अंग्रेजलाई विश्व जिताउने सहयोग गर्ने साथै हिन्दुस्तानबाट आएको शाहवंशीय शोसक शासकहरुलाई हालको नेपाल भुमि एकीकरण गराउन सफल वीर बहादुर गोर्खा सैनिकहरु रे |
तर आफ्नै देशमा हरुवा र दास बन्न सफल साथै जीवन भर हिन्दुस्तान र अंग्रेजको लागि बलि दिने वीर बहादुर गोर्खा सैनिकहरुको समुदाय र सन्तानहरुको बारेमा आहा कति तितो सत्य, तथ्य र यथार्थमा आधारित कविता हो यो डा. भट्टचनको जुन साभार गरेको रहेछन ‘हामी हरुवाहरुको सम्झना’ शिर्षकमा पुष ५, २०६२ को दृश्य नेपाल वर्ष १ अंक २ बाट |
भन्छन्, ‘जित्नेको इतिहास हुन्छ
हार्नेको सम्झनामात्र बाँकी रहन्छ’
हामी, कहलिएको ‘भुसतिघ्रे’,
‘भोटे’, ‘लाहुरे’,
‘तिघ्रे र पर्वते स्वाँठे’,
‘जङ्गल फाँडेर खनीखोस्री खाने’,
‘अयोग्य, मतुवाली र पाखण्डी, नीच, निर्दयी’
हरुवाहरुलाई
धेरै गहिरो चोट र व्यथाहरुका सम्झनाहरुमात्र
बाँकी छ
हामीलाई सम्झना छ,
हाम्रो आस्था र श्रद्धाको
च्योमोलुङ्मा,
फेदाङवा, यावा, सावा र युमा,
सुम्निमा र पारुहाङ,
पे, पच्यु, घ्याब्रे र पेतालुता,
बाठौ र गुरुवा,
बोम्बो र साङदुङ्ग,
आजु र अजिमा,
ट्होम र लम च्हयोम ट्हुङ्ब,
ल्ह ल्हाङ्वा न्हुर्बु, ल्ह घाङ्लासिङ्गी कर्पो,
ल्ह छयुरीन ग्याल्मो र ल्ह ह्यावा ¥हाङ्ज्युङको
आशिर्वादले
हामीले, पहिले
सबैभन्दा पहिले
यही धर्तीको यही ठाउँमै विजय पाएका थियौं
ठाउँ र समयसँग
जमिनसँग
बन जङ्गलसँग
खोलानाला र पानीसँग
खानीसँग
हावासँग
आकाशसँग
जनावरसँग
कीट पतिंगरसँग
चराचुरुङ्गीसँग
हामीलाई झल्झल्ती सम्झना छ,
हामीले उहिले, उहिले जुन ठाउँमा जितेका
थियौं
हामी हिजो र आज त्यही ठाउँमै हा¥र्यौ ।
हामीले हा¥र्यौ, ‘त्योसँग’
‘त्यो’ ‘बा हुन, वा होइनन्’
जसको उहिले उहिले बाउको ठेगान थिएन हो, हामीले ‘त्योसँग’ नै हा¥र्यौ ।
हामीले निम्ता बाँडेकै दिन हा¥र्यौ
हामीले दौडेकै दिन हा¥र्यौ
हामीले अठार धार्नी नाक कान जोखेकै दिन हा¥र्यौ
हामीले भोज खाएकै दिन हा¥र्यौ
हामीले तामा छोएकै दिन हा¥र्यौ
हामीले रक्सीसँग कानुनी बिहा गरेकै दिन हा¥र्यौ
हामीले छाती नापेकै दिन हा¥र्यौ
हामीले रगतको पञ्जा छाप लगाएकै दिन हा¥र्यौ
हामीले नुन खाएको दिन हा¥र्यौ
हामीले टीका लगाएकै दिन हा¥र्यौ
हामीसँग सम्झनाको क्याराभान छ,
त्यसले हामीलाई च्याम्पतिलाई जस्तै कति
घुमायो कति,
त्यसैले हामी हा¥र्यौ
त्यसले हामीलाई माछालाई जस्तै कति जाल
ग¥यो कति,
त्यसैले हामी हा¥र्यौ
त्यसले हामीलाई निर्दोष भेडाबाख्राहरुलाई
जस्तै कोखाबाट निकालेको छुराले कति हान्यो
कति,
त्यसैले हामी हा¥र्यौ
त्यसको प्रत्येक घुमाइमा हामी फनफनी घुम्यौ,
त्यसैले हामी हा¥र्यौ
त्यसको प्रत्येक जालमा हामी सर्लक्कै पा¥र्यौ,
त्यसैले हामी हा¥र्यौ
त्यसको हनाइमा हामी अचानो भयौं,
त्यसैले हामी हा¥र्यौ
हामीलाई सम्झना छ,
हामी मुलाको जरा भएर बस्यौ, मुला
तल, झन तल, ओरालो लाग्नथाल्यौं
अँध्यारै झन् अँध्यारो प्यारो मान्न थाल्यौ
जति धेरै सुन्निन सकियो, उति राम्रो मान्न थाल्यौ
जहाँको तही सड्दाको गन्ध सुगन्धित मान्न थाल्यौ
पहिचान ओरालो÷अँध्यारो–सुगन्धित
मातृभाषा ओरालो÷अँध्यारो–सुगन्धित
धर्म ओरालो÷अँध्यारो–सुगन्धित
संस्कृति ओरालो÷अँध्यारो–सुगन्धित
हक अधिकार ओरालो÷अँध्यारो–सुगन्धित
हामीलाई ताजा सम्झना छ,
त्यो हामीकहाँ आउँदा उखुको टुप्पा भएर आयो
जहाँ जसले जसरी लगेर सारे पनि हर्लक्कै सरेर आयो,
