Monday, 1 August 2016

नेपाल शाह वंशीय राजामहाराजा मुस्लिम हुन् भन्ने आधार प्रमाण (Evidence to prove Nepali Shah Dynasty Kings were Muslim)

कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा २०७३ श्रावन १५ गते अब्दुल्लाह मियाँद्वारा  प्रकाशित लेख "चिकित्सा शिक्षाका अगुवा" जुन डा. सैयद मोइन शाहको नेपालको चिकित्सा शिक्षा र सेवाको लागि देनको बारेमा जो कोहिले गम्भीर र गहन रुपमा अध्धयन गर्नु र भन्नु तार्किक रुपमा सत्य, तथ्य र यथार्थ प्रमाण सहित गर्नु प्रतिबाद नेपालको शाह वंशीय राजा महाराजाहरु मुसलमान होइनन, थिएन भनेर |

कुनै पनि एक धार्मिक कट्टर पन्थी राजा, महाराजाहरुले आफ्नो दरवारको ठिक अघि अन्य संस्थागत धर्मको मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च स्थापना कुनै पनि विश्व मानव समाजमा आजसम्म गर्न दिएको घटना परिस्थिति छैन र हुनेवाला पनि छैन | यदि छ भने सप्रमाण कुन देश मा, कुन धार्मिक कट्टर पन्थी राजा महाराजाहरुले कहिले, कहाँ स्थापना गरेको छ सो बताउन सक्नु पर्यो धार्मिक सहिष्णुता कायम राख्न भन्दै एकदम सानो संख्यामा रहेको धर्मालाम्वीहरुको लागि |

तर नेपालमा त शासकालिन राज्य ताका भएको छ त्यस्तो जब कि नेपालको विद्वान बुद्धिजीवी विज्ञहरुले दावी गर्ने गर्छन नेपालको शाह वंशीय राजामहाराजा कट्टरपन्थी हिन्दुधर्मालम्वी थिए भनेर | ती राजामहाराजाहरुले आफ्नै राजदरवार को ठिक सामुन्ने हिन्दुधर्मालम्वीको लागि कुनै विशाल मठमन्दिर स्थापना नगरी नेपाली मुसलमानहरुको लागि मस्जिद स्थापना गरेको छ रत्नपार्क नजिक घण्टाघर छेउ जुन आफ्नो राजदरवारको ठिक अघि पट्टि अवस्थित छ | यहिबाट पनि पुष्टि हुन्छ शाह वंशीय राजाहरु धार्मिक रुपमा वास्तवमा मुसलमान नै थिए |

तर उनीहरु आफ्नो राजा महाराजको अस्तित्व बचावट गर्न अंग्रेजहरुको आक्रमणबाट भागेर नेपाल आए र हिन्दु धर्मलाई स्वीकारे जसरी गरेका थिए १२ औ शताब्दीमा मोङ्गोलियाको शासक तेमुजिन ले आफ्नो पुर्खौली धर्म बौद्ध त्यागी मुसलमान अनि बने जेंघिस खान महान राजा एशिया महादेश कै |

हो त्यस्तै गरेको हुनु पर्छ पृथ्वी नारायण शाहको पिता नर भुपाल शाह ले पनि जुन हिन्दुस्तानको मुगल साम्राज्य स्थापना गरेको थिए १६ औ शताब्दीमा बाबुर सम्राटले उनले स्थापना गरेको मुगल राज्य मा कसरी "शाह" उपनाम थपिदै सम्राट बहादुर शाह I ले सन् १७०७ देखि १७१२ सम्म, जहान्दर शाह सन् १७१२ देखि १७१३ सम्म, मुहम्मद शाह सन् १७१९ देखि १७४८ सम्म, अहमद शाह बहादुर सन् १७४८ देखि १७५९ सम्म, शाह जलान III सन् १७५९ देखि १७६० सम्म, शाह अलाम II सन् १७६० देखि १८०६ सम्म, जहान शाह IV सन् १७८८ मा, र बहादुर शाह II सन् १८३७ देखि १८५७ सम्म राजा महाराजाहरुले राज गरेका थिए | यी हिन्दुस्तानी मुसलमान राजा महाराजाहरुको ऐतिहासिक पृष्ठभुमि अध्धयन गरेमा प्रष्ट रुपमा बुझिन्छ यदि जो कोहि व्यक्तिले गम्भीर र गहन भई विश्लेषणात्मक अध्धयन गर्ने हो भने कसरी नर भुपाल शाह लगायत अन्य राजा महाराजा हिन्दुस्तानबाट ११ औ शताब्दी देखि नेपाल भुमि प्रवेश गर्न थाले आफ्नो ज्यानको रक्षा गर्न भनेर |

