Saturday, 29 November 2014

बुढानिलकण्ठ, बुद्ध र यम्बू

यो अतिनै जिज्ञासु मनलाई सत्य, तथ्य र यथार्थ बुझ्न अतिनै उत्सुकता लाग्छ किन कि यस विश्वका विद्वान बुद्धिजीवी, दार्शनिक, वैज्ञानिक आदिहरुले भनेका रहेछन सत्य भन्दा ठुलो धर्म अरु छैन भनेर | साथै सत्यले मात्र मानवलाई मुक्ति दिलाउछ भनेर | त्यस्तै गरि नेपाल आमाको महान पुत्र, राजकुमार सिद्धार्थ गौतम जो बुद्ध हुनु भयो उहाँले पनि भन्नु भएको रहेछन, 
"सत्यताको मार्गमा लाग्दा जो कोहिले मात्र दुई गल्तिहरु गर्ने गर्छन, प्रथम सत्य के हो बुझ्नको लागि शुरुवात नै नगर्ने, दोस्रो शुरुवात गरेता पनि सत्यताको गहिराईमा नजाने" |

जहिले पनि लाग्थियो किन होला हाम्रा राजा महाराजाहरु बुढानिलकण्ठ गएर विष्णुको मुर्ति हेर्नु हुन्न भन्ने भ्रामिक विश्वास गर्छन र सो मुर्ति हेर्नको लागि हनुमान दोका भित्र सानो दुरुस्त मुर्ति निर्माण गरेको रहेछन उनीहरुको लागि हेर्न र पूजनको भनि जुन सन् २०१२ मा मैले पनि हेर्न अवसर प्राप्त गरे प्रचण्ड नामको एक जना स्थानीय नेवार ७०-७५ वर्षको बुबाले मलाई लागेको हेर्नु पर्छ नानी त्यस्तो जो पायो उसले कहाँ अवसर पाउछ भन्दै |

जे होस कुरा गम्भीर छ, एकदम झालाजेल छ किन कि प्रष्ट रुपमा लेखिएका हाम्रो नेपालको इतिहास छैन | त्यसैले एकदम सोच विचार गर्दै चारैतिर सोच्दै सत्य, तथ्य र यथार्थ के हो भनि बुझ्नु पर्ने हुन्छ |

सन् २०१२ ताका फिल्ड वर्कको लागि म तथ्यांक संकलन गर्न नेपाल जाँदा मेरो आमा र दिदीले नारायणथान पनि जानु आफ्नो व्यक्तिगत फाईदाको लागि त सेतो नागको छोरी हो भन्छन लामा बाजेहरुले भनेकोले गर्दा म पहिलो पटक गएको थिए बुढानिलकण्ठ, नारायणथानमा दर्शन गर्न |

कस्तो अच्चम लाग्थ्यो मलाई कुरा बुझ्दा बौद्ध दर्शनको तिर्थस्थलहरु कसरी हिन्दुको पनि हुन गयो भनेर | तर कुरा बुझ्दा त प्राय बौद्ध धर्मको तिर्थस्थलहरु हिन्दुस्तान र बुद्धस्थान दुबैमा विगतमा हिन्दुस्तानी दार्शनिक आदि शंकराचार्यले बौद्ध दर्शनको भिक्षुहरुलाई तर्क बाद्विवाद्मा हराउदै कतिको त बध पनि गर्दै हिन्दुको बनाएका रहेछन राजामहाराजाहरुको सहयोगमा सोहि अनुसार केदारनाथ, बद्रीनाथ, पशुपतिनाथ, मुक्तिनाथ, हलेसीनाथ, आदि हिन्दुको मुख्य दर्शन केन्द्रहरु बनाएका रहेछन ९ औ शताब्दीमा र तत्पश्च्यत नेपालमा मल्ल र शाहकालिन राज्यकालिनमा |

कुरा भनेको बुझ्नु पर्छ हामीले, किरातकालिन राज्यको सातौ राजाको पालामा सिद्धार्थ गौतम बुद्ध भए पछि काठमाडौँ उपत्यका आएको थियो भन्ने भनाई छ बौद्ध ग्रन्थहरुमा | अनि "किरात" भनेको राई लिम्बु होइनन त्यो त हिमालयमा र उत्तर-पूर्वी हिन्दुस्तानमा बस्ने मंगोल मुलको तिब्बती-बर्मी जातिलाई खिसी ट्युरी स्वरूप "सिंह" जस्तै प्रवृति भएको "सिंह टाउके मान्छे" भनेर दिएको रहेछ भन्ने भनाई हिन्दुस्तानी लेखहरु जस्तै यजुर्वेदमा सबै भन्दा पहिले उल्लेख गरेको रहेछ तत्पश्च्यत अथर्वेद र महाभारतमा जुन लेखेका थिए वेद व्यासले भन्ने विश्वास छ | वेदिककालमा ती किरातीहरुलाई उच्च स्तरको प्राकृतिक शक्ति भएको मानिसहरु भनेर भन्दा रहेछन |

