Friday, 13 October 2017

नेपालमा यौन शिक्षाप्रति पढे लेखेका शिक्षित वर्गहरु नै बाधक

यौन, यौनिकता र प्रेम सम्बन्धित मज्जाले खुलेर ग्रन्थ/शास्त्र /पुस्तक "कामा सुत्र" नाम दिएर लेख्ने चाही हुने हामी हिन्दुस्तान र नेपाल भूमिका पुर्खाहरुले | तर सोहि पुस्तक पढेर अघि बढ्न र सभ्य भाषा र शैलीमा बोल्न चाही हुने मान्यता राख्दो रहेछ पढे लेखेका शिक्षित दीक्षित प्राज्ञिक वर्गहरुले समेत अनि जो कोहि खुलेर उनीहरुको सामुन्ने खुलेर बोल्यो भने चाही त्यसरी बोल्न हुन्न भनेको सुन्दा म त चित खादै आई रहेको छु बा |
कस्तो पाखण्डी र ढोगी होला भन्ठानेर किन कि लुकिछिपी र बन्द कोठामा उनीहरु नग्न भई खुलेर जे पनि गर्न हुने अनि सो बारे सत्य, तथ्य र यथार्थ ज्ञान शिक्षा दिदा लाज शरम अनैतिक हुने !! कस्तो सोचाई, धारणा, दृष्टिकोण र बुझाई होला उनीहरुको |
यसो कुरा बुझ्दा हाम्रो ज्ञान भुमि, शान्ति भुमि अग्रगामी नेपालमा सामाजिक र धार्मिक परम्परा र अन्धविश्वासमा विश्वास र प्रचलनहरूले गर्दा अज्ञानता र अनभिज्ञता चरम छ भन्ने कुरा त आम पढे लेखेका शिक्षित चेत खुलेका वर्गहरुले महसुस गरेकै कुरा हो | तर खुलेर भन्न भने सक्दैन प्राय जसले वनको बाघले खाओस नखाओस मनको बाघले खाएर आफ्नै अज्ञानता र अनभिज्ञताको कारणले गर्दा | त्यसै कारण पनि मलाई भने ती त्यस्ता कुरीति, कुसंस्कार, कुपरम्परा र अन्ध विश्वासकै पछि लाग्न रुचाउछु र सोहि अनुसारले आफ्नो अध्धयन र कार्यको लागि पेशागत रुपमा सुम्पिएको छु तन, मन र धन पनि एक सभ्य, सम्पन्न, शिक्षित, सबल, समानता मुलुक समाजको विकास गर्नको निम्ति भए पनि होस्टेमा हैसे होस् भन्ने अभिप्रायले गर्दा |
मलाई खुलेर कुरा गर्न मन पर्ने विषयहरु भनेको यौन, धर्म र राजनीतिक जुन सकभर नगर्नु कुरा भन्दा रहेछन | तर यसैमा छ मानवको जीवन र जगत अल्झिएको अनि नगरेर हुन्छ खुलेर यस विषयहरु प्रति !!!