उक्त लेखको विष्तृत वर्ण /व्याख्या निम्न अनुसार रहेको छ:

श्रावण १५, २०७३- ‘नेपालमा मेडिकल पढाइको सुरुवात नै डा. सैयद मोइन शाहले गर्नुभएको हो,’ आईओएमका निमित्त डिन डा. विमल सिन्हा सम्झन्छन्, ‘त्यही भएर उहाँलाई फादर अफ मेडिसिन भन्छौं।’
सन् १९७० ताकाको कुनै महिना। राजा महेन्द्र रानी रत्नलाई लिएर सिकार खेल्न तत्कालीन शाही चितवन निकुञ्ज (चितवन राष्ट्रिय निकुञ्ज) गएका थिए। झुक्किएर रत्नको पेटमा गोली लाग्न पुग्यो। घटना लगत्तै महेन्द्र हतार–हतार काठमाडौं फर्के। त्यतिबेलाको नामुद अस्पताल भनेको वीरबाहेक काठमाडौंमा अरु थिएन। अस्पतालमा भएका वरिष्ठ चिकित्सकको टोली उपचारमा खटियो। टोलीले रानी रत्नलाई खासै धेरै समस्या नभएको र रगत दिनेबाहेक तत्काल केही गर्नु नपर्ने ब्रिफिङ राजा महेन्द्रलाई गरे। तर चतुर महेन्द्रको मनले के मान्थ्यो?

