राजकुमार सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा जब आफ्नो राजदरवारिय सम्पूर्ण भौतिक सुख र मोह त्यागेर बौद्धिक मार्गमा लागेर ६ वर्षको अथक ज्ञान र ध्यान मार्गको प्रयासद्वारा बुद्धत्व प्राप्त गर्नु भयो ३५ वर्षको उमेरमा तब देखि उहाँलाई बुद्ध भनि चिन्न थालिएको हो विश्व मनुष्य संसारमा | बुद्धले बुद्ध शिक्षा मात्र दिनु भएको थियो आफ्नो शरीर तथा मनमा के कस्तो प्राकृतिक स्वाभाविक धर्म नियम रहेछ भन्ने चुरो कुरो जानेर बुझेर |
बुद्धले आफुले सिकाउनु भएको ज्ञान प्रज्ञा मार्गलाई कुनै नामकरण दिनु भएको थिएन | तर कालान्तरमा उहाँको मौलिक शिक्षालाई होच्याउने हेतु हिनयान भन्ने थालिएको पाइन्छ प्राचिन हिन्दुस्तानको इतिहास केलाउदा कोट्याउदा जब नागार्जुन ब्राह्मणले पहिलो शताब्दीमा महायान भन्ने बौद्ध मार्गको रचना गरे | त्यसैले कुनै बौद्धिक वैचारिक बहस गर्नु भन्दा अघि हामीहरुले चुरो कुरो जान्नु बुझ्नु पर्छ कहाँबाट कसरी किन कुनै मौलिक वस्तु, विचार, वाक्य वा वचन तोडियो मोडियो भनि | सोहि अनुसार हिनयान, महायान र बज्रयान ती थरिका बौद्ध मार्गहरु कसले, कहिले, कहाँ र किन उत्पादन गरी नामकरण गरे भन्ने चुरो कुरो नबुझ्नेले अनावश्यक बकबक गर्नु हुन्न तर्कको नाममा कुतर्क गर्दै एक चेतनशील विवेकशील प्राणी, मनुष्यको रुप स्वरुपमा जन्मेर|
बुद्धको मौलिक प्राकृतिक स्वाभाविक धर्म दर्शनलाई कसले, किन र कहिले देखि हिनयान भन्न थाल्यो भनि नबुझ्नेले अनावश्यक बकबक गर्दा रहेछ | महायानी र बज्रयानीहरुले थेरबादलाई हिनयान भन्ने गर्दा रहेछन भाई | त्यसैले उनीहरुको टाउकोमा मुङ्रो हाने झैँ बौद्धिक वैचारिक रुपमा हान्न हिनयान शब्द नियतपूर्वक प्रयोग गरेका हौ मानवताको लागि चेत खुल्लाकी भन्ने मनसाय स्वरूप बुद्ध दर्शन वा धर्मकाे वास्तविक सत्यलाई भ्रम र विभाजित मानसिकतामा पुर्याउने कुत्सित मनसायले विभिन्न यानहरुकाे प्रपञ्च रचिएको हाे भन्दा कुनै अत्युक्ति हुँदैन।
मुख्य चुरो कुरो के जान्नु बुझ्नु पर्यो बुद्ध धर्म दर्शनको मौलिकतालाई न हिनयान (तल्लो मार्ग) भन्थ्यो न त अन्य केहि उपनाम नै भन्ने गर्थ्यो तत्कालिन बुद्धकालमा | तपाईहरुले हिनयान भनेको नामकरण जब महायान पहिलो शताब्दीमा रचना गरे तत्कालिन समयको नागार्जुन नामक ब्राह्मण बुद्ध दर्शनको गुरुले तब उनले ब्राह्मणबाद र बुद्धबाद दुबैको मिश्रीत रुपमा आफुले निर्माण गरेको बुद्ध दर्शनलाई "महायान" (ठूलो मार्ग) भनिएको हो र बुद्धको मौलिक दर्शनलाई "हिनयान" भन्ने थालेको रहेछ भन्ने ऐतिहासिक तथ्य पाइन्छ प्राचिन हिन्दुस्तानमा |