जे होस् कुरा बुझ्दा धेरै यौन, यौनिकता तथा प्रजनन स्वास्थ्यसंग सम्बन्धी जिज्ञासा, कौतुहलता, र समस्याहरु रहेछन कसरी आफ्नो प्रेमिका, श्रीमती, पत्नी, जीवन संघिनी, वा जो कोहि महिलाहरुसंग यौन सम्पर्क राख्दा बदी भन्दा बदी यौन सन्तुष्टि लिने र दिने भनेर |
कुरा बुझ्दा उनीहरुको मनमा यी यस्ता विषयहरुमा प्रश्नहरु तेर्सिएको रहेछन जस्तै
- यौन इच्छा, यौन आनन्द र सन्तुष्टि, यौन चरमोत्कर्ष,
- शिघ्र स्खलन हुने
- हस्तमैथुन
- सन्तान उत्पादनको लागि हस्तमैथुनले पार्न सक्ने समस्या आदि ईत्यादी बारेमा
- यौन सम्पर्क गर्दा कस्तो पोजिसनमा बदी आनन्द र सन्तुष्टि दिन सक्ने आफ्नो यौन जोडीलाई
समस्या हामीसंग छ, समाधानको उपाय पनि हामीसंगै छ मात्र लागि परि खोज्नु, सोच्नु र बुझ्नु पर्छ को होस् मुख्य समस्या र यसको निराकरण के हो भनेर | मैले सोहि अनुसारले गर्दा मैले पाए सारा समस्याको समाधान हिन्दुस्तानी र बौद्ध दर्शन साहित्य र ग्रन्थहरुमा रहेछ भनेर |
ल अब सबै युवा युवती लगायत यौन सम्बन्धी शिक्षा दिने, जिज्ञासा लिनेहरुले अध्धयन गर्नु नै पर्ने पुस्तक रहेछ यो "कामा सूत्र" भन्ने जसमा "प्रेम र सेक्स कला" को बारेमा मानव यौन व्यवहार बिस्तृत रुपमा व्याख्या र वर्णन गरेका रहेछन "वत्स्ययाना" हिन्दुस्तानी दार्शनिकले ६ औ शताब्दीमा जुन पुस्तक विश्वभरि विशेषत पश्चिमेली मुलुकहरुमा अति नै खुलमखुल्ला रुपमा बिक्रीवितरण गर्ने र सो संग सम्बन्धित तालिमहरु पनि दिने गर्दा रहेछन |

मनोभ्रम र अशान्तिबाट छुटकारा पाउने दुई पृथक मार्ग बीच प्रमुख भिन्नता

मनोभ्रमबाट छुटकारा पाउन त्यति सहज छैन जसको लागि निकै कसरत गर्नू पर्छ स्वयं तपाई हामीले | जे देख्छौँ, सुन्छौ र हेर्छौ त्यो प्राय सत्य, तथ्य र यथार्थ नै होइन | तर जे देख्दैनौ र सुन्दैनौ सोहि प्राय सत्य, तथ्य र यथार्थ हुन्छ |
अध्यात्मिक (Spiritual) हुनु, धार्मिक (Religious) नहुनु भन्ने मेरो आफ्नो बुझाई सहितको मान्यता हो किन कि अध्यात्ममा मनमा शान्ति (Peace) मिल्छ मुसु मुसु हास्न पाइन्छ दया माया करुणा भाव उत्पन्न हुन्छ मनोडर भय मुक्त हुन्छ मनमा भने धर्मात्ममा क्रान्ति /अशान्ति (Piece) मिल्छ, ठुसु ठुसु रिस उठ्छ क्रोधी भाव मनोडर, भय चिन्ता पिर लोभ लालच उत्पन्न हुन्छ मनमा जुन विश्व मानव समाजको साथै तपाई हाम्रै दैनिक जीवन र जगतमा देखेका र अनुभूति गर्दै आई रहेका छौ | तर धार्मिक बन्न सजिलो छ किन कि कुनै वैचारिक आस्था र विश्वासको ज्ञानलाई आर्जन र धारण गरियो धार्मिक बनियो अरुलाई देखाउन र आत्म सन्तुष्टिको लागि मठ मन्दिर धायो पुजा आजा प्रथाना गर्यो, बलि दियो सकियो | बारम्बार सोहि दोहोर्यो नमरुन्जेलसम्म र मरेर गई सके पछि सोहि पुन भावी सन्ततिहरुले गर्दै जाने गर्छन युगौ युगौसम्म | यो हुल र भिड मनोविज्ञानको मार्ग हो सत्य, तथ्य र यथार्थ भन्दा पनि विश्वासी अनुयायीहरुको जमातको ज्ञान र भक्ति मार्ग हो शक्ति र समृद्धको लागि समाजमा देखाउनको लागि |