केही समयअघि बेलायतबाट चिकिस्ताशास्त्र पढेर आएका डा. सैयद मोइन शाह वीर अस्पतालमै काम गर्थे। उनको नाम महेन्द्रले पनि सुनेका थिए। तुरुन्तै डा. मोइनलाई बोलाएर रानी रत्नको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। बेलायतका तीनवटा कलेजबाट एफआरसीएस (फेलो अफ रोयल कलेज अफ सर्जरी) बाट चिकित्सा अध्ययन सिध्याएर आएका डा. मोइनले क्षणभरको अब्जरभेसनमै राजा महेन्द्रलाई भने, ‘सरकार क्विन रत्नको अपरेसन अत्यावश्यक देखिन्छ।’
रत्नको अवस्था खासै क्रिटिकल छैन भनी उपचारमा अघि बढ्न नसकेका वीर अस्पतालका सिनियर सर्जनको टोलीकै अघिल्तिर जुनियर डा. मोइनको अग्रसरतामा रत्नको शल्यक्रिया भयो। उनले भनेजस्तै भित्री भागमा निकै समस्या उत्पन्न भएको थियो। अपरेसन सफल भएपछि राजा महेन्द्र खुसी भए। डा. मोइन पनि खुसी नहुने कुरै भएन।
रत्नसहित सयौं बिरामीको शैल्यक्रिया गरी निको पारेर खुसीसाथ घर फिराएका तिनै चिकित्सक मोइनले ८३ वर्षको उमेरमा सोमबार संसार त्यागेका छन्। मोइनको बिहीबार अपरान्ह स्वयम्भूस्थित कब्रस्तान (समाधिस्थल) मा इस्लामिक परम्पराअनुसार अन्त्यष्टि गरियो।
डा. मोइनको जन्म १९९० असोज २३ मा हकिमाको कोखबाट क्षेत्रपाटीमा भएको हो। चार भाइ मध्येका उनी माइला थिए। उनका बुबा काशिम शाह व्यापारी थिए। सानैदेखि तीक्ष्ण दिमागका मोइन घरमै काका गुलाम शाहसँंग उर्दू भाषा पढ्थे। अरबी भाषाको कुरआन पनि उनले कम उमेरमै छिचोलेका थिए। काठमाडौंको मुटुमै जन्म लिए पनि विद्यालय भने उनले १२ वर्षको उमेरमा देख्न पाए। बुबा र काकाले उनलाई दरबार हाइस्कुलमा भर्ना गरेका
थिए, २००२ सालमा। भर्ना गरेको ४ वर्षमै उनी एसएलसी दिन सक्षम भए। २००६ (सन् १९५०) सालको एसएलसीमा बोर्ड फस्ट नै भए। त्यसैको स्मरण गर्दै गतवर्ष दरबार हाइस्कुलले उनलाई सम्मान गरेको रहेछ।
हुनेखाने वर्गका शाह परिवारमा खुसीको सीमा रहेन। आर्थिक अवस्था राम्रो त छँदै थियो। त्यही भएर परिवारले साइन्स पढाउने निधो गरे। बुबा सैयद काशिम शाहको धोको पनि साइन्स पढाउने नै थियो। बोर्डफस्ट भएका कारण उनले राम्रो अंक ल्याउने अपेक्षा गरिएको थियो। र भर्ना भए, त्रिचन्द्र कलेजमा।
त्रिचन्द्रमा दुईवर्षे अध्ययनपछि उनले ओस्मानिया युनिभर्सिटी, हैदराबादमा अध्ययन गर्ने अवसर पाए। सन् १९५७ तिर पढाइ सकेर उनी स्वदेश फर्किए। हैदराबादमै पढ्ने क्रममा सहपाठी प्रेमुसंँग उनी नजिक भए र उनैसंँग बिहे गरेर नेपाल आए।
उनका कान्छा छोरा डा. अनिस शाहका अनुसार सन् १९५८ तिर शान्त भवन (पाटन अस्पताल) र भक्तपुर अस्पतालमा मेडिकल अफिसरका रूपमा काम गर्ने अवसर पाए। उनीसँंग संगत गरेका डा. हेमांग दीक्षितका अनुसार उनी बेलायतमा ‘फेलो अफ द रोयल कलेज अफ सर्जन्स’का लागि ‘एफआरसीएस’ गर्न गएका थिए। ग्लास गो, लन्डन र एडिनबरा गरी तीन ठाउँमा एफआरसीएस कोर्ष हुन्थ्यो। ‘उहाँले तीनैवटा रोयल कलेजको कोर्ष पुरा गर्नुभयो,’ डा. दीक्षितले सम्झे, ‘त्यसपछि उहाँले वीर अस्पतालमा काम थाल्नुभयो।’ करिब ८ वर्ष बेलायत बसेर उनी स्वदेश फर्केका थिए। त्यतिबेला बेलायतमा ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ गर्न पाउने उनी भाग्यमानी एकमात्र नेपाली थिए।