साथै लिम्बु समुदाय जो आफुलाई किरात हौ भन्ने गर्छन त्यस समुदायको लेखक, छवि संग्बांग्फे लिम्बु लेख्नु हुन्छ,

"यलम्बरका सन्तानहरु काठमाडौँको चार भन्ज्यांग वरिपरी नै बसेका छन् | उनीहरु साँखु खोला तरेर पूर्व आएनन | केहि मिथ्या ईतिहास लेख्नेहरुले पूर्वका लिम्बु खम्बु (राई) लगायत जातिहरुसंग यलम्बरको वंशज मिसाई दिएर दिग्भ्रमित कथा राटन गरि आफ्नो पहिचान धुमिल बनाउने कसरत भई रहेको छ | किरात भन्ने शब्द लिम्बु जातिको मुन्धुम र यससंग सम्बन्धित कुनै लिखित वा अलिखित आख्यान परम्परामा भेटिंदैन जो भूमिपुत्र आदिबासीहरुले आफ्नो मौलिक पहिचान खोज्ने ठुलो शास्त्र भनेको परम्परागत मिथकमा आधारित मन्धुमबाट नै हो | अर्काले लेखि दिएको काल्पनिक ईतिहासलाई आफ्नो उद्गम पृष्ठभुमि मानेर अलमलमा पर्यौ भने हामीसंग जे जति पहिचानहरु छन् त्यो पनि गुमाउने छौ | लिम्बुहरुसंग आफ्नो उत्पति, मानव सभ्यताको विकास र सामाजिक संयोजनका पाटाहरु पश्स्त उल्लेख भएको मुन्धुम र ईतिहास छ | यसका साथै उनिहरुसंग आधुनिक नेपाल राज्य बनेपछाडी पनि आफ्नो शासकीय भूगोल लिम्बुवानमा अविच्छिन्न उत्तराधिकारी रहेर आएको दस्तावेज छ |

त्यस दस्तावेजले लाह्साहांगमा, कासीहांगमा र खाम्वोंग्बा भनेर सम्बोधन गरेको छ | जसको अर्थ ऊतर र दक्षिणबाट प्रवेश गरि त्यही माटोमा उत्पति भएका समुहवीच समायोजन भएको हो भन्ने बुझाउछ | यसकारण लिम्बु जातिलाई न त् मुन्धुम, न त लिखित राजनीतिक दस्तावेज कतैबाट पनि किरात नामले सम्बोधन गरेको पाईंदैन | किरात शब्द वर्णभेदी ब्राह्मणहरुले आफुलाई मन नपर्ने जातिहरुलाई उपहास गर्नका लागि भिराई दिएको उपनाम मात्र हो भन्ने गरिन्छ | किन भने यो शब्दको प्रयोग हिन्दु विधि शास्त्रहरुमा मात्र भएको पाईन्छ | अन्य कुनै पनि जनजातीहरुले पनि आफुलाई किरात हु भनेर स्वीकारेका छैन र जसले स्वीकारेका छन् ती लेखकहरुले यस सम्बन्धि उल्लेख गरेका सन्दर्भ सामाग्रीहरु पनि सबै हिन्दु धर्म ग्रन्थ मात्रै छन् | नेपालको ईतिहास अनुसार किरात राज्य चार भन्ज्यांग भित्र मात्र भेट्न सकिन्छ, त्यसकारण त्यसको खोजीको औचित्य काठमाडौँ उपत्यकाको बाहिरी कुनै अर्थ र महत्व रहदैन | त्यसैले जसले आफुलाई यलम्बरको सन्तान वा वंशज दाबि गर्छन उसले आफ्नो पहिचान खोज्न काठमाडौँ जानु पर्छ | किन भने राज्य र पहिचान जहाँबाट हरायो त्यही खोज्दा मात्र भेट्न सकिन्छ | अरुण पूर्वमा हराएको राज्यको नाम लिम्बुवान हो र दूधकोसी पूर्व हराएको भुमि खम्बुवान हो |"

उपलब्ध प्रमाणहरु अनुसार बुढानिलकण्ठ को त्यो मुर्ति पनि बुद्धकै हुनु पर्छ भन्ने लाग्छ किन कि बुद्ध भनेको सत्यको प्रतिक हुन् अनि सत्यको प्रतिक देखि राजा महाराजा डराउथे आफुले गलित गरेकोले गर्दा झुटको सहारा लिएर सत्ता, शक्ति र जनशक्ति हाता पारेकोले गर्दा | त्यसैले पनि मल्ल कालिनमा राजा जयस्थिति मल्लको पाला, १४ औ शताब्दी देखिनै मात्र पो रहेछन त बुढानिलकण्ठ, नारायणथानलाई महत्व दिएको विष्णु भगवान पुज्ने परम्परालाई पुनर्जीवित गर्ने भन्दै जतिबेला हिन्दुस्तानबाट ५ जना ब्राह्मणहरु झिकाई नेपालको पहिलो का
नून "मानव न्याय शास्त्र" लेखेका थिए जसमा मनुस्मृति र नारायणस्मृति कट र पेष्ट गरिएको थियो साथै ४ जात ३६ वर्ण भन्ने उक्ति पनि सृजना गरेका थिए उपत्यकाबासीलाई स्वरूप दिएर "नेवार" समाजको निर्माण गरेको थियो | १२-१३ औ शताब्दीसम्म त शिव जी मात्र बदी पुज्ने प्रचलन रहेछन कुरा बुझ्दा अनि मल्ल राज्य सुरुवात भएकै १३ औ शताब्दीबाट मात्र रहेछ हिन्दुस्तानमा मुस्लिमहरुले आक्रमण गरे पछि नेपाल आएका रहेछन ज्यान बचाउन |