तर अध्यात्मिक बन्न चाही त्यति सहज छैन | निकै कठिन छ किन कि अध्यात्मिक बन्न पहिले ज्ञान आर्जन गर्यो | तत्पश्च्यात आर्जेको ज्ञानलाई व्यवहारिक रुपमा स्वयंमा अभ्यास गर्न ध्यान मार्गमा लाग्नु पर्छ जसको लागि मेहेनत र समय लगानी गर्नु पर्छ, देखावटी रुपमा केहि हुन्न सबै भित्री रुपमा हुन्छ, कसैले देख्दैन आफुले गरेको ध्यानको अभ्यास, मात्र अनुभूति गर्न सकिन्छ | भावी सन्ततिहरुमा हस्तान्तरण गर्न त्यति सहज छैन किन कि स्वयंले प्रयोगात्मक अभ्यास गर्नु पर्ने हुन्छ | यो सत्य, तथ्य र यथार्थ र मानव भई जन्म लिनु र बाच्नुको अर्थ खोज्ने अरुलाई दुख कष्ट दिने भन्दा पनि सहनु नकहनु भन्ने मुक्तिको मार्ग हो जुन प्राय एक्लै हिड्नु पर्ने हुन्छ, हुल र भिड मनोवैज्ञानिक शिकारबाट मुक्त हुने मार्ग हो | यसमा शान्ति मिल्छ मनमा र समृद्ध मिल्छ तनमा |
राजकुमार सिद्धार्थ गौतम जो आफ्नो बुद्धुपनबाट छुटकारा पाउने ज्ञान र ध्यान मार्ग लागि ६ वर्षको अथक प्रायस पश्च्यात उनलाई बोध भयो सम्पूर्ण मानवको दुख कष्ट पिडाकू मूल कारण र त्यसबाट मुक्ति हुने मार्ग जसलाई बुद्ध मार्ग भनेर चिनियो सो अध्यात्मिक मार्ग हो | तर प्राय बुद्ध मार्गीहरु विगत कयौ वर्ष सायद शंकराचार्य र नालन्दा विश्व विधालयको ब्राह्मण बुद्ध भिक्षु, पदमसम्भव (गुरु रिन्पोच्छे) को पाला, ८ औ शताब्दी देखि धार्मिक बन्ने मार्गमा हिड्न थालेको पाइन्छ कर्मकाण्डी पुजापाठ, मठ मन्दिर धाउने आदि परम्परागत अभ्यासमा लागि विशेषत नेपाल र हिन्दुस्तानमा |
अध्यात्मबाद र धार्मिकबाद उस्तै उस्तै लागेता पनि घोडा र गधा मिसिएर जन्मेको खच्चड झैँ हो | फरक छुट्याउनु सक्नु पर्छ कुन घोडा, गधा र खच्चड हो भनेर | त्यस्तै गरी भेडा, च्यांग्रा र बाख्रा पनि एकै देखिन्छ कतिपयको लागि | शुद्ध दुध र पानी मिसाएको दुध पनि हेर्नुमा केहि फरक हुन्न | तर फरक त अवश्य छ ती तीन जनवार र पानी हालेको दुध र शुद्ध दुधमा | हो त्यस्तै हो अध्यात्मिक र धार्मिक मा पनि हेर्नुमा उस्तै उस्तै देखिन्छ तर फरक अवश्य छ सत्य, तथ्य र यथार्थ बुझ्ने र भ्रमबाट छुटकारा पाएकाहरुलाई |
कुरा बुझ्नु मुसु मुसु हास्नु नत्र भेडो झैँ बा बा कराउदै बथान तिर हिड्नु हुलले जे गर्छन सोहि भुल गर्न |