उनी वीर अस्पतालमा सर्जनका रूपमा काम गर्न थाले। ‘वीर अस्पतालमा काम गरिरहेकै बेला रानी रत्नको घटना भएको थियो,’ काठमाडौंका पुराना बुद्धिजीवी मेहबुुब शाहले डा. मोइनलाई सम्झे, ‘रत्नको उपचारमा निपुणता देखाएपछि उनीसँंग महेन्द्रको हिमचिम बढेको थियो।’
डा. दीक्षितका अनुसार सन् १९७२ तिर चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) स्थापना गर्ने अभियानमा डा. मोइन शाह सक्रिय भए। आईओएम स्थापनाका लागि डा. दीक्षित लगायत समकक्षी अरुलाई पनि सक्रिय बनाए। त्यतिबेलै अर्थात् सन् १९७२ तिर उनी पहिलो डिनका रुपमा आईओएममा नियुक्त भए। सन् १९७७ तिर आईओएमले एमबीबीएस कार्यक्रम सुरु गर्ने योजना थाल्यो। डा. मोइनले एमबीबीएसको पाठ्यक्रम तयार गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट पनि डाक्टर बोलाए। चिकित्सा क्षेत्रमा माटो सुहाउँदो पाठ्यक्रम निर्माणमा डा. मोइनले जग हाल्ने काम गरेका थिए।
त्यतिबेला आईएस्सी गरेका विद्यार्थीले मेडिकल पढ्न पाउँथे। डा. मोइनकै अग्रसरतामा आधारभूत, मध्यम र उच्च तह गरी तीन तहको स्वास्थ्य कार्यकर्ताको अवधारणा अघि सारियो। त्यसमध्ये मध्यम स्तरको स्वास्थ्य कार्यकर्ताको तालिम आईओएमले सञ्चालन गर्न थाल्यो। त्यस अन्तर्गत नर्सिङ, हेल्थ असिस्टेन्ट, आयुर्वेदिक असिस्टेन्ट, फार्मेसी, एक्सरे र ल्याब टेक्निसियनहरू उत्पादन हुन्थे। डाक्टर शाहको कार्यकालमै समुदायमा आधारित मेडिकल स्कुलको सुरुवात भएको थियो। ‘मध्यम स्तरको स्वास्थ्य कार्यकर्ता भएपछि मात्र डाक्टर हुन पाइन्छ भन्ने अवधारणालाई उहाँले अघि सार्नुभयो,’ दीक्षितले भने। स्वास्थ्य कार्यकर्ताको वृत्ति विकासमा पनि डा. मोइनको देन छ।
दीक्षितका अनुसार डा. मोइन दुई कार्यकाल आईओएममा डिन नियुक्त भए, उनकै कार्यकालमा पुरा पाठ्यक्रम तयार भयो र १९७८ देखि एमबीबीएस पढाइ हुनथाल्यो। त्रिवि शिक्षण अस्पताल स्थापना हुँदा सन् १९८४ मा भने डिन डा. दीक्षित थिए। आईओएममा एक कार्यकाल ३ वर्षको हुन्थ्यो। १९७८ मा डा. मोइनको दोस्रो कार्यकाल सकिएपछि डा. हेमांग दोस्रो डिनका रूपमा नियुक्त भए। उनले हेल्थ वर्कर नभई डाक्टर हुन नपाउने व्यवस्थालाई स्थापित गरेका थिए। ‘अस्पतालभित्र मात्र बसेर होइन, समुदायमा पनि जानुपर्छ भन्ने सोचको विकास उहाँले नै गर्नुभएको हो,’ डा. दीक्षित सम्झन्छन्, ‘समुदायमा आधारित चिकित्सा पद्धतिलाई उहाँले जोड दिनुभयो।’
