Wednesday 7 June 2017

बाल मनोविज्ञानको परिस्थितिले सृजना गरेको संदेहवादी (Skeptic) हु म !

कुनै पनि व्यक्ति संदेहबादी त्यसै हुदैनन् बन्दैन  रहेछ भनेर अहिले आएर सुस्तरी बुझ्दैछु, आत्मसात गर्दैछु र  फर्केर  आफ्नो विगतका क्षण र पहलहरुलाई हेर्छु, केलाउछु  विश्लेषण गर्छु  किन र कहिले देखि म  संदेहबादी भए, बने भनेर |
ठुलो हावाहुरी आउँदा, गड्यांग गुडुंग गर्दै बिजुली चम्किंदै ठुलो वर्षा हुँदा हामी केटाकेटी (म र मेरो दिदि भाई दाजु) लगायत हाम्रो पनि आमा डराउनु हुन्थियो | हामी रुने कराउने गर्थ्यौ त्यसरी ठुलो हुरीबतास आउदा र गड्यांग गुडुंग गर्दै बिजुली चम्किंदै, चट्यांग लागेको आवाज आउदै वर्षा हुँदा त्यसैले ठुलो  हावाहुरी गड्यांग गुडुंग गर्दै बिजुली चम्किंदै ठुलो वर्षा हुँदा आमाले हामीलाई  बाल्यकालमा मध्य रातमा सुतेकै अवस्थामा भएता पनि उठाएर हातमा "खुकुरी, हसियाँ  र सिउडी" लिन लगाई "ओम माणी पद्मे हु" "ओम बज्रा गुरु पद्मा सिद्धि हुंग" भन्ने जस्ता बौद्ध धर्मसंग सम्बन्धित तन्त्र मन्त्र जप्न लगाउनु हुन्थियो |
बाल्यकालमा हामीलाई पनि के  थाहा त्यसरी तन्त्र मन्त्र जप्दैमा प्रकृतिको सिद्धान्त अनुसार हुने घटनाक्रम वर्षा, हुरी बतास, बिजुली चम्किंदै, चट्यांग लागेको आवाज रोकिन्छ भनेर | आमाले जे गर  भन्नु हुन्थियो हामी त्यस्तै गर्ने गर्थ्यौ | 
दसा ग्रह शान्तिको लागि भनेर  आमाले आफ्नो पहाडघर, भोजपुरबाट लामाहरु झिकाएर वार्षिक रुपमा पुजा लगाउने गर्नु हुन्थियो | आमाको आफ्नै माईला दाई, हाम्रो माइला मामाले पनि थोरबहुत लामा अक्षर "तिबेतियन भाषा" पढ्नु हुन्थ्यो | त्यसैले कहिले काही  माईला मामालाई पनि पहाडबाट झिकाएर दसाग्रह  शान्तिको लागि भनेर तिबेतियन भाषामा लेखेको वेदहरु अध्धयन गर्न लगाउनु हुन्थ्यो | 
नेपाली संस्कार संस्कृति अनुसार दैनिक घरमा विहान पुजापाठ गर्ने गरे झैँ हामीले पनि दैनिक पानी चडाउने र पुजा गर्ने गर्थ्यौ | तर म चाही खासै त्यस्तो काम गर्न अग्रसर  हुन्न थिए | मेरो दिदि प्राय पुजा र पानी चडाउने गर्नु हुन्थ्यो बुद्धको थान बनाएको कोठामा | त्यसैले दैनिक रुपमा चोखो पानी सार्वजनिक धाराबाट ल्याउने गर्थ्यौ | कोहि कसैलाई नछोईकन न बोली चोखो पानी लिएर आउनु चडाउनुको लागि भनेर आमाले आदेश दिनु हुन्थ्यो | हामी पनि त्यस्तै गर्थ्यौ | यसरी दिनहरु वित्दै गयो र हामीहरु पनि बाल्यवस्था पार गर्दै युवास्थामा प्रवेश गर्न थाल्यौ | 
