Tuesday 15 March 2016

उद्धेश्य के लिनु, उडी छुनु तारा एक

गहन र गम्भीर विश्लेषण, विवेचना, विचार विमर्श र बहस अन्तरमन मस्तिष्कमा गरेर बुझे कि "उद्धेश्य के लिनु, उडी छुनु चन्द्र एक" भन्ने उक्ति जुन भनेका थिए लक्ष्मी प्रसाद देवकोटाले त्यस्तो सोचेर आफ्नो जीवनको लक्ष्य/ उद्धेश्य राख्न सान्दर्भिक छैन महान सपना देख्ने व्यक्तिहरुको लागि यथार्थमा साकार बनाउन वा परिणत गर्न |
वास्तवमा हुनु पर्ने चाही "उद्धेश्य के लिनु, उडी छुनु तारा एक" हुनु पर्ने हो किन कि सर्वप्रथम आकाशमा लाखौ ताराहरु छन् सो मध्ये एक छुने लक्ष्य राख्नु पर्छ र दोश्रो, ती ताराहरु चन्द्रमा भन्दा लाखौ गुणा टाडा /माथि छ | त्यसैले जब हामी कयौ ताराहरु मध्ये एक तारा छुने लक्ष्य राख्छौ कथनकदाचित एक तारा छुन नसकेता पनि कमसेकम चन्द्र जुन एक मात्र छ सो मा आएर अवतरण हुन्छौ/छुन सक्छौ |
चन्द्र एक मात्र छ अहिलेसम्म हामीले जाने बुझे देखे अनुसार | त्यसैले चन्द्र एक भन्नु आफ्नैमा गलत साबित भयो भन्ने प्रष्ट हुन्छ | साथै जब हामी चन्द्र छुने लक्ष्य राख्छौ तब हामी धर्तिमा अवतरण हुन्छौ किन कि चन्द्र धर्तिभन्दा माथि छ जब कि ताराहरु चन्द्रमा भन्दा पनि कयौ गुणा माथि छ |
त्यसैले एक तह माथि भएको वस्तु छुने लक्ष्य राख्दा दोश्रो तहमा रहेको वस्तु छुन सकिन्छ यदि प्रथम तहको छुन नसकेता पनि | सोहि कारणले गर्दा जहिले पनि लक्ष्य उद्धेश्य भनेको ठुलो आफु र अरुहरु पनि सुन्दै, कल्पना गर्दै भयभित हुने /तर्सिने हुनु पर्छ अनि मात्र प्राप्त गर्न सकिन्छ तन र मनलाई चुनौती दिदै भन्ने गर्छन यस संसारका विज्ञ विद्वान बुद्धिजीवी बौद्धिक वर्गहरु मानवताको लागि आफुले आफ्नैलाई हौसला र चुनौती दिदै अन्य व्यक्तिहरुसंग प्रतिस्पर्धा गर्नु भन्दा आफ्नै अज्ञानताले गर्दा |
कुरा बुझ्नु मुसु मुसु हास्नु मनमा शान्ति लिनु मानवको लागि "उद्धेश्य के लिनु, उडी छुनु तारा एक" भन्ने मन मस्तिष्कमा मनन गर्दै सपना देख्न थाल्नु विशाल जसले तर्साओस स्वयंलाई किन कि जसले त्यस्तो सपना देख्छ उनीहरुले मात्र साकार पार्न पहल गर्छन आफ्नो जीवन र जगतमा | नत्र त आफ्नो अज्ञानतापूर्ण सिमित बुझाईले गर्दा मेरो त सपना कहिल्यै पूर्ण हुन्न भन्यो चित्त बुझायो बस्यो गर्ने गर्छन |
हिन्दुस्तानको वैज्ञानिक राष्ट्रपति, अब्दुल कलामले भन्नु भएको थियो,
"सपना त्यो होईन जुन देख्छौ निदाएको/सुतेको बखत, सपना त्यो हो जसले सुत्न दिदैन |"
त्यसैले तपाई हामीले देख्ने सपना कस्तो थियो र छ गरौ पुनरावलोकन गर्दै मन मस्तिष्कमा गहन र गम्भीर रुपमा विश्लेषण, विवेचना, विचार विमर्श र बहस गर्दै मानवताको लागि आफुले आफ्नैलाई सहयोग गर्न भ्रमबाट मुक्त हुन् | नत्र त मैले देखेको सपना साकार हुन्न भन्यो मस्तसंग फुवास, फुवास सुत्यो अनि कहाँ हुन्छ त साकार?
हामी नेपालीहरु त्यस्तो सपना देख्छौ जसले गर्दा धर्तिको धर्तिमै रहन बाध्य हुने रहेछौ भन्ने पुष्टि हुन्छ भू.पु. प्रधान मन्त्री डा. बाबुराम भट्टराई ज्युले समेत लक्ष्मी प्रसाद देवकोटाको उक्ति आफुले आत्मसात गरी बजेट भाषण गर्दा भन्नु भएको थियो "उद्धेश्य के लिनु, उडी छुनु चन्द्र एक" भन्दै | लिनु/राख्नु पर्ने लक्ष्य "उद्धेश्य के लिनु, उडी छुनु तारा एक" भन्दै जसले गर्दा चन्द्र छुन सक्षम हुन्थ्यौ |

No comments:

Post a Comment