मानवको  जैविक  लिङ्गको  आधारमा  महिला  र  पुरुष बीच  समाज र घरपरिवारले  गरिने  विभेदलाई  लैंगिक  विभेद  भनिन्छ  जसको  दोषारोपण  प्राय जसो  पुरुष, पुरुषत्व, पुरुषबाद र  पितृसत्तालाई लगाउने गर्छन  जुन  मेरो  आफ्नो  व्यक्तिगत  बुझाईमा  अज्ञानताको  पराकाष्ट हो  भन्ने  लाग्छ  किन  कि  सत्य, तथ्य  र  यथार्थ  के हो, कसरी हाम्रो  समाज र  घरपरिवारमा  यस्तो  विभेद  शुरुवात  भयो भनेर मूल  जरा  नखोतली मात्र  यो  फल, विभेद  कसरी  भयो  भन्दै  सतही /धरातलीय ज्ञान र  चेतना  अनुसारको  बुझाई  अनुसार हाँगा काट्ने  काम  गर्ने  गर्छन  लैंगिक विभेद विरुद्ध अभियानमा लागेका हाम्रा  सामाजिक  अभियान्ताहरु  |  समस्या को   हाँगा  मात्र काटेर  फालेमा  पुन  पलाई  हाल्छ  र फल फाल्न  सक्छ  | त्यसैले सच्चा रुपमा  परिवर्तन  आफ्नो  सामाजिक  र  व्यक्तिगत  जीवनमा चाहना  राख्नेहरुले समस्याको  मूल  जरा  त अवश्य  पत्ता  लगाउनु  नै  पर्ने हुन्छ भन्ने  मेरो  आफ्नो  बुझाई  रहेको  छ  |   
विभेद होस् वा  अन्य जुन  सुकै  समस्या होस् त्यसको  मूल  जरा  खोतल्न त  हामी  सम्पूर्ण  व्यक्तिहरु  जो  चासो  राख्छौ  आफ्नो  समाजको  सभ्यता, समृद्धि, समानता, स्वाभिमान र  ससक्तिकरण  उनीहरुले राख्नु  नै  पर्ने  रहेछ  भन्ने  बुझेरै  मलाई  पनि  खुब  चासो  थियो  किन  विभेद  गरिन्छ  महिला  र  पुरुष बीच  हाम्रो  समाजले  भन्ने  लागेरै  आफ्नो  विधवाराधिको  शोधपत्र यौन  तथा  प्रजनन  स्वास्थ्य मा  लैंगिक  शक्तिको  सम्बन्धको  के  कस्तो  प्रभाव  छ  भनेर  "लैंगिकता" बारेमा  बुझ्ने  भित्री  ईच्छा  आकांक्षा र  चाहना  अनुसार नै  आफ्नो  अध्धयन  अनुसन्धान  खोज  र  सोच मा  लगाए  पछि  बुझेको  हु  महिला  पुरुष  विचको  विभेदको  मूल  जरा भनेकै  हाम्रो  व्यक्तिगत  र  सामाजिक  मानसिकता  निर्माण  गरी  दिने  सामाजिक  मुल्य  मनान्यता  जुन हाम्रो  आफ्नो  संस्कार, संस्कृति र  परम्पराबाट  निर्देशित  र  संचालित  छ  | तर  हाम्रो संस्कार, संस्कृति र  परम्परा के  मा आधारित  र  निर्देशित  छ  भन्ने  पुन  बुझ्नु  पर्ने  हुँदा  रहेछ  यदि  हामी  साच्चै  नै  सत्य, तथ्य  र  यथार्थ को  मार्ग लागि  मूल  जरा  नै  बुझ्ने  हो  भने अनि त्यस्तो  गर्दा  अन्त मा  आएर  ठक्कर  खाने  ठाउँ  चाही  हाम्रो  आफ्नो  धार्मिक आस्था  र  विश्वास  हुँदा  रहेछन  जसको  बारेमा  व्याख्या  र वर्णन  गरेको  हुन्छ  हाम्रै  आफ्नो  धार्मिक  पुस्तक, ग्रन्थ  र  शास्त्रहरुमा  भन्ने  प्रष्ट  रुपमा  बुझिन्छ  यदि  हामीले  विश्लेषणात्मक  अध्धयन  गरयौ  र  गम्भीर  भई  बुझ्यौ  भने  मानवताको  लागि  |  