त्यस्तै गरी बज्रायान नामक बुद्ध दर्शनको तेस्रो दर्शन कसले कहिले र किन उत्पादित गर्यो भन्ने समेत जान्नु बुझ्नु भएको छैन रहेछ भन्ने जान्न बुझ्न सकियो यहाँको अभिव्यक्तिबाट | 🙂🙃🙂 बज्रयानको उत्पति वा रचना चाही भोटमा भएको हो | त्यसैले भोटेहरुले मान्ने बुद्ध धर्मलाई बज्रयान भन्ने गर्छन | मेरो दिदि पनि करिब १५ वर्ष यो मार्गमा लागेको थियो आनी रुप धारण गरी जसले चुरो कुरो जाने बुझे आफु गलत तथा नक्कली बुद्ध दर्शन मार्गमा लागेका थिए भनि तब उनी विगत ३-४ वर्ष देखि बुद्धको मौलिक दर्शन खोज्ने मार्गमा लागेर विपश्यना (विशेष गरी जान्ने) मार्गमा लागे | बज्रयानको उत्पति कसरी भयो भोटमा भन्ने पनि जान्नु बुझ्नु पर्छ तामाङ्ग समुदायका मानिसहरुले जसले आफुलाई बुद्ध मार्गी हौ भन्दै बुद्धु मार्गमा लागेको पाइन्छ सुनेको आधारमा |
ऐतिहासिक तथ्य केलाउदा सातौ तथा नावौ शताब्दीमा भोटका ३ राजाहरु (क्रमश: सातौं शताब्दीका राजा श्रङचङ गम्पो, नावौ शताब्दीका दुई जना राजाहरु त्रिसोङ्ग देत्सेन र रल्पकान) लाई धर्म राजा मान्ने ठान्ने गर्थे | किन कि उनीहरुले भोटमा महायान बुद्ध दर्शन भित्राउन योगदान गरेको मानिन्छ | राजा श्रङचङ गम्पोको पालामा तत्कालिन भोटमा बोन धर्म (झाक्रीबाद) मान्ने प्रचलन भएकोले गर्दा निकै अशान्त थियो, अनावश्यक झैँझगडा गर्ने, निर्दोष प्राणीहरुको अनावश्यक बलि दिने प्रचलन व्यपाक रुपमा रहेको थियो भन्ने ऐतिहासिक तथ्य अनुसार जान्न बुझ्न सकिन्छ |
तर राजा श्रङचङ गम्पो आफ्नो दुई श्रीमतीहरु (नेपालको भृकुटी र चिनियाँ राजकुमारी) बुद्ध मार्गी भएकोले शान्त स्वभावको देखेर आफ्नो देशमा बुद्ध धर्म भित्राउने प्रयास स्वरूप हिन्दुस्तानबाट महायान बौद्ध धार्मिक गुरुहरुलाई बोलाई आफ्नो देशमा शान्ति स्थापना गर्ने हिँसात्मक मार्ग त्याग्ने प्रयासमा लाग्नु भएको थियो | तर भोटेहरुले निकै विरोध गरेकोले गर्दा उनले महायान बुद्ध धर्म दर्शनलाई सफलतापूर्वक स्थापना गर्न सफल हुनु भएन तर भित्राउन भने सफल हुनु भयो | त्यसैले उहाँ पछिको शक्तिशाली राजा त्रिसोङ्ग देत्सेनले पद्मसंभवलाई हिन्दुस्तान हालको पाकिस्तानमा जन्म भएका महायान बुद्ध दर्शन को ब्राह्मण गुरुलाई भोटमा निमन्त्रणा गरी बुद्धबाद र ब्राह्मणवाद मिश्रीत महायान बौद्ध धर्म र भोटको बोनबाद मिलाएर /मिसाएर बज्रयान बौद्ध धर्मको स्थापना गरेको पाइन्छ | त्यसैले महायान र बज्रयान दुवै बुद्धको मौलिक दर्शन शिक्षा होइनन् भन्ने स्पष्ट रुपमा जान्न बुझ्न सकिन्छ |
बुद्ध धर्म र आत्मा
