Friday 13 October 2017

वैदिकबाद, ब्राह्मणबाद र हिन्दुबादको रुप स्वरूप र प्रतिफल !

वैदिक ज्ञान राम्रो थियो, हाम्रो भन्न लायाक थियो किन कि त्यो प्रकृतिक सिद्धान्तमा निहित थियो | तर वैदिक ज्ञानको संरक्षण, सम्बर्धन र प्रवर्धनकर्ताहरुले नै अपभ्रंश गरे, भ्रष्ट पारे लोभ लालचमा फसी आफ्नो क्षणिक व्यक्तिगत, पारिवारिक र साम्प्रदायिक प्रयोजनको लागि मात्र उपयोग गरी जसले गर्दा पूर्ण रुपमा कर्मकाण्डी प्रचलन भित्रायो मिथ्या कपोकल्पित ज्ञानले प्रदुषित बनाई हिँसा हत्या पारिवारिक झैँझगडालाई बढवा दिने गरी "ब्राह्मणबाद" भन्ने धर्म नै निर्माण गरेको रहेछ बुद्धकालीन अघिको हिन्दुस्तान/भारतमा |
ब्राह्मणबाद र बुद्धबादको मिश्रित "बाद" रहेछ "हिन्दुबाद" जुन स्थापना गरेको रहेछ नवौ, दशौ शताब्दी ताका | त्यसैले हिन्दु धर्म होइन जीवन शैली हो भन्ने गर्दा रहेछ किन कि बढि नै कर्मकाण्डी भए पछि कुनै पनि प्रकृतिमा निहित वस्तु, प्राणी, घटना र परिघटनाको सत्य, तथ्य र यथार्थमा आधारित गुण विशेषता, सिद्धान्त, नीति नियम र परिवेश नै धर्म हो र सोको वैचारिक दर्शनको टिपोट र रिपोट गरी लिपिबद्ध गरेको पुस्तकलाई शास्त्र र ग्रन्थ वा धार्मिक पुस्तक भन्ने गर्छन र जसले सोलाई धारण गर्ने गर्छन त्यस्ता व्यक्तिलाई नै धार्मिक व्यक्ति भन्ने गर्छन | तर सो नै नरहे पछि कहाँ धर्म धारण गरेका धार्मिक व्यक्ति भन्न पाईयो र !! त्यसैले हिन्दु धर्म होइन जीवन शैली हो भन्ने गर्छन कतिपय पढे लेखेका शिक्षित दीक्षित विद्वान बुद्धिजीवी विज्ञ हिन्दुवादका संरक्षण र पालककर्ता हिन्दुस्तानी र नेपालीहरु जुन स्वाभाविक नै हो भन्ने प्रष्ट छ |
पढे लेखेका शिक्षित दीक्षित विद्वान बुद्धिजीवी विज्ञहरुको आफ्नो धर्म भनेको पुर्खाले रचेका सोचेका र संचित गरेका ज्ञान रचना र आविष्कारहरुलाई परिस्कृति गर्दै उत्कृष्ट रुप दिदै जानु पर्नेमा हामी प्राय रणभुल्लमा परेर नराम्रो गरी फसेका छौ भ्रम नै भ्रमको यो संसारमा | जुन जापानिज, चाईनिज र सिंगापुरेहरुले चाही बुझेर ज्ञानको विशुद्ध रुप "विज्ञान" लाई आत्मसात गरी सत्य र असत्य, तथ्य र मिथ्या, वास्तविक र भ्रामिक के हो भनेर खोजे, छुटाए र केलाए तर हामी अन्य पूर्वीय दर्शन भनेर कुर्लिने हिन्दुस्तानी र नेपालीहरु चाही मज्जाले दलदलमा फसे र आजको दिनमा आएर पश्चिमेली वैज्ञानिकहरुले हाम्रो वैदिक दर्शनबाट यो गरे, उ गरे भनेर पुन पश्चिमी मुलुकहरुलाई गालि गरेता पनि ताली पनि उनीहरुबाटै भएको उत्घोषण गर्ने गर्छौ | त्यसैले खोई के खोई के किन हामी आफुले खनेको दलदलमा आफै भासिंदै पश्चिमी मुलुकहरुलाई गालि दिने र तालि पनि उनीहरुकै स्वीकार्ने गर्छौ ज्ञानको विशुद्ध रुप छुट्याउने विधी "विज्ञान"/वैज्ञानिक विधिलाई छिछि धुर धुर गरी | राज कुमार सिद्धार्थ गौतम जो बुद्ध हुनु भयो आफ्नो मनको बुद्धुपनबाट ब्युझिएर उनले गर्नु भएको महान काम भनेको ब्राह्मणबादबाट वैदिक ज्ञानलाई पुन आफ्नो मौलिक रुपमा ल्याई दिने मानवीय काम गर्नु भएको मात्र हो जसलाई कालान्तरमा उनको अनुयायी तत्कालिन ब्राह्मण र क्षेत्रीयहरुले अनेक नामकरण गरी हालमा आएर बुद्ध धर्म भन्ने पहिचान लियो मानव समाजमा |
के तपाई हामीले पनि सोहि गर्न सक्दैनौ हिन्दुवादबाट मानव कल्याण जस्ता राम्रो जति केलाई, छुट्याई संरक्षण गर्ने अनि नराम्रोलाई नराम्रो अमानवीय दानवीय हो भनेर फ्याक्ने मिल्काउने जसरी गर्ने गर्छन वैज्ञानिकहरुले आजको दिनमा आएर जुन गरेका थियो राज कुमार सिद्धार्थ गौतमले आज भन्दा २६०० वर्ष अघि नेपाल र हिन्दुस्तानमा | तब हामीले पश्चिमा मुलुकहरुले ईसाईबाद लादयो भनेर आरोप प्रत्यारोप गर्नु नै पर्दैन | साथै बाहुनबाद/ब्राह्मणबाद हिन्दुवाद भनेर घृणा तिरस्कार बहिस्कार गर्नु नै पर्दैन |
पश्चिमा मुलुकहरुको वैज्ञानिक खोजिको विकास भनेकै १७ औ शताब्दि यता भएको पाइन्छ जब उनीहरुले हिन्दुस्तान आक्रमण गरे १६ शताब्दीमा तबदेखि मात्र उनीहरुको बुद्धि विवेक चेतपूर्ण रुपमा खोलिएको भन्ने बुझिन्छ किन कि उनीहरुले वैदिक ज्ञान, बुद्ध ज्ञान र हिन्दुबादको ज्ञानको भण्डारणको शास्त्र ग्रन्थहरु पाए साथसाथै व्यवहारिक रुपमा नै बुझ्न, देख्न र हेर्न पाए तब उनीहरुले सो ज्ञानलाई अझै प्ररिस्कृति गर्दै लागे भन्ने प्रष्ट छ |
अल्बर्ट आईस्टाईले जुन एटम बमको निर्माण गरे सो ज्ञान जापानिजहरुको ज्ञानबाट प्राप्त ज्ञान हो भनेर स्विकारी सकेका छन् पश्चिमामुलुकका कतिपय वैज्ञानिकहरुले |
जय मंगलम, सबैको कल्याण भव !

No comments:

Post a Comment