Thursday 9 October 2014

आफ्नो मनको सोच परिवर्तन गर, पुर्खौली परम्परा वा संस्थागत धर्म होइन !

बुद्धको ज्ञानको  शिक्षा मार्ग  अनुसार कसैले पनि आफुले मान्दै आएको परम्परा, संस्कार, संस्कृति र  संस्थागत धर्म परिवर्तन गर्न  पर्दैन भन्ने कुरा प्रष्ट छ यस विश्व मानव समाज जुन कुरा मानव जातिमा तुलनात्मक दिमाग चल्ने सच्चा ब्राह्मण र यहुदी पुत्र लगायत चिनिया, जापानिज, कोरिया आदिले प्रमाणित गरेका छन् |

ब्राह्मण जात पुर्खौली रुपमा वेदिक परम्परा अनुसार आफ्नो सबै पारिवारिक र सामाजिक परम्परा, संस्कार, संस्कृति र नीति नियम पालना गर्दै आएता पनि अध्यधिक मात्रामा बुद्धको दर्शनमा लागेका जात हुन् बिगतमा | साथै आज आएर पनि उनीहरु प्राय जसोले बुद्धको ज्ञानको शिक्षालाई नकार्न सक्दैन | उनीहरुलाई आफुलाई हिन्द-बुद्धिस्ट लेख्दा हुने जसरी यहुदी पुत्र पुत्रीहरु जसले आफ्नो यहुदी परम्परा, संस्कार र संस्कृतिमा खासै आफ्नो मनमा लागेको जिज्ञासाहरुको उतरहरु प्राप्त गर्न आत्मसाथ गरे बुद्धको दर्शनलाई उनीहरुले आफुलाई "जुबु" भन्दा रहेछन  जसको अर्थ हुन्छ जुईस बुद्धिस्ट [1)] |

त्यस्तै गरि सत्य ज्ञानको पिसासु  ईसाईबादीहरुले आफुलाई बुद्धिस्ट क्रिस्टेन हु भनि पहिचान गर्दा रहेछन | उदाहरणको लागि Bishop Craig Bergland  जो   The Universal Anglican Church को संस्थापक हुनु हुदा रहेछन (2) |

साथै चिनिया, जापानिज, कोरिया, आदिहरुको पुर्खौली मौलिक स्थानीय धर्महरु भएता पनि कतिपयले आफु बुद्ध मार्गी हु भन्दा रहेछन भने कतिपय म नास्तिक हु भन्दा रहेछन तर मेरो परम्परा चाही बुद्धिस्ट हो भन्दा रहेछन |

विश्वमा बुद्धको ज्ञानको दाबी गर्ने मुसलमानको विद्वानहरु जस्तै डाक्टर जाकिर नाईक  लगायत ईसाईहरुको पादरीहरु रहेछन त्यसैले कुरा बुझ्दा विश्वमा शान्ति भाईचारा ल्याउन सक्ने एक मानव पथदर्शक भनेको बुद्धको ज्ञानको शिक्षा मात्र रहेछन जुन  वैज्ञानिकलाई पनि स्वीकार्य साथै अति धार्मिकबादीहरुलाई पनि | सायद हुन् सक्छ  यो कुरा बुझेर नै डाक्टर अम्बेडकर आफू मर्नु भन्दा केहि महिना पहिले बुद्धको शरणआफ्नो मनोभाव सुम्पिएर प्रस्थान हुनु भयो यस पाताल लोकबाट | साथै उहाँ र नेहरुले कुरा बुझेकै कारणले गर्दा हिन्दुस्तान जस्तै अतिनै विविधता भएको राष्ट्रमा सबै कुरा अशोक राजाको स्वीकार्न निधो गरेका रहेछन आफ्नो राष्ट्र अनन्त सम्म अमन चयन, शान्ति, अहिंसा, धार्मिक  सहिष्णुतारहोस भनेर |

त्यसैले कसैले पनि कुनै धर्म परिवर्तन गरेर शान्ति, मुक्ति, अमन चयन प्राप्त गर्दैन कोहि पनि स्वर्गीय जादैन त्यसरी संस्थागत धर्म परिवर्तन गरेर मात्र आफ्नो मन परिवर्तन गरे हुन्छ सत्यता ज्ञानको पछि लाग्दै नत्र भ्रामिक ज्ञानले क्षणिक मात्र अन्ध दिन्छ र मिल्छ तर कालान्तर आफै पछुताउनु पर्ने हुन्छ |


Reference
1. 5 Reasons Jews Gravitate Toward Buddhism http://www.huffingtonpost.com/ellen-frankel/5-reasons-jews-gravitate-toward-buddhism_b_2520948.html
2. The Buddhist Christian: Why I am a Buddhist Christian http://buddhist-christian.blogspot.com.au/2013/06/why-i-am-buddhist-christian.html

No comments:

Post a Comment