आज बिहानै अस्ट्रेलिया निवासी एक भाईले, तामाङ्ग डाटाबेशमा कसैले "हाम्रो तामाङ समुदायपछि पर्नुको कारण अशिक्षा कि जाडरक्सी?" भनी प्रश्न गरेको छ । तपाईले ऐतिहासिक तथ्य सहित त्यसको प्रतिउत्तर दिन सक्नु हुन्छ जसले गर्दा सम्पूर्ण तामाङ्ग समुदायका मानिसहरुलाई जानकारी होस् ।" भन्दै मेसेज पठाएको रहेछ । उनको त्यस्तो अनुरोध प्रति मैले भने म हेर्छु कसले के लेखेको रहेछ अनि सो बारेमा विचार गरौला भनेर प्रति उत्तर लेख्न भने ।
आज भन्दा करिब २०-२२ वर्ष अघि मेरो मनमा पनि त्यस्तै जिज्ञासा जागेको थियो तामाङ्ग समुदायको बारेमा सुन्दा जब म मानसिक अस्पतालमा तालिम लिन भनी २०५२ सालमा कोशी अञ्चल अस्पतालबाट आएको थिए तब आशा दिप नेपाल नामक एक गैरसरकारी संस्था जहाँ मानसिक रोगिहरुको पुनर्स्थापनाको लागि राख्ने गर्थे त्यहाँबाट पुनर्स्थापना गरी केहिहदसम्म बेसेक भएका मानसिक रोगिहरुलाई उनीहरुको घरपरिवारमा हेर्न जाने क्रममा काभ्रे जिल्ला जाँदा त्यस संस्था कार्यरत एक व्यक्तिले भने, "काठमाडौँ उपत्यका वरिपरि बसोबास गर्ने तामाङ्ग समुदायहरुको जसको जस्ताको छानो भएको घर छ उनीहरुको छोरी चेलीहरु सबै बम्बैमा छ, वेश्यावृति गर्छ, तामाङ्ग समुदायमा छोरी जन्मदा खुशी हुन्छन अनि छोरा जन्माउदा दुखि हुन्छन ।"
उनको त्यो भनाई सुनाउदा म चकित परे कस्ता अमानवीय दानवीय सोच र प्रवृतिको मानिस मानिसहरु रहेछन काठमाडौँ उपत्यका वरिपरि बसेर पनि शिक्षा, सभ्यता र अज्ञानताको शिकार भई आफ्नै छोरीचेली बिक्री गर्ने पैसाको लागि भनी । त्यस्तै गरी जब पुन २०५३ साल महिला पुनर्स्थापना केन्द्र (ओरेक) मा नोकरी गर्न काठमाडौँ आए तब त्यस्तै सुनियो र तत्कालिन समयमा करिब १२० जना नेपाली चेलीहरु बम्बैको वेश्यालयबाट उदार गरी नेपाल फर्काए उनीहरु मध्ये अधिकांश तामाङ्ग समुदायका चेलीहरु थिए । जस मध्ये मैले करिब २० जनालाई पुनर्स्थापनाको कार्य गर्नु पर्ने जिम्मेवारी लिएको थिए । ती चेलीहरुको आफ्नो अनुभवजन्य भोगाईहरुबाट पनि त्यस्तै बुझियो । कतिपय आफ्नो गाउँले साईनो पर्ने नातेदारहरुको ललाई फकाईमा परी बिक्री भएका रहेछन भन्ने तथ्य बुझियो । त्यस पछि मनमा गहन र गम्भीर रुपमा प्रश्न तेर्सियो किन तामाङ्ग समुदाय बत्ति मुनिको अँध्यारो झैँ छ, किन उनीहरु अशिक्षित र अज्ञानी छन्, किन उनीहरु विपन्न र असभ्य छन् भनी ।
तर यी यस्ता मेरो मनमा तेर्सिएको प्रश्नहरुको जवाफ मैले आफ्नो विधावाराधि गर्ने क्रममा मात्र बुझ्ने अवसर प्राप्त गर्ने जब आफ्नो विधावाराधि गर्ने विषयको एक अंश "महिला र पुरुषमा लिङ्गको आधारमा विभेद किन छ र कहाँबाट उत्पन्न भएको हो सो विभेद" भनी सत्य, तथ्य र यथार्थ बारेमा जडजरा बुझ्न खोज्दा सम्पूर्ण अन्य विभेदहरु जस्तै वर्ण, वर्ग, जात, उत्पति, धर्म, संस्कार, भाषा, आदिको विभेदको बारेमा समेत बुझ्ने अवसर प्राप्त भयो ।
