जे नगर भनी प्रतिबन्ध लगायो सोहि गर्न मन लाग्छ मनुष्यको जिज्ञासु चंचल स्वभाव नै त्यस्तो हुँदा रहेछ |
तत्कालिन राजा महेन्द्र अघि नेपालमा गाई गोरु काटे मारे कानून लाग्दैन थियो | तर जब राजा महेन्द्रको पालामा नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउन बाध्य पारियो तत्कालिन अतिबादी मनुबादीहरुले हिन्दुस्तानको शासक शोसकहरुलाई खुशी पार्न तब भने गाई गोरु काटे मारे १२ वर्ष जेल जानु पर्ने नीति नियम र कानून लादे नेपालमा तामाङ्ग समुदाय जो बोन बुद्ध मार्गी छन् उनीहरुलाई लक्षित गरी | त्यसैले महेन्द्रबादीले लादेको गाईगुरु काटे मारे जेल जाने मनुबादी कानुनी व्यवस्थालाई २१ औ शताब्दीमा आएर पनि हाम्रा शासक शोसक र सरकारले निरन्तरता दिनु भनेको तामाङ्ग समुदायलाई लक्षित गरी जेल कोची नेल खुवाउनु हो भन्ने प्रष्ट छ अतिबादी मनुबादीहरुको कुनियत हो यो तामाङ्ग समुदाय प्रति | किन कि नेपालमा तामाङ्ग समुदायहरुले भिर पखराबाट लडेको गाई गुरुको मासु खादै आई रहेका छन् | सोहि आधारमा तामाङ्गहरुले गाई गोरु काट्यो मार्यो भन्दै नेपालका अतिबादी मनुबादी शासक शोषकहरुले तामाङ्ग समुदाय मानिसहरुलाई जेल नेल खुवाउने काम पूर्वाग्रही रुपमा गर्दै आई रहेको तथ्य छ | फलस्वरूप कतिपय तामाङ्गहरु ईसाई धर्मको शरण लिन बाध्य छ विशेषत यस्तो देखिन्छ मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्ग जिल्लाहरुमा जहाँ तामाङ्गको बाहुल्यता रहेको छ |नेपालको शासक शोसक र राज्यसत्तालाई प्रतिसोधको भाव लिने विपन्न अशिक्षित वर्गहरुको यो भन्दा उचित उपाय उनीहरुले देखेनन् जब पश्चिमेली ईसाईहरु आए उनीहरुको समस्या, दुख कष्ट र अन्यायको लागि साथ र हात दिन | त्यसैले तामाङ्ग समुदायका मानिसहरु ईसाईबादी भयो भन्नुमा कुनै तुक छैन जे छ सबै थुक मात्र छ | किन कि जब शासक शोसक र सरकारले नै अपहेलना, तिरस्कार, बहिस्कार र अन्याय गर्ने र अनुदार बन्छ आफ्नै देशको नागरिकहरु प्रति तब जसले उनीहरुलाई आपत विपद, दुख र अन्याय पर्दा साथ र सहयोग दिन्छ उनीहरुकै पछि लाग्नु स्वाभाविक हो |
बोन बुद्ध मार्गी हुँदा उनीहरु अत्यधिक जाड रक्सि र लडेको मरेको गाई गोरुको मासु सेवन गर्ने गर्दै आई रहेको तथ्य छ ग्रामिण भेगहरुमा | तर जब उनीहरु ईसाईबादमा लाग्छ तब उनीहरुले जाड रक्सि सेवन गर्न पनि छाड्दै आई रहेको छ र शिक्षा र स्वास्थ्य सेवा सहज रुपमा प्राप्त गर्दै आई रहेको छ | त्यसैले पनि तामाङ्ग समुदायका मानिसहरु अब सुस्तरी शिक्षित शसक्त बन्दै आई रहेको छ जुन राज्यले जहिले पनि आफ्नो शत्रुको रुपमा मान्दै र लिंदै आई रहेको छ हाम्रो शिरिखुरी कहाँ जाला यो डोकेहरु राज्य सत्तामा आयो भने भनेर त राजपुरोहित पण्डित राममणि आचार्य दीक्षितले वि.स. २०१८ सालमा कबिता नै लेखे भलो कुराको नमुना नामक |
राजगुरु पुरोहित राममणि आचार्य दीक्षित वि.स. २०१८ मा भलो कुराको नमुना नामक आफ्नो कवितामा उल्लेख गरेको "खर्पने" भनेको नेवार रहेछ उनीहरु खेति किसान गर्दा खर्पन बोक्ने गरेकोले र "डोके" भनेको तामाङ्ग रहेछ किन कि तामाङ्गहरु विगतमा राज्य सत्ताले गोसरा हुलाकको पिपा "भरिया" बनाएकोले गर्दा उनीहरु डोको बोक्ने गर्थे |
यी दुई जातिहरु: नेवार र तामाङ्ग दुवै मतवाली वर्गमा वर्गीकृत गरेको थियो मुलुकी ऐनमा तत्कालिन राजपुरोहित पण्डित पुरोहितहरुले | त्यसैले उनीहरुलाई लक्षित गरी मतवाली काही नहुल्नु राज्य व्यवस्थाको मन्त्री मण्डलमा किन कि तिनीहरुले राज्य उठ्दा गिराउछ भनेका रहेछन | उच्च कोटीको बाहुन क्षेत्रीबाट मात्र मन्त्री मण्डल जोर्नु भनेको रहेछन उनले | तर विगत २४९ वर्ष (सन् १७६८ देखि हालसम्म) देखि प्राय सम्पूर्ण मन्त्री मण्डलहरु बाहुन क्षेत्रीबाटै जोर्दै आई रहेको पाईन्छ | तर खोई त राज्यलाई उठाउन सकेको ?
अझ भ्रष्ट, विपन्न, अनुदार, विभेदकारी, न्यायकारी र असमानतापूर्ण राष्ट्रको रुपमा पहिचान बोक्दै आई रहेको छ विश्वसामू हाम्रो बुद्धस्थान, नेपालले |