जब हामी किशोरावस्था (१० वर्षदेखि १९ वर्षको समयावधीको क्षण) मा प्रवेश हुदै गयौ हाम्रो बाल मंस्पटलमा रहेको मनोडर, त्रासहरु कम हुदै गयो र पहिले झैँ ठुलो हावाहुरी आउँदा, गड्यांग गुडुंग गर्दै बिजुली चम्किंदै ठुलो वर्षा हुँदा कम  डर लाग्ने परिस्थिति सृजना हुन् थाल्यो | यस्तो परिस्थिति सृजना हुनुको मुख्य कारण हामीले क्रमिक रुपमा विधालयबाट प्राप्त गर्दै गई रहेको औपचारिक शिक्षा विशेषत विज्ञान विषयमा उल्लेखित विभिन्न तर्क संगत सत्यतामा आधारित तथ्यहरु थियो | उदाहरणको लागि वर्षा कसरी हुन्छ, किन वर्षायाममा आकाशमा गड्यांग गुडुंग गर्दै बिजुली चम्किंछ, चट्यांग लाग्छ आदिको बारेमा  अध्धयन गर्दै गए पछि सत्य र तथ्य को हो प्राकृतिक रुपमा हुने घटनाक्रमको भन्ने  पनि  बुझ्दै गयौ |
किशोरावस्थामा मनमा अनेक उतरचडाव हुने, जिज्ञास र कौतुहुला जाग्ने हुँदा रहेछ | आफुले आफैलाई प्रश्न गर्ने, किन कसरी यस्तो, त्यस्तो हुन्छ भन्ने जस्ता जिज्ञासा लाग्ने हुँदा  रहेछ, जे पनि परिक्षण गर्नु मन लाग्ने हुँदा  रहेछ | आमा बाबाले जे  नगर भन्ने गर्छन सोहि गर्नु मन लाग्दो रहेछ | किन नगर भनेको, गर्यो भने के हुन्छ भनेर परिक्षण गरी अनुभुति लिनु मन लाग्दो  रहेछ | त्यसैले कतिपय नगर भनिएको काम पनि लुकी छिपी साथीहरुको लहैलहैमा लागेर पनि गरिन्थ्यो | उदाहरणको लागि चुरोट बिड्डी नखानु भन्नु  हुन्थियो  | तर सोहि खानु मन लाग्थ्यो अरु वयस्कहरुले सल्काएको चुरोट बिड्डी मुखबाट तानेर नाकबाट धुवा फालेको देख्दा आफुलाई पनि त्यसरी नै सल्काएको चुरोट बिड्डी मुखबाट सर्को तान्नेर नाकबाट धुवा फ्याक्दा कस्तो हुन्छ भन्ने जिज्ञासा लागेकोले गर्दा एक दिन ३-४ साथीहरु मिलेर सालको पातमा सालको पात नै बेरेर सल्काएर सर्को तान्ने काम गर्यौ र सर्किएर रातो पिरो भयौ | अनुभूति नै सिकाईको महत्वपूर्ण पाठ रहेछ |
त्यसैले अभिभावकहरुले यसो नगर, त्यसो नगर भन्दा किन नगर्नु, त्यसो गरेमा के  हुन्छ भनेर अनुभवजन्य तर्कसंगत ज्ञान शिक्षा दिनु पर्ने  हुन्छ आफ्नो बालबालिकाहरुको जिज्ञासु र कौतुहल मानसिकतालाई साम्य पार्न/राख्न | नत्र अनुभूति लिन परिक्षणको लागि लुकी लुकी नगर भनेको कार्य गर्न अघि बढ्ने हुँदा रहेछ जसरी मैले पनि परिक्षण गरे चुरोट बिड्डी खण्ड पिउदा कस्तो हुँदा रहेछ भनेर | विशेषत यस्तो अभ्यास किशोरावस्थाको १२, १३ वर्ष देखि १६, १७ वर्षको उमेर गर्ने गरिन्छ हाम्रो बाल्यवस्था देखि वयस्कवस्थामा प्रवेश हुन् क्षणिक संक्रमणकालिन अवस्था "किशोरवास्था" ताका | त्यसैले प्राय मानव जीवनको क्षणमा अतिनै महत्व राख्ने "किशोरावस्था" मा अभिभावकहरुले विशेष चासो देखाई आफ्नो बालबालिकाहरु सहि मार्ग निर्देशन, पथ प्रदर्शन, नेतृत्व, दिशा निर्देशन दिएन अनावश्यक रुपमा निधिखोजी गर्दै नियन्त्रण र रोकतोक गर्न खोज्यो भने उनीहरु चिडिने, उनीहरुको मनमा वितिर्सना हुने, आफ्नो अभिभावक भन्दा साथीभाईको बढि महत्व दिने, चासो राख्ने प्रवृतिको विकास भई शारीरिक, मानसिक, मनोवैज्ञानिक, बौद्धिक, भौतिक, सामाजिक, अध्यात्मिक आदि रुपमा सप्रिने