एक जना फेसबुक मित्र, चन्द्र मगर जीले मेरो उक्त लेख अध्धयन गरे पछि आफ्नो प्रतिकृया यसरी राख्नु भयो:
"अध्यात्मिक र धार्मिक बिच फरक त हुने नै भो। धर्म अनुसार धार्मिक हुनु भनेको पहिल्यै स्थापित गरेका मान्यतालाई कायम दिएर पालना गर्नु हो। तर अध्यात्मिक हुनु भनेको धर्म वा बिश्वास माथि पुन: अध्यायन गरेर नयाँ बिचारको साथ अघि बढ्नु हो। पहिला बुद्ध पनि हिन्दु धर्म र परिस्थतिका अध्यात्मिक गुरु थिए। तर पछि तिनका ति बिचारलाई पालना गर्ने गरी बुद्ध धर्मको बिकास भएको हुनुपर्छ।"

उनको बुझाईमा केहि तथ्यपरक भएता पनि पूर्ण रुपमा तथ्यमा आधारित नभएकोले यसरी प्रष्ट पर्ने गरी मैले आफ्नो प्रतिकृया यसरी प्रस्तुत गरे फेसबुकको कमेन्टमा:
"हिन्दुस्तानको धार्मिक र अध्यात्मिक ऐतिहासिक घटनाक्रम अध्धयन गर्ने हो भने हिन्दु भन्ने धर्म वा जीवन शैली मात्र ९, १० औ शताब्दीमा स्थापित भएको पाइन्छ जब कि राजकुमार सिद्धार्थ गौतम परिनिर्वाण भएको करिब १००० वर्ष नै भई सकेको थियो | राजकुमार सिद्धार्थ गौतमको पालामा दुई धार्मिक र आध्यात्मिकबादको मार्ग थिएछ १. वैदिकवादको अपभ्रंश रुप ब्राह्मणबाद र २. स्रमणबाद जस अन्तर्गत महाबिरको खोज मार्ग जैन धर्म मार्गमा | राजकुमार गौतमले दुवै मार्ग सिके धारण गरे | तर कालान्तरमा चित्त नबुझेर आफ्नै मार्गमा लागे पश्च्यात आफ्नो मनको बुद्धुपनबाट छुटकारा पाउने आफुलाई बोध भएर स्वयंलाई बुद्ध घोषणा गरेको ऐतिहासिक प्रमाण भेटिन्छ | त्यसैले बुद्ध पनि हिन्दु थियो वा सो मार्गमा लागेका थिए भन्नु भनेको हाम्रो बुझाईको सिमिता हो भन्ने पुष्टि हुन्छ | बरु हिन्दु धर्म चाही ब्राह्मणबाद र बुद्ध धर्मको मिश्रित रुप हो भन्ने पुष्टि चाही टन्नै छ |"

वैदिकबाद, ब्राह्मणबाद र हिन्दुबादको रुप स्वरूप र प्रतिफल !

वैदिक ज्ञान राम्रो थियो, हाम्रो भन्न लायाक थियो किन कि त्यो प्रकृतिक सिद्धान्तमा निहित थियो | तर वैदिक ज्ञानको संरक्षण, सम्बर्धन र प्रवर्धनकर्ताहरुले नै अपभ्रंश गरे, भ्रष्ट पारे लोभ लालचमा फसी आफ्नो क्षणिक व्यक्तिगत, पारिवारिक र साम्प्रदायिक प्रयोजनको लागि मात्र उपयोग गरी जसले गर्दा पूर्ण रुपमा कर्मकाण्डी प्रचलन भित्रायो मिथ्या कपोकल्पित ज्ञानले प्रदुषित बनाई हिँसा हत्या पारिवारिक झैँझगडालाई बढवा दिने गरी "ब्राह्मणबाद" भन्ने धर्म नै निर्माण गरेको रहेछ बुद्धकालीन अघिको हिन्दुस्तान/भारतमा |
