Tuesday 4 July 2017

सामाजिक न्याय र सहिष्णुताको सुनिश्चितता: ऐतिहासिक अन्याय भोगेकाहरुको लागि क्षतिपुर्ति

ऐतिहासिक अन्याय भोगेका जातिय, धार्मिक, भाषिक, सांस्कृतिक र भौगोलिक समुदायका व्यक्तिहरुले राज्यद्वारा सामाजिक न्याय पाएको अनुभुति त्यति बेला गर्छन जति बेला राज्यले ऐतिहासिक अन्यायको हानिपूर्ति/क्षतिपूर्ति प्राप्त गर्छन जसरी गरे राज्यले विकसित सभ्य र सम्पन्न राष्ट्रहरु अस्ट्रेलिया, क्यानेडा, न्युजिलेण्ड लगायत अन्य राष्ट्रहरुमा मानवताको लागि अन्तरराष्ट्रिय मानव घोषणा पत्र लगायत अन्य संयुक्त राष्ट्रको घोषणा पत्रमा राज्यले हस्ताक्षर गरे अनुसार |
हाम्रो देशको सामन्ती मनोभ्रष्ट प्रष्ट भएका मनुबादी शासक, शोसक र सरकारले कुनै विशेषत र निश्चित समुदायका मानिसहरुलाई मनोवैज्ञानिक र भावनात्मक रुपमा आघात पुर्याएकोले आम विशेष नेपालीहरुको जातीय, भाषिक, धार्मिक र सांस्कृतिक नरसंहार गर्ने नीति लिएर मुलुकी ऐन १९१० अनुसार जुन आजको दिनमा समेत न्यायलयमा न्याय दिने प्रमुख हतियारको रुपमा प्रयोग हुदै आई रहेको छ हाम्रो देश नेपालमा, २०७२ मा नेपालको संविधान जारी गरी लागु गरेको भनिएता पनि |
मानव अधिकारको सुनिश्चित गर्छु, हामी मानव अधिकारबादी प्रजातान्त्रिक समाजबादी प्रेमी हौ भनेर जतिसुकै सामाजिक न्याय, शान्ति, मानवताको लागि लेखेता, खोकेता र भुकेता पनि ऐतिहासिक अन्यायको चपेटामा पारेका समुदाय, जातजाति, धार्मिक, सांस्कृतिक, भाषिक र भौगोलिक क्षेत्रमा रहेकाहरुले कहिल्यै राज्य, सरकार, शासक र शोसकहरुबाट न्याय पाएको अनुभुति गर्दै गर्दैनन् र राष्ट्रमा जहिले पनि अशान्त, झैँ झगडा सामाजिक असहिष्णुता कायम नै रही रहेछन भन्ने पक्का छ मानवताको लागि किन कि युगौ युगौ, पुस्तौ पुस्तौ देखि आफ्नो पुर्खा, आफु र आफ्नो भावी सन्ततिहरुले सामाजिक अन्याय खेपेको कुनै पनि पढे लेखेका शिक्षित सचेत सक्षम सजग व्यक्तिहरुले आजको दिनमा आएर हेरर सहेर कदापि बस्दैन जुन उनीहरुको जैविक गुण, डीएनएबाट हस्तान्तरण हुदै आई रहेको हुन्छ भन्ने विभिन्न वैज्ञानिक अध्धयन अनुसन्धानबाट पनि पुष्टि भई सकेको छ |
चेतना भया नेपालको शासक, शोसक र सरकार ऐतिहासिक सामाजिक अन्याय भोगेका जातजाति, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक समुदायहरुको लागि हानिपूर्ति/क्षतिपूर्ति दिन्छौ भने चाडै देउ नत्र देशमा जहिले पनि कलह, झैँ झगडा र सामाजिक असहिष्णुता खेप्न हरहमेस तम्तयार रहनु बस्नु मानवताको लागि |
१८ औ शब्तादी ताका ११ वर्ष जसरी फ्रान्सको क्रान्ति गरियो सामजिक र राजनीतिक अन्याय अत्याचारको लागि त्यस्तो क्रान्ति नेपालमा अझै पनि भएको छैन सामाजिक र राजनतिक आमुल परिवर्तन, रुपान्तरण र हस्तान्तरणको लागि भन्ने लाग्छ मानवताको लागि |
शान्ति र क्रान्ति एक अर्काको पुर्वक हुन् र हुनु पर्छ मानवताको लागि भन्ने पुष्टि हुन्छ प्रकृतिको नियम अनुसार पनि यदि सुस्त गतिमा शासक शोसक र सरकारले ढिलासुस्ती आनाकानी गर्दै न्याय दिउकी नदिउ भन्दै आलेंगटालेंग गर्यो भने पुन: नेपालमा अर्को विसाल र अन्तिम सामाजिक र राजनीतिक क्रान्ति गर्नु नै पर्छ आमुल सामाजिक र राजनीतिक परिवर्तन, रुपान्तरण र हस्तान्तरणको लागि भन्ने लाग्छ |
तर समयको माग अनुसार अबको क्रान्ति भनेको वारुद बमको नभई बोलि बचन बुद्धि विवेक विचारको हुनु पर्छ बुद्ध देशका बुद्धु बोधो मन, मनस्थिति र मानसिकता भएका हाम्रो शासक शोसक र सरकारको चेत र भेद खुलाउन भन्ने मेरो आफ्नो बुझाई सहितको ठहर छ मानवताको लागि |
आफु त परियो मुर्ख मानव, मानवताको लागि लड्ने मानव अधिकारको घोषणा पत्रको साथै ऐतिहासिक दस्तावेज खोजखाज गरी सत्य, तथ्य र यथार्थहरुको बारेमा बुझ्न र बुझाउन अध्धयन गर्दै आम जनमानसलाई पनि सचेत सजग गराउदै | सायद हामी जस्ता पढे लेखेका शिक्षित दीक्षित अज्ञानताको शिकार सत्य, तथ्य र यथार्थ ज्ञानको भिखारी मुर्ख मनुवाहरुले गर्नु पर्ने काम पनि यहि जस्तो लाग्छ मानवताको लागि |
दिन्छस भने दे ऐतिहासिक सामाजिक न्यायको हानिपुर्ति शासक शोसक सरकार |
नत्र तपाईहरुले भन्न पाउने छैन के गर्यो भन्दै किन कि हामीले पनि लिन जानेका छौ तपाईहरुलाई घुडा टेकाई ससम्मानजनक रुपमा तपाईहरुले नै हस्ताक्षर गरेको राष्ट्रिय अन्तरराष्ट्रिय दस्तावेजहरु प्रयोग गर्दै |

No comments:

Post a Comment