Wednesday, 7 April 2021

सोचमै खोट भए पछि ब्याईतेलाई भन्दा ल्याईतेलाई बढि चासो हुने रहेछ अंशको

"महिलाले आमाबाबुको सम्पत्तिमा अंश पाउने, पतिकोमा पनि हक लाग्ने" शिर्षकको लेख शोभा शर्माद्वारा लिखित आज विहानै पढेसंगै महिलाहरु कति पिडित छन् आफ्नै धर्म संस्कार संस्कृतिद्वारा संचालित चलन प्रचलन प्रथा र परम्पराद्वारा भन्ने तथ्य बारेमा चिन्तन मनन भयो मनमस्तिष्कमा | किन कि यसको बारेमा मैले चाही आफुले सन् २०११ मा "यौन तथा प्रजनन स्वास्थ्यमा लैङ्गिक शक्तिको सम्बन्ध" शिर्षकमा विद्यावाराधि गर्ने क्रम नेपालको कानूनको ऐतिहासिक पाटो कोट्याउने अवसर प्राप्त भएको थियो | महिला र पुरुष दुवै जैविक लिङ्ग हुन् तर किन विभेद गर्ने गर्छन लिङ्गको आधारमा भन्ने जिज्ञासा मनमा लागेकै कारणले गर्दा हो मैले त्यस्तो शिर्षक छनोट गरेको एक स्वास्थ्यकर्मी भएको नाताले गर्दा | मेरो आफ्नो शोधपत्रको शिर्षकको बारेमा विभिन्न अनुसन्धात्मक कृतिहरु अध्ययन गर्नेक्रममा मुख्यत दुई प्रमुख अवधारणाहरु (पितृसत्तात्मक समाज र हिन्दु समाज) तेर्सियो लैङ्गिक विभेद हाम्रो देश र समाजमा विद्यमान हुनुको भन्ने बुझियो | सोहि क्रममा पितृसत्तात्मक समाजको बारेमा स्वविश्लेषण गर्दा चित्त बुझ्ने आफ्नो पिता पुर्खा बाजे बुबा दाई भाईहरुलाई आरोप प्रत्यारोप गर्न हामी महिला छोरी चेली दिदि बहिनीहरुलाई विभेद गर्छ भन्ने बारेमा | किन कि मैले कहिल्यै विभेदको अनुभूति गरिन आफ्नो बुबा र दाजु भाईहरुद्वारा | त्यसैले प्राकृतिक नीति सिद्धान्तमा चाही विभेद गर्छन वा गर्दैनन् रहेछ भनि पशुपंक्षीको संसारमा नियाल्दा कहिल्यै गोरुले गाईलाई, राँगाले भैसीलाई, बोकाले बांख्रीलाई, भालेले पोथी आदिले लिङ्गको आधारमा हेप्ने विभेद गर्ने एक आपसमा झैँझगडा विपरित लिङ्गसंग कहिल्यै गर्दैन भन्ने तथ्यमा स्पष्ट रुपमा बुझियो | तर गोरु गोरु, राँगा राँगा, बोका बोका, भाले भाले आदि पशुपंक्षीहरुको पुरुष पुरुष बीच चाही जुध्ने झैँ झगडा गर्ने पाइयो र भाले (पुरुष) पशु पंक्षीले पोथी (महिला) लाई सन्तान उत्पादन गर्न यौनकृयाको निम्ति मात्र खेद्ने गरेको पाए पश्च्यात पितृसत्तात्मक समाज भनि आरोप प्रत्यारोप लगाउनु बेकार छ भन्ने लाग्यो | साथै पितृसत्तात्मक समाज निर्माण गर्ने सोचको स्रोत अवश्य केहि त हुनु पर्छ भन्ने लागेसंगै दोस्रो अवधारणा हिन्दु समाज तर्फ सोच खोज गर्न तर्फ लागे संगै हिन्दुस्तानमा करिब १८५ देखि ७५ ईसा पूर्वमा लिखित रचित मनुस्मृति नामक ग्रन्थ/शास्त्रमा आएर ठोकियो मूल जड जरा हिन्दु समाज निर्माण हुनु र गर्नुको प्रमुख स्रोत | तत्पश्च्यत गहन, गहिरो र गम्भीर रुपमा मनुस्मृति पढ्ने मार्गमा लागियो अंग्रेजी र नेपाली भाषामा अनुबाद गरेको मौलिक संस्कृत भाषाबाट | मनुस्मृति पढेपछि मनमा जिज्ञासा लागेको थियो कसरी र कहिले हाम्रो देश र समाजमा भित्रियो मनुस्मृतिमा उल्लेखित सोचविचार सहितको प्रचलन भन्ने |