ब्राह्मणबाद र बुद्धबादको मिश्रित "बाद" रहेछ "हिन्दुबाद" जुन स्थापना गरेको रहेछ नवौ, दशौ शताब्दी ताका | त्यसैले हिन्दु धर्म होइन जीवन शैली हो भन्ने गर्दा रहेछ किन कि बढि नै कर्मकाण्डी भए पछि कुनै पनि प्रकृतिमा निहित वस्तु, प्राणी, घटना र परिघटनाको सत्य, तथ्य र यथार्थमा आधारित गुण विशेषता, सिद्धान्त, नीति नियम र परिवेश नै धर्म हो र सोको वैचारिक दर्शनको टिपोट र रिपोट गरी लिपिबद्ध गरेको पुस्तकलाई शास्त्र र ग्रन्थ वा धार्मिक पुस्तक भन्ने गर्छन र जसले सोलाई धारण गर्ने गर्छन त्यस्ता व्यक्तिलाई नै धार्मिक व्यक्ति भन्ने गर्छन | तर सो नै नरहे पछि कहाँ धर्म धारण गरेका धार्मिक व्यक्ति भन्न पाईयो र !! त्यसैले हिन्दु धर्म होइन जीवन शैली हो भन्ने गर्छन कतिपय पढे लेखेका शिक्षित दीक्षित विद्वान बुद्धिजीवी विज्ञ हिन्दुवादका संरक्षण र पालककर्ता हिन्दुस्तानी र नेपालीहरु जुन स्वाभाविक नै हो भन्ने प्रष्ट छ |
पढे लेखेका शिक्षित दीक्षित विद्वान बुद्धिजीवी विज्ञहरुको आफ्नो धर्म भनेको पुर्खाले रचेका सोचेका र संचित गरेका ज्ञान रचना र आविष्कारहरुलाई परिस्कृति गर्दै उत्कृष्ट रुप दिदै जानु पर्नेमा हामी प्राय रणभुल्लमा परेर नराम्रो गरी फसेका छौ भ्रम नै भ्रमको यो संसारमा | जुन जापानिज, चाईनिज र सिंगापुरेहरुले चाही बुझेर ज्ञानको विशुद्ध रुप "विज्ञान" लाई आत्मसात गरी सत्य र असत्य, तथ्य र मिथ्या, वास्तविक र भ्रामिक के हो भनेर खोजे, छुटाए र केलाए तर हामी अन्य पूर्वीय दर्शन भनेर कुर्लिने हिन्दुस्तानी र नेपालीहरु चाही मज्जाले दलदलमा फसे र आजको दिनमा आएर पश्चिमेली वैज्ञानिकहरुले हाम्रो वैदिक दर्शनबाट यो गरे, उ गरे भनेर पुन पश्चिमी मुलुकहरुलाई गालि गरेता पनि ताली पनि उनीहरुबाटै भएको उत्घोषण गर्ने गर्छौ | त्यसैले खोई के खोई के किन हामी आफुले खनेको दलदलमा आफै भासिंदै पश्चिमी मुलुकहरुलाई गालि दिने र तालि पनि उनीहरुकै स्वीकार्ने गर्छौ ज्ञानको विशुद्ध रुप छुट्याउने विधी "विज्ञान"/वैज्ञानिक विधिलाई छिछि धुर धुर गरी | राज कुमार सिद्धार्थ गौतम जो बुद्ध हुनु भयो आफ्नो मनको बुद्धुपनबाट ब्युझिएर उनले गर्नु भएको महान काम भनेको ब्राह्मणबादबाट वैदिक ज्ञानलाई पुन आफ्नो मौलिक रुपमा ल्याई दिने मानवीय काम गर्नु भएको मात्र हो जसलाई कालान्तरमा उनको अनुयायी तत्कालिन ब्राह्मण र क्षेत्रीयहरुले अनेक नामकरण गरी हालमा आएर बुद्ध धर्म भन्ने पहिचान लियो मानव समाजमा |
के तपाई हामीले पनि सोहि गर्न सक्दैनौ हिन्दुवादबाट मानव कल्याण जस्ता राम्रो जति केलाई, छुट्याई संरक्षण गर्ने अनि नराम्रोलाई नराम्रो अमानवीय दानवीय हो भनेर फ्याक्ने मिल्काउने जसरी गर्ने गर्छन वैज्ञानिकहरुले आजको दिनमा आएर जुन गरेका थियो राज कुमार सिद्धार्थ गौतमले आज भन्दा २६०० वर्ष अघि नेपाल र हिन्दुस्तानमा | तब हामीले पश्चिमा मुलुकहरुले ईसाईबाद लादयो भनेर आरोप प्रत्यारोप गर्नु नै पर्दैन | साथै बाहुनबाद/ब्राह्मणबाद हिन्दुवाद भनेर घृणा तिरस्कार बहिस्कार गर्नु नै पर्दैन |
