Saturday, 10 January 2015

सत्यता र भ्रमको खेति जति गरे उति नै वेथिति |

कुरा बुझेर लेख्दा मज्जा आउदा रहेछन किन कि भ्रम आफै स्वाहा हुँदा रहेछन | 

त्यस्तैल आज मैले फेसबुक पोस्ट गरेको थिए यसो:

कुरा बुझौ त क्या मज्जा आउछ यार कुरा बुझ्यो भने मानवताको लागि अनि मानवता भन्ने कुरा चाही आफु भित्रबाटै शुरुवात हुन्छ जब सत्य, तथ्य र यथार्थ ज्ञान, प्रज्ञा, शिक्षा र गुणहरुको पछि लागियो भने | 
कुरा बुझ्दा प्राचिन हिन्दुस्तानको  हिन्दुस्तानी  संस्कृत व्यवाकरणविद, गणितज्ञ र  वैदिक पुजारी, कात्यायन ईसा पुर्व ३ पश्च्यातको रहेछन जसले लेखेका रहेछन "पतञ्जलि" त्यसैले उनलाई पतञ्जलि पनि भन्ने गर्दा रहेछन | 
योग सूत्र पनि उनले नै पो लेखेको रहेछन त कुरा बुझ्दा | भने पछि उनी त सिद्धार्थ गौतम बुद्धकाल भन्दा करिब ३०० वर्ष पछि नै पो जन्मेका रहेछन त हौ | 
जे भएता पनि हामीले बुझ्ने पर्ने पतंजलि द्वारा लिखित योग सूत्रको २.३० श्लोकमा सूचीबद्ध पाँच नियमहरु यस प्रकार रहेछन | 
१. अहिंसा
२. सत्य/सत्यता 
३. अस्तेय/नचोर्ने 
४. ब्रह्मचर्य/दुराचार /पर पुरुष वा नारीसंग लसपस नगर्ने 
५. अपरिग्रह/लोभ नगर्ने/गैर-स्वामिगत 

यो माथि उल्लेखित नियम त बुद्धको पंचशीलसंग मिल्छ |

हिन्दुस्तानी ग्रन्थ, उपनिषद जसलाई वेदान्त पनि भन्दा रहेछन जसको अर्थ हुँदा रहेछन "ज्ञानको अन्त" वेदान्त | साथै यो उपनिषेद बुद्धकालीन पछि लेखेको भन्ने विभिन्न प्राज्ञिकहरुको भनाई रहेछ | 

जे होस  उपनिषदमा  चाही यी माथि उल्लेखित नियमहरुमा ६ नियमहरु थपेर १० बनाएका रहेछन्: 

१. अहिंसा
२. सत्य/सत्यता 
३. अस्तेय/नचोर्ने 
४. ब्रह्मचर्य/दुराचार /पर पुरुष वा नारीसंग लसपस नगर्ने 
५. क्षमा 
६. धैर्यता /साहसी 
७. दया
८. ईमानदारीता/ निष्ठाता 
९. मितहार/मापन गरेर आहार गर्ने 
१०. सफा /शुद्धता 

ल भन्नु त अब हामी वेदिक हिन्दु सनातन धर्म मान्ने हौ भन्नेहरुले यी माथिको नियम आफ्नो जीवन र जगतमा कसले पालना गरेका छन् मानवताको लागि हाम्रो र हिन्दुस्तानमा अति मनुबादी, लैंगिकबादी र जातिवादी  स्वघोषित विद्वान बुद्धिजीवीहरुले |

पुश्च्य: प्रमाणमा आधारित ज्ञान प्रज्ञाबाट  कुरा बुझ्दा सबै प्राय आर्य पुत्र सिद्धार्थ गौतम जो  बुद्ध भए उनको शिक्षाबाट लिएर लेखेका रहेछन हिन्दुस्तानी विज्ञहरुले आफ्नो शास्त्रहरु बुद्धकालीन पछि अनि दाबि मात्र गर्दा रहेछन आफ्नो ज्ञान बुद्धि भनेर | कस्तो होला म त चित पर्छु कुरा बुझ्दा मानवताको लागि |

No comments:

Post a Comment