तर उक्त मेरो जिज्ञासा मेटियो जब भोटाहिटीमा मनुस्मृति किन्न भनि सन् २०१२ मा नेपाल आउँदा एक पुस्तक पसलमा गई मनुस्मृति किन्नको लागि माग गर्दा मेरो बोलि सुनेर मेरो नजिकैको ग्राहक मुसुक्क हाँसे अनि मैले उनलाई सोधे तपाई त मुसुक्क हाँस्नु भयो नि मैले मनुस्मृतिको नाम लिदा भने पछि उनले भने तपाईले जड जरानै कोट्याउने मार्गमा लाग्नु भएको रहेछ तपाईले "मानव न्याय शास्त्र" को बारेमा पनि अध्ययन गर्नुहोस् भनि सल्लाह सुझाव दिए | साथै उनले भने मानव न्याय शास्त्र हाम्रो देशको पहिलो लिखित कानून हो जसमा मनुस्मृति लगायत अन्य हिन्दु धार्मिक ग्रन्थहरुलाई स्रोत सामाग्रीको रुपमा लिएर लेखिएको छ जय स्थिति मल्लको पालामा | उनको परिचय माग्दा उनीले भनेका थिए मेरो नाम रमेश अधिकारी हो मेरो पेशा वकालत गर्नु हो भनि | उनको व्यक्तिगत आधिकारिताको बारेमा जाने बुझे पछि मानव न्याय शास्त्र खोज्ने मार्गमा लागे र अध्ययन पनि गरे तब छर्लङ्ग भए नेपालको कानून दैवले जानुन किन भनेका रहेछन र नेपाली समाजमा किन चकाली मात्रामा विभेद रहेछ लिङ्ग, वर्ण, वर्ग, जातजाति, संस्कृति, भाषा, धर्म, भूगोल आदिको आधारमा भनि |   

आजभन्दा झन्डै साढे सात सय वर्षअघि, बिक्रम सम्वत १४३६ मा हिन्दुस्तानको पुत्र जो राजा भए र कहलिए तत्कालिन काठमाडौँ उपत्यकाको उनी हुन् जयस्थिति मल्ल जसले जारी गरेको कानुन भनेकै "मानव न्याय शास्त्र" हो जुन मनुस्मृति लगायत अन्य हिन्दुस्तानको धार्मिक सांस्कृतिक ग्रन्थहरुमा आधारमा लेखिएका थिए हिन्दुस्तानी ५ ब्राह्मणहरुको सहयोगमा भन्ने ऐतिहासिक तथ्य रहेको छ |

जय स्थिति मल्लको पालामा निर्माण गरेको कानूनलाई उच्च स्तरको कानून भनि पृथ्वी नारायण शाहले भनेको पाइन्छ दिव्य उपदेशमा |

नाम भने मानव न्याय शास्त्र तर कति अमानवीय अन्यायकारी शास्त्र थियो मानव न्याय शास्त्र भन्ने तथ्य जो कोहिले गहन, गहिरो र गम्भीर रुपमा विश्लेषण गरेस स्वत जान्न बुझ्न सकिन्छ |