जे होस् "हाम्रो तामाङ समुदायपछि पर्नुको कारण अशिक्षा कि जाडरक्सी?" भनी जसको मनमा जिज्ञासा राखी सार्वजनिक रुपमै सामाजिक संजालमा सत्य, तथ्य र यथार्थ बुझ्न आफ्नो मनमा तेर्सिएको प्रश्नहरु खुलेर व्यक्त गर्नु भनेको सम्बन्धित प्रश्नकर्ताको ज्ञान र चेतनाको स्तर उच्च रहेछ भनेर बुझ्न सकिन्छ । किन कि प्रथम त हतपत मानिसहरुमा मनमा त्यस्तो खासै जिज्ञासा आउदैन र कसै कसैमा जिज्ञासा आई हालेता पनि वेवास्ता गर्ने गर्छन सो बारे सत्य, तथ्य र यथार्थ बुझ्न अग्रसर हुन्न ।
कुनै पनि विधमान समस्याको जड जरामा गई सत्य, तथ्य र यथार्थ के हो भनी बुझ्न जिज्ञासु हुनु नै पर्छ । नत्र सतही/धरातलीय ज्ञान आर्जन गरी समस्याको मूल जड/जरा उखालेर फ्याक्नु भन्दा समस्याको हाँगाविगाहरु मात्र काट्न जोड दिने गर्छन जसबाट पुन समस्या बारम्बार उब्जी रहन्छ जसरी खेतबारीमा कुनै पनि विनासकारी झारपातहरुले अन्नबालि (धान, मकै, कोदो, सागसब्जी आदि) लाई राम्रो/स्वस्थ रुपमा उम्रोस/फलोस भन्ने हेतुले गोडमेल गरी अन्नबालि नाश गर्ने हानिकारक झारपातहरुलाई केलाई केलाई त्यस्तो झारपातको जराबाटै उखालेर फाल्ने गर्छौ त्यस्तै गर्नु पर्ने हुन्छ ।
तामाङ्ग लगायत थारु, चेपाङ्ग समुदाय मानव विकासको सूचांकहरु जस्तै आर्थिक, शैक्षिक र राजनीतिक रुपमा अन्य समुदायहरु विशेषत: खस आर्य, नेवार, राई, लिम्बु, गुरुङ्ग, शेर्पा, मगर आदि भन्दा पछाडी पर्नुको प्रमुख
कारण झट्ट सतहीमा हेर्दा अशिक्षा र जाडरक्सि नै जस्तो लागेता पनि वास्तवमा त्यो त समस्याको हाँगाविगा मात्र हो ।
समस्याको मूल जड जरा भनेको राज्यले गरेको ऐतिहासिक विभेद हो नीति ऐन कानून नै निर्माण गरी रणनीतिक र सुनियोजित रुपमा विगतमा पृथ्वी नारायण शाह र उनको बुबा, नर भुपाल शाहको गोर्खा फौजीलाई दुई दुई
पटक नुवाकोटे तामाङ्गहरुले हराएकै कारणले गर्दा पनि हुन् तामाङ्ग समुदायलाई राज्यको सम्पूर्ण सुविधाबाट वन्चित गराई गोसरा हुलाकको पिपा/भरिया र राजदरवारको दास बनाई उनीहरुको श्रम शोषण गर्दै राखेको र उनीहरुलाई सामाजिक (शिक्षा) र आर्थिक उन्नति र प्रगति गर्ने पेशा व्यवसायबाट वन्चित गरी निर्वाचनमा भोट मात्र खसाल्ने भोट वैंकको रुपमा जाडरक्सि खुवाएर आफ्नो भरिया भरौटेको रुपमा प्रयोग गर्दै आएका हुन् हाम्रा मति भ्रष्ट भएका सामन्ती शासक शोसक राजनीतिककर्मी र उनीहरुको आसेपासेहरुले |