विग्रिने, के हुने भन्ने सम्पूर्ण यहि किशोरावस्थाले नै निधो गर्छ भनेर विभिन्न अध्धयन अनुसन्धानबाट पनि पुष्टि गर्दै गई रहेको  छ | त्यसैले किशोरावस्थालाई मानव जीवनको विशेषत संक्रमणकालिन अवस्था भनेर मान्ने र  बुझ्ने गर्छन पश्चिमामुलुकहरुमा वैज्ञानिक शिक्षा प्रणालीको कारणले गर्दा मानव शरीरको विकास र निकासको बारेमा सत्य, तथ्य र यथार्थ बुझेकाले  गर्दा |
म जहिले पनि प्राय किशोरावस्थामा आफुले आफुलाई प्रश्न गर्ने गर्थे,
"किन हामीले घरमा लामा पढाउने गर्छौ, किन पुजापाठ गर्ने र चोखो पानी चडाउने गर्छौ ? किन कुखुरा भाले, बोका, हाँस, परेवा आदि जनावरको बलि दिने गर्छौ बुद्धपुर्णिमा र अन्य दिनहरुमा बुढासुब्बा, दन्तकाली आदि मठमन्दिरमा ? के यो साच्चै नै आवश्यक छ ? यदि छ  भने, किन गरिब दुखी जो दैनिक दाउरा घाँस नबोकी, अर्काको काम नगरी आफ्नो पेट पुजा गर्न सक्दैन, आफ्नो छोराछोरीको मुखमा माड हाल्न सक्दैन किन  उनीहरुलाई चाही  भगवान, ईश्वर, देउता, परमेश्वरले रेखदेख गर्दैन सुख शान्ति दिदैन ? के उनीहरुले दैनिक रुपमा हामीले  झैँ  पुजापाठनगरेर, विभिन्न चाडपर्वमा बलि नदिएर, वार्षिक रुपमा घरमा पुजारी, पण्डित, पुरोहित लामा बोलाएर दसाग्रह शान्ति नगरेर हो  त ? के ईश्वर, भगवान, देउता, परमेश्वर  भन्ने हुनेखाने जसले वार्षिक रुपमा घरमा पुजारी, पण्डित, पुरोहित लामा बोलाएर दसाग्रह शान्ति गर्नेहरुको लागि मात्र हो त? होइन भने किन जसको पहुँच र सामर्थ छ त्यसरी पुजारी, पण्डित, पुरोहित लामा बोलाएर दसाग्रह शान्ति गर्न सक्ने र मठमन्दिर धाएर पुजापाठ गर्ने बलि दिने उनीहरुको लागि मात्र धर्मको सम्पूर्ण नीति नियम कर्मकाण्ड पालाना गर्नु पर्ने अनि आम दिन दुखि गरिब जो दैनिक परिश्रम, ज्यालादारी काम नगरी हातमुख जोड्न सक्दैन्न उनीहरुको लागि चाही खोइ  त इश्वरीय कृपा" आदि इत्यादी अनेक नानाथरी प्रश्न उब्जिन्थ्यो मनमा |
त्यसैले म किशोरावास्था देखिनै संदेहबादी, अविश्वासी र अन्धविश्वास पूर्ण आस्थामा प्रश्न गर्ने भए जुन मेरो आफ्नो औपचारिक अनौपचारिक स्वअध्धयनको विकास संगै मानव संसारको मनोवैज्ञानिक धार्मिक शक्ति र  भक्तिसंगको राजनीतिक बुझ्न थप जिज्ञासु र कौतुलुतापूर्ण मनको उर्जा सहित  सत्य, तथ्य र यथार्थ बुझ्ने अवसर मिल्यो र म पूर्ण रुपमा आजको दिनमा आएर प्रकृतिबाद (naturalism), मानवताबाद (humanism), प्रजातान्त्रिक साम्यवाद (Democratic socialism), सामाजिक न्यायबाद (Social justice), स्वतन्त्रबाद (Freedom), अध्यात्मिकबाद (Spiritualism) र मानवाधिकार (Human Rights) मा विश्वास राख्ने अज्ञानताको शिकार सत्य, तथ्य र यथार्थको भिखारी मुर्ख मानव रुपी उर्जा शक्तिको भौतिक स्वरूप रुपमा खडा भएको छु |

No comments:

Post a Comment