले गर्दा आज कर्णाली देशकै अतिनै विपन्न क्षेत्र रहेको छ जुन क्षेत्र एकताका नेपालको भूगोलको गरिमा बोकेको थियो ऐतिहासिक कालखण्डमा |

महिला वर्गलाई पनि राज्य पक्षले गरेको मुख्य अन्याय भनेकै राजनीतिक असमानता हो जसको कारण उनीहरु पनि सामाजिक असमानताको शिकार हुनु पर्यो |

त्यसैले जसले समानता के हो भन्ने बुझेको छैन उनीहरुले मात्र तगारो हाल्छ र ढाल अनि प्रष्ट रुपमा देखिने कुलीन घर्नियाको मुठ्ठी भरको मति भ्रष्ट शासक, शोसक र सरकार/राज्यको भरौटे भई विरोध गर्ने गर्छन सामाजिक र राजनीतिक समानता व्यवहारमा देख्ने चाहने सचेत, सजक, शिक्षित र ससक्त नागरिकहरुको आफ्नै अज्ञानताले गर्दा मानवताको साथ दिनु भन्दा दानावताको साथ, हात दिने गर्छन मुर्ख मनुवाहरु |

No comments:

Post a Comment