पृथ्वी नारायण शाहले काठमाडौँ उपत्यका कब्जा गरे पश्च्यात जब सामन्ती जङ्ग बहादुर राणाहले शासन सत्ता हातमा लिए तब वि. स. १९१० मा उनले मुलुकी ऐन लेखाए नेपालको पढेलेखेका शिक्षित दीक्षित बौद्धिक बुद्धिजीवी विज्ञ भन्ने राज गुरु पण्डित पुरोहित सल्लाहकारको सहयोगमा जसमा तामाङ्ग, थारु, कुमाल,शेर्पा, चेपाङ्ग, हायु, घर्ति र अन्य तिब्बती संस्कृति मान्ने समुदायहरुलाई "मास्न हुने, दास बनाउन हुने मतवाली" भनी वर्गीकृत गरेको थिए । यो मुलुकी ऐन अनुसार खस आर्य (क्षेत्री बाहुन) ले जाडरक्सि सेवन गरेमा सजाय समेत तोकिएको थियो भने मतवाली र छुत/अछुत भनी वर्गीकृत समुदायहरुलाई चाही कुनै सजाय तोकिएको थिएन, उनीहरुलाई जाडरक्सि सेवन गर्न छुट थियो । जाडरक्सि सेवन गर्यो भने मन र मस्तिष्क सुस्त, मन्द हुन्छ बुद्धि विवेक जाग्दैन भन्ने नियत थियो तत्कालिन शासक शोसकहरुको जुन वास्तवमा भन्ने हो भने वैज्ञानिक रुपमा पनि पुष्टि भई सकेको तथ्य हो केन्द्रिय स्नायु प्रणाली मन्द गर्छ जाडरक्सिले भनी । त्यसैले गर्भवती महिलाहरुलाई सो सेवन गर्न बन्देज नै गर्छ उनीहरुको गर्भे शिशुको मस्तिष्कमा नकारात्मक असर पर्छ भनी ।
जे होस् राज्यको त्यस्तो वधनियतपुर्वकको "जातीय नरसंहार" गर्ने अमानवीय दानवीय प्रवृतिद्वारा लिखित अतिनै विभेदकारी अन्यायकारी नीति नियम र कानून अनुसार तामाङ्ग समुदायले विगतमा राजद्रोह गरेकोले गर्दा राज्यसत्ताको सम्पूर्ण सुविधाहरुबाट बन्चित गराई पिपा "भरिया" को रुपमा मात्र काम गर्न पाउने गरी नीति नै लिएकोले भन्ने तथ्य नेपालको इतिहास शिरोमणि बाबुराम आचार्यद्वारा लिखित पुस्तकहरुमा समेत उल्लेख गरेको पाइन्छ । सोहि तथ्य अनुसार नेपालको कतिपय विद्वान बुद्धिजीवी अनुसार पनि लेख्दै आई रहेका छन् सो बारेमा यसरी, "विक्रम सम्वत् १८५० अर्थात आजभन्दा दुई सय २३ वर्षअघि एक हजार जनसंख्या सानो होइन । त्यो बेलाको विद्रोहमा एक हजार जनाभन्दा बढी तामाङ काटिनु पर्यो । रणबहादुर शाहले कालु पाँडेलाई लेखेका एक पत्रमा यो प्रसँग स्पष्टसँग उल्लेख हुन पुगेछ । त्यसबेलाको विद्रोहमा निक्कै ठूलो थियो ।
यस डरलाग्दो घटना खुल्ने दुई ऐतिहासिक पत्र ‘पूर्णिमा’का फरक फरक अंकमा दिनेशराज पन्तले ‘श्री ५ रणबहादुर शाहले कालु पाँडेलाई वि.सं. १८५० मा लेखेको अप्रकाशित पत्र’ शिर्षकमा र महेशराज पन्तले ‘विद्रोहपछि वि.सं. १८५० मा लच्याङ मुर्मीलाई थामिदिई गरिदिएको अहिलेसम्म प्रकाशमा नआएको पत्र’ शिर्षकमा ऐतिहासिक पत्र छापेर लच्याङको तामाङ विद्रोह र नरसंहारबारे प्रकाश पारेका छन् ।