पश्चिमेली मुलुकका महिलाहरुले महिला  र  पुरुष  विच  समाजले  गरिने  विभेदको  मूल  जरा  भनेकै  हाम्रो  धार्मिक  आस्था  र  विश्वास  रहेछ भनेर   सत्य, तथ्य  र  यथार्थ  बारेमा  बुझेर  खुब आवाज  उठाई  अभियान  नै  संचालन  गरेको  पाउछौ आज कसरी पश्चिमेली  मुलुकहरुमा  महिला ससक्त  भएका  छन्  उनीहरुको  ऐतिहासिक  घटनाक्रमको  बारेमा  बुझ्ने  चेष्टा  गर्यौ  भने  प्रष्ट  हुन्छ  यदि तपाई  हाम्रो  मति  भ्रष्ट  भएको  छैन आफ्नो सामाजिक र  पारिवारिक  आस्था  र  विश्वासले  भने  |  पुरुष, पुरुषत्व, पुरुषबाद र पितृसत्तालाई दोष लगाउनेहरुको बुझाई सिमित छ भन्ने लाग्छ उनीहरु अझै जरा खोतल्ने सकेको छैन भन्ने बुझिन्छ किन कि पुरुषत्व, पुरुषबाद र पितृसत्ताको  मुल बढावा दिने परम्पराको स्थापना गर्ने सोच विचारको भण्डार हो तपाई हाम्रै धार्मिक आस्था र विश्वासको पुस्तक, ग्रन्थ र शास्त्रहरु जुन हाम्रो मन मस्तिष्कमा बाल्यकालदेखि घुसाई  दिने गरेको छ हाम्रै आफ्नो घर, परिवार र समाजले हामीलाई सामाजीकरण गर्ने प्रकृया अनुसार  | 
बिनु  सुबेदी  बहिनीको २०७३  श्रावण १०  गते    कान्तिपुरमा  प्रकाशित लेख "सिकाइमै विभेद !" अध्धयन  गर्नु  पाउदा मन  प्रफुल्ल भयो  किन कि उनको  लेखबाट  आभास हुन्छ  कि  उनी  विभेदको  समस्याको  मूल  जरो  खन्न  अग्रसर  हुदैछिन भनेर  (१) |
"जरो खोतल्ने कि !
एक दिन मैले डा. सञ्जीव उप्रेतीलाई सोधेँ, ‘महिलाले यो र पुरुषले त्यो काम गर्ने भन्ने कुरा कसरी निर्धारण भयो ? पैसा किन पुरुषले नै कमाउनुपर्ने, भात किन महिलाले नै पकाउनुपर्ने ?’ उनले सजिलै भने, ‘हाम्रो समाजले ।’ मैले फेरि सोधेँ, ‘समाजलाई कसले सिकायो ?’ उनले जवाफ दिए, ‘हाम्रो परम्पराले ।’ अनि परम्पराचैं कसले बसाल्यो ? यसमा पनि उनको जवाफ सटिक नै छ, ‘हामी स्वयम्ले ।’
अनि यी सबै कुरा के हुन् भन्ने अर्काे प्रश्नमा पनि उनीसँग एक शब्दमै जवाफ छ, ‘पुरुषत्व !’ जुन विषयमा उनले पीएचडी गरेका छन् । त्यसो भए हामीले गर्ने विभेदको जरो त हाम्रै समाजमा रैछ, अझ हाम्रै घरमा रैछ, अझ हामीभित्रै रैछ । जसरी मेरी सानी छोरीलाई आफ्नो र आफूजस्तै केटीसाथीको स्कुले ब्याग अक्सर प्याजी वा गुलावी हुन्छ भन्ने लाग्छ ।
उसलाई लाग्छ, उसका केटासाथीहरूको स्कुले झोलाचैं कालो, निलो वा यस्तै अरू कुनै रङका । परिवार, समाज, देश वा विश्व विभेदका हाँगाबिँंगा मात्रै हुन्, जसलाई छिमल्न मात्रै सकिन्छ । अनि हामी स्वयम्भित्र चैं जरा छ, जसलाई उखेल्न सकिन्छ । अब मनन 
गरौं, बारम्बार हाँगा काटिरहने कि एकैचोटी जरा उप्काउने ?"
स्रोत 
१. बिनु  सुबेदी,   सिकाइमै विभेद ! पूर्ण अंशको  पहुँच को लागि http://kantipur.ekantipur.com/news/2016-07-25/20160725090125.html
Thanks for Sharing
ReplyDeleteAceamerican British