त्यस्तो अतिनै जातिबादी लैङ्गिकबादी वर्णवादी कानूनमा आधारित भई जङ्ग बहादुर राणाको पालामा राजगुरु पण्डित पुरोहित पुजारीहरुद्वारा लेखेर जारी गरेको कानून नै मुलुक ऐन हो भन्ने तथ्य स्पष्ट छ जुन त्यस्तै छ जस्तो मानव न्याय शास्त्रमा उल्लेखित गरेका छन् | त्यसैले त नेपालको पारिवारिक कानून नै प्राचीन हिन्दुस्तानको सामाजिक कानूनको रुपमा लिने, मनुस्मृतिमा आधारित छ भन्ने तथ्य स्पष्ट रहेको पाइन्छ नेपालको पारिवारिक कानूनी व्यवस्थाको बारेमा विधावाराधि गर्नु भएका माननीय न्यायधिस डा. सुलाहुद्धीन अख्तर सिद्धिकि ज्युद्वारा लिखित पुस्तक "मनुस्मृतिको पारिवारिक व्यवस्था र नेपालमा पारिवारिक विवाद" शिर्षक अध्ययन गरेमा |

तब छोराछोरीले समान रुपमा अंश पाउनु पर्छ भनि कुनै पनि हिन्दु नारीहरुले नसोचे नखोजे हुने रहेछ भन्ने तथ्य यी यस्तै ऐतिहासिक तथ्यहरुबाट स्पष्ट हुन्छ |

जब परिवारमै आफ्नो आमा बुबा दाजु भाईहरुले नै आफ्नो छोरीचेलीहरुलाई अंश दिन मान्दैनन र दिदैनन् तब त्यहिबाट जान्नु बुझ्नु पर्छ कस्तो सोचविचार, दृष्टिकोण र धारणाबाट हिन्दु समाज संचालित र निर्देशित छ भनि |

हाम्रो त बुबाले आमालाई भनेका थिए मेरो लागि छोराछोरी बराबरी हो | त्यसैले मैले जे जति कमाएको छु त्यो सबै ५ सन्तानहरुलाई बराबरी बाड्नु पर्छ भनि र सोहि गर्नु भयो आमाले जब बुबा ५२ वर्षको उमेरमा यस संसारबाट देह त्याग गर्नु भयो खुट्टाको हड्डीको क्यान्सरको कारणले गर्दा |

त्यसैले आमा बुबाको हात महत्वपूर्ण हुन्छ छोराछोरीहरुलाई समान व्यवहार गर्नु न कि सरकारी कानून भन्ने तथ्य मेरै आफ्नै घरपरिवारबाट पुष्टि भएको छ | हाम्रो ३ जना माईतिहरुले त्यसको लागि कहिल्यै विवाद र विरोध गरेनन् |

बरु उल्टै बुहारी जो अतिनै हिन्दु संस्कार संस्कृतिबाट हुर्के बढे पढेका थिए हिन्दुस्तानमा उनले पो मेरो ससुराको धन भन्दै हाम्रो बुबाको धन प्रति आँखा गाडेको पाइयो |

हाम्रो बुबाको सम्पतिप्रति आईते र ल्याईते (बुहारी) को बढि चासो भएको पाइयो ब्याईते (छोरा) हरुको भन्दा पनि तब त्यस्ताहरुलाई कसरी ठेगान लगाउनु पर्छ मैले पनि आमासंग मज्जाले जाने बुझे सिकेकै कारणले गर्दा सोहि अनुसार व्यवहार पनि गर्दै आई रहेको छु |
स्रोत सामाग्री
१. शोभा शर्मा, २०७७ चैत्र २४ "महिलाले आमाबाबुको सम्पत्तिमा अंश पाउने, पतिकोमा पनि हक लाग्ने" पूर्ण लेखको पहुँच https://www.setopati.com/politics/233755