बुद्ध धर्म दर्शनमा आत्माको अस्तित्व नै छैन | किन कि बुद्ध धर्म भनेको वस्तु र प्राकृतिक घटना परिघटनाको प्राकृतिक स्वाभाविक धर्म नियमसंग सम्बन्धित र आधारित रहेको पाइन्छ | विशेष जान्ने मार्गलाई पालि भाषामा "विपश्यना" भनिन्छ | जब विपश्यना सिकाउने सहि गुरु/शिक्षकको निर्देशन अनुसार विपश्यना ध्यान विधि सिक्दैनौ तबसम्म नजान्ने नबुझ्ने रहेछ बुद्धको ज्ञान भन्ने बोधात्मक अनुभूति सन् २०१५ मा जब स्वयं मैले शुरुवात गरे विपश्यना ध्यान गर्ने मार्ग १० दिन विपश्यना ध्यान शिविरमा गई तब भयो | कसैले लेखेको वा प्रवचन दिएको आधारमा मात्र जान्ने बुझ्ने कुरै होइन रहेछ बुद्ध धर्म दर्शनको शिक्षा भन्ने चुरो कुरोको बोध भयो |
बुद्ध धर्म/ दर्शनले आत्मा विश्वास गर्छ वा गर्दैन भन्ने समेत जानकारी नभएका व्यक्तिले निकै ठूलो अनावश्यक गफगाफ हाके जस्तो हो | मानिस मृत्यु भएपछि कहाँ के जान्छ भन्ने चुरो कुरो जान्नु बुझ्नु पर्छ | यस स्टाटस अरुले लेखेको पनि पढ्नु भयो भन्ने केहिहदसम्म चेतना जागृत हुन्छ | भौतिक शरीर मृत्युपछि कि जलाउछ कि गाड्छ | प्राण उडेर वायुमण्डलमा जान्छ | त्यसरी प्राण उड्दा "चित्त (मन)" ले पनि भौतिक शरीर छोडेर जान्छ जसले बास लिन्छ विभिन्न सुगति तथा दुर्गति देखिने तथा नदेखिने ३१ भूवन (लोक) मा आ-आफ्नो मन, वचन र शरीरले गरेको सत्कर्म वा कुकर्म अनुसार भन्ने मौलिक बुद्ध दर्शनको पालि भाषामा लेखेको त्रिपिटकमा उल्लेख छ |
"हिनायाना बाहेक माहायानी बज्रायानीहरुमा अनेकौं तर्क छन सायद एक जनमामा अध्यन गरेर सकिन्दैन होला अनि यो सहि हो यो गलत हो भन्नु सायद नमिल्लाकी" भनि तर्क गर्छ | मुख्य चुरो कुरो के जान्नु बुझ्नु पर्यो बुद्ध धर्म दर्शनको मौलिकतालाई न हिनयान (तल्लो मार्ग) भन्थ्यो न त अन्य केहि उपनाम नै भन्ने गर्थ्यो तत्कालिन बुद्धकालमा | हिनयान भनेको नामकरण जब महायान पहिलो शताब्दीमा रचना गरे तत्कालिन समयको नागार्जुन नामक ब्राह्मण बुद्ध दर्शनको गुरुले तब उनले ब्राह्मणबाद र बुद्धबाद दुबैको मिश्रीत रुपमा आफुले निर्माण गरेको बुद्ध दर्शनलाई "महायान" (ठूलो मार्ग) भनिएको हो र बुद्धको मौलिक दर्शनलाई "हिनयान" भन्ने थालेको रहेछ भन्ने ऐतिहासिक तथ्य पाइन्छ प्राचिन हिन्दुस्तानमा |
त्यस्तै गरी बज्रायान नामक बुद्ध दर्शनको तेस्रो दर्शन कसले कहिले र किन उत्पादित गर्यो भन्ने समेत जान्नु बुझ्नु भएको छैन रहेछ भन्ने जान्न बुझ्न सकियो यहाँको अभिव्यक्तिबाट | बज्रयानको उत्पति वा रचना चाही भोटमा भएको हो | त्यसैले भोटेहरुले मान्ने बुद्ध धर्मलाई बज्रयान भन्ने गर्छन | मेरो दिदि पनि करिब १५ वर्ष यो मार्गमा लागेको थियो आनी रुप धारण गरी जसले चुरो कुरो जाने बुझे आफु गलत तथा नक्कली बुद्ध दर्शन मार्गमा लागेका थिए भनि तब उनी विगत ३-४ वर्ष देखि बुद्धको मौलिक दर्शन खोज्ने मार्गमा लागेर विपश्यना (विशेष गरी जान्ने) मार्गमा लागे | बज्रयानको उत्पति कसरी भयो भोटमा भन्ने पनि जान्नु बुझ्नु पर्छ तामाङ्ग समुदायका मानिसहरुले जसले आफुलाई बुद्ध मार्गी हौ भन्दै बुद्धु मार्गमा लागेको पाइन्छ सुनेको आधारमा |
