Monday 6 June 2016

तिक्षण बुद्धि के वंशानुगत हुन्छ ?

तिक्षण बुद्धि भएको नभएको वंशानुगत हुन्न भन्ने तथ्य त वैज्ञानिकहरुले पुष्टि गर्दै आई रहेका छन् [१] |
तिक्षण बुद्धि हुने नहुने भन्ने यथार्थ /वास्तविक तथ्य त सम्बन्धित व्यक्तिको आमाको गर्भमा रहदा बस्दा देखिनै उनको आमाले मलजल/ खानपिन कस्तो गरेको थियो साथै जन्मी सकेपछि पनि बालबालिकाको घरपरिवार र सामाजिक वातावरण के कस्तो थियो सो सम्पूर्ण कुराहरुले प्रभाव पार्ने हुन्छ |
तर अज्ञानताले गर्दा हामी प्राय जसोको बुझाई के छ भने कुनै एक निश्चित वर्ण (गोरो) जात/नश्ल (बाहुन/यहुदी) वा लिङ्ग (पुरुष) मा जन्मेका व्यक्तिहरु मात्र तिक्षण बुद्धि भएका हुन्छ भनेर | यस्ता बुझाई प्रायजसो मनोभ्रमले गर्दा हुने गर्छन एकहोरो झुठ, असत्य, तथ्यहिन मिथ्यालाई सत्य, तथ्य र यथार्थ हो भनेर मनको आँखा बन्द गरी विश्वास गर्ने र त्यस्ता ज्ञानको खेति गर्ने शोसकीय शासकीय मन, मनस्थिति र मानसिकता बोकेका व्यक्तिहरुमा उनीहरुको आफ्नै अज्ञानताले गर्दा |
वास्तवमा के चाही सत्य हो भने पढेलेखेका व्यक्तिहरु त्यसमा पनि जो अलिक मेहेनती र लगनशील छन् त्यस्ताहरु नै उच्च अंक ल्याउने वा सफल हुने गर्छन | तर उच्च अंक ल्यायो भन्दैमा उनीहरु तिक्षण बुद्धि भएको भन्ने चाही होइन् | पढेलेखेका शिक्षित र लगनशील र मेहेनती महिला पुरुषबाट जन्मेका बालबालिका अन्य नपढेका अशिक्षित, अल्छी र मेहेनत नगर्ने जाडरक्सि चुरोटविड़ी खाने महिला पुरुषबाट जन्मेका बालबालिका भन्दा पक्कै पनि तेजिलो हुन्छ बुद्धिमा पनि जुन वैज्ञानिक रुपमै पुष्टि भई सकेको तितो तथ्य हो |
खस-आर्य समुदायका बाहुन, सेता वर्ण का गोरा व्यक्तिहरु ले पण्डित पुरोहित पुजारी शिक्षक गुरु हुने भएकोले गर्दा उनीहरु विगत ३००० वर्षदेखि पढ्ने अवसर पाएका छन् | त्यसैले त्यो समाजमा तुलनात्मक रुपमा टाठाबाठा व्यक्तिहरु बदी देख्ने हुन्छ किन कि उनीहरु पदने र लेख्ने कार्यमा मेहेनती र लगनशील हुन्छ त्यसैले उनीहरु भन्ने गर्छन,
"हामी टुप्पी कसेर पदने गर्छौ सोहि कारणले गर्दा कर्मचारी तन्त्रमा हाम्रो उच्च तह देखि तल्लो तहसम्म उपस्थिति छ तिमीहरुले रिस, राग, डाहा गरेर हुन्छ पढ्ने बेलामा गुच्चा खेल्न र केटिसंग मस्त भएर !!!"
उनीहरुको उक्त भनाई पनि केहि हद्सम्म ठिकै हो तर त्यो मात्र तथ्य भने अवश्य होइन् भन्ने बुझी सकेका छौ मानवताको लागि |
स्रोत सामाग्री
१. "Is Intelligence Hereditary?" by Robert Plomin published on Scientific America Online 1 May 2016 access from http://www.scientificamerican.com/article/is-intelligence-hereditary/


No comments:

Post a Comment