त्यो पानीढलोमा दुबो भएर हलक्कै सप्य्रो
त्यो पूर्वमा ‘चारदामे’ फर्सीको बोट भएर फैलियो
त्यो चारकोसे झाडीमा सखुवा भएर अग्लियो
त्यो हिमालको टुप्पामा पनि भर्खरै हिउँ भएर चुलीन थालेको छ
त्यो जहाँ जहाँ सप्रन खोज्यो
त्यहीं त्यहीं सप्य्रो, खुबै सप्य्रो
आगोले ढडाए झनै हरियो भरियो भएर आयो,
सधै माथि, झन् झन् माथि माथि
ताक्दै चंगाजस्तै अकासियो,
उज्यालो, झन् उज्यालोमात्र खोज्दै आयो
गुलियो, फरक फरक गुलियो हुदै आयो
शाही गुलियो,
जहानियाँ गुलियो,
बिर्ता गुलियो,
जागिर गुलियो,
फर्सी गुलियो
निर्दल गुलियो
बहुदल गुलियो
एकसय सत्ताइस गुलियो
सोच गुलियो
नीति गुलियो
व्यवहार गुलियो
हामीलाई सम्झना छ,
त्यो हामीकहाँ कसरी आयो
हो, हामीलाई राम्रै सम्झना छ,
त्यो गंगाको फाँटबाट भाग्दै
पहाड उक्लदै आयो
त्यो तीनचोटि फुक्दै आयो
पहिलोपटक त्यसले ढुंग्रो फुक्यो,
खरानी उड्नेगरी फुक्यो
दोस्रोपटक त्यसले शंख फुक्यो
सातोपुत्लो उड्नेगरी फुक्यो,
तेस्रोपटक त्यसले कान फुक्यो
कानको जाली फाट्नेगरी फुक्यो
हिजोआज त्यसले माइक फुक्यो,
स्वरै सुक्नेगरी फुक्यो
त्यसको प्रत्येक ढुंग्रो फुकाईमा
हाम्रा आस्थाका बन–जङ्गल–जमिन खरानी भएर उड्यो
त्यसको प्रत्येक शंख फुकाइमा
हाम्रा अधिकारहरुलाई वाजले चल्ला उठाए जस्तै उठाएर लग्यो
त्यसको प्रत्येक कान फुकाइले
हाम्रा आमाका मिठा धुनहरु सुन्न छाड्यौं
त्यसको प्रत्येक माइक फुकाइमा
हाम्रा सामुहिक अस्मिता कालो नीलो भयो,
हामीलाई सम्झना छ
त्यसले जेली खेल खेलेर
पञ्जा, छक्का र सत्ताको सिक्वेन्स देखाएर
हामीले बाजी नथापीकनै
च्याँखे पनि नथापिकनै
थाहा पायौं,
हाम्रो जमिन स्वाहा भएको
थाहा पायौं,
हाम्रा चरण हरण भएको
थाहा पायौं
हाम्रा जङ्गल मरुभुमि भएको
थाहा पायौं,
हाम्रा रोजी रोटी घुमेको
थाहा पायौं,
हाम्रो जिब्रो काटिएको
थाहा पायौं,
हाम्रा शिर उडेको
थाहा पायौं,
हाम्रा सृष्टि–जीवन ध्वस्त भएको
थाहा पायौं,
हाम्रा बचे–खुचेको हामी भित्रको हामी–भावना पनि खरानी भएको
हामीले धेरै हा¥र्यौ, यति धेरै हा¥र्यौ कि
अब हामीसँग हार्न बाँकी कुनै चिजै रहेन
अब त हामीहरुसँग हार्ने भन्दा पनि
जित्ने दाउमात्रै बाँकी छ !
वाजी मार्ने सम्भावनामात्रै बाँकी छ !!
मार्रा भन्ने विकल्पमात्रै बाँकी छ !!!
आत्मनिर्णयको अधिकार मार्रा !
सङ्घीय संरचना मार्रा !
जातीय, भाषिक र क्षेत्रगत स्वायत्तता र उप–स्वायत्तता मार्रा !
समानुपानिक प्रतिनिधित्व मार्रा !
विशेष व्यवस्था मार्रा !
धर्मनिरपेक्षता मार्रा !
भाषिक समान अधिकार मार्रा !
समान महिला अधिकार मार्रा !
सामुहिक अधिकार मार्रा !
हामीलाई थाहा छ
अब हामी सम्झना तन्द्रामै ध्यानमग्न भएर सम्भावना देख्न थालेका छौं, गज्जबको सम्झना ।
बाहुनवादलाई आर्यघाटमा सेलाएको सम्भावना
सत्तरंगि इन्द्रेणी भएर उदयको सम्भावना
झेली खेको नियमनै फेरेको सम्भावना
५९ खोलाहरु मिलेर असार र साउनको कोशी र कर्णाली नदी बनेर उर्लेको सम्भावना
आफै, आफ्नै बलबुताले फेरी हाम्रो इतिहास रचेको सम्भावना
नयाँ शिराबाट इतिहास रचेको सम्भावना
जीवनी भन्दा इतिहास भएर जिएको सम्भावना
यी सबै सबै सम्भावना यर्थाथ भएको सम्भावना ||
स्रोत सामाग्री
हामी हरुवाहरुको सम्झना लेखक डा कृष्ण भट्टचन https://sociologynepal.wordpress.com/2015/08/21/hami-haruwaharuko-samjhana/#more-404