१७ शताब्दीमा मात्र प्राप्त मल्लले भनेका रहेछन जो कोहि राजाले बुढानिलकण्ठ, नारायणथानमा गई पुज्ने गर्छन उनको मृत्यु पक्का हुन्छ भनेर | त्यस पछि यो परम्परा निरन्तर भएको रहेछन जब गोर्खाको राजा पी.एन. शाहले सन् १७६९ मा मल्ल राज्यलाई हाता पारे | त्यस पछि आजसम्ममा पनि प्रताप मल्लले भनेको काल्पनिक उक्तिलाई सत्य, तथ्य र यथार्थ हो भनेर कहिल्यै भ्रमण गरेनन शाह वंशीय राजाहरुले त भयो आफै स्वाहा | त्यसैले भनेको हो सत्यको विजय हुन्छ जुन आत्मसात गरेका छन् हिन्दुस्तानको राजनीतिज्ञहरुले त्यसैले उनीहरुको मुख्य राष्ट्र गानको उक्तिनै "सत्यमेव जयते" छ |

अब बुझ्नु पर्ने कुरा के हो भने उपलब्ध प्रमाणहरुको आधारमा तामांगहरु यम्बू बासी हुन् | तामांग भाषमा काठमाडौँलाई यम्बू भन्ने गर्दा रहेछ |

प्रमाण न. १:
काठमाडौँ उपत्यकाको सबै भन्दा पुरानो बासिन्दा भनेकै तामांग हुन् भन्ने कुरा पनि बौद्ध धर्मको चिनिया ध्यानी ज्ञानी मन्जुश्री विद्वानले चोभारको डाडा काटेर काठमाडौँ उपत्यका जहाँ तलाउ थियो अनि सो तलाउको पानी मन्जुश्रीले चोभारको डाडा काटेर बगाएको कहानी जुन स्वयम्भू पूराण लगायत अन्य टिबेटन बौद्ध ग्रन्थहरुमा उल्लेख छन् |

प्रमाण न. २:
साथै जापानिज भूगर्भविद्को खोजमुलुक अध्धयन अनुसन्धानको नतिजा जुन लेख्नु भएको थियो प्रख्यात पत्रकार कनकमणि दिक्षित ज्युले सन् २०१० मा लेखिएको लेख "The lake that was once Kathmandu" शिर्षकमा | स्रोत:http://nepalitimes.com/news.php?id=17327

प्रमाण न. ३:
नेपाल र सोभियत संघ (रुस) बीच भएको पुरातात्त्विक अध्ययन कार्यक्रमको सम्झौता अन्तर्गत नेपाल आएका सोभियत संघको पुरातत्वविद डा. अनाटोली यकोव्लेव सातेन्कोले बुदनिकण्ठ जहाँ तामांग जातिहरु अहिले पनि ठुलो संख्या बस्ने गर्छन त्यहाँ उनले उपकरण, हतियार मोङ्गोलियाको ढुङ्गे युग (३०,००० वर्ष पहिले) को जस्तै फेला पारेको थियो भन्ने पुरातात्त्विक प्रमाण छन् |

प्रमाण न. ४:
नेपालको प्रख्यात ईतिहासविद जनक लाल शर्माले आफ्नो पुस्तकमा लेख्नु भएको पहिलेको मंगोल जाति जो आए काठमाडौँ उत्तरबाट उनीहरु आजको तामांग जाति हुन् |
उक्त सत्य, तथ्य र वास्तविकता आधारित प्रमाणहरुबाट सतपर्तिशत उनीहरु तामांग जाति हुन् र बुढानिलकण्ठ, नारायणथानको मुर्ति बुद्धको हो भन्ने कुरा पनि प्रष्ट भयो |

2 comments:

  1. सेतो नागकी छोरी बबाल लेखिछौ । यो भनाइबाट नेवा जाति रिसाउने त हैनन्ऽ

    ReplyDelete
  2. नेवार जाति भनेको के हो ? कहिले बनाएको हो नेवार जाति त्यो पनि बुझ्नु पर्छ नि हौ अनि पो रिसाउनु पाउछ नि हौ | नत्र त रिसको लागि रिस गरेर के फाइदा नि हौ नेवार जातिलाई आफ्नै अज्ञानताले गर्दा | पहिले ईतिहास राम्रोसंग बुझ्नु पर्छ सत्य, तथ्य र यथार्थ प्रमाण सहित अनि बहस गर्नु पर्छ प्रमाणको आधारमा मानवताको लागि |

    ReplyDelete