पश्चिमा मुलुकहरुको वैज्ञानिक खोजिको विकास भनेकै १७ औ शताब्दि यता भएको पाइन्छ जब उनीहरुले हिन्दुस्तान आक्रमण गरे १६ शताब्दीमा तबदेखि मात्र उनीहरुको बुद्धि विवेक चेतपूर्ण रुपमा खोलिएको भन्ने बुझिन्छ किन कि उनीहरुले वैदिक ज्ञान, बुद्ध ज्ञान र हिन्दुबादको ज्ञानको भण्डारणको शास्त्र ग्रन्थहरु पाए साथसाथै व्यवहारिक रुपमा नै बुझ्न, देख्न र हेर्न पाए तब उनीहरुले सो ज्ञानलाई अझै प्ररिस्कृति गर्दै लागे भन्ने प्रष्ट छ |
अल्बर्ट आईस्टाईले जुन एटम बमको निर्माण गरे सो ज्ञान जापानिजहरुको ज्ञानबाट प्राप्त ज्ञान हो भनेर स्विकारी सकेका छन् पश्चिमामुलुकका कतिपय वैज्ञानिकहरुले |
जय मंगलम, सबैको कल्याण भव !

चेलीबेटी बेचविखन तामांग समुदायको परम्परागत समस्या देशको समस्याको मुख्य चुनौती

समस्या छ त्यसैले त हामी पढे लेखेका शिक्षित दीक्षित व्यक्तिहरु छौ समस्याको निराकरण गर्न | तर मूलभुत कुरा हामीले जुनसुकै समस्याको जरा/जड पहिचान गर्नु पर्छ तब मात्र समस्याको निराकरण गर्न सकिन्छ नत्र दोष खेल खेल्यो बस्यो भ्यागुताले ट्वार ट्वार गरी उफ्री झैँ वर्षेनी वर्षायाममा |
"केहि समय पहिला, कान्तिपुर दैनिकमा प्रकाशित एउटा समाचारमा, नुवाकोट बालकुमारीका ८ का तामाङ थर भएका बाबुले आफ्नै १५ वर्षकि छोरीलाई बिक्रि गरेका थिए । गाँउबाट शहर घुमाउने वहानामा तीनजना दलालमार्फत छोरीलाई १० हजारमा भारतमा लगि बेचेका थिए । नेपालमा चेलिवेटि बेचविखन हुने जिल्लाहरुमा नुवाकोट, मकवानपुर, सिन्धुपालचोक जिल्लाका नाम प्रायजसो छापाहरुमा पढन पाईन्छ तापनि यो अवस्थालाई रोक्न न सरकारी निकायले सकेको छ । न त गैरसरकारी संस्थाहरुले नै । चेलिबेटि बेचविखनमा आफनै बाबुको, आफन्तको, लोग्नेले स्वास्नी, मामाले भान्जी, काकाले भतीजी र स्थानीय चिनजानका व्यक्तिहरुको संलग्नता रहेको प्रकाशमा आउने गरेका छन् ।
बिगतमा, सिन्धुपालचोक जिल्लाका एकजना अभियुक्तलाई चेलवेटी बेचबिखन गरेको र उनीहरुलाई देह व्यवापमा संलग्न गराएको अभियोगमा सिन्धुपालचोक जिल्ला अदालतले १७० वर्ष कैदको घोषणा गरेको समाचार प्रकाशमा आएको थियो । जिल्ला न्यायधिस अनन्त राज डुम्रेको एकल ईजलासले ३७ वर्षीय प्रेम तामाङ बिरुद्ध यस्ता ऐतिहासिक फैसला गरेको हो । यसरी १५ देखि १६ बर्षका ६ जना बालिकालाई भारतमा बिक्री गरेको अभियोगमा अभियुक्तलाई सजाय गरिएको थियो।"
