Saturday 12 October 2013

खोक्रो आदर्श दिनुको कुनै तुक छैन यो २१ औ सब्तादीमा आएर |

होइन हो यो अज्ञानताको सिकार र भिखारी मुर्ख मनुष्य, लक्ष्मी तामांग कति दिन, हप्ता, महिना र सालसम्म मुसु मुसु मुस्कुराउने ?

मेरा प्यारा धार्मिक दाजु भाईहरुले जब मान्छेको दुई जात हुन्छ भन्नु हुन्छ | वहाहरु हामी जस्तो अज्ञानताले मुर्ख भएका र राज्य व्यवस्थाले मुर्ख पारिएका जनता र मानिसहरुलाई अझ मुर्ख र भ्रममा राख्ने प्रयत्न गर्दै हुनु हुन्छ भन्ने मेरो बुझाई रहेको छ | हो म मान्छु, प्रकृतिको नियम अनुसार हामी मानवको दुई मात्र जात छ | त्यो हो महिला र पुरुष |

तर धार्मिक हिसाबले त्यस्तो छैन | किन कि धार्मिक हिसाबले नेपालका जनता ४ जात ३६ वर्णमा राजा जयस्थिति मल्लले १४ औ सब्तादिमा नेपाल (काठमाडौँ) को मानिसहरुलाई उहाको लिखित नियम कानून "मानव न्याय शास्त्र" र "जयस्थिति मल्लको सुधार" जुन ५ जना इन्डियाको ब्राह्मणहरु: कीर्तिनाथ उपाध्याय कन्याकुब्जा, रघुनाथ झा मैथिली, रामनाथ झा, दक्षिण श्रीनाथ भट्ट र महिनाथ भट्टको सहयोगमा लेखिएका थिए, जसमा मनुस्मृतिमा उल्लेखित सम्पूर्ण नियमहरु कट र पेस्ट गरिएको छ, त्यस अनुसार ४ बर्ण भनेको ब्राह्मण, क्षेत्रिय, वैश्य, शुद्र हुन् र नेवार समुदायलाई  ३६ जातमा   बिभाजन गरे |

अनि यही नियम कानून अध्धयन गरि बडा महाराज पृथ्बी नारायण शाहले नेपाल अधिराज्य भरिका जनतालाई " ४ बर्ण ३६ जात" बने जुन आजसम्ममा पनि हामी त्यही फलाक्दै आएका छौ कुरै बुझ्ने प्रयत्न नै नगरी उहाले आफ्नो व्दिया उपदेशमा लेखेकै भरमा |

उहाको व्दिया उपदेशमा पनि पुन उल्लेख गरिएको छ ४ जात भन्नाले ब्राह्मण, खस/क्षेत्री, ठकुरी र मगर हो |
यूरोपको भ्रमण पश्च्यात जंग भाहादुर राणाले सन् १८८४ मा लेखेको नेपालको कानून, मुलुकी ऐनमा पुन नेपालका मानिसहरुलाई ५ समूहमा बर्गिकरण गरेको छ छुनु हुने नहुने, चोखो नचोखो र पानी चल्ने नचल्ने आधारमा | जस अनुसार वर्गीकरण यस प्रकार छ:

क) चोखो छुन हुने जातहरु

 १. "तागाधारी" (जनै लगाउने)ल खस-बाहुन, ठकुरी, छेत्री, तराईको बाहुन र राजपुत, नेवार बाहुन र केहि हिन्दु श्रेष्ठ जातहरु

 २. नमासिने मतवाली (दासी नहुने): राई, लिम्बु, सुनुवार, मगर, गुरुङ, नेवार बुद्धिस्टहरु

 ३. मासिने मतवाली (दासी हुने): थारु, चेपांग, कुमाल, शेर्पा, हायू, तामांग, घर्ति

 ख) नचोखो छुन नहुने जातहरु

 ४. पानी नचल्ने तर छुन हुने जात: नेवार समुदायको जोगी, कसाई, खड्गी, मुस्लिम र यूरोपियनहरु

 ५. पानी नचल्ने, छुनु नहुने जात:

- पहाडको कामी, सार्की, दमाई, बादी, गाइने, आदि |
- तराईको धोबी, हलखोर, चमार, दुशाद, डोम, मुसहर, आदि |
- नेवारको कुलु, पोडे, च्यामे |

अब उहाहरु जसले मानवको दुई जात मात्र हुन्छ भन्नु हुन्छ कि चाही उहाहरु संस्थागत धर्मको राजनीतिक गर्न छोडी मानवताको राजनीतिक गर्न थाल्नु पर्यो कि चाही भ्रमको खेति बन्द गरि जुन सुकै १२६ जातजाति र १० थरिका धर्मलाबीहरुसंग यूरोपियनहरु जस्तो आफ्नो बालबच्चा बिहे गर्न र गराउन राजी हुनु पर्यो मेरो बुझाइमा |
नत्र खोक्रो आदर्श दिनुको कुनै तुक छैन यो २१ औ सब्तादीमा आएर |

2 comments:

  1. I'm a Newar, Rajbhandari surname. What do you mean by केहि हिन्दु श्रेष्ठ जातहरु ? I don't wear janai but I remember my dad told me he used to wear it when he was young.

    ReplyDelete
  2. Read Muluki Ain 1854 in which Shrestha who follow Hinduism are classified as Tagadhari which is wearer of sacred thread called Jainai. I don't know why did you give up wearing it although your dad used to wear it. Some Shrestha and all rest Newar who are not Hindus are classified as Namasine Matwali by Janga Bahadur Rana's Muluki Ain.

    ReplyDelete