आफ्नै अज्ञानताले गर्दा हाम्रा देशमा कस्ता कस्ता मनु/मनोरोगबाट ग्रसीत जातिवादी मनुबादी विज्ञ विद्वान बुद्धिजीवी बुद्धु छन् नेपाल सरकारको उच्च ओहोदामा छन् भने त्यति पनि ज्ञान बुद्धि विवेक छैन किन नेपाल सरकारको अपराधिक कृयाकलापको तथ्यांक अनुसार नेपालको जेलमा नेल खाने ८०% भन्दा बदी तामाङ्ग समुदायका मानिसहरु छन् जुन गत साल लोक सेवा आयोगको प्रश्नमा पनि सोधिएका थिए यसरी,.
प्रश्न न. २१. अपराध गरेर जेल बसेका मध्ये नेपालमा ८० प्रतिशत कुन जाति भएको सरकारी तथ्यांक रहेको छ ?
ख) लिम्बु
ग) मगर
घ) तामाङ्ग
अनि यस प्रश्नको सहि उतर "तामाङ्ग" रहेछ जुन मलाई खासै आचार्य लाग्ने किन कि त्यसको पछाडि मैले राजतन्त्र र तामांग भन्ने पुस्तक लगायत अन्य धेरै ऐतिहासिक पृष्ठभुमिहरु खोजि खोजि अध्धयन गरेको थिए सत्य, तथ्य र यथार्थ बुझ्न किन तामाङ्ग समुदाय विगतमा उपत्यकाबासि भएर पछि डाडा लागे अनि किन उनीहरु उपत्यका वरिपरी बसेर पनि एकदम शिक्षा र आर्थिक अवस्थामा पछाडी छन् र किन उनीहरुमा छोरी चेली बेचविखान गर्ने परम्परा छन् साथै किन उनीहरु ठुलो संख्यामा अमेरिकी ईसाईकरण गर्ने नीतिको शिकार बन्दैछ भन्ने बारेमा |गत २४० वर्ष शाह र राणा वंशीय सामन्ती शोसक शासकहरुले तामाङ्ग समुदायलाई उनीहरुको धर्म संस्कार संस्कृति र परम्परा नमानी आफ्नै पृथक बोन (झाक्रिबाद) मिसिएको बुद्ध धर्म जसलाई टिबेटन बुद्धिजम पनि भन्ने गर्छन सो धर्म मान्ने र उनीहरुको विरुद्धमा लड्ने साथै उनीहरुले बुद्धको पाला देखि बुद्धले अहिंसा रहित बलि प्रथा विरुद्धको अभियान गर्दा माता र पिता मान्दै आएको गाई गोरुलाई जनावर सम्झेर खाने भएको अनि पी.एन. शाहको गोर्खा फौजीलाई दुई दुई पटक नुवाकोटे तामाङ्गहरुले हराएकै कारणले गर्दा पनि हुन् तामाङ्ग समुदायलाई राज्यको सम्पूर्ण सुविधाबाट वन्चित गराई गोसरा हुलाकको पिपा/भरिया र राजदरवारको दास बनाई उनीहरुको श्रम शोषण गर्दै राखेको र उनीहरुलाई सामाजिक (शिक्षा) र आर्थिक उन्नति गर्ने पेशा व्यवसायबाट वन्चित गरी भोट वैंकको रुपमा प्रयोग गर्दै आएको शाह वंशीय राज्य प्रणाली स्वाहा भए पछि पनि हाम्रा मति भ्रष्ट भएका सामन्ती राजनीतिककर्मि र उनीहरुको आसेपासेहरुले |
केहि हप्ता अघि कान्तिपुरमा प्रकाशित "मस्यौदा संविधानमा सवार साँढे" भन्ने युग पाठक जी को लेखबाट पनि के प्रष्ट हुन्छ कसरी स्वाहा पारे निर्दोष अज्ञानताको शिकार सत्य, तथ्य र यथार्थ ज्ञानको भिखारी सामन्ती शासक शोसकले उनीहरुकै सेवा गर्ने तामाङ्ग दाई भाई दिदि बहिनीहरु जसले राजदरवारमा दास भएर बस्नु पर्यो जसरी बसाए थारु जातिलाई सुदुर र मध्यम पश्चिम अंचलमा केहि वर्षसम्म त्यस्तै गरि राखेका थिए तामाङ्ग समुदायलाई पनि जंग बहादुर राणाको पालामा लेखेको मुलुकी ऐन अनुसार यी दुवै समुदायहरुलाई मास्न हुने