- मनोज लामिछाने [१]
किन, कसरी, कहिले र कसले चेलीबेटी बेचबिखन जस्तो अमानवीय दानवीय जघन्य अपराधको एतिहासिक कालो दिनको शुरवात गरियो नेपालमा जसको कारण आफ्नै बाबुले छोरी, आफन्तले नातेदारको छोरीचेली, लोग्नेले स्वास्नी, मामाले भान्जी, काकाले भतीजी, दाजुले बहिनी, भाईले दिदि र स्थानीय चिनजानका व्यक्तिहरुको संलग्नता छ र यो किन अपराधिक परम्परा र प्रथा आजसम्ममा पनि निरन्तरता र कायम रहन सफल भयो भनेर पनि लेखहरु लेखे पो समस्याको मूल जड /जरा पहिचान गरी निराकरण गर्न सकिन्छ | खालि यी यस्ता सतही धरातलीय लेखहरु लेख्यो नेपालको प्रमुख तीन जिल्लाहरु नुवाकोट, मकवानपुर र सिन्धुपाल्चोक र सो भेगका तामांग समुदायको बारेमा घरीघरी तथ्यगत परिस्थिति कोट्यायो सकियो उनीहरुको दवित्य |
नेपालमा राणाकालिन सत्तामा सिन्धुपाल्चोकको हेलम्बुबाट शेर्पा, ह्याल्मु र तामांग समुदायका छोरी चेली जबर्जस्ति राणा शासक शोसकहरुले आफ्नो दरबारमा ल्याएर यौन दासी बनाउने गर्थ्यो र राणा शासक शोसकहरुलाई हिमाली भेगका ती समुदायका छोरी चेलीहरु दैनिक नयाँ नौलो आफ्नो यौन प्यासको लागि चाहिने भए पछि हेलम्बुको साथै सिन्धुपाल्चोक जिल्लाको हेलम्बुको ठिक तल रहेको गाउँ ईचोकबाट र हेलम्बुको पारी पट्टि नुवाकोट जिल्लाको घ्यांङफेदीबाट तामागं समुदायका छोरी चेलीहरुलाई यौन दासी को रुपमा राजदरबार ल्याउने प्रचलन थालियो | पछि हुँदा हुँदा त्यस भेगका छोरी चेलीहरुले पनि नपुगे पछि घ्यांङफेदीको छेउको गाउँ शिखरबेसी जुन नुवाकोट जिल्लामा पर्छ सोबाट ल्याउन थालियो | यसरी राणाकाल देखि शुरवात गरिएको तामांग समुदायको छोरीचेलीलाई जबर्जस्ती बेश्या बनाउने प्रथा र परम्परा पंच्यातकालमा पनि निरन्तरता गरियो | जसको लागि नुवाकोट जिल्लामा पन्चेको हस्ती डा. प्रकाश चन्द्र लोहिनी र सिन्धुपाल्चोक जिल्लामा पन्चेको हस्ती पशुपति शम्सेर जंग बहादुर राणा जस्ताले बिडो थाम्दै आई रहेका थियो सो कुप्रथा र कुपरम्परा तामांग समुदाय निरन्तरता दिलाउन |
साथै राणाकाल देखि नै हिन्दुस्तानमा शासन सत्ता चलाउदै आई रहेका अंग्रेजहरुले आफ्नो सैन्य फौजीहरुको थकान मेटाउन र यौन तृष्णा मेटाउन नेपालका राणाहरुबाट आफ्नो दरबारमा भएका यौन दासीहरुलाई बिक्रि गरेको भन्ने ऐतिहासिक तथ्यहरु रहेछ | जब राणा सत्ता स्वाहा भयो त्यति बेला पनि आफ्नो राजदरबारमा रहेका यौन दासीहरुलाई आफु हिन्दुस्तान भाग्दा उतै लागेको भन्ने ऐतिहासिक तथ्यहरु यदाकदा भेटिन्छ |
