Sunday 25 June 2017

गु भोटे, भोटेको बुद्धि हुदैन भन्नुको तात्पर्य !!

सोच पनि कति कोच, निच, निर्दयी, असभ्य जंगली होला छक्क पर्नु छ बा उच्च महान, सभ्य शिक्षित हु भन्नेहरुको | हुन त आफु जस्तो छ त्यस्तै भन्ने गर्छन अर्कालाई भन्छन यस विश्वका महान व्यक्तित्व, वैज्ञानिक र मनोविश्लेषकहरुले हो कि के हो भन्ने पुष्टि हुन्छ बा सत्य, तथ्य र यथार्थ बुझ्दा मानवताको लागि |
भोटेको बुद्धि हुदैन्, गु भोटे भन्ने गर्छन हाम्रा कतिपय वर्णबादी, जातिवादी, मनुबादीहरुले |
तर के गर्नु ती गु भोटे नै उनीहरुको महान शक्तिशाली देउता रहेछ जो कैलाश पर्वत भोटमा रहदैबस्दै आई रहेका छन् | गु भोटेकै कारणले गर्दा आजसम्म टिकेको थियो राजवादी हिन्दुवादी शासन सत्ता नुवाकोट र सिन्धुपाल्चोकमा डा. प्रकाश चन्द्र लोहिनी र पशुपति शम्सेर जंग बहादुर राणालाई केहि साल अघिसम्म समेत आफ्नो मत दिएर जुन अहिले भने नेपाली कांग्रेस र एमालेका नेता भनाउदाहरुले पाउदै आई रहेका छन् जाडरक्सि राँगाको मासु खुवाएको भरमा | त्यसैले गु भोटे भन्नु पनि ठिकै हो किन कि अन्नको गु मुत "जाड रक्सि" को भरमा भोट दिए र दिदै आई रहेका छन् ती सामन्ती शासक नेता भनाउदाहरुलाई | बुद्धि भएका भए त त्यस्तालाई कहाँ दिन्थे आफ्नो भोट /मत जसले आफ्नो पुर्खालाई दास बनाएको थिए युगौ युगौ पुस्तौ पुस्तौसम्म राजदरबारमा र छोरीचेली बेचविखन जस्तो अमानवीय जगनीय अपराधिक व्यापार व्यवसाय गर्ने जातिको रुपमा स्थापना गरे नेपाली समाजमा | बुद्धिष्ट हु भन्दै बुद्धु भए पछि गु भोटे भन्नु पनि स्वाभाविक नै हो बुद्धि भएका हु भन्ने वर्णवादी मनुबादी जातिवादीहरुले |
तर बुद्धि भएका हामी भन्ने वर्णबादी, जातिवादी, मनुबादीद्वारा राजकाज गरेको देश चाही किन ती गु भोटेहरुद्वारा राजकाज गरेको देश भन्दा विपन्न, अल्पविकसित, भ्रष्ट प्रष्ट, पुरातनबाद, अन्धविश्वास, दासत्वबाद र पाखण्डीपनले गाजेको समाज भएको होला भन्दै यो मुर्ख अज्ञानताको शिकार सत्य, तथ्य र यथार्थ ज्ञानको भिखारी भोटेनी ट्वा पर्छ बा | भोटे भन्नाले सम्पूर्ण चिम्सो आँखा र थेप्चो नाक भएका मानिसहरु रहेछन जस अन्तर्गत शेतामगुराली: शेर्पा, तामांग, मगर, गुरुङ, राई, लिम्बु लगायत चीनियाँ, कोरियन, जापानिज, भित्नामिज, टाईवानिज, थाई आदि सबै नै पर्दा रहेछ भनेर बुझिन्छ खस आर्य र मनुबादी कतिपय नेवार समुदायको दृष्टिकोण बुझ्दा |
विगतमा भोटसंग मिलिजुली व्यापार व्यवसाय गर्दा हिन्दुस्तानी मल्ल शासकहरु जो नेपाल आएर राजकाज गरेर उनीहरुको शासनकालमा १७ औ शताब्दी ताकासम्म साथै जब गोर्खाको गरिव विपन्न राजा पृथ्वी नारायण शाहले १८ औ शताब्दीमा मल्लकालीन राज्यलाई विजय गरी आफ्नो सिहासन खडा गरे काठमाडौँ उपत्यकामा त्यति बेला पनि उनले भोटसंग सुन र नुनको व्यापार व्यवसाय गरी सपन्न भएको रहेछ भनेर नेपालको इतिहासबाट पुष्टि हुन्छ |
जब सुन, नुन, आस्था र विश्वासको केन्द्र बिन्दु नै भोट र भोटका भोटे रहेछ भने किन घृणा छिछि दुरदुर गर्ने गर्छन यी वर्णबादी, जातिवादी र मनुबदी उच्च वर्ण, जात भन्नेहरुले भन्दै ट्वा पर्ने गर्छन यो मुर्ख अज्ञानताको शिकार सत्य, तथ्य र यथार्थ ज्ञानको भिखारी भोटेनी |
उनीहरुले त्यसरी घृणा, छिछि दुरदुर गर्नु को पछाडी पक्कै पनि उनीहरुको मनोडर, भय हुनु पर्छ भन्ने प्रष्ट बुझिन्छ किन कि उनीहरुको बुझाईमा भोटे भनेको बलवान, शक्तिवान, पलवान, बुद्धिवान, ईमान्दार, पाखण्डीपनको घोर विरोध गर्ने विनाशकारी हाक्की हुन्छ हाम्रो खादै लगाउदै मोजमस्ती गर्दै आई रहेको सबै स्वाहा पारी दिन्छ भन्ने बुझाई र विश्वास छ भने प्रष्ट बुझिन्छ |
त्यस्तैले त रुप स्वरूप, दृष्टिकोण र धारणा पनि त्यस्तै छ गाँजा भाग खाने कैलाश पर्वत भोट निवासी भोटे, शिव प्रति र उनको मुहार सहितको शारीरिक स्वरुपको प्रतिक "मुर्ति" पुज्न नसकेर उनको "तुन्तुरे, लिङ्ग" मात्र पुज्न रणनीति अघि सरेका हुन् भन्ने प्रष्ट बुझिन्छ उनीहरुको पुर्खा को चलाक चतुर बुद्धि विवेकले गर्दा |

No comments:

Post a Comment