ऐतिहासिक तथ्य केलाउदा सातौ तथा नावौ शताब्दीमा भोटका ३ राजाहरु (क्रमश: सातौं शताब्दीका राजा श्रङचङ गम्पो, नावौ शताब्दीका दुई जना राजाहरु त्रिसोङ्ग देत्सेन र रल्पकान) लाई धर्म राजा मान्ने ठान्ने गर्थे | किन कि उनीहरुले भोटमा महायान बुद्ध दर्शन भित्राउन योगदान गरेको मानिन्छ | राजा श्रङचङ गम्पोको पालामा तत्कालिन भोटमा बोन धर्म (झाक्रीबाद) मान्ने प्रचलन भएकोले गर्दा निकै अशान्त थियो, अनावश्यक झैँझगडा गर्ने, निर्दोष प्राणीहरुको अनावश्यक बलि दिने प्रचलन व्यपाक रुपमा रहेको थियो भन्ने ऐतिहासिक तथ्य अनुसार जान्न बुझ्न सकिन्छ |
तर राजा श्रङचङ गम्पो आफ्नो दुई श्रीमतीहरु (नेपालको भृकुटी र चिनियाँ राजकुमारी) बुद्ध मार्गी भएकोले शान्त स्वभावको देखेर आफ्नो देशमा बुद्ध धर्म भित्राउने प्रयास स्वरूप हिन्दुस्तानबाट महायान बौद्ध धार्मिक गुरुहरुलाई बोलाई आफ्नो देशमा शान्ति स्थापना गर्ने हिँसात्मक मार्ग त्याग्ने प्रयासमा लाग्नु भएको थियो | तर भोटेहरुले निकै विरोध गरेकोले गर्दा उनले महायान बुद्ध धर्म दर्शनलाई सफलतापूर्वक स्थापना गर्न सफल हुनु भएन तर भित्राउन भने सफल हुनु भयो | त्यसैले उहाँ पछिको शक्तिशाली राजा त्रिसोङ्ग देत्सेनले पद्मसंभव
लाई हिन्दुस्तान हालको पाकिस्तानमा जन्म भएका महायान बुद्ध दर्शन को ब्राह्मण गुरुलाई भोटमा निमन्त्रणा गरी बुद्धबाद र ब्राह्मणवाद मिश्रीत महायान बौद्ध धर्म र भोटको बोनबाद मिलाएर /मिसाएर बज्रयान बौद्ध धर्मको स्थापना गरेको पाइन्छ | त्यसैले महायान र बज्रयान दुवै बुद्धको मौलिक दर्शन शिक्षा होइनन् भन्ने स्पष्ट रुपमा जान्न बुझ्न सकिन्छ |
अरुको मौलिक दर्शनलाई तोडेर मोडेर आफ्नो मौलिक दर्शन झैँ निर्माण गर्नु खोज्नु भनेको अरुको बौद्धिक चोरी गर्नु सरह हो | हुन् त प्राय नेपालीहरुलाई बौद्धिक चोरी भनेको के हो भन्ने अत्तोपत्तो पनि छैन | साथै २० औ शताब्दीसम्म बौद्धिक चोरीको रुपमा कुनै कुनै पनि व्यक्तिको लेख, आलेख र रचनात्मक कृतिहरुलाई हेर्ने दृष्टिकोण र उपकरणको विकास भएको थिएन | त्यसैले बौद्धिक चोरी नै भएको हो भन्ने कुनै आधार थिएन | तर अहिले आएर हेरेमा त देखिन्छ भेटिन्छ त्यस्तो | विभाजित वा खण्डित मानसिकताले जे पनि खण्ड खण्ड गर्ने र हेर्ने दृष्टिकोण विकास हुने रहेछ | त्यसैले कहिल्यै हतपत शान्त नहुने रहेछ विश्व मनुष्य संसारमा एक आपसमा झैँ झगडा, त ठूलो र म ठूलो, त जान्ने र म जान्ने, आदि बखेडा झिकेर गर्ने प्रवृति निकै हामि रहेछ विश्व मनुष्य संसारमा |