त्यसैले जहिले पनि तामांग समुदायमा र तामांग समुदाय बाहुल्यता भएको नेपालको मुख्य तीन जिल्लाहरु: नुवाकोट, मकवानपुर र सिन्धुपाल्चोक भनेर मात्र किन लेखहरु लेख्ने गर्छन | यी यस्ता सतही धरातलीय लेखहरु लेख्नुको मूल उद्धेश्य र नियत के हो लेखकहरुको भनेर खोज तलास गर्ने दिन आई सक्यो अब त नेपालमा भन्ने लाग्छ |
तामांग समुदायमा त्यसरी जबर्जस्ती राणा शासक शोसकहरुले लादिएको चेलीबेटि बेचबिखन जस्ता जघन्य अपराधको कारणले गर्दा नेपालमा कयौ व्यक्तिहरुले एनजीओ चलाई आफ्नो पहिचान स्थापना गरेको छ विश्वमा, अनेक पुरुस्कारहरु थापेका छन् | तर पनि समस्या जहीको त्यहि किन छ? कसैले गहन र गम्भीर रुपमा सोध खोज गरी अध्धयन अनुसन्धानात्मक तथ्यहरु राख्ने खासै झमर्को गरेको छैन | खालि शोषित पिडित शिकारलाई मात्र दोष लगाउने खेल (Victim Blaming) खेल्दै आई रहेका पाउने गर्छौ पढे लेखेका शिक्षित दीक्षित नेपालको विद्वान बुद्धिजीवी विज्ञ भनाउदाहरुले | सायद उनीहरुलाई जुन समुदाय राज्यबाट विगत २५० वर्ष देखि शोषण दमन सामाजिक अन्याय अत्याचार तिरस्कार बहिस्कार हुँदै आई रहेका छन् उनीहरुलाई त्यसरी आरोप प्रत्यारोप दोष लगाउदा आनन्द आउछ मनमा निकै सन्तुष्टि मिल्छ जस्तो छ, मूल समस्याको जड कहाँ छ र कसरी निराकरण गर्न सकिन्छ भन्ने भन्दा पनि उनीहरुको नियतहरु बुझ्दा |
चेलीबेटी बेचबिखन जस्तो अमानवीय दानवीय जघन्य अपराध सुनियोजित राजनीतिक र आर्थिक चलखेल र छलखेल हो तामांग समुदायमा विगतमा लादिएको न कि सामाजिक मुद्धा मात्र हो जुन हामीले सोच्ने बुझ्ने गर्छौ किन कि म स्वयं पनि १९९६ मा जब हिन्दुस्तानबाट १२० चेलीबेटी हिन्दुस्तानको बेश्यालयमा बेचिएका थिए उनीहरुलाई ५ बाट एनजीओले ल्याउदा तत्कालिन समयमा म कार्यरत संस्थाले पनि करिब २० जना पुनर्स्थापन गर्न जिम्मा लिएका थिए जसको ईन्जार्च म स्वयं थिए | ती बहिनीहरुको आफ्नै मुखबाट उनीहरुलाई कसरी किन कसले बिक्रि गरे भन्ने प्रत्यक्ष उनीहरुको जीवनको कथा सुन्ने अवसर मिलेको थियो | त्यसैले बाहिरी सतही रुपमा एनजीओ आइएनजीओमा काम गर्ने नियत र अरुलाई निच निर्दयी देखाउने गरी मात्र लेखहरु लेख्ने भाषण गर्दै शासन गर्न त्याग्नु पर्यो | नत्र हेर्दै जानु के के हुन्छ आगमी दिनहरुमा समयले आफ्नै बताउने छ |

स्रोत
१. मनोज लामिछाने २०७४. नेपालमा चेलीबेटि बेचबिखनको अवस्था र चुनौती https://gautambuddhasandesh.com/2017/10/04/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%AE%E0%A4%BE-%E0%A4%9A%E0%A5%87%E0%A4%B2%E0%A5%80%E0%A4%AC%E0%A5%87%E0%A4%9F%E0%A4%BF-%E0%A4%AC%E0%A5%87%E0%A4%9A%E0%A4%AC%E0%A4%BF%E0%A4%96%E0%A4%A8/