Monday 26 November 2018

नेपालको राजाहरुको थर "खान"बाट शाह कसरी भयो? गोरखा भनेको के हो? बहादुर पदवी कसरी कहाँबाट प्राप्त गरे?

साहसीक वीर बहादुर निडर शासक शोसक र साम्राज्यबादीहरुबाट पदवी उपाधि लियो गर्व गर्यो मुर्ख मनुवाहरु ।
हिन्दुस्तानको दिल्ली स्थित मुगल साम्राज्यहरुले दिएको पदवी उपाधिहरु रहेछन "गोरखा, शाह, बहादुर" जुन हाम्रो देश, नेपालको आनुधिक निर्माता/पिता भनेर चिनिने जनिने बुझिने पृथ्वी नारायण शाहसंग सम्बन्धित छ ।
"द्रब्य शाह" जसले गोरखा राज्य स्थापना गरे उनको बाजे "कुलमण्डन खान" थियो जो हिन्दुस्तानको मेवार राज्यबाट मुसलमानहरुको आक्रमणबाट भागेर मर्नु भन्दा शरण लिनु बुद्धिमानी भनेर भागेर नेपाल शरण लिन आएका थिए कसरी उनको सन्तान/पुत्रहरु "खान" बाट "शाह" भए सो को बारेमा एक चेतनशील विवेकशील प्राणी मनुष्य भई सके पछि जिज्ञासा लाग्नु स्वाभाविक हो ।
तर कुलमण्डन खानबाट उनको जेठो छोरा, द्रब्य शाहको पिता, यशेाब्रह्म शाह, लम्जुङ्गको राजाले कसरी "शाह" थर लेख्न पुग्यो भनेर खोतल्दा प्राप्त तथ्य हो यो ।
खान, शाह, गोरखा, बहादुर सबै नै सैनीय पदवी उपाधिहरु रहेछन शासक, शोसक र सत्ताधारी साम्राज्यका प्रमुखहरुले लिने र प्राप्त गर्ने जुन सम्पूर्ण मुसलमान राजामहाराजाहरुले प्रयोगमा ल्याएको र दिएको उपाधिहरु रहेछन हिन्दुस्तानको राजस्थानको मेवारबाट नेपालमा शरण लिन आएका भगौडा राजपुतहरुलाई ।
गोर्खान भन्नाले खानहरुको प्रमुख भन्ने अर्थ लाग्दो रहेछ । "खान" भन्ने शब्द "खगान"बाट उत्पति भएको रहेछ जसको अर्थ टर्की मुसलमानहरुमा शाही पद रहेछ राजखलकहरुमा प्रयोग गर्ने । हिन्दुस्तान टर्की देशको मुसलमानहरुले सातौ र आठौ शताब्दीमा आक्रमण र अतिक्रमण गरेको देश हो जसबाट मुगल साम्राज्य स्थापना भयो हिन्दुस्तानमा । अंग्रेजहरुले व्यापार व्यवसायको लागि यदि १७ औ शताब्दीमा हिन्दुस्तान प्रवेश गरी अतिक्रमण नगर्दो हो त आज हिन्दुस्तान पाकिस्तान, बंगालदेश र अफ्घानिस्तान जस्तै मुस्लिमहरु बाहुल्यताको राष्ट्र हुने सुनिश्चित छ । हिन्दुस्तानमा टर्की र अरबबाट आएको मुसलमानले आक्रमण गरेकै कारणले गर्दा त्यहाँबाट राजपुत शासकहरु भागेर नेपालमा शरण लिन आएकै कारणले गर्दा उनीहरुले काठमाडौँ उपत्यका, कास्की, लम्जुङ्गमा आफ्नो शासन र सत्ता स्थापित गर्न सफल भएको ऐतिहासिक तथ्य भेटिन्छ ।
हामी पढे लेखेका शिक्षित दीक्षित उच्च वर्ण, वर्ग, जात र लिङ्गका नेपालीहरु राजामहाराजाहरुको सल्लाहकार, गुरु शिक्षक, राज गुरु पुरोहित पण्डित, समाजमा अनेक थरिका कर्मकाण्ड गर्ने ठेक्कापट्टा लिएकाहरु कति मुर्ख छन् भन्ने तथ्य प्रष्ट रुपमा देखिन्छ बुझिन्छ जब राजकीय "पद", "पदवी" र "कानुनी शब्द" हरुको बारेमा गहन, गम्भीर र गहिरो रुपमा खोजतलास गर्दै अध्धयन अनुसन्धान गर्ने गर्छौ ।
हाम्रो राजा महाराजाहरुको पुर्खाहरुको बारेमा सत्य, तथ्य र यथार्थ बुझ्न चासोका साथ अध्धयन गर्ने क्रम "गोरखा" शब्दको उत्पति कसरी भयो, खानबाट कसरी शाह र बहादुर पदवी प्राप्त गरे भनेर खोजी गर्दा मुसु मुसु हास्नु सिबाय केहि छैन ।
मुसलमानलाई अतिनै घृणा गर्ने र उनीहरुसंग किन डराउने गर्छन हिन्दुहरु भनेर बुझ्न धेरै टाडा जानु पर्दैन मात्र नेपालको प्राचिन र मध्यकालीन युगको इतिहासको साथै आधुनिक नेपालको इतिहासलाई गहन, गम्भीर र गहिरो रुपमा विश्लेष्णात्मक अध्धयन अनुसन्धान कोठामा बसी बसी ईन्टरनेट मार्फत गरे पुग्छ ।

No comments:

Post a Comment