सन् २००६ सम्म राजसत्ता रहुन्जेलसम्म पनि राजदरवारको सम्पूर्ण दासदासी नोकर चाकर, सुसारे सबै नै तामाङ्ग समुदायका मानिसहरु नै थिए जुन मुलुकी ऐन १९१० अनुसार उनीहरुलाई जातीय नरसंहार गर्ने प्रयोजनको लागि प्रयोग र पारिचालन गरेका थिए शासकहरुले शारीरिक, मानसिक र मनोवैज्ञानिक रुपमा ध्वस्त पार्न जसरी गरे थारु समुदायका मानिसहरुलाई पनि कमलरी, कमैयाको रुपमा दासदासी बनाई प्रयोग गरेर सुदुर र मध्यम पश्चिम अंचल क्षेत्रका तराई जिल्लाहरुमा सन् २००६ सम्ममा |
दुक्पा वान्देल मोक्तानद्वारा लिखित "राजतन्त्र र तामाङ्ग" नामक पुस्तक अध्धयन गरे तामाङ्ग समुदायका युवा पुस्ताहरुको अलिक चेत खुल्थियो कि भन्ने लाग्छ | साथै इतिहासशिरोमणि बाबु राम आचार्य ज्युको "हाम्रो राष्ट्र भाषा नेपाली" भन्ने पुस्तक पनि अध्धयन गर्नुहोस सत्य, तथ्य र यथार्थ बुझ्न किन तामाङ्ग समुदाय अन्य समुदायहरु भन्दा तुलनात्मक रुपमा मानव विकासको सूचांकमा पछाडी छ भनी | नत्र आफ्नै मनको अज्ञानता, अचेतना, अनभिज्ञता र अन्धकारले गर्दा जथाभावी लेख्दै कुतर्क दिदै आफ्नो समुदाय पछाडी परेको बारेमा सत्य, तथ्य र यथार्थ बुझ्न जिज्ञासु मन भएका व्यक्तिहरुको मनोबल गिराउने प्रकारले अमानवीय दानवीय कार्य कसैले कहिल्यै नगर्नुहोस् मानवताको लागि प्रतिगामी बन्दै ।
हामी जो कोहि पढे लेखेकाहरुले बुझ्नु पर्ने तथ्यगत सत्य र वास्तविक के हो भने शासक शोसक गर्ने भनेकै आम नागरिकहरुलाई अशिक्षा, अचेतना र अन्धकारमा राख्ने र उनीहरु त्यस्तो परिस्थितिमा जति राख्न सक्यो उतिनै शासक शोसक वर्ग, वर्ण र लिङ्गलाई फाइदा हुन्छ र मिल्छ । त्यसैले उनीहरुले शिक्षा, सूचना र चेतना जाग्ने प्रकारको गीतसंगीत र लेखहरुको विरोध गर्ने र प्रतिबन्ध लगाउने गर्छन जसरी पशुपति शर्माको "लुट्न सके, लुट कान्छा" भन्ने गीतको हालसालै युटूब भिडियोको गीतमा प्रतिबन्ध लगायो ।
त्यसैले कुनै पनि व्यक्ति, समाज, राष्ट्र, समुदाय, सम्प्रदाय, समुह, लिङ्ग, जात, जाति, आदिको वर्तमान अवस्था किन यस्तो वा त्यस्तो छ भनी बुझ्न गहन, गम्भीर र गहिरो रुपमा खोजतलास गर्नु पर्छ । त्यसरी खोजतलास गर्न सर्वप्रथममा जिज्ञासा जाग्नु पर्छ तब मात्र खोजमुलुक अध्धयन अनुसन्धानको विकास हुन्छ र परिष्कृत ज्ञान आर्जन गर्न सकिन्छ आफ्नो भ्रम तोड्न मोड्न वा आफ्नो गलत बुझाईलाई सुधार गर्न । आविष्कार, विज्ञान र अनुसन्धानको विकास हुने भनेकै जिज्ञासु मनहरुबाट हो । त्यसैले जसले प्रश्न गर्छ उनीहरु तत्कालिन प्रश्न गर्दा मात्र एक पटक को लागि मुर्ख देखिन्छ र हुन्छ भने प्रश्न नगर्नेहरु आफ्नो जीवन भर मुर्ख रही र बनी राख्छ भनेर यस विश्वका चेतनशील विवेकशील बौद्धिक, विज्ञ, वैज्ञानिक, मनोवैज्ञानिक, विशेषज्ञ र दार्शनिकहरुले भन्ने गर्दै आई रहेका छन् ।

Raamro laagyo
ReplyDeleteInsightful.
ReplyDelete