मलाई केहि ज्ञानी अनि बुझाकी दाजुभाईहरुले भन्नु हुन्छ,
"लक्ष्मी जी/दिदि हरेक मान्छेले तपाईले जस्तै सोच राख्ने भए हाम्रो देश र समाज कस्तो हुन्थियो होला ? सामाजिक सदभाव पनि खल्बलिने थिएन| एकले अर्कालाई गाली गर्न पनि पर्ने थिएन | हाम्रो प्रकृतिले सुन्दर नेपाल सामाजिक सदभावले पनि सुन्दर बन्ने थियो |"
हो म यो कुरालाई मान्दछु | मैले पनि यस्तै सोच्थे |
तर मेरो सोचाई गलत रहेछ भनेर त्यति बेला मैले महशुस गरे जब मैले यो अन्ग्लिकन बिशोप (क्रिस्टन पादरी/ धर्म गुरु) को बेलायत स्थित वेस्टमिन्स्टर अब्बेयमा उसको चिहानमा लेखिएका निम्न उल्लेखित हरफहरु पद्ने मौका पाए |
"जब म युवा र स्वतन्त्र थिए, मेरो कल्पनाको कुनै सिमा थिएन | मैले संसार बदल्ने कल्पना गर्थे/ सपना देख्थे |
जब मेरो उमेर बड्दै गयो, म पनि ज्ञानी हुदै गए अनि मैले बुझे कि यो संसार परिवर्तन हुदैन भनेर | त्यसैले मैले केहि हदसम्म आफ्नो हेर्ने दृस्टीलाई साघुरो पर्दै गए र म मेरो देशलाई परिवर्तन गर्छु भनेर निर्णय गरे | तर त्यो पनि हलचल गर्ने छाटकाट देखिन |
जब म मेरो जिन्दगीको अन्तिम, अन्तिम अवस्थातिर पुगे र एक पटक अन्तिम प्रयत्न गर्नु पर्यो भनेर मैले मेरो घर परिवार, जो मेरो नजिकका छन् उनीहरुलाई परिवर्तन गर्नु पर्यो भनेर चेस्टा गरे | तर उनीहरु कसैलाई पनि परिवर्तन गर्न सकिन |
र जब अहिले म मेरो मृत्युको ओछयौनामा छु, मैले बल्ल महशुस गरे कि यदी मैले पहिले आफूलाई परिवर्तन गरेको भए मेरो उदाहरण देखेर सायद मैले मेरो घर परिवारलाई परिवर्तन गर्न सक्थे होला र मेरो घर परिवारको उत्प्रेणा र उत्साहले सायद मैले मेरो देशलाई केहि राम्रो बनाउन सक्थे होला |
र कसलाई के थाहा सायद मैले संसारलाई नै परिवर्तन गर्न सक्थे होला |"
यी हरफहरु पदी सके पछि मैले पनि गहन रुपमा सोचे र मनन गरे | साथै संसारले मान्दै आई रहेका केहि विद्वान र दार्सनिकहरुका भनाईहरुलाई पनि गहिरो अध्धयनका साथ नियाल्ने चेस्टा पनि गरे | सबै को भनाई उस्तै उस्तै पाए |
तत्पश्चात मात्र बल्ल मेरो गैटोमा घाम लाग्यो अनि आफ्नै सोच, विचार, र व्यहार परिवर्तन गर्ने चेस्टा गर्दैछु | यस दौडनमा मैले महशुस गरेको कुरा सबै भन्दा गाह्रो वा चुनौती के हो भने "नानी देखि लागेको बानि र सोचलाई परिवर्तन गर्न |"