डा. मोइनले तनहुँ, धनकुटा, बारा र सुर्खेतमा गएर समुदायमा देखापरेका रोगबारे अध्ययन गरी पाठ्यक्रमको ढाँचा तयार गरेका थिए। चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा दुई पटकको उनको कार्यकालमा स्वास्थ्य क्षेत्रमा परिवर्तनको सुरुवात भएको चिकित्सकहरू सम्झन्छन्। ‘नेपालमा मेडिकल पढाइको सुरुवात नै उहाँले गर्नुभएको हो,’ चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का निमित्त डिन डा. विमल सिन्हा सम्झन्छन्, ‘त्यही भएर उहाँलाई फादर अफ मेडिसिन पनि भन्छौं।’
त्यतिबेलासम्म मुलुकमा चिकित्साशास्त्रको अध्ययन नै हुन्थेन। डा. मोइनले त्यसको विजारोपण गरे। ‘उहाँले सीएमए कोर्सलाई अपग्रेड गर्दै अघि बढाउनुभयो र नेपालमै एमबीबीएसको पढाइका लागि ढोका खोल्ने काम गर्नुभयो,’ डा. सिन्हा भन्छन्, ‘त्यो बेलामा त्यो महान काम थियो।’ धेरै कठिनाइ र चुनौतीसँंग मुकाबिला गर्दै उनले मुलुकमै चिकित्साशास्त्र अध्ययनको गोरेटो अघि बढाएकाले उनलाई मेडिकल साइन्सको फादर भनिएको हो। उनको योगदानको कदर गर्दै आईओएमले करिब ४ वर्षअघि महाराजगन्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानको डिनको कार्यालयको कम्पाउन्डमा डा. मोइनको सालिकसमेत राखेको छ।
अन्त्यष्टि अघि महाराजगन्जस्थित डिन कार्यालय प्राङ्गणमा गरिएको श्रद्धाञ्जली कार्यक्रममा डा. मोइनका समकक्षी र उनीपछिका पुस्ताको बाक्लो उपस्थितिले उनको ओज बढाएको थियो। छोरा डा. अनिसका अनुसार डा. मोइन १९८२ तिर काम गर्ने सिलसिलामा साउदी अरबको जेद्धा गए र त्यहाँको अबुजिनादा अस्पतालमा करिब २३ वर्ष काम गरे।
जेद्दाबाट सन् २००६ मा काठमाडौं फर्किंदा उनी ७० नाघिसकेका थिए। ‘तैपनि बुबाको काम गर्ने इच्छा थियो,’ डा. अनिस सम्झन्छन्, ‘उमेरसँंगै स्वास्थ्य पनि कमजोर बन्दै गएकाले उहाँको इच्छा पुरा हुन पाएन।’
उनका पछिल्ला १० वर्ष टंगालस्थित निवासमै बिते। ‘समय—समयमा दरबारमार्गस्थित कास्मिरी मस्जिद नमाजका लागि जानुहुुन्थ्यो,’ आफन्त अबुल कलाम शाह सम्झन्छन्, ‘मस्जिदमा बुढापाकासंँग बसेर जिन्दगीका आरोह–अवरोहबारे बयान गर्नुहुन्थ्यो।’ यो पटकको रमजान महिनामा भने उनी थलिएर मस्जिद जान सकेनन्।
डा. मोइनका परिवार सबै चिकित्सक हुन्। श्रीमती प्रेमुले पाटनसहित प्रसूति गृहमा काम गरिन्। जेठा छोरा डा. अनिल अमेरिकामा कार्यरत छन्। कान्छा छोरा डा. अनिस मलेसियाको आईआईयुएम विश्वविद्यालयमा चिकित्सा विज्ञान अध्यापन गराउँछन्। छोरी सल्मा पनि चिकित्सक हुन्, उनको बैंग्लोर निवासी चिकित्सक अरविन्दसँंग बिहे भयो। उनीहरू पनि बुबाको अन्त्यष्टिमा सहभागी हुन बेलायतबाट काठमाडौं आएका छन्।
ठूला छोरा डा. अनिल भने अन्तिममा जहाज रद्द भएपछि बुबालाई मट्टी दिन (अन्त्यष्टि) आउन सकेनन्। छोराहरूकै लागि उनको अन्त्यष्टि तीन दिन पछि सारिएको थियो। बिहीबार टंगालस्थित निवासबाट निकालिएको डा. मोइनको मैयत (लास) स्वयम्भूस्थित कब्रस्तान पुर्‍याइयो। कास्मिरी मस्जिदका एमाम (धर्मगुरु) फज्रे आलमले जनाजा (अन्तिम संस्कार) पढेर इस्लामिक संस्कारअनुसार कब्रमा दफन गरियो। उनको स्मरणमा शुक्रबार कुरआन पाठ भयो।

1 comment: