Tuesday 16 March 2021

भोटे शब्दको रुपक (metaphorical) संज्ञात्मक नै खतरा: मानवशास्त्रीय तथा समाजशास्त्रीय दृष्टिकोणद्वारा विश्लेषण

चिम्सो आँखा थेप्चो नाक हुने भोटेहरुको जे पनि खतरा नै हुने रहेछ तथ्यगत विश्लेषण गर्दा | 

लहै विचारविमर्श गर्नुहोस्, जान्नुहोस बुझ्नुहोस् सबै परिवर्तन गर्नुहोस् श्रीमती र आफ्नो सन्तान बाहेक भनि सल्लाह सुझाव दिएको चिम्सो आँखा थेप्चो नाक भएको कोरियन धनाढ्य व्यापारी भोटे, ली कुन्-हे ले जो स्यामसुङ्ग कम्पनीको अध्यक्ष पनि थिए अहिले चाही यस धर्तिबाट विदा भई सकेका रहेछन गतसाल नै |

नेपाली खस आर्य र नेवारहरुले नेपालमा त्यस्तै भोटेको रुपक (metaphorical) संज्ञात्मक रुपमा गुणगान गाएका होइनन् रहेछ निम्नानुसार |
  • भोटे ताल्चा बलियो ताल्चा, 
  • भोटे (भालु) कुकुर ठुलो डरलाग्दो रिसाह प्रवृतिको तर नभुकी टोक्ने, 
  • भोटेको बच्चा स्वस्थ बलियो रातो पुक्क परेको गाला, 
  • भोटे ग्लास ठुलो ग्लास, 
  • भोटे नुहुवाई-धेरै समय लगाएर भित्रि बाहिरी शुद्ध सफा हुने गरी मिची मिची फोहोर मैला फ्याक्ने, 
  • भोटे कोशी-भोट (तिब्बत) मा मुहान भएको नदि भोटे कोशी र भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको पनि खतरा नै मान्दा ठान्दा रहेछन |
त्यसै उच्च हिमाल क्षेत्र भोट (तिब्बत) अवस्थित कैलाश पर्वत मान्सरोभर भोटे शिव जी को लिङ्ग पुज्ने र मान्ने प्रचलन, प्रथा र परम्परा स्थापना गरेका होइनन् रहेछ हिन्दुस्तानको सप्त ऋषिमुनिहरुको सन्तानले शिव पुराण नै रचेर सोचेर लेखेर | 

ब्रह्म पुत्र नदि पनि भोटमै रहेछ मुहान | 

निश्चित रुपमा ब्रह्म ज्ञान पनि भोटेबाटै प्राप्त भएको हुनु पर्छ भन्नेमा कुनै शंका उपशंका छैन |

तर तथ्य गहन, गहिरो र गम्भीर रुपमा सोच खोज् गर्नु पर्ने हुन्छ मौखिक कथ्य जुन लिप्पीबद्ध गरेको पाइन्छ साहित्यक रुपमा सोलाई सहि सत्य र यथार्थ रुपमा पुष्टि गर्न जसरी उल्लेखित तथ्यगत नेपाली समाजको समसामयिक विषयवस्तुहरुको घटना परिघटना, बोलि वचन र व्यवहारहरुको विचारविमर्श विवेचना र विश्लेषण र संश्लेषणद्वारा पुष्टि हुन्छ भोटेको रुपक (Metaphorical) अर्थ के हो भनि नेपाली समाजमा | गोरा जातिहरुले चाही श्रीमती कति चाडै र धेरै फेर्ने गर्छन | 

नपत्याए हेर्नुहोस् त पश्चिमा मुलुकहरुमा पारिवारिक सामाजिक बनोटको संरचना कस्तो पाउनु हुन्छ | बच्चाहरु पनि धर्म पुत्र र धर्म पुत्रीको नाममा लिने प्रचलन छ आफ्नो सन्तान हुँदा हुँदै त्यसरी धर्म पुत्र, धर्म पुत्री बनाउनुको अर्थ के हो? तर भोटेहरुले हतपत श्रीमती फेर्ने गर्दैनन् रहेछ भनि उनीहरुको विगतदेखि वर्तमानलाई गहन, गहिरो र गम्भीर रुपमा सोध खोज गरेमा स्पष्ट हुन्छ | त्यसैले भोटेहरुको ३-४ जना दाजुभाईको एक श्रीमती हुने प्रचलन, प्रथा र परम्परा स्थापना गरेका होइनन् जुन हिन्दुस्तानी पाँच पाण्डव दाजुभाईले पनि सिको गर्दा उनीहरुको राज्यसत्ता नै स्वाहा भयो | 

अरुको नक्कल के गर्ने नगर्ने होस् पनि जान्नु बुझ्नु पर्छ है गहन, गहिरो र गम्भीर रुपमा मानवशास्त्रीय र समाजशास्त्रीय गहन, गहिरो र गम्भीर रुपमा सोच खोज गर्दै विश्लेषण र संश्लेषण गर्नु पर्छ देश, काल र परिस्थिति अनुसार चलन सिक्नु जान्नु बुझ्नु पर्छ तब पो सफल भइन्छ जीवन र जगतमा मानवताको लागि | 😁😁😁

No comments:

Post a Comment