दास बनाउन हुने मतवाली भनेर उल्लेख गरेका थिए | त्यसैले लागे सामन्ती शासक शोसकहरु यी दुई समुदायका सिधा सोजा ईमान्दारहरुलाई मार्न र मास्न दास दासीको रुपमा प्रयोग गर्दै जाड रक्सिमा मस्त भुलाउदै जसले गर्दा उनीहरु अझै पनि अन्य समुदायहरु जस्तै सामाजिक र आर्थिक रुपमा सम्पन्न हुन् सकेका छैन विगतमा उनीहरुलाई राज्यले शोषण दमन गरेकोले गर्दा उनीहरु जनसंख्याको हिसाबले चौथो र पाचौ ठुलो समुदाय भएता पनि उनीहरु अतिनै सिधा सोजा ईमान्दार | तर उनीहरुको सिधा सोजा र ईमान्दारपनको फाइदा उठाए हाम्रा मति भ्रष्ट भएका सामन्ती शोसक शासकहरुले | त्यसै राणा र शाह वंशीय राजतन्त्र स्वाहा भएको त होइन नि उनीहरुकै पुर्खाको दानवीय कुकर्मले गर्दा हो मानवताको लागि प्रकृति माताले निस्पक्ष्य न्याय दिनु भएको |
युग पाठक ज्युको लेखको अंशमा उल्लेखित निम्न दासदासीहरु अरु कोहि नभएर तामाङ्गहरु नै थिए जसले घर्ति घले गुरुङ आदि लेख्ने गर्छन विशेषता नुवाकोटेहरु जुन अझै पनि भेट्न सकिन्छ नुवाकोटको गाउँ ठाउमा जाँदा जुन मैले पनि भेट्ने अवसर पाए भूकम्पले गर्दा:
"चन्द्रशमशेरले दासप्रथा उन्मूलन गरेको ‘इतिहास’ पाठ्यपुस्तकमा खुब पढाइयो । १९८२ सालमा चन्द्रशमशेरले ६९ पृष्ठ लामो भाषण सार्वजनिक गर्दै दासप्रथा उन्मूलन गरेको घोषणा गरे । भनिन्छ, त्यसबखत ५१ हजार कमाराकमारी (वा घर्ती) लाई मुक्त गरिएको थियो, कैयौंलाई मुक्त गर्न पशुपतिको पैसा खर्च गरेर मालिकहरूसँग किनियो । जो दासहरू ‘अमलेख’ गरिए, उनीहरूको लागि अमलेखगन्जमा बसोबासको व्यवस्था गरियो । भिक्षाखोरी भनिन्थ्यो, अमलेखगन्जलाई त्यसबेला । भिक्षाखोरीको नाम बदलियो । त्यसको सत्तरी वर्षपछि एकजना मानवशास्त्रका शोधार्थी तिमोथी ह्वाइट ती ‘दास’हरूको मौखिक इतिहास खोज्न अमलेखगन्ज गइन् (पढ्नुहोस् : द लिगेसी अफ स्लेभरी इन नेपाल, सिन्हास जर्नल ३ (२)) । अमलेखगन्जमा न ती अमलेख गरिएका दासका परिवार भेटिए, नत स्थानीय मानिसले अमलेखगन्जको अर्थ नै भेट्टाए । आखिर भएको के थियो ? एक अज्ञात इतिहासबाट पर्दा खुल्यो । तिमोथी ह्वाइटको अनुसन्धानले हटाएको पर्दाभित्र इतिहासको एउटा कटु यथार्थ देखियो । ५१ हजारभन्दा बढी दासहरू अचानक गायब भए । कैयौंलाई अमलेखगन्जको औलोले खायो, कैयौंलाई बाघभालुले निले, कैयौं ज्यान बचाएर भागे, कैयौंले त्यसबखत बन्दै गरेको रेल्वेमा काम गर्दागर्दै ज्यान गुमाए । के दासप्रथा उन्मूलन भयो ?
तर भएन, त्यो चन्द्रशमशेरले युरोपेली गोराहरूलाई देखाउन रचेको फगत एउटा नाटक थियो । दरबारमा दासहरू कायम थिए, गणतन्त्र आएपछि मात्र कम्लहरी प्रथा उन्मूलनको घोषणा भयो र आजसम्म हजारौं नेपाली आधुनिक दासको रूपमा छँदैछन् । यो उदाहरणबाट के थाहा हुन्छ भने सरकारी दस्तावेजमा झुट लेखेर, यथार्थमा झुटको सलामी खाने शासकको